काठमाडौ,२९ कार्तिक । झापामा एक वृद्धले आफ्नो शरीरमा आफैले आगो लगाए। जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शुक्रबार राति आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब ११:३० बजे घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई उनले आफैंलाई आगो लगाएका हुन्।
राति करिब १ बजे उनका काइँला छोरा भोगेन्द्र अधिकारीले बुबालाई अचेत अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए। सूचना प्राप्तसँगै प्रहरी टोली घटनास्थल पुगेको र क्षेत्र सुरक्षित गरिएको जनाइएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट अर्को टोली पनि खटिएको छ।
परिवारका अनुसार डिल्लीराम अधिकारीको घटनास्थलमै मृत्यु भइसकेको थियो। उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए भने केही महिनाअघि मात्र प्रोस्टेट शल्यक्रिया गराएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २८ कार्तिक। गोली प्रहारबाट धनुषामा वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो।
गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन् । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ ।
अभियुक्त शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुईपक्ष विवाद हुँदा शम्भुले वडाध्यक्षको छातीमा गोली प्रहार गरेका थिए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएर पछि नेकपा एमाले प्रवेश गरेका थिए ।
उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । अध्यक्ष यादवका दाजु रामवरण यादव र राजकिशोर यादवमाथि धारिलो हतियार प्रहार भएको छ । उनीहरूको उपचार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । नेपालमा शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको छ। व्यावसायिक भिसामा नेपाल बसेका एक महिला र तीन पुरुषलाई काठमाडौंको सोह्रखुट्टे, म्हैपीस्थित मिलिजुली चोक (चाइनिज हाउजिङका नामले चिनिने क्षेत्र)बाट पक्राउ गरिएको विभागले बताएको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरूले व्यावसायिक भिसा लिएको भए पनि आफूहरूको व्यवसाय, कम्पनीको नाम वा सो सम्बन्धमा कुनै विवरण दिन नसकेका कारण उनीहरू गतिविधि शंकास्पद रहेको ठहरिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिहरू आर्थिक रूपमा कमजोर नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई टिकटक भिडियो बनाउन लगाउने, टिकटकमार्फत अन्य चिनियाँ नागरिकसँग ‘साथी–संबन्ध’ बनाइदिने र त्यसपछि विवाह गर्न दवाब दिने कार्यमा संलग्न रहेको खुलेको छ। विभागका अनुसार केही नेपाली युवतीलाई चीनमा लगेर विवाह गराइदिने प्रलोभनमा पठाइसकिएको पनि पाइएको छ।
उनीहरूले म्हैपीमा घर भाडामा लिएर नेपाली युवती राख्ने, नेपाललाई केन्द्र बनाएर युवतीहरूलाई अन्य मुलुकमा लैजाने तथा भ्रमण गराउने गतिविधि गरेको समेत अनुसन्धानमा खुलेको छ। नियन्त्रणमा परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन वा व्यवसायिक भिसामा ल्भउब िबसेको र छापा मार्दा उनीहरूले पासपोर्ट तथा भिसा देखाउन नसकेको, साथै अध्यागमन तथा सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको पुष्टि भएको विभागले जनाएको छ।
अध्यागमन ऐन, २०४९ अनुसार विदेशी नागरिकको प्रवेश, बसोबास र गतिविधि जुनसुकै बेला जाँच गर्न सकिन्छ। भिसा नियम उल्लङ्घन वा शंकास्पद गतिविधिमा संलग्न विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न, देश निकाला गर्न तथा पुनःप्रवेशमा रोक लगाउने कानुनी व्यवस्था छ।
प्रवक्ता ढकालका अनुसार भिसाको उद्देश्य विपरीत कार्य गर्ने वा गैरकानूनी रूपमा बसोबास गर्ने विदेशी नागरिकमाथि अध्यागमन कानूनबमोजिम कडा कारबाही हुने छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । विदेशी पर्यटकलाई ‘यात्रा सहजीकरण’ गर्ने बहानामा अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक नेपाली नागरिक पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार सुर्खेत बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिञ्जाली, अल्टिट्युड राइडर्स प्रालिका संस्थापक,लाई विदेशमा रहेका पर्यटकसँग ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रोल्पा प्रहरीको सहयोगमा पक्राउ परेका सिञ्जालीलाई काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ। अदालतले उनलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद दिएको छ।
अनुसन्धानबाट सिञ्जालीले आफू अल्टिट्युड राइडर्स प्रालि नामक कम्पनीका सञ्चालक भएको दाबी गर्दै म्यासेन्जरमार्फत पोल्यान्डका १३ पर्यटकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड, भोजन, बसोबास र अन्य आवश्यक सपोर्टसहितको सम्पूर्ण प्याकेज उपलब्ध गराउने आश्वासन दिएको खुलेको छ। सम्झौतापछि सात दिनभित्र ३० प्रतिशत रकम उठाए पनि उनले प्रतिवद्ध सेवा नदिई सम्पर्कविहीन भएको ब्यूरोले जनाएको छ।
विद्युतीय माध्यममार्फत ठगी गरिएको आरोपसहित पीडित विदेशी नागरिकले दिएको निवेदनपछि गरिएको खोजतलासमा सिञ्जाली रोल्पामा फेला परेको र त्यहीँबाट पक्राउ गरी काठमाडौँ ल्याइएको साइबर ब्यूरोले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली सङ्कलनमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनमार्फत मतदाता नाम दर्ता गराउन सकिने व्यवस्था लागू भएलगत्तै बिहीबारदेखि प्रणालीमा अत्यधिक चाप देखिएको थियो ।
अनलाइन दर्ता प्रक्रियामा एकैपटक धेरै प्रयोगकर्ताबाट रिक्वेस्ट बढेपछि सर्भरमा अवरोध उत्पन्न भएको र सेवा सञ्चालन नै कठिन हुने अवस्था बनेको आयोगले जनाएको छ। यही समस्याबारे प्रधानमन्त्री कार्कीले शुक्रबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै छिटो समाधान गर्न निर्देशनसमेत दिएकी हुन्।
प्रधानमन्त्रीले सर्भर क्षमता अभिवृद्धि गरी मतदाता नामावली सङ्कलन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन आवश्यक सबै कदम तत्काल चाल्न आग्रह गरेकी छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको प्रस्तावित अध्यादेशमा विदेशस्थित नेपाली दूतावासमार्फत नै मतदानको सम्पूर्ण प्रक्रिया सञ्चालन गरिने व्यवस्था गरिएको छ।
अध्यादेशका अनुसार दूतावासमा मतदानका लागि आवश्यक सम्पूर्ण कार्य(नामावली संकलन, विवरण जाँच, मतदान र मतगणनासम्म) दूतावासमै हुनेछन्। निर्वाचन आयोगले नेपाल सरकारको अधिकृतलाई सम्बन्धित देशमा निर्वाचन अधिकृतका रूपमा तोक्नेछ। दूतावासले आयोगले तयार पारेको मतदाता नामावलीका आधारमा विदेशमा रहेका नेपालीहरूको विवरण संकलन र प्रमाणीकरण गर्ने जिम्मेवारी पाउनेछ।
गृह मन्त्रालयका एक स्रोतका अनुसार अध्यादेश अहिले कानुन मन्त्रालयमा ‘रिभ्यू’ चरणमा छ। गृहमन्त्री ओमप्रकाश अर्यालले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा उपलब्ध गराउन तयारी भइरहेको बताए। यद्यपि नेपालभित्र एक निर्वाचन क्षेत्रमा बसोबास गर्ने मतदाताले अर्कै क्षेत्रमा मतदान गर्न सक्ने व्यवस्था भने अध्यादेशको पछिल्लो मस्यौदयमा समेटिएको छैन।
यसपटक सरकारले विदेशस्थित नेपालीलाई समानुपातिकतर्फ मात्र मतदान गर्न दिने गरी व्यवस्था मिलाउन लागेको छ। उनीहरूले दल रोजेर मत दिन सक्नेछन्, तर प्रत्यक्षतर्फ उम्मेदवार रोज्न पाउने छैनन्।
२०७४ फागुन ७ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी तथा व्यवस्थापकीय तयारी गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति अनुसन्धान प्रतिष्ठानलाई विभिन्न मुलुकले विदेशस्थित नागरिकलाई प्रदान गर्ने मतदान सुविधाको अध्ययन गर्न जिम्मा दिएको थियो। प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मणप्रसाद भट्टराईका अनुसार अध्ययन हाल प्रारम्भिक चरणमै रहेको छ र यस विषयमा आयोगसँग पनि छलफल गरिनेछ।
सरकारले प्रतिनिधि सभा निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, निर्वाचन कसूर तथा सजाय ऐन र मतदाता नामावली ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने तयारीसमेत गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ सुरक्षित र प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता ९कोड० परिमार्जन गरी कार्यान्वयनमा ल्याएको छ। पुरानो संहितामा रहेका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मानकसँग नमेल खाने विधि, जटिल गणनापद्धति र अनावश्यक रूपमा निर्माण लागत बढाउने व्यवस्थालाई सुधारेर नयाँ संहिता लागू गरिएको हो। परिमार्जित कोड बिहीबार राजपत्रमा प्रकाशित गरिएसँगै लागू भएको छ।
नयाँ भवन संहिताले अब भवन मात्र होइन, जलविद्युत् आयोजनाका बाँध, विद्युतगृह, सुरुङलगायतका भूमिगत संरचनाको डिजाइन तथा निर्माणका लागि पनि मार्गदर्शन प्रदान गर्नेछ।
शहरी विकास मन्त्री कुलमान घिसिङले परिमार्जित कोडलाई “देशको सुरक्षित भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम” भन्दै आगामी सम्भावित भूकम्प जोखिमलाई न्यून बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सबै स्थानीय तह, इन्जिनियर तथा नागरिकलाई भवन निर्माणका क्रममा नयाँ कोडलाई कडाइका साथ पालन गर्न आग्रह गरे।
परिमार्जित कोडअनुसार देशका ७५३ वटै स्थानीय तह समेटिएको नयाँ भूकम्पीय जोनिङ म्याप (सिस्मिक जोनिङ म्याप) तयार गरिएको छ, जसले स्थानअनुसार आवश्यक डिजाइन मापदण्ड स्पष्ट रूपमा निर्धारण गर्छ। माटोको वर्गीकरण अद्यावधिक गरिएको छ, र काठमाडौं उपत्यकाको माटो संरचनाबारे विशेष नक्सा पनि समावेश गरिएको छ। नयाँ लोड संयोजन सूत्रमा हिमपात, तरल पदार्थको दबाब, माटोको दवाबलगायत अतिरिक्त लोडहरूलाई समेटेर स्थायित्व जाँचका समीकरण परिमार्जित गरिएको छ।
संरचनाको लचिलोपन बढाउन नयाँ मापदण्डहरू समावेश गरिएका छन्, जसले भवनलाई भूकम्पका बेला थप ऊर्जा सहन क्षमता दिन्छ। अग्ला भवनहरूमा देखिने ‘सफ्ट स्टोरी’ र ‘टोर्सनल इरेगुलारिटी’ समस्यालाई नियन्त्रण गर्ने दिशा निर्देश सुधारिएको छ, जसले निर्माण लागत घटाउन मद्दत गर्ने बताइएको छ।
नयाँ कोड तयार गर्न स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन ( सिनेप), पेशागत समाज, विश्वविद्यालयका विज्ञ तथा विभिन्न सरोकारवाला निकायसँग विस्तृत छलफल गरी प्राप्त सुझावहरू समेटिएका छन्। अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेका कोडहरूको अध्ययन गरेर, आन्तरिक तथा बाह्य विशेषज्ञको परामर्शमा संहिता प्राविधिक रूपमा परिमार्जन गरिएको हो।
पुरानो कोडमा केही अन्तर्राष्ट्रिय मापदण्ड अभाव भएकाले डिजाइनमा देखिने प्राविधिक समस्या अब समाधान हुने जनाइएको छ। परिमार्जित कोडले भूकम्प क्षति न्यून गर्ने, मानव जीवन सुरक्षा बढाउने, डिजाइन तथा निर्माणमा एकरूपता र पारदर्शिता सुनिश्चित गर्ने, स्थानीय तहमा वैज्ञानिक मूल्यांकनसहित भवन स्वीकृति प्रक्रियालाई सहज बनाउने, दीर्घकालीन लागत घटाउने र मर्मतसम्भार सरल बनाउने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेको सार्वजनिक गरेका छन्। उनले नयाँ राजनीतिक अभियानमा प्रवेश गर्न लागेको कारण रास्वपा छाडेको बताएका हुन् । रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुने बताइएको छ।
यसअघि नै रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिसकेकी छन्। यतिबेला तोसिम्का कार्कीसहितका केही नेताहरू पनि पार्टी छोड्न सक्ने चर्चा छ, तर उनीहरूले यसबारे औपचारिक रूपमा केही बताएका छैनन्।
परियारले शुक्रबार एक लिखित वक्तव्य जारी गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी अलग भएको घोषणा गरे। उनले महासचिवलाई सम्बोधन गरिएको राजीनामा पत्रमा जेनजी आन्दोलनपछि नेपाली राजनीतिको पुनर्संरचना, वैचारिक पुनःपरिभाषा र संगठनगत पुनर्गठनको ऐतिहासिक जिम्मेवारी नयाँ पुस्तामा आएको उल्लेख गरेका छन्। बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै राष्ट्रहित र जनजीविकामा प्रत्यक्ष जोडिने वैकल्पिक राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने भएकै कारण पार्टी छाडेको उनले स्पष्ट पारे।
रास्वपामा रहँदा पार्टी तथा देशको हितका लागि इमानदार प्रयास गरेको उल्लेख गर्दै उनले आफ्ना विचारलाई संस्थागत गराउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरेका छन्। नेपाली समाजको विविध र जटिल बनावटअनुसार ठोस राजनीतिक विचार निर्माण गर्न नसकिएकोमा उनले दुःख पनि व्यक्त गरे।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई उनले नेपाली राजनीति बदलिने संकेत दिने ‘ऐतिहासिक मोड’ का रूपमा वर्णन गर्दै, यसले परम्परागत राजनीतिक ढाँचाले देशलाई अघि बढाउन नसक्ने यथार्थ उजागर गरेको बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । मधेश प्रदेशमा संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको आरोपमा सात दलका नेता तथा कार्यकर्ताले शुक्रबार पनि मधेश भवन अगाडि धर्ना जारी राखेका छन् । संविधानको धारा १६८ (३) विपरीत एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरी बर्दिबासस्थित एक होटलमा शपथ गराएको भन्दै सात दल सडकमा निरन्तर विरोधमा छन्।
उता, सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्तावपछि लगातार १० पटक बैठकमा अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएका पाँच सांसदले निर्णयसम्बन्धी आपत्ति जनाएका छन्। ती पाँचै जना सांसद शुक्रबार जनकपुरस्थित प्रदेशसभा सचिवालय पुगेर आफ्नो हाजिरी रेकर्ड उपलब्ध गराउन माग गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ कार्तिक । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई चार प्रकारका श्रेणीमा वर्गीकरण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गठित प्राविधिक समितिले घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी वर्गीकरण गरेको हो।
मन्त्रालयले गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो।
घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ। जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ।
वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ। सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए। तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस