विपद जोखिम न्यूनीकरणका लागि सरकारलाई सभामुखको रुलिङ

   १ घण्टा अगाडि       admin

काठमाडौ,३० असार । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका विषयमाथि ध्यानाकर्षण गराउँदै सभामुख अर्यालले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनिकरणका लागि ठोस कदम चाल्न निर्देशन दिएका हुन्।

उनले विपद् पूर्वतयारी सुदृढ बनाउन, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र वर्षायाममा सहज तथा सुरक्षित सवारी आवागमन सुनिश्चित गर्न सरकारलाई विशेष निर्देशन दिएका छन्।

मनसुनका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको सन्दर्भमा सभामुखको यो रुलिङ आएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नियम उल्लंघनको आरोपपछि २० मिनेटमै बाहिरिए प्रधानमन्त्री बालेन

   २ घण्टा अगाडि       admin

काठमाडौ,३० असार । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आधा घण्टा नबसी बाहिरिएका छन्।


दिउँसो १ः३७ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री शाह करिब २० मिनेटमै बाहिरिएका हुन्। उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकबाट बाहिरिएका छन्।

बैठक चलिरहेको बेला बीचमै प्रवेश गरेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नियम उल्लंघन भएको आरोप लगाउँदै आपत्ति जनाएका थिए। सो समयमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेकी थिइन्।

आपत्तिपछि प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवै बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

११ महिनामा भित्रियो २१ खर्बबढी रेमिट्यान्स

   २ घण्टा अगाडि       admin

काठमाडौ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएको हो।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। गत आर्थिक वर्षको सोही महिनामा भने यस्तो आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि दर १२.८ प्रतिशत मात्र रहेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ थियो।

यस्तै, पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष ३ लाख ५५ हजार ७३५ पुगेका छन्।


तर नयाँ श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ। अघिल्लो वर्ष ४ लाख ५२ हजार ३२४ जनाले पहिलो पटक श्रम स्वीकृति लिएकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ लाख ६७ हजार २११ जनामा झरेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लोकतन्त्र जोगाउन सबै दल एकजुट बन्नुपर्छ: सांसद सिंह

   ४ घण्टा अगाडि       admin

दाङ,३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा जनताको निराशा बढ्दै गएको उल्लेख गर्दै राज्य नै संकटतर्फ उन्मुख भएको बताएका छन्।


मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए। राज्य, जनता र लोकतन्त्र सुरक्षित रहे मात्र भविष्यमा राजनीतिक अभ्यास सम्भव हुने भएकाले दलहरूले संकीर्ण स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको भनाइ थियो।

‘सबै राजनीतिक दललाई आग्रह छ ।यस विषयलाई घोचपेचको रूपमा नलिऔँ। राज्य, जनता र लोकतन्त्र जोगियो भने हामी फेरि राजनीति गर्न सक्छौँ। सत्ता र प्रतिपक्ष स्थायी होइनन्,’ उनले भने।


सिंहले देशमा ‘बाँच्न सकिँदैन’ भन्ने नकारात्मक भाष्य फैलन नदिन आग्रह गर्दै राज्यले सबै नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। राष्ट्रिय मुद्दामा गम्भीर बहस र साझा प्रतिबद्धता अपरिहार्य रहेको उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आत्मदाह प्रयास गरेका मण्डलको पनि मृत्यु

   ५ घण्टा अगाडि       admin

काठमाडौ,३० असार । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ । जिल्लाको गोडैता नगरपालिका वडा नं १० सिसौटिया निवासी ३५ बर्षीय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा निधन भएको हो ।

विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गौरवका आयोजनालाई १० मा झार्ने तयारी

   ५ घण्टा अगाडि       admin

दाङ,३० असार । समयमै सम्पन्न हुन नसकेका र लागत अत्यधिक बढ्दै गएका राष्ट्रिय गौरवका आयोजनाप्रति आलोचना बढेपछि सरकारले संख्या पुनरावलोकन गर्ने तयारी गरेको छ।

देशको दीर्घकालीन आर्थिक विकास र रणनीतिक पूर्वाधार निर्माणका उद्देश्यले अघि सारिएका यी आयोजना कार्यान्वयनमै कमजोर देखिँदा राज्यको वित्तीय व्यवस्थापनमा दबाब बढ्दै गएको छ। अर्बौं रुपैयाँ खर्च भइसके पनि धेरै आयोजना अझै अधुरै रहेका छन्।

राष्ट्रिय योजना आयोगले हाल सूचीकृत २७ वटा राष्ट्रिय गौरवका आयोजनालाई घटाएर बढीमा १० वटामा सीमित गर्न सरकारलाई सुझाव दिएको छ। संघीय संसद्को अर्थ समिति बैठकमा आयोगका सदस्यसचिव रविलाल पन्थले धेरै आयोजना नीतिगत, कानुनी तथा व्यावहारिक समस्यामा अल्झिएको उल्लेख गर्दै संख्या घटाउनुपर्ने बताएका हुन्।

उनका अनुसार पर्याप्त तयारीबिनै आयोजना छनोट गर्दा कार्यान्वयनमा जटिलता देखिएको छ। बाँकी आयोजनालाई रूपान्तरणकारी, प्राथमिकता प्राप्त वा अन्य उपयुक्त वर्गमा वर्गीकरण गर्न सकिने आयोगको प्रस्ताव छ।

नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ देखि राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न थालेको हो। हाल ऊर्जा, सिँचाइ, सडक, विमानस्थल, रेलमार्ग, पर्यटन, खानेपानी तथा संरक्षण क्षेत्रसँग सम्बन्धित २७ आयोजना यस सूचीमा छन्।

काठमाडौं-तराई/मधेस द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व-पश्चिम विद्युतीय रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलविद्युत् आयोजना लगायतका परियोजना प्रमुख रूपमा सूचीकृत छन्। तर यीमध्ये धेरै आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेका छैनन्।

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले समेत यस्ता आयोजनाको लागत वृद्धि र कमजोर प्रगतिप्रति गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका ६ आयोजनामा मात्रै १०४ अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको छ भने कुल लागत २१७ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

कतिपय आयोजनामा लागत वृद्धि अस्वाभाविक देखिएको छ। बबई सिँचाइ आयोजनाको लागत करिब सात गुणासम्म बढेको छ भने रेल तथा मेट्रो विकास आयोजनाको अनुमानित लागत झण्डै एक खर्बबाट बढेर नौ खर्बभन्दा माथि पुगेको छ।

जग्गा अधिग्रहण, वातावरणीय स्वीकृति, वन क्षेत्र अनुमति, ठेक्का प्रक्रिया, कानुनी विवाद र अन्तरनिकाय समन्वय अभावले आयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको विज्ञहरूको भनाइ छ। ठेकेदारको कमजोर क्षमता, डिजाइन परिवर्तन र स्रोत सुनिश्चितताको अभावले पनि समस्या थपिएको छ।

सांसदहरू र विज्ञहरूले आयोजना छनोटमा लागतलाभ विश्लेषण, स्पष्ट समयसीमा, स्रोत सुनिश्चितता र प्रभावकारी अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय योजना आयोगले अब थोरै तर रणनीतिक महत्व भएका आयोजनालाई मात्र राष्ट्रिय गौरवको सूचीमा राख्ने र बाँकीलाई अन्य श्रेणीमा वर्गीकरण गर्ने तयारी गरेको छ। नयाँ आयोजना थप्नेभन्दा अधुरा आयोजना समयमै सम्पन्न गर्ने रणनीति अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

   ६ घण्टा अगाडि       admin

दाङ,३० असार । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यकता देखिएको छ। दरबन्दी र स्रोत साधन व्यवस्थापनसम्बन्धी स्पष्ट तथा फराकिलो नीति अभावका कारण उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी विस्तार र सुदृढीकरणमा समस्या देखिएको हो। यसले अस्पतालको उपचार सेवामा प्रत्यक्ष प्रभाव पारेको अस्पतालको प्रशासन शाखाले जनाएको छ।

सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा.प्रवेश श्रीवास्तवले ल विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि अस्पतालको स्वास्थ्य सेवालाई विशिष्टीकृत गर्न नसकिएको बताए । सरकारको स्वास्थ्य नीतिले दरबन्दीभन्दा बढी चिकित्सक र कर्मचारी राख्न नमिल्ने व्यवस्था गरेपछि अस्पतालको सेवा प्रभावित बनेको उनको भनाइ थियो।

उनले भने-‘ विज्ञताको अभाव छैन तर सेवालाई सुस्फुर्त सञ्चालन गर्नका लागि नीतिगत सुधारको जरुरी छ।’

उनका अनुसार, विशेषज्ञ सेवा, एम्बुलेन्स सेवा तथा आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालनजस्ता पक्षहरू नीतिगत व्यवस्थापनकै कारण प्रभावित बनेका छन्। अस्पतालसँग एम्बुलेन्स उपलब्ध भए पनि दरबन्दी अभावका कारण सञ्चालनमा आउन सकेको छैन भने आकस्मिक सेवा पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

त्यस्तै, २४ घण्टा ल्याब सेवा सञ्चालनको आवश्यकता हुँदाहुँदै जनशक्ति अभावका कारण हाल सीमित समयमै सेवा दिनुपरेको अवस्था रहेको छ।

भौतिक पूर्वाधारतर्फ अस्पतालका भवनहरू जीर्ण बन्दै जाँदा सेवा प्रवाहमा थप चुनौती देखिएको उनले बताए ।

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले सामान्य चोटपटक लाग्दा पनि प्राथमिक उपचारका लागि तुलसीपुर घोराही धाउनुपर्ने बाध्यता रहेको बताएका थिए। घर आँगनमै रहेको अस्पतालमा आकस्मिक सेवा सञ्चालन नहुँदा मलम्पट्टीका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको गुनासो गरे।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले पारदर्शिता र उत्तरदायित्वको विषयमा सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गरे। उनले विशिष्टीकृत सेवालाई विस्तार गर्न सके आयुर्वेदिक अस्पताल सबैको रोजाई र खोजाइको उपचार केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे। अस्पतालको सेवा सेवा सुदृढीकरणका विषयमा प्रदेश र केन्द्र सरकारको सहभागिता जरुरी रहेको उल्लेख गरे। नीतिगत सुधारमार्फत चिकित्सालयलाई प्रदेशकै नमुना आयुर्वेद अस्पतालका रूपमा विकास गर्न आवश्यक सहयोग गरिने बताए।

तुलसीपुर वडा नं १६ का वडाध्यक्ष शिवानन्द डाँगी र वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले आयुर्वेद सेवालाई वडास्तरसम्म विस्तार गर्न प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्ष श्रीधर मजगैयाँ, बिजोरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मुकेश ओली, नेपाली कांग्रेसका विदुर गौतम ,नेकपा एमालेका कमान सिंह खड्का, पत्रकार वंशीकुमार शर्मा ,स्थानीय सुशीला पौडेल लगायतकाले अस्पतालमा प्रसूति सेवा , आकस्मिक सेवा र एम्बुलेन्स सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा अस्पतालबाट आर्थिक वर्ष २०८२/८३ को हालसम्म एक लाख ६२ हजार ५ सय ४२ जनाले सेवा लिएको तथ्यांक प्रस्तुत गरिएको थियो। अस्पतालको सेवा लिनेमध्ये १ हजार ६ सय जनाले मानसिक स्वास्थ्य सेवा लिएका छन् भने प्रत्येक बिहीबार सञ्चालन हुने निःशुल्क मधुमेह परीक्षणबाट पनि उल्लेख्य संख्यामा बिरामी लाभान्वित भएका छन्। पञ्चकर्म, संवरण तथा प्रसन्न सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको उनको भनाइ छ।

स्थानीयस्तरबाट उठेका सुझावलाई सम्बोधन गर्दै डा. श्रीवास्तवले प्रसूति गृह र आकस्मिक सेवा सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले

अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत डा. अर्जुन शर्माले गरेका थिए भने सहजीकरण सूचना अधिकारी वसन्त बहादुर केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

   २३ घण्टा अगाडि       admin

दाङ,२९ असार । पहिरोमा पुरिएर कालिकोटमा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब १ः३० बजे पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरोले पुरिँदा स्थानीय ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको हो। उद्धारपछि दुवैको मृत्यु भइसकेको पुष्टि भएको छ।
घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट करिब १० किलोमिटर टाढा रहेको छ। जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्री नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालबाट चिकित्सकको टोली घटनास्थलतर्फ खटिएको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

शिक्षा अधिकृतमाथि मोबिल छर्कने वडा सदस्य पक्राउ

   असार २, २०८३       admin

दाङ,२९ असार ।दाङमा निर्वाचन प्रक्रियाको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छर्कने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही वडाका ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। प्रहरीले उनलाई घटनापछि फरार अवस्थाबाट लुकिछिपी बसेको ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार असार २७ गते बिहान मतदान अधिकृतको जिम्मेवारीमा रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकेर बुढाथोकीले उनको शरीरमा मोबिल छर्किएका थिए।

घटनापछि अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो। त्यसपछि जिल्ला अदालत दाङबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले असार २९ गते उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पपुलिजमले देश रूपान्तरण सम्भव छैन : महासचिव पोखरेल

   असार २, २०८३       admin

दाङ,२९ असार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सस्तो लोकप्रियतावाद (पपुलिजम) र क्षणिक उत्तेजनाबाट देशको वर्तमान संकट समाधान नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य हुने बताएका हुन्। देशमा देखिएका विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी कमजोर र आचरणगत रूपमा असफल नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उनको भनाइ छ।

पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिबाट रूपान्तरण सम्भव नभएको बताएका छन्।

यस्तै, ‘हिजो देशमा केही भएकै थिएन’ भन्ने भाष्य गलत भएको जिकिर गर्दै उनले यथार्थपरक विश्लेषण र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author