ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

   कार्तिक १३, २०८२       admin

दाङ,१२ कार्तिक । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

मङ्गलबार सार्वजनिक भएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योति फाउन्डेसनका छात्रा वर्षा के.सी.ले ३.६७ जिपिए प्राप्त गरेकी छिन् भने अन्य सबै विद्यार्थीहरूले उत्कृट नतिजा ल्याउन सफल भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

ज्ञान ज्योतिले देशमै प्रथम स्थान हासिल तथा प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताए ।

यस विद्यालयले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान ज्योति फाउन्डेसन पश्चिम नेपालमै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा

   कार्तिक ०१, २०८२       admin

दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो।

आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ हजार ५४० जना सफल भएका छन्। बोर्डका अनुसार कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। बोर्डले दुई जनाको परीक्षा रद्द गरेको जनाएको छ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर वा १६०० र ८१६०१३ डायल गरी निर्देशनअनुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्कार पाठशाला ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’बाट सम्मानित

   असोज ३०, २०८२       admin

दाङ, ३०असोज । दाङ तुलसीपुरस्थित संस्कार पाठशाला दाङले नेपाल एजुकेसन अवार्ड यूके–२०२५ मा ‘प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड’ प्राप्त गरेको छ।

ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालले संयुक्त रूपमा असोज २९ गते युकेमा आयोजना गरेको नेपाल–युके एजुकेसन अवार्ड–२०२५ कार्यक्रममा संस्कार पाठशालालाई उक्त अवार्ड प्रदान गरिएको हो।

विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, सुदृढ भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा सहभागिता र सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिकाको आधारमा यो सम्मान प्राप्त गरेको बताइएको छ।

उक्त अवार्ड संस्कार पाठशालाका प्रबन्ध निर्देशक दीप बस्नेतले ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थी कुटपिट गर्ने प्रअ जिम्मेवारीबाट हटाइए

   असोज २, २०८२       admin

काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ।

कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको आरोपपछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई प्रअ पदबाट हटाउने निर्णय गरेको हो।

अभिभावकहरूको तीव्र विरोधपछि आइतबारदेखि लगातार छलफल गर्दै आएका समितिका सदस्यहरूले सर्वसम्मत रूपमा राउतलाई जिम्मेवारीमुक्त गर्ने निष्कर्ष निकालेका थिए। व्यवस्थापन समिति अध्यक्ष कुबेर मगरका अनुसार, अभिभावक र स्थानीयवासीको माग अनुसार तत्काल कारबाही स्वरूप उनलाई हटाइएको हो।

मगरका अनुसार, कक्षामा सामाजिक विषय पढाइरहेका बेला विद्यार्थीहरूसँग प्रश्न–उत्तर गर्ने क्रममा उनले समीक्षा राईलाई थप्पड हानेका थिए। “सामान्य विषयमा छलफल गर्दा विद्यार्थीलाई अन्य तरिकाले सम्झाउन सक्ने विकल्प हुँदाहुँदै कुटपिटमा उत्रिनु गलत ठहरियो,” अध्यक्ष मगरले बताए।

घटनापछि विद्यार्थीका अभिभावकले राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कारबाहीको माग गरेका थिए। केही महिनाअघि मात्रै प्रअमा नियुक्त राउतले जिम्मेवारीअनुसार भूमिका निर्वाह नगरेको भन्दै स्थानीयले पनि उनको हटाइँ उचित ठानेका छन्।

राउतलाई जिम्मेवारीमुक्त गरेपछि विद्यालयले शिक्षक अङ्गधन राईलाई निमित्त प्रधानाध्यापकको रूपमा जिम्मेवारी तोकेको विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गा राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अस्थायी र करार कर्मचारी कटौती नहुने

   असोज २४, २०८२       admin

काठमाडौ,२४ असोज ।। सरकारले अस्थायी र करारका कर्मचारी नराख्ने निर्णय गरे पनि उक्त व्यवस्था शिक्षकमा लागू नहुने भएको छ।

अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी नियुक्त गर्न नपाइने उल्लेख गरिएको थियो।

तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको स्थिति स्पष्ट पार्न शिक्षा मन्त्रालयसँग सोधपुछ गरेपछि मन्त्रालयले यो प्रावधान शिक्षकमा लागू नहुने स्पष्ट पारेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र पठाउँदै उक्त निर्णय शिक्षकको हकमा नलाग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

   असोज ११, २०८२       admin

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ ।

पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका तथा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आर्थिक अभावले जनता क्याम्पस संकटग्रस्त

   असोज ११, २०८२       admin

काठमाडौँ, ११ असोज । पश्चिम बागलुङको एक मात्र निसीभूजी जनता क्याम्पस पर्याप्त बजेट नपाउँदा सञ्चालन संकटमा परेको छ । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्षा दिने उद्देश्यले विसं २०४८ मा ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा स्थापना भएको क्याम्पस अहिले आन्तरिक स्रोतको अभावमा गुज्रिरहेको छ ।

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यका अनुसार क्याम्पस सञ्चालनका लागि मासिक करिब रु चार लाख ५० हजार खर्च हुने गरे पनि आम्दानी न्यून छ । विद्यार्थीबाट उठ्ने शुल्क र ढोरपाटन नगरपालिकाले दिने रु नौ लाख ६० हजार अनुदानबाहेक अन्य कुनै आयस्रोत नभएको उनले बताए । हाल क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन विषयमा अध्ययनरत १२० विद्यार्थी छन् भने २४ जना ९पूर्णकालीन दुई र आंशिक २२० प्राध्यापक कार्यरत छन् ।

आचार्यले प्राध्यापकको तलब खुवाउनै कठिन हुने अवस्था आएको बताए । समुदायबाट चन्दा संकलन गरी सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थी संख्यामा कमी नभए पनि स्रोतसाधन अभावमा चुनौती थपिएको उनको भनाइ छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताए । तर, ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनासो छ । बजेट अभावमा गुणस्तरीय शिक्षक राख्न कठिन भएको भन्दै उनले केन्द्र तथा प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।

जिल्लाका अन्य क्याम्पस विद्यार्थीको कमीले बन्द हुने अवस्थामा पुगे पनि निसीभूजी जनता क्याम्पसमा विद्यार्थीको अभाव छैन । तर, आर्थिक स्रोत नहुँदा विद्यार्थीलाई महँगो शुल्क तिर्नुपर्ने अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

   असोज ०७, २०८२       admin

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्।

उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरेका छन्।

दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था हुने मन्त्री पुनले बताए। निर्धारित समयभित्र नतिजा नदिने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी पनि उनले दिएका छन्।

तेस्रो निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र रहेका झाडी फाँडेर (ठूला रुख नकटाई) सफा गर्ने, आकर्षक बगैँचा र फुटपाथ निर्माण गर्ने कार्य अघि बढाइनेछ।

मन्त्री पुनका यी निर्णयलाई शिक्षा क्षेत्रमा सुधारतर्फको तत्कालीन पहलका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

केशर महलमा सारियो शिक्षा मन्त्रालय

   असोज ०६, २०८२       admin


काठमाडौं,६ असोज । शिक्षा मन्त्रालयले भवन स्थानन्तरण गरि सेवा सुरु गरेको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि मन्त्रालय अन्यत्र सर्नु परेको हो ।

भवन प्रयोग गर्न अयोग्य भएपछि मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ । 

 उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपमहानगरलाई गोरखा माविको सहयोग

   असोज ०५, २०८२       admin

दाङ, ५,असोज। आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित बनेपछि तुलसीपुरमा रहेको गोरखा माध्यमिक विद्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सहयोग सामग्री प्रदान गरेको छ।

भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रवाह प्रभावित भएपछि उपमहानगरपालिकालाई गोरखा माध्यमिक विद्यालयले सहयोग गरेको हो।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत एक थान स्टिल दराज, दुई थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो।

गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसी र प्रिन्सिपल बिजयमान जीएमले उपमहा नगर प्रमुख टिकाराम खड्कालाई उक्त सामग्री बुझाएका हुन्।

विद्यालयले यस कदमले सेवाप्रवाह पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology