काठमाडौ,१ मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ को अभियोगमा त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको फैसला सुनाएको छ।
अदालतले विद्यार्थी नेतृत्वको आन्दोलन दमनका क्रममा नागरिकमाथि कठोर कारबाही गर्ने निर्देशन दिएको आरोप हसिनामाथि लगाएको हो। यसै मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।
अदालतले तीनै जनाको सम्पत्ति जफत गर्न आदेश दिएको छ। हसिनाको अनुपस्थितिमै भारतमा निर्वासनमा रहेका बेला मुद्दा चलाएर फैसला सुनाइएको हो। बंगलादेश सरकारद्वारा गठन गरिएको यस विशेष ट्रिब्युनलले गत वर्ष आन्दोलन दमनका क्रममा गरिएको ‘मानवता विरुद्धको अपराध’ लाई आधार मानेर सजाय निर्धारित गरेको बताइएको छ।
फैसलापछि शेख हसिनाले कडा प्रतिक्रिया दिँदै निर्णयलाई “गलत, पक्षपाती र राजनीतिक रूपमा प्रेरित” भएको आरोप लगाएकी छन्। उनले अनिर्वाचित सरकारले सञ्चालन गरेको ट्रिब्युनलबाट यस्तो फैसला आएको दाबी गर्दै अवामी लिगलाई कमजोर पार्ने उद्देश्यले मुद्दा चलाइएको बताइन्। हसिनाले हालको सरकारका कारण देशमा प्रहरी र न्याय प्रणाली कमजोर बन्दै गएको र अल्पसंख्यक तथा विपक्षीहरूमाथि आक्रमण बढेको आरोप पनि लगाइन्।
यस घटनापछि बंगलादेशको राजनीतिक परिदृश्य थप तनावग्रस्त बनेको छ। हसिनाले आगामी निर्वाचन पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएकी छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदा त्रिवि मैदान उत्साहले भरिएको थियो।
उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सलाई फिल्डिङ गरिरहेको छ।
क्यानको आयोजनामा सुरु भएको एनपीएल यही मंसिर २७ गतेसम्म चल्नेछ। यस संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन्।
एनपीएललाई नेपाली क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रमुख फ्रान्चाइज प्रतियोगिताका रूपमा हेरिन्छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। रास्वपाले सोमबार आयोगको कान्तिपथस्थित कार्यालयमा उपस्थित भएर निर्वाचनका लागि आवश्यक सबै कागजातसहित औपचारिक रूपमा दल दर्ता प्रक्रिया पूरा गरेको हो।
०७९ सालको निर्वाचनअघि मात्र गठन भएको रास्वपा नेपाली राजनीति भित्र तेज गतिमा उदाएको नयाँ शक्तिका रूपमा हेरिएको छ। गठन भएको केही समयमै निर्वाचनमा प्रवेश गरेको रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल २० सिट जितेर प्रतिनिधिसभामा चौथो ठूलो दलका रूपमा उदाएको थियो।
आगामी निर्वाचनमा पनि रास्वपाले आफूलाई जनताको वैकल्पिक विकल्पको रूपमा स्थापित गर्न व्यापक तयारी गरिरहेको बताएको छ। दल दर्तासँगै रास्वपाको फागुन २१ को निर्वाचन अभियान अब औपचारिक रूपमा सुरू भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ मंसिर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ताको चाप बढ्दो छ। आयोगका अनुसार हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता हुने प्रक्रियामा रहेका छन्।
राजनीतिक रूपले विभाजित र बारम्बार फुट्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै वर्तमान जेनजी सरकारका शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।
मन्त्री पुनले दलहरूको विभाजन र दर्ताको होडलाई “आफ्नै खाल्डो आफैं खन्ने कार्य” भन्दै आलोचना गरेका छन्। उनका अनुसार फुटेर होइन, मिलेर र जुटेर मात्र शक्ति निर्माण हुन्छ, तर नेपालमा सानोतिनो कुरामा नमिल्ने र दल दर्ता गर्ने प्रतिस्पर्धाले राजनीतिक अस्थिरता थप गहिरिने खतरा छ।
पुनले सामाजिक सञ्जालमा लेखेका छन्,
“यस्तो प्रवृत्ति रहिरहे भ्रष्टाचारमा जरा गाडेका पुराना बृद्ध नेताहरू र तिनैका आसेपासेहरूको शासन फेरि फर्किन्छ। जेनजी आन्दोलनका लक्ष्यहरू कमजोर बन्न सक्छन् र अहिलेको मन्त्री मण्डलले गरेका सकारात्मक काम–निर्णयहरू समेत उल्ट्याइने सम्भावना बलियो हुन्छ।”
उनले निर्वाचन आयोगमा बढ्दो दल दर्तालाई लोकतान्त्रिक अभ्यासको नाममा अवसरवादी फुट–प्रवृत्तिको पुनरावृत्ति भन्दै आक्रोश प्रकट गरेका छन्। सामाजिक सञ्जालमा उनको पोस्ट सार्वजनिक भएपछि युवादेखि राजनीतिक विश्लेषकहरूसम्म विभिन्न प्रतिक्रिया आएका छन्।

निर्वाचन नजिकिँदै गर्दा दलहरूको संख्या झनै बढ्ने अनुमान गरिँदैछ। आयोगले भने कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गर्ने जुनसुकै समूहलाई दर्ता दिने तयारी जारी राखेको बताएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ ,१ मंसिर । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दै छन्।
पहिलो बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हुनेछ, जसको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा संविधानको धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रिय सभाअन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि आज बैठक बस्नेछ। सिंहदरबारस्थित समितिको सभाकक्षमै बस्ने उक्त बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल हुने छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,३० कार्तिक । दाङमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकका १८ वर्षीय समीर खान र पछाडि सवार १७ वर्षीय रविन नेपाली रहेका छन्। दुवैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
उनीहरूलाई भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
आइतबार बिहान राप्ती गाउँपालिका–४ पेट्रोल पम्प नजिक रा १ क १९८ नम्बरको चैतन्य पाठशाला स्कुल बस पश्चिमबाट पूर्वतर्फ गइरहेको बेला पूर्वबाट पश्चिमतर्फ आइरहेको रा २ प ४२९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
स्कुल बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक । नवगठित नेपाली कम्युनिष्ट पार्टी ले देशभर ‘एकता सन्देश सभा’ संचालन गर्ने भएको छ।
आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा कार्यक्रम सुरु गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।
उनका अनुसार पार्टी एकताको सन्देश व्यापक रूपमा प्रवाह गर्न अपिल प्रकाशित गर्ने तथा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै संगठनलाई एकढिक्का बनाउने निर्णय भएको छ। निर्देशनमा एकता सन्देश सभाको मोडालिटी समेत समावेश गरिने जनाइएको छ।
खनालले एकता सन्देश सभाहरू पार्टीभित्रका मतभेद विरुद्ध नभई, आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको मार्गमा ‘अर्जुनदृष्टि’का साथ अघि बढ्ने अभियान भएको बताए।
यसबाहेक, उनले अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग एकीकृत हुनेबारे संवाद भइरहेको उल्लेख गर्दै केही समयभित्र सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।
खनालले आफूहरूको पार्टीलाई सबै पुस्ताले प्रतिनिधित्व गर्ने पार्टी भएको जिकिर गर्दै “बुढाहरूको पार्टी भन्ने आधार नै छैन,” भन्ने धारणा राखे।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता भएको रिटको सुनुवाइ सोमबारका लागि सारिएको छ।
आइतबार सुनुवाइ हुने भनिएको भए पनि अर्को मिसिल पनि प्रस्तुत गर्नुपर्ने भएकाले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सुनुवाइ मंसिर १ गते तोकिएको जानकारी दिएका छन्।
सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने तय भएको थियो। रिट मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले गत मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेका थिए।
यसअघि सर्वोच्चले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गत मंगलबार यस्ता आदेश जारी गर्दै मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देशन दिएको थियो।
यो अन्तरिम आदेश सर्वोच्चको नियमावली, २०७४ को नियम ४९ (९२०) (९क) बमोजिम जारी गरिएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक । निर्वाचन आयोगमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट दल दर्ताको निवेदन परेको छ।
आइतबार नुमा लिम्बूको अध्यक्षतामा गठन गरिएको समावेशी समाजवादी पार्टी ले आयोगमा औपचारिक रूपमा दल दर्ताका लागि निवेदन दिएको हो।
पार्टीले चुनाव चिह्नका रूपमा ध्वजा वा चक्र मध्ये एक प्रस्ताव गरेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा भएमा आजै दल दर्ताको प्रमाणपत्र प्रदान गर्ने तयारी आयोगले गरेको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएकाले नयाँ दल दर्ताका प्रक्रियाहरू तीव्र रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० कार्तिक । नेपालमा असोज महिनामा भित्रिएको रेमिट्यान्स इतिहासकै सबैभन्दा उच्चस्तरमा पुगेको छ। पहिलोपटक देशले एकै महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
बैंकका ताजा वित्तीय तथ्यांकअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन भदौ महिनाको तुलनामा ७९ प्रतिशतले बढेको हो। असोजमा परेका दशैँ–तिहारजस्ता ठूला चाडपर्वका कारण विदेशमा रहेका नेपालीले परिवारलाई बढी रकम पठाएकाले रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको बताइन्छ।
गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड मात्र रेमिट्यान्स आएको थियो।
चालु आर्थिक वर्षका पहिलो तीन महिनामा नेपालले ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशत अधिक हो। गत वर्ष यसै अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स आएको थियो।
त्यसैगरी, तीन महिनामा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ। गत वर्ष यो वृद्धि दर १०.६ प्रतिशत मात्र थियो।
वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दै
असोजसम्मको अवधिमा वैदेशिक रोजगारीका नयाँ श्रम स्वीकृति लिने संख्या १,२३,४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ७७,२५७ जना रहेका छन्।
गत वर्षको सोही अवधिमा नयाँ स्वीकृति १,१०,६५४ र पुनः स्वीकृति ५९,९३९ मात्र थियो।
रेमिट्यान्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मानिन्छ। असोजमा प्राप्त भएको यो कीर्तिमानले अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव परेको अर्थविश्लेषकहरू बताउँछन्। उनीहरूका अनुसार चाडपर्वको खर्च, उपभोग वृद्धि र बजारमा तरलता बढ्नाले आर्थिक गतिविधिमा पनि चलायमानता देखिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस