दिव्य कुञ्जमा योग शिक्षा कार्यक्रम

   असार ०८, २०८१       admin

दाङ ,७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार १० औँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विद्यालयले उक्त कार्यक्रम गरेको हो।

विद्यार्थीहरुको मनोबल बढाउने उदेश्यले योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो। कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्वको बारेमा प्रशिक्षण दिएका थिए।

विद्यालयले शिशु कक्षादेखि १० कक्षा सम्मका विद्यार्थी र शिक्षकहरुलाई उक्त कार्यक्रममा सहभागी गराएको हो। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो ।

विद्यालयका प्राचार्य कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आमाहरुलाई कानून सिकाउँदै मेट्रो

   असार ०५, २०८१       admin


दाङ,४ असार ।
तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

यो अभियान अन्तरगत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरु सिकाइने छ । ‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’ कलेज प्रमुख आचार्यले बताए ।

कानूनी साक्षरता अन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिंसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धि विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले बताए । उनले महिलाका विभिन्न कानूनी समस्याका बारेमा पनि छलफल गरिने जनाए ।

तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरुका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरुलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरु पछाडि परिरहेका छन् ‘ उपप्रमुख स्यानी चौधरीले बताइन् । उनले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानूनका बारेमा जानकारी लिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

   जेठ ३१, २०८१       admin


दाङ,३१ जेठ । दाङमा सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत १५ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा सिद्धरत्ननाथ उच्च मावि, जनजागृति मावि नारायणपुर, लिटिलबुद्ध, पद्मोदय मावि र महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सिकलसेल प्रभावित विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला, कापि,स्कुल ड्रेस,कलम,क्यालकुलेटर र ज्यामेट्री बक्स प्रदान गरिएको हो।
संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै छात्रबृत्ति लिँदै अस्मीता चौधरीले, आफुहरुको शिक्षाको लागि संस्थाले गरेको सहयोगका लागि संस्थालाई धन्यवाद दिएकी थिइन् । यस्ताखाले सहयोगले पढाईमा सकारात्मक उत्प्रेरणा प्रदान गर्ने उनको भनाई थियो।


कार्यक्रममा बोल्दै संस्थाका एच.बि.थापाले छात्रबृत्तिले बिद्यार्थीहरुको शैक्षिकस्तरमा प्रोत्साहन मिलोस्, बिद्यार्थीहरुको पढ्ने लगनशिलता सँगै भबिष्य सुनिश्चीतताका लागि संस्थाले बालबालिकाहरुको शिक्षामा लगानी गरेको बताए। उनले बालबालिकाहरुलाई लगनशिलताका साथ अध्ययन गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले स्वास्थ्यका क्षेत्रमा स्थापनाकाल देखी नै काम गर्दै आएको बताए।
गत वर्ष २०८० साल असार महिनामा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा सिकलसेलको क्याम्प राखेको थियो ।

उक्त क्याम्पमा ४सय १२ जनाको स्किीनिङ टेस्ट गरिएकोमा ४१ जना सिकलसेल प्रभावित भेटिएका थिए ।
तीमध्ये १५जना बालबालिकाहरुलाई बिहिबार छात्रबृत्ति बितरण गरिएको हो भने अन्यलाई सिलाईकटाई, ब्युटीपार्लर, तरकारी खेती तालिम र पशु तथा स्रोतको उचित ब्यस्थापन तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष आसमानी चौधरीले जानकारी गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लागु औषधविरुद्धको सचेतनात्मक कार्यक्रम

   जेठ ३०, २०८१       admin

दाङ , ३०जेठ ।
तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकेडेमीमा लागु औषध विरुद्धको सचेतनात्मक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यका लागि उक्त कार्यक्रम गरिएको हो।

विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ योगीले विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी विरुद्ध बनेका कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए।

उनले लागु औषध भनेको के हो ? बालबालिकाहरुलाई यसमा कसरी प्रयोग गरिन्छ र फसाइन्छ ? भन्ने विषयमा पशिक्षण दिएका थिए । यसका साथै लागु औषध दुव्र्यसनीले शारिरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा पर्ने असर र न्युनीकरणका बारेमा समेत जानकारी दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक अधिकारीले विद्यालयसंग सहकार्य गरेको प्रति ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई धन्यवाद प्रकट गरेका थिए । बालबालिकाहरुलाई सचेतीकरण गर्दै लैजानु विद्यालयको प्रमुख जिम्मेवारी रहेको भन्दै आगामी दिनमा यस्ता खाले कार्यक्रमहरुलाई सञ्चालन गर्दै लैजाने उनको प्रतिवद्धता समेत रहेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर र घोराहीका विद्यालयहरु दुईदिन बन्द

   जेठ ३०, २०८१       admin

दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

केही दिनदेखी अत्याधिक तापक्रम बढेको र  जसका कारण बालबालिकाहरुको स्वास्थमा प्रतिकुल असर देखा पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही  उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अत्याधिक गर्मीका कारण कक्षाकोठामै ढले विद्यार्थी

   जेठ ३०, २०८१       admin

दाङ,३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयका विद्यार्थीहरु बेहोस भएका छन।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए ।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए।

गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मावि सेन्टरका पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

   जेठ २६, २०८१       admin

तुलसीपुर, २६ जेठ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशकाबाट उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको हो ।

उनलाइ संघले आज काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा नगद १० हजारसहित सम्मान गरेको हो । संघले लक्ष्मीदास मानन्धर स्मृति कोषबाट नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

लुम्बिनी प्रदेशमै उत्कृष्ट प्रधानाध्यापक २०२४ को अवार्ड प्राप्त भएका पौडेल बिगत दुई दशक अघिदेखि शिक्षण पेशामा निरन्तर छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी पौडेलले मावि तुलसीपुर सेन्टरको परिवर्तनमा प्रधानाध्यापकको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानाध्यापक संघले उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो ।

उहाँले विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा उल्लेखनिय भूमिका खेलेको संघले जनाएको छ ।

विस २०६० सालदेखि शिक्षण पेशामा रहेका प्रअ पौडेल तुलसीपुर-६ मा रहेको मावि तुलसीपुर सेन्टरमा २०६६ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छ्न।

उनी विद्यालयमा प्रधानाध्यापक भएर आएपछि विद्यालयको भौतिक एवं शैक्षिक प्रगति उल्लेख्यरुपमा देखिएको छ । सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गएको अवस्थामा मावि तुलसीपुर सेन्टरमा भने विद्यार्थीको चाप अत्याधिक छ ।

प्रअ भएर आउँदाको समयमा विद्यालयमा २ सय ५० विद्यार्थी थिए । तर पछिल्लो समय उनले  प्रअको जिम्मेवारी लिएपछि अहिले २ हजार ५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रधानाध्यापक पौडेलले चालु शैक्षिक सत्रमा मात्रै विद्यालयमा पढाउने शिक्षकले यसै विद्यालयमै आफ्ना छोराछोरी पढाउनुपर्ने चुनौतिपूर्ण  निणर्य गरेका थिए।अहिले उक्त निणर्य कार्यान्वयनमा आइसकेको छ ।

उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि विद्यालयमा भौतिक संरचनाको अभाव थियो । खानेपानीको व्यवस्था थिएन । विद्यालयमा पर्खाल थिएन । शिक्षक र विद्यालय व्यवस्थापन समिति आवश्यक समन्वयको अभाव थियो ।

तर पछिल्लो समय उनले प्रअको जिम्मेवारी सम्हालेपछि ति सबै समस्याको समाधान भएको छ । अहिले विद्यालय मेघा विद्यालयको रुपमा संचालित छ । कक्षा १२ सम्म संचालित विद्यालयमा अहिले विभिन्न पाँच विषयमा प्राविधिक धारको पढाई समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पूर्वविद्यार्थीहरुद्धारा खेलकुद सामग्री प्रदान

   जेठ २४, २०८१       admin

दाङ ,२४ जेठ । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन ।

पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा हुने विभिन्न खेलहरुमा विद्यार्थीहरू लाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि खेल सामग्रीहरू प्रदान गरिएको बताए । विद्यालय स्तरमै खेलाडी उत्पादनका लागि टेवा पुर्‍याउने र खेलप्रतिको रुचि बढोस् भन्ने उद्देश्यका साथ खेलकुद सामग्रीहरू प्रदान गरिएको हो ।
विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने थलो रहेको हुँदा यस्ता खेलकुद सामग्रीहरूबाट खेलाडीहरूको खेल विकासमा भूमिका रहने भन्दै खेलकुद सामग्रीहरू उपलब्ध गराएका हुन् ।

उनीहरू दुवैजना हाल अमेरिकामा रहेका छन् । विद्यार्थी हुँदा आफूहरू पनि खेलकुदमा धेरै चासो राख्ने हुँदा यसरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गर्न र हौसला मिलोस् भने उद्देश्यले सामग्री उपहार दिएका हुन ।

भुसाल आफू पनि फुटबलको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको र यसरी विदेशमा रहँदा पनि खेलकुदको माया लाग्ने र विद्यालयले आफूजस्तै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गरोस् भनी खेल सामग्रीहरू पठाई दिएको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिए।
साथै विद्यालय परिवारलाई माया गरी यसरी खेलकुद सामग्री उपहार स्वरूप प्रदान गरेकोमा विद्यालयका प्रिन्सिपल वासुदेव रिजालले भुसाल र सेजुवाल दुवैलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

   जेठ २३, २०८१       admin

दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो । फुटसलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।

ज्ञानज्योती एजुकेशन फाउण्डेसनका सिईओ सुरेन्द्रकुमार जिसीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ -एन्फा)का प्राविधिक निर्देशक हरि खड्काको प्रमुख आतिथ्यतामा फुटसल कोर्टको उद्घाटन गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका खड्काले खेलक्षेत्रको विकासका लागि विद्यालयहरुमा यस्ताखाले संरचनाहरु अत्यावश्यक रहेको बताए । खेलकुद व्यक्तिको जीवनसंग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यसक्षेत्रको विकास र सम्वृद्धिमा सबै लाग्नुपर्ने बताए ।

उनले शिक्षा क्षेत्रमा मात्र नभई खेलक्षेत्रमा पनि जनशक्ति उत्पादन गर्न विद्यालयहरु लाग्नुपर्ने बताए । संस्कार पाठशालाले आफ्नै फुटसल निर्माण गर्दा जिल्लाको खेलक्षेत्रको गरिमा बढाएको भन्दै प्रशंसा समेत गरेका थिए । खेलकुद खेल मात्र नभई खोज, अनुसन्धा, सिकाई, स्वास्थ्य र स्वस्थ जीवनसंग जोडिएको भन्दै यसक्षेत्रको विकासमा हरेक निकायहरु एकजुट हुनुपर्ने बताएका थिए।

कार्यक्रममा दाङ जिल्ला फुटबलसंघका अध्यक्ष सञ्जात धितालले आफ्नै फुटसल भएको विद्यालयहरुमा पाठशाला जिल्लामै पहिलो विद्यालय भएको बताए । विद्यालयमा उत्पादन हुने जनशक्ति भविष्यमा अन्र्तराष्ट्रिय स्तरमा पुगेर खेलक्षेत्रको गरिमा बढाउन सक्ने भन्दै यस्ताखाले संरचना रहेक विद्यालयमा हुनुपर्ने उनले बताएका थिए।

ज्ञानज्योती एजुकेशन फाण्डेसनका सिईओ सुरेन्द्र जिसीले विद्यार्थीहरुको र्सवाङगीण विकासलाई लक्षीत गरि फुटसल निर्माण गरिएको बताए। फाउण्डेसन अन्र्तगत सञ्चालनमा आएका ९ ओटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुका लागि फुटसलको संरचना निर्माण गरिएको बताए ।

आगामी दिनमा खेलमैदान पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। खेलक्षेत्रको विकास र संम्वृद्धिलाई विद्यार्थीहरुसंग प्रत्यक्ष जोड्का लागि स्तरीय खेल संरचनाहरु विद्यालयले निर्माण गर्दै जाने उनको भनाई थियो।
विद्यालयका एजुकेशन कोर्डिनेटर बलदेव पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलपत्रकार लक्ष्मण बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने

   जेठ २०, २०८१       admin

दाङ,२० जेठ । सोमबार अर्थात् भोलिदेखि तुलसीपुर क्षेत्रका सबै विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो।

अत्याधिक गर्मी बढेपछि गत जेठ १९ गतेदेखि सबै विद्यालयहरू बन्द भएका थिए। गर्मीका कारण पठनपाठन प्रभावित भएको भन्दै पाँच दिनका लागि संस्थागत तथा सामुदायिक सबै विद्यालयहरू बन्द गर्ने गरी सूचना जारी भएको थियो ।

शनिबार बेलुकी परेको पानीका कारण मौसममा केही सुधार आएपछि सोमबारदेखि तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।

अत्याधिक गर्मी भएपछि गत जेठ १८ गते तुलसीपुर उपमहानगरपालिकाले जेठ २२ गतेसम्मका लागि यस क्षेत्रका सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology