पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना:११ जना घाइते

   मङि्सर ०६, २०८२       admin

दाङ,५ मंसिर । पाल्पामा विद्यार्थी बोकेको बस शुक्रबार (मंसिर ५) बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दाङबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थी रानीमहल जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका डीएसपी होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। उनका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा स्मरण शक्ति परीक्षण कार्यक्रम

   मङि्सर ०६, २०८२       admin

दाङ, ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकामा बालबालिकामध्ये स्मरण शक्ति परीक्षणसहित विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ।

महिला बालबालिका शाखाको आयोजनामा तथा शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, वडा नं–३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र र जनता आ.वि हरनेटीको समन्वयमा सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भीमा कुमारी घर्तीको अध्यक्षता र उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच स्मरण शक्ति परीक्षण (Memory Test) गराइएको थियो। सो प्रतिस्पर्धामा मेघराज राणा प्रथम, अर्णय पुन मगर द्वितीय, नारायण बुढाथोकी तृतीय र खुमा वली सान्त्वना बने।

यसैगरी, कक्षा १ देखि ३ का बालबालिकाबीच भएको कुर्सी दौड प्रतियोगितामा रितु वली प्रथम, गीता बुढा द्वितीय, प्रसन्न पुन तृतीय तथा समीर पुन सान्त्वना घोषित भए। कक्षा ४ र ५ का विद्यार्थीबीच सञ्चालन गरिएको हिसाब दौड प्रतियोगितामा सुदिप पुनले प्रथम स्थान प्राप्त गरे भने आयुष्मा थापा, कमला कवर र आयुसा सिन्जाली क्रमशः द्वितीय, तृतीय र सान्त्वना बने।

विविध रमाइलो तथा शैक्षिक गतिविधिमार्फत बालअधिकारको महत्व स्मरण गराउँदै विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी लायन्ससंग चितवन राइनोज पराजित

   मङि्सर ०५, २०८२       admin

काठमाडौ,४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका विदेशी खेलाडी गुलबदिन नाइबले २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाएर टिमलाई जितको नजिक पुर्‍याए, जसमा जेजे स्मितले अन्त्यमा उनको साथ दिए।

यसअघि कप्तान रोहित पौडेलले ४४ बलमा ३९ रन बनाउँदै इनिङ्स सम्हालेका थिए भने सन्दीप जोराले १८ बलमा २८ रन, डार्सी सर्टले ११ रन र दिलिप नाथले १० रनको योगदान दिएका थिए।

चितवनको बलिङतर्फ रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सोहेल तनवीरले १ विकेट लिन सफल रहे। टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४२ रन बनाएको थियो, जसमा इनिङ्सको दोस्रो बलमै डेभिड मलान बोल्ड भएपछि टिम दबाबमा परेको थियो।

दीपक बोहरा १० रन र देव खनाल १४ रनमा आउट हुँदा चितवन ४३/३ को अवस्थामा पुगेको थियो। संकटको घडीमा रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएर टिमलाई उकासे, जसलाई कप्तान कुशल मल्लले १८ बलमा २१ रन र सैफ जैबले ७ बलमा १५ रन जोडेर थप मजबुत बनाए।

लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने नाइब र अभिषेक गौतमले २–२ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

फेला पारिएका सवारी हस्तान्तरण

   मङि्सर ०५, २०८२       admin

काठमाडौ,४ मंसिर ।प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ सवारीसाधन फेला पारिएको हो।

सवारीसाधनलाई आज एक कार्यक्रममार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले संयुक्त रूपमा धनीलाई हस्तान्तरण गरे।

कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ट्राफिक कार्यालयमा परेको निवेदनका आधारमा खोजतलास गरेर सवारी धनीलाई बुझाइएको हो। केही सवारी वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट जडान गरिएको अवस्थामा फेला पारिएको थियो।

गोङ्गबु, नयाँबसपार्क, बालाजु, सीतापाइला, बौद्ध, कोटेश्वर, पुतलीसडक, सिंहदरबार, मालिगाउँ, गठ्ठाघरलगायत विभिन्न स्थानबाट यी सवारीसाधन फेला पर्न सफल भएको ट्राफिक प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले उपत्यकाबाट हराएका ९१ दुईपाङ्ग्रे सवारी फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको छ।
गत आर्थिक वर्षमा ४१७ र चालु वर्षमा ५०३ वटा हराए–चोरी भएका सवारीसाधन फेला पारेर धनीलाई बुझाइसकेको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीको अनुरोध अनुसार सवारीसाधन चोरी रोक्न ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न, एकान्त ठाउँमा पार्किङ नगर्न तथा हराएमा १०३ वा १०० नम्बरमा सम्पर्क गर्न सूचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

   मङि्सर ०५, २०८२       admin

काठमाडौ,४ मंसिर । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रसाईंलाई सशरीर उपस्थित गराउन निर्देशन दिएको हो।

विरोध प्रदर्शनको चेतावनी दिएपछि सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ परेका प्रसाईंलाई प्रशासनको अनुमति लिएर चार दिन थुनामा राखिएको थियो। थुना गैरन्यायिक रहेको दाबी गर्दै निराजनले उनलाई तत्काल थुनामुक्त गर्न मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा स्वीकृत

   मङि्सर ०५, २०८२       admin

काठमाडौ,४ मंसिर । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकको राजीनामा औपचारिक रूपले स्वीकृत गरिएको छ।

प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा पाठकले २०८२ असोज १ गते उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएको उल्लेख छ। प्रदेश सभा नियमावली २०७४ को नियम १८४(२) अनुसार प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जनाएका छन्।

राप्रपाबाट निर्वाचित पाठक प्रदेशसभाको सभामुख बनेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्रपामा महाधिवेशनअघि निर्वाचन समिति विवादमा

   मङि्सर ०५, २०८२       admin

काठमाडौ,४ मंसिर । महाधिवेशनको तयारी भइरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र केन्द्रीय निर्वाचन समिति नै विवादमा तानिएको छ। निर्वाचन समितिले अधिवेशन प्रक्रियामा प्रभाव पार्ने निर्णय जारी गर्दै देशभर पत्राचार गरेपछि समितिको निष्पक्षता, अधिकार र वैधानिकता प्रति नेताकर्मीले गम्भीर प्रश्न उठाएका छन्।

पार्टी विधानअनुसार निर्वाचन समितिको काम अधिवेशनका नियमन कार्यान्वयन गर्ने हो, नयाँ नियम बनाउने होइन। तर तोरणबहादुर गुरुङ अध्यक्षतामा बसेको समितिले ‘कसले माथिल्लो तहमा उम्मेदवारी दिन पाउने’ भन्ने निर्णय गरेको भन्दै नेताहरूले आपत्ति जनाएका छन्। एक केन्द्रीय नेताले भने— “विधानभन्दा माथि निर्वाचन समिति हुनै सक्दैन, तर समितिको निर्णयले नै यसको पक्षपात र वैधानिक कमजोरी प्रस्ट देखिन्छ।”

समितिका सदस्य सचिव श्याम शाही समेत खुलेर एक पक्षको वकालत गरिरहेका छन्, जसले समितिको विश्वसनीयता घटाएको छ। यसैबीच अध्यक्ष राजेन्द्र लिङदेनमाथि पनि विधान मिचेको, महाधिवेशन नजिकिँदै गर्दा विपक्षी नेताहरूलाई छानीछानी निष्कासन गरेको आरोप यथावत रहेको उनीहरूले बताएका छन्।

कास्कीको नगर अधिवेशनमा ‘माइक्रो म्यानेजमेन्ट’ गरेको आरोप पनि निर्वाचन समितिमाथि लागेको छ। यसैको प्रभाव राष्ट्रव्यापी बनेपछि विवाद चर्किएको हो।

निर्वाचन समितिले मंसिर ३ मा ७७ जिल्लामा पत्र पठाउँदै भनेको थियो— “तल्लो तहको अध्यक्ष भएका व्यक्तिले केन्द्रीय महाधिवेशन नभएसम्म माथिल्लो तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।”

यो निर्णयप्रति महामन्त्री डा. धवलशम्सेर राणाले कडा आपत्ति जनाउँदै भने— “विधानमा यसरी रोक लगाइएको छैन। समितिले नयाँ परिभाषा सिर्जना गरेर महाधिवेशनको निष्पक्षता नै प्रश्नमा पारेको छ।”

कास्कीमा राणा पक्षधर उम्मेद्वारले जित्ने अवस्थामा देखिएपछि केन्द्रबाटै चलखेल भएको आरोप लागेको छ। स्थानीय कार्यकर्ताले भने— “अध्यक्ष सबैको अभिभावक हुनुपर्ने हो, तर व्यवहारमा एक पक्षधरजस्तै देखिन्छ।”

युवा नेता निराजन बम बलाँताले समितिको व्याख्या ‘पूर्णतः विधानविपरीत’ भएको टिप्पणी गर्दै भने—
“तल्लो पदमा निर्वाचित भएपछि माथिल्लो पदमा जाँदा तल्लो पद स्वतः खारेज हुन्छ भन्ने प्रावधान छ। तर समितिले नै मूल विधानको भावना परिवर्तन गर्न खोज्नु अस्वीकार्य छ।”

नेताहरूको भनाइमा निर्वाचन समितिले वैधानिक सीमाभन्दा बाहिर गएर एकांगी निर्णय गरिरहेको छ, तर लिङदेन पक्षले यसविरुद्ध कुनै वैधानिक तर्क पेश गर्न सकेको छैन। “नेतालाई व्यक्तिगत रूपमा गाली गरेर ध्यान मोड्ने प्रयास भइरहेको छ, तर प्रश्न भने अधिवेशनको नियम, प्रक्रिया र समितिको निष्पक्षता नै हो”, एक सचिवालय सदस्यले भने।

उनीहरूका अनुसार सफल र विश्वासिलो महाधिवेशनका लागि निर्वाचन समितिको विवाद समाधान गर्नुपर्ने तत्कालीन आवश्यकता बनेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेनजी युवामाथि कुटपिट आरोपमा दुई वडाध्यक्ष पक्राउ

   मङि्सर ०५, २०८२       admin

काठमाडौ,४ मंसिर । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको अभियोगमा दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष रहेका उनीहरूले हिजो सिमरामा भएको विवादका क्रममा जेनजी युवामाथि कुटपिट गरेको आरोप लागेको छ।

यस सम्बन्धमा जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा सचिवालय कटौती रोकियो: संघीय निर्देशन कार्यान्वयनमा अन्योल

   मङि्सर ०५, २०८२       admin

दाङ,४ मंसिर ।जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले संघीय र प्रदेश तहमा अनुत्पादक खर्च घटाउन निर्देश दिएपछि लुम्बिनी प्रदेशमा सचिवालय कटौतीको प्रक्रिया असमानरूपमा अघि बढेको देखिएको छ।

प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले भने आफ्नै पाँच सदस्यीय सचिवालय मंसिर १ गतेदेखि लागू हुनेगरी विघटन गरेका छन्। स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सहायक, सवारी चालक र कार्यालय सहयोगी गरी पाँचै पद तत्कालका लागि रोक्का गरेका हुन्। सभामुखको सचिव र प्रेस संयोजकले क्रमशः उपसचिव र अधिकृत बराबरको तलब–भत्ता पाउँदै आएका थिए।

तर सचिवालय विघटनपछि सभामुखको सवारी चालकको व्यवस्था कसरी गर्ने भन्ने चुनौती प्रदेशसभामै बाँकी छ। प्रदेशमा स्थायी कर्मचारीको संख्या ५० प्रतिशत मात्र रहेकाले यो झनै जटिल विषय बनेको छ। सभामुखलाई पीएसओ भने प्रहरीबाटै उपलब्ध गराइएको छ।

संघीय सरकारले सचिवालय कटौती अनिवार्य भनेको थिएन, तर खर्च कटौतीको भावना अनुरूप सभामुखले स्वेच्छाले यस्तो निर्णय गरेको उनका निकटस्थहरूको भनाइ छ।

उता, मुख्यमन्त्री चेतनारायण आचार्यले पनि सचिवालय कटौतीको घोषणा गरे पनि प्रक्रिया अपूरै छ। १३ सदस्यीय सचिवालयबाट ६ जना सल्लाहकार हटाइए पनि सचिवालयलाई तीन सदस्यमा सीमित गर्ने निर्णय अझै गरिएको छैन। सचिवालय संरचना स्पष्ट नभएपछि तलब भत्ता नै रोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको १२ सदस्यीय सचिवालयमा भने कुनै कटौती नभएको सचिवालय स्रोतको दाबी छ।

संघीय सरकारले असोज ५ गते जारी गरेकाे परिपत्रअनुसार मुख्यमन्त्री र प्रदेश प्रमुखले बढीमा तीन सदस्यीय सचिवालय राख्न पाउने व्यवस्था भए पनि लुम्बिनीमा यसको कार्यान्वयन ढिलो भएको छ। संघीय परिपत्र लागू भएपछि लुम्बिनीका सांसदहरूको स्वकीय सचिवको तलब भत्ता असोजदेखि नै रोकिएको छ, तर कार्यकारी पदाधिकारीको सचिवालय जस्ताको त्यस्तै रहँदा ‘द्वैध व्यवहार’ भएको भन्दै आलोचना बढेको छ।

यता, प्रदेश मामिला तथा कानुन समितिले संघीय निर्देशनलाई प्रदेशको अधिकारक्षेत्रमा हस्तक्षेप भएको भन्दै सरकारलाई सचिवालय तथा पदाधिकारीको सेवा–सुविधा कटौती नगर्न सिफारिस गरेको छ। समितिका सभापति दिलकुमारी बुढाका अनुसार संविधानका धारा १८७ र १९६ अनुसार पदाधिकारीको सुविधा प्रदेशमै तोक्ने अधिकार भएकाले संघीय निर्देशन पूर्ण रूपमा लागू नहुन सक्ने बताइयो।

यसैबीच, संघीय निर्णयपछि दुई महिनादेखि स्वकीय सचिवहरूको सेवासुविधा रोकिएको छ। अब सचिवालय कटौती कार्यान्वयन प्रदेश सरकारले गर्ने निर्णयमा निर्भर रहने समितिको भनाइ छ।

समितिले लुम्बिनी प्रदेशलाई संघीयताको मर्मअनुसार अघि बढ्न, आवश्यक कानुनी स्पष्टता गर्न र प्रदेशको अधिकारक्षेत्रभित्र परेका सेवामा बाधा नपुग्ने व्यवस्था गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

   मङि्सर ०५, २०८२       admin

सल्यान ,४ मंसिर ।सल्यानमा भएको ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। छत्रेश्वरी–६ गोदेका २५ वर्षीय ट्याक्टर चालक देवेन्द्र सिंह रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार रा १ त २४३८ नम्बरको ट्याक्टर छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट लान्तीतर्फ जादै गर्दा बुधबार राति करीब सवा ८ बजे ढोरलाचौर नजिकै दुर्घटनामा परेको थियो।

अनियन्त्रित बनेर सडकबाट करीब १५ मिटर तल खसेको ट्याक्टरको पछाडिको टायरले च्यापिँदा चालक रावतको घटनास्थलमै मृत्यु भएको डीएसपी हेमबहादुर केसीले जानकारी दिए।

घटनापछि प्रहरी टोलीले अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology