दाङमा १२ जना फरार अभियुक्त पक्राउ

   मङि्सर २१, २०८२       admin

दाङ,२० मंसिर। दाङ प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ कार्यमा तीव्रता दिएको छ। केही दिनको अन्तरालमा मात्रै झन्डै १२ जना फरार अभियुक्तहरु दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्य निरन्तररुपमा भइरहेकै हो।  पछिल्लो एकसातामा मात्रै  प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।


दाङ प्रहरी प्रवक्ता चक्रबहादुर शाहले , यही मंसिर १४ गतेदेखि अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको छ। यसैगरी उनीहरूबाट २३ हजार ५२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ फैसला छ । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

   मङि्सर २०, २०८२       admin

दाङ, १९ मंसिर ।  लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।  शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । 
लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा चितवन राइनोज, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् । कर्णाली यसअघि नै बाहिरीसकेको टिम हो। त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले लिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसका यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त

   मङि्सर २०, २०८२       admin

काठमाडौ,१९ मंसिर । मधेस प्रदेशमा कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेससहित ६ राजनीतिक दलको समर्थनमा यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान रहेको छ।

यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल गरी ६ दलका ७७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। जसपा नेता मनिष सुमनका अनुसार दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि यादवलाई प्राप्त छ।

पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले १७ मंसिरमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। दाबी पेस गर्ने समय १९ मंसिर साँझ ५ बजेसम्म रहेको थियो।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार ६ दलको समर्थनसहित यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी आन्दोलनपछि देउवा र ओलीको पहिलो भेट

   मङि्सर २०, २०८२       admin

काठमाडौं ,१९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच काठमाडौं महाराजगञ्जमा भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली शुक्रबार उनीकै निवास पुगेका हुन्।

देउवा र ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको दुवै पक्षको सचिवालयले जनाएको छ। भेटमा देउवाकी धर्मपत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा र ओलीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिए।

भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनपछि देउवा र ओलीबीच यो पहिलो भेट हो। सो आन्दोलनकै दबाबका कारण ओली प्रधानमन्त्रीबाट हट्नुपरेको थियो भने देउवामाथि उनको निवासमै सांघातिक आक्रमण भएको थियो। आन्दोलनका क्रममा दुवै दलका कार्यालय र नेताहरूका निवासमा आगजनीसमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भिएफएक्स सिनेमा हल तुलसीपुरकाे शिलान्यास

   मङि्सर २०, २०८२       admin

दाङ, १९ मंसिर । दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले तुलसीपुरमा सञ्चालन गर्न लागेको भिएफएक्स सिनेमा हल तुलसीपुरकाे आज शिलान्यास गरिएको छ ।

नारायणपुर जस्तै सुविधा सम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने हलमा, भिडियो क्वालिटि र साउन्ड सिस्टम पनि उच्चस्तरीय हुने हल निर्माण कम्पनी सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालले बताए ।

तुलसीपुर-६ मा रहेको कराई इभेन्टसंगै सटेको जग्गामा आज एक कार्यक्रमकाे आयोजना गरि हलकाे शिलान्यास गरिएको हो । दुई ओटा पर्दामा ५ सय सिट क्षमताको हल सञ्चालन गरिने र आगामी २०८३ काे दशै बाट फिल्म प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।

तुलसीपुरमा हल सञ्चालन गरेपछि यसले तुलसीपुर देखि पश्चिम क्षेत्रका दर्शकलाई फिल्म हेर्नका लागि सहज हुने भिएफएक्स सिनेमा प्रा.लि.का सञ्चालक विजय रावतले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जीप दुर्घटना हुँदा १२ जना घाइते

   मङि्सर २०, २०८२       admin

रुकुम पश्चिम,१९ मंसिर । रुकुम पश्चिममा जीप दुर्घटना भएको छ।

रुकुम पश्चिमको मुसिकोटबाट आठबिसकोट राडी तर्फ जाँदै गरेको लु १ ज २०८२ नम्बरको जीप आठबिसकोट–१४ स्थित बाँकेज्युलामा दुर्घटना पर्दा चालकसहित १२ जना यात्रु घाइते भएका छन्।

घटनाको थप विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्रीसहित सर्वपक्षीय बैठक सुरु

   मङि्सर २०, २०८२       admin

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे आवश्यक तयारी र समन्वयका लागि बैठक बोलाइएको हो।

बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन्।

यस्तै, बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय तथा सुरक्षाकर्मीका शीर्ष अधिकारीहरू पनि उपस्थित रही आगामी निर्वाचनका सुरक्षा तथा व्यवस्थापन विषयमा जानकारी दिइरहेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गरिरहेका बेला, निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन आयोगमा निवेदन दिएका दलहरू भने अब निर्वाचन–केन्द्रित गतिविधिमा सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पैसा र शक्तिको प्रभावले मात्र चुनाव नजितोस्: प्रधानमन्त्री कार्की

   मङि्सर २०, २०८२       admin

दाङ,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि सबैले निरन्तर रुपमा लागिरहनुपर्ने बताएकी छन्।

हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले पैसा र शक्तिको पहुँच भएकाले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशभर जनजागरण आवश्यक रहेको उल्लेख गरिन्।

उनले सरकारलाई प्राप्त कार्यादेशभित्र रही दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न सकिने सम्भावनामा आफूले पनि पहल गर्ने बताइन्।

सो अवसरमा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था समावेश गर्न आग्रह गरेको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई पहिलो प्राथमिकता दिएपछि दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकिरहेको विषयमा आफूहरूको धारणा प्रधानमन्त्रीसमक्ष राखिएको अध्यक्ष सुनारले बताए।

भेटका क्रममा उनले व्यक्तिगत कारणले प्रधानमन्त्री कार्कीविरुद्ध उठेका केही आलोचनाका विषयमा क्षमायाचनासमेत गर्दै विषम परिस्थितिमा देश सम्हाल्न अगाडि आएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै , दुबैलाई जित्नै पर्ने दबाब 

   मङि्सर २०, २०८२       admin

दाङ, १९ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज लुम्बिनीले पहिलो चरणको अन्तिम खेलमा जनकपुर बोल्डसँग प्रतिस्पर्धा गर्दैछ। लुम्बिनी विरुद्ध जनकपुर बोल्स ब्याटिङमा उत छ भने लुम्बिनीले बलिङ गर्दैछ। लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका छन्। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण रहेको छ। लुम्बिनीले यो खेल जिते सिधै प्लेफमा पुग्न सक्छ भने जनकपुरले यो खेल जिते प्लेअफको सम्भावना जीवितै रहन्छ ।

जनकपुरले आजको खेलमा जान निको लफ्टी इटोनलाई कप्तानी जिम्मेवारी दिएको छ। जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। वायन पार्नेलको स्थानमा संगीत कुरे आएका छन्। 
लुम्बिनीले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा स्थान पक्का गर्नेछ। लुम्बिनीले शीर्ष चारमा स्थान बनाएको अवस्थामा प्लेअफ समीकरण पूरा हुनेछ। लुम्बिनीले प्लेअफमा स्थान बनाएसँगै अन्य टोलीको सम्भावना पनि सकिनेछ। लुम्बिनी पराजित भए अन्य टोलीका लागि प्लेअफ बाटो खुला हुनेछ। लुम्बिनी भने बाहिरिनेछ।६ खेलबाट ६ अंक निकालेको लुम्बिनी लायन्स आज जित निकाल्दै प्लेअफमा सुरक्षित हुने लक्ष्यमा छ भने जनकपुर पनि प्लेअफको सम्भावना जीवितै राख्न गर या मरको स्थितिमा छ। ५ खेलबाट जनकपुरले हालसम्म १ जितसहित २ अंक मात्र बटुलेको छ। 
जनकपुर बोल्ट्स:  आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, माज सदाकत, जान निकोल लफ्टी–इटोन, संजय कृष्णमुति, संगीत कोरे
लुम्बिनी लायन्सः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मधेसमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव

   मङि्सर २०, २०८२       admin

दाङ,१९ मंसिर । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ ।सात दलिय सहमतिमा प्रदेश प्रमुख समक्ष यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।


शुक्रबारकाे सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएकाे हाे ।सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology