काठमाडौ,२ मंसिर । प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक क्लाउडफ्लेयरमा उत्पन्न प्राविधिक गडबडीका कारण विश्वभरका वेबसाइटहरू प्रभावित भएका छन्। नेपालका पनि धेरै अनलाइन पोर्टल तथा सेवा प्रदायकहरू केही समयका लागि अवरुद्ध बनेका थिए।
सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) सहित विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्म र नेपाली वेबसाइटहरूले ‘इन्टरनल सर्भर इरर’ जस्ता समस्या देखेका छन्।
क्लाउडफ्लेयर साइबर सुरक्षादेखि ट्राफिक व्यवस्थापनसम्मका महत्त्वपूर्ण सेवा उपलब्ध गराउने कम्पनी भएकाले यसको सानो त्रुटिले पनि हजारौं वेबसाइटमा प्रत्यक्ष असर पर्ने गर्दछ।
समस्या देखिएलगत्तै क्लाउडफ्लेयरले सार्वजनिक सूचना जारी गर्दै समस्याबारे आफूहरू अवगत रहेको र समाधानका लागि काम भइरहेको जनाएको हो।
कम्पनीले भनेको छ, “धेरै ग्राहकहरू प्रभावित हुनेगरी देखिएको समस्याबारे क्लाउडफ्लेयर अनुसन्धान गरिरहेको छ। यसको पूर्ण प्रभाव बुझ्न र समाधान गर्न हामी काम गरिरहेका छौं।”
प्राविधिक समस्याका कारण वेबसाइट अवरोध निगरानी गर्ने डाउन डिटेक्टर जस्तो साइट समेत केही समयका लागि प्रभावित भएको थियो।
नेपालमा रहेका कयौं समाचार पोर्टल, इ–कमर्स साइट र अनलाइन सेवाहरू पनि केही समय पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका थिए। तर क्लाउडफ्लेयरले समस्या समाधान प्रक्रिया सुरु गरेसँगै धेरै वेबसाइटहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले तुल बहादुर कंडेललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) अनुसार उनलाई सचिव पदमा नियुक्त गरिएको हो।
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई आजै पद तथा गोपनीयताको शपथ दिलाइने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा आज दिउँसो ४ बजे हुने राष्ट्रिय सभाले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो। पार्टीले गुलाब चुनाव चिह्नको रूपमा पाएको छ।
दल दर्तापछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले आफ्नो पार्टी अब नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान लिएर निर्वाचनमा जान तयार भएको बताए।
उनका अनुसार दल दर्ताले नयाँ चरणको सुरुवात गरेको छ। उनले भने, “दल दर्तासँगै नयाँ अभियान सुरु भयो। भोलिबाट देशभरि नयाँ अभियानमा अघि बढ्छौं। पार्टी पंक्ति र नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं।”
जनतालाई परिवर्तनको प्रमुख शक्ति बताउँदै उनले थपे,
“आज पनि जनतामा, भोलि पनि जनतामा। जनताले जस बाटोबाट परिवर्तन सम्भव देख्छन्, हामी तयार छौं।”
चुनावबारे प्रश्न गर्दा विप्लवले चुनाव अपरिहार्य हुने बताएका छन। उनले भने, “चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ नै।”
राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दललाई समेटेर चुनावतर्फ लैजाने र नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्षमा आफ्नो दल रहेकाले उनले स्पष्ट पारे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमै पूरा गर्यो।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। ओपनर प्रियांक पञ्चालले डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको धुन्धाम पारी खेले। ओपनर म्याक्स ओ’डाउडसँग मिलेर पहिलो विकेटका लागि ६१ रन जोडे। पवन सरार्फले १६ बलमा २७ रन जोडे भने मार्क वाटले १६ रन थपे। कर्णालीले निर्धारित २० ओभरमा १६७ रनको मध्यम चुनौती खडा गरेको थियो।
जवाफी ब्याटिङमा चितवनका ओपनर दीपक बोहराले स्थिर पारी खेल्दै ४२ रन बनाए। अर्का ओपनर डेविड मलान ६ रनमै आउट भए। रवि बोपाराले अनुशासित ब्याटिङ गर्दै ३६ बलमा ५२ रन बनाए भने सेफ जैबले ३८ रनको महत्वपूर्ण योगदान दिए। कप्तान कुशल मल्लले २० रन जोडे।
कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक २ विकेट लिए भने युनिश सिंह र युवराज खत्रीले एक–एक विकेट हात पारे। चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक–एक विकेट लिए।
आजको खेलपछि चितवन राइनोजले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अङ्कतालिकामा महत्वपूर्ण तीन अङ्क जोडेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । सोमवार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राख्न मिल्ने आदेश जारी गरेको हो।
प्रसाईंले मंसिर ७ गतेदेखि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका थिए। प्रहरीले उनी सार्वजनिक शान्ति भंग हुनेगरी भड्किलो अभिव्यक्ति दिइरहेको आरोप लगाउँदै पक्राउ गरेको हो।
मंगलवार म्याद थप प्रक्रियाका लागि प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा उनले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको थाहा नभएको प्रतिक्रिया दिएका थिए।
प्रसाईंको पक्राउको विरोधमा उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
विशेष महाधिवेशनको अभियान सञ्चालन गर्दै आएका नेताहरू सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका हुन्।
नेता गुरुराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की र नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी चुनावको तयारी, सुरक्षा स्थितिलगायत विषयमा छलफल भएको थियो।
उनका अनुसार प्रधानमन्त्रीले कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक गतिशीलता र विशेष महाधिवेशनको सम्भावनाबारे विशेष चासो व्यक्त गरेकी थिइन्।
साढे २ घण्टासम्म चलेको संवादले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ। विशेष महाधिवेशनका माग राख्दै प्रधानमन्त्रीमात्र भेटिएकै कारण पार्टीभित्र यसको असरबारे चर्चा सुरु भएको छ।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने समूहमा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, तथा नेताहरू गुरु घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दीप निरौला सहभागी भएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ मंसिर । आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन गरेर देश ठप्प पार्ने चेतावनी दिइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पक्राउ गरी परिसरमा ल्याइएको हो।
‘पछिल्लो समय प्रसाईंले सार्वजनिक ठाउँमा शान्ति भंग हुने किसिमका अभिव्यक्ति दिँदै आएका छन्। उनी कहिले के भन्छन् भन्ने स्पष्ट नभएकाले त्यसको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ एसपी भट्टराईले बताए।
सोमबार दिउँसो मात्र प्रसाईंले सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगलागी, ७५ जनाको मृत्यु, मल्ल होटल अगाडि सवारीसाधनभित्र बसेर भएको भनिएको वार्ता र बानेश्वरको घर छतबाट जेन-जी आन्दोलनको ‘अप्रेशन’ चलेको जस्ता दाबी प्रस्तुत गर्दै एक विशेष भिडियो सार्वजनिक गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । सरकारले एम्बुलेन्स सेवा व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै, निर्धारित उमेर नाघेका एम्बुलेन्स चलाइएमा सञ्चालन अनुमति खारेज गरिने स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्स मात्र भारत आवत–जावत गर्न पाउनेछन्। अन्य एम्बुलेन्सलाई सीमा पार गर्न अनुमति नदिइने निर्णय गरिएको छ।
सूचनामा भनिएको छ, ‘एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजसम्बन्धी प्रावधानहरू २०८२ को निर्देशिकामा स्पष्ट रूपमा समावेश भएकाले सबै एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति, स्वास्थ्य सेवा प्रदायक तथा सरोकारवालाले यसलाई कडाइका साथ पालना गर्नुपर्नेछ।’
सरकारको यो कदमले विशेषगरी सीमावर्ती क्षेत्रका बासिन्दा तथा आपत्कालीन अवस्थामा भारततर्फ रेफर गरिने बिरामीहरूलाई राहत मिलने अपेक्षा गरिएको छ।
यस्तो छ सूचना :

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ को अभियोगमा त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको फैसला सुनाएको छ।
अदालतले विद्यार्थी नेतृत्वको आन्दोलन दमनका क्रममा नागरिकमाथि कठोर कारबाही गर्ने निर्देशन दिएको आरोप हसिनामाथि लगाएको हो। यसै मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।
अदालतले तीनै जनाको सम्पत्ति जफत गर्न आदेश दिएको छ। हसिनाको अनुपस्थितिमै भारतमा निर्वासनमा रहेका बेला मुद्दा चलाएर फैसला सुनाइएको हो। बंगलादेश सरकारद्वारा गठन गरिएको यस विशेष ट्रिब्युनलले गत वर्ष आन्दोलन दमनका क्रममा गरिएको ‘मानवता विरुद्धको अपराध’ लाई आधार मानेर सजाय निर्धारित गरेको बताइएको छ।
फैसलापछि शेख हसिनाले कडा प्रतिक्रिया दिँदै निर्णयलाई “गलत, पक्षपाती र राजनीतिक रूपमा प्रेरित” भएको आरोप लगाएकी छन्। उनले अनिर्वाचित सरकारले सञ्चालन गरेको ट्रिब्युनलबाट यस्तो फैसला आएको दाबी गर्दै अवामी लिगलाई कमजोर पार्ने उद्देश्यले मुद्दा चलाइएको बताइन्। हसिनाले हालको सरकारका कारण देशमा प्रहरी र न्याय प्रणाली कमजोर बन्दै गएको र अल्पसंख्यक तथा विपक्षीहरूमाथि आक्रमण बढेको आरोप पनि लगाइन्।
यस घटनापछि बंगलादेशको राजनीतिक परिदृश्य थप तनावग्रस्त बनेको छ। हसिनाले आगामी निर्वाचन पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएकी छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदा त्रिवि मैदान उत्साहले भरिएको थियो।
उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सलाई फिल्डिङ गरिरहेको छ।
क्यानको आयोजनामा सुरु भएको एनपीएल यही मंसिर २७ गतेसम्म चल्नेछ। यस संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन्।
एनपीएललाई नेपाली क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रमुख फ्रान्चाइज प्रतियोगिताका रूपमा हेरिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस