दाङ । राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । दाङकाे घाेराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा सर्वसम्मत चयन भएका हुन् ।
परिषद्काे वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा समीर, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र काेषाध्यक्षमा बसन्त पाेख्रेल चयन भएका छन् ।
सदस्यहरूमा धनसिंह गिरी, सुवास न्याैपाने, सरीता देवकोटा, पूर्णर वली सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, माेहनसिंह घर्ती रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २ चैत्र । अनुभवको संगालो कवितासंग्रह प्रकाशन भएको छ । कवि सूर्यप्रसाद पौडेलले कविता संग्रह प्रकाशनमा ल्याएका हुन ।
पूर्व शिक्षक तथा साहित्यकार पौडेलले जीवन भोगाइमा आधारित कवितसंग्रह प्रकाशनमा ल्याएका हुन्। कथा संग्रहको शनिबार एक कार्यक्रमका बीच तुलसीपुरमा विमोचन गरिएको छ। दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा कविता संग्रह विमोचन कार्यक्रम गरिएको हो।
वरिष्ठ साहित्यकार गणेश बिशमले कविता संग्रहको विमोचन गरेका हुन् । कवि सूर्यप्रसाद पौडेलले आफ्नो जीवनमा भएका अनुभवहरूलाई कवितामा रूपान्तरण गरेर कृति प्रकाशन गरेको बताए । उनले यो संग्रह भित्र जीवन भोकाइएका कथाहरू रहेको र विसं २०५० सालदेखि अहिलेसम्मका विभिन्न समयमा लेखिएका कविता समाबेश गरिएको गरिएको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा कृति समीक्षक दीपक कुमार आचार्यले कविता संग्रहले यस क्षेत्रको साहित्य क्षेत्रलाई थप मद्दत पुर्याएको बताए। उनले जीवन भोगाइ र समग्र अवस्थाको विषयमा कवितासंग्रहले चित्रण गरेको बताए। कार्यक्रममा मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कविता संग्रह प्रकाशक धर्मराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संग्रहको विषयमा कवि सूर्यप्रसाद पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव ले सहजीकरण गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,११ असोज। दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे।
नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको – बोल मन खोल…को रेकर्डिङ सकेर गीत सार्वजनिक हुँदा नहुँदै गायक बस्नेतको आमा बितिन्।
करिब दुई वर्षदेखि क्यान्सरले थलिएकी आमाको स्याहार गर्दागर्दै स्टुडियो छिरेका बस्नेतले यो गीत उनै आमा नौली कुमारी बस्नेतको नाममा समपर्ण गरेका छन्।
उनका बुवा कृष्ण बस्नेत पनि गायक नै थिए। कुनै जमानामा बुवाले गाएको गीत निकै चर्तित थियो। बुवाको निधनपछि करिब ८ वर्षअघि उनले त्यही गीत ‘चिल बस्यो टुप्पैमा…’ आफ्नै स्वरमा पुन: रेकर्ड गराएका थिए। कुनै बेला पश्चिम नेपालमा निकै चर्चित रहेको यो झ्याउरे गीत अहिले पनि उस्तै चलिरहेको छ।
‘गायकी’कलाका धनी बस्नेत आफूलाई कर्मले भने पत्रकारितातिर डोर्याएको बताउँछन्। गीत, संगीतलाई जीवनका संयोग र नियतिसँग गाँसिएको ठान्ने उनी अहिले पनि बेला बेला विभिन्न सांस्कृतिक महोत्सवहरूमा गाउन पुग्छन्।
अहिलेसम्म करिब आधा दर्जन गीतहरूमा स्वर दिइसकेका बस्नेत भन्छन् ‘बुवा बितेपछि उहाँको गीत गाएँ। त्यसमा बुवाको पुनर्जीवन पाएँ। अहिले यो गीत रेकर्ड सक्दा नसक्दै आमा बित्नुभयो। गीतहरू मेरा नियतिसँग गाँसिएका छन् सायद।’
दाङबाट नागरिक दैनिक तथा खोजपत्रकारिता केन्द्रका लागि रिपोर्टिङ गर्दै आएका बस्नेत हाल नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पनि हुन्।
पोख्रेल रचेतका गीतका यो शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्। बस्नेतको यो स्वरलाई सुदन थापाले दृश्यमा मिसाएका छन्। २०६० सालदेखि गीतका शब्दहरू कोर्न थालेका पोख्रेलले पत्रकारितासँगसँगै लगभग दर्जनजति गीतहरू लेखिसकेका छन्। उनको गीतमा ‘स्वर’ भर्दै सांगितिक क्षेत्रमा ‘डेब्यू’ गरेकाहरू अहिले व्यावसायिक सांगितिक कर्ममा स्थापित भइसकेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
उद्देश्यहीन मान्छे हिन्दै छ आज कता
झीनो त्यान्द्रा बोकी बढ्दै छ कता कता
पुग्छ या पुग्दैन दोधारमा रहे पनि
हटेर होइन डटेर सामना राख्छ अथाह।।
सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथा
आकुलव्याकुल भै भौतारीदै छ यता कता
बेमौसमी फुलमा पनि रङ्ग भर्न तम्सिएको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।
के छ सारसं भोगाई जिन्दगीको प्रश्न सोध्छ एउटा
इनारको भ्यागुताको ब्यथा सुन्छ कस्ले उत्तर आउछ कता
सस्तोमा पनि खै कस्तो कस्तो कहर भयो जिन्दगी
मधहोस पारी यो समयले पनि जलाउदै छ हर घडी ।
स्तब्ध भनौ या मौन भनौ स्पष्ट कथा केही छैन
स्वप्न बाहेक यो जिन्दगीमा अन्य कुनै विकल्प छैन
कसरी भनौ यो मन खुशी छ भनी कस्लाई कसरी
हेरन यो लावारिस जिन्दगीमा जिउने आशा केही छैन ।
भान हुन्छ, कोही छ भनी सम्झना आउछ कता कता
पैसा मै बिक्ने आफ्नत देख्छु मन बहकिन्छ यता उता
हुन त श्वास रहे सम्म आश हुन्छ भन्ने सुनेको छु पुर्खासङ्ग
रम्झम जिन्दगी देख्छु अरूको देख्छु लावारिस जिन्दगी आफै सङ्ग
नि: स्वार्थ भाव बोकी सहकार्यको नाममा नारा लाउने पनि देखे
दिन दुखी कै आहारामा लात हान्नेको पनि ठुलो स्वर भेटे
लेखु पनि कसरी दैनिय आफै सङ्ग सुकुलमा बसेको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।।
समिप आचार्य
✍️यात्री
२२ सय व्यक्ति फरार सूचिमा
आहा! सुन्दै आन्नद आउने
खै कहिले देखु देखु हुने
मन नै खलबलाउने गरी
उस्कै चित्रण घरी घरी हुने
चन्चल मनको चन्चल सपनी
झलमल शहरको अलमल कहानी ।।
बेमौसमी फलको स्वाद झै
कता कता छिपछिप मनमा
उस्कै लहरका गुनगान गाउने
रमेकै छन् ,कमाएकै छन्
शब्द सुन्दा मन नै कता कता
भक्कानीएर झलमल शहरमा अलमलाउने ।।
हो! म पनि त्यही बाटो गल्ली हुदै
सपनाका पोकाहरू धोक्रोमा राखी
उस्कै पछि लागे उज्ज्वल सपनी बोकी
खै कस्तो छ , कहाँ छ , के छ त्यहाँ त्यस्तो
झलमल शहरको विरानो बाटो
झलमल शहरको बिरानो बाटो !
ठोक्किदै छु म निर्वस्त्र सपनामा उस्तै
धाउदै छु कलम र कपी बोकी सस्तै
म पनि उस्तै भए सस्तो खै कस्तो कस्तो
मग्न त्यी खोक्रो शब्दका अक्षर जस्तो
भुलभुलैया रहेछ चर्चा सबथोक यहाँ
दलदलमा फुलेको फुल रहेछ कहानी यस्तो ।।
म गलेको छु उस्तै छट्पटाहटमा सम्झेर भोली
गोली ठोकेको छ यो छातीमा सम्झेर होली
खै! उठ्छु या उठ्दैन म बज्रप्रहार भएको छ
सपनी सबै चितामा लम्पसार परेको छ
बिन्ती छ दागबत्ती पाऊ है ए! झलमल शहर
तिम्रो शहर रहेछ अलमल कहर अलमल कहर ।।
लेखक: समिप आचार्य
✍️यात्री
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका लागि सँधैभरी विशेष हुने गर्दछ । यो त भावनाको उत्कृष्ट रूप हो। यो हरेक उमेर समूहका फरक फरक व्यक्तिहरू बीच हुने गर्दछ। यद्यपि यो विशेष दिनमा प्रेमीप्रेमिकाहरू कुनै विशेष ठाउँमा गएर आफ्ना भावनाहरू साटासाट गरी यो दिनलाई यादगर बनाउने गर्दछन्।
आजभोलि सामाजिक सञ्जालले गर्दा हो वा वैश्य युगको समयले गर्दा हो। प्रेम शब्दको परिभाषा र व्यवहारिकतामा परिवर्तन आएको छ। पछिल्लो समय युवापुस्ता बीच “फ्रेन्ड्स विथ बेनिफिट्स” भन्ने भावनाको विकास भएको छ। उनीहरू बीच सोसल मिडिया मार्फत एक अर्कामा आकर्षण बढ्ने र एकले अर्काबाट कसरी हुन्छ फाइदा लिने मनोविज्ञान हावी भएको छ। जसले गर्दा हप्ता वा महिना पिच्छे शारीरिक सम्बन्ध राख्ने र एकले अर्कोबाट फाइदा लिँदै छुट्टिने ट्रेनको विकास भएको छ।
भर्चुअल दुनियाको संसारबाट जब उनीहरु यथार्थतामा आउँछन्। त्यसपछि उनीहरूबीच दुरी बढ्दै जान्छ। किन आजभोलि मानिसहरू आत्मैदेखि प्रेम गर्न हिच्किचाउँछन्? किन प्रेममा मानिस भावनात्मक रुपमा निकै कमजोर हुन्छन् भन्ने सन्दर्भमा अहिले सोच्न आवश्यक छ। हाम्रो पारिवारिक एवं सामाजिक वातावरण, संस्कार र संस्कृतिले पनि प्रेमलाई बुझ्ने दृष्टिकोणमा फरक पार्दछ।
प्रेम र विवाह नितान्त फरक कुरा हुन्। विवाह एउटा सामाजिक सम्झौता र बन्धन हो तर प्रेम भावना र संबेदनशीलताको उच्चतम अवस्था हो। सबै प्रेम विवाहमा परिणत हुन आवश्यक छैन। यद्यपि प्रेमिल जोडीहरू बीच विवाह भएमा सुनमा सुगन्ध हुन्छ । प्रेमिकाले आफ्नो जीवनको सुरक्षा हुने नदेखेसम्म विवाह गर्न राजी हुँदैनन्। उनीहरूले आफ्नो जीवनमा सेफ ल्यान्डिङ चाहन्छन् । आफ्नो प्रेमीले आफूलाई सुख र खुसीसाथ राखोस् भन्ने हरेक प्रेमिकाको चाहना हुन्छ। त्यसैले मानिसहरू सामाजिक रूपमा सेटल भएको जिम्मेवारी बोध गर्न सक्ने व्यक्तिसँग विवाह गर्न चाहन्छन् तर प्रेम जुनसुकै उमेर समूहका जो कोहीसँग हुन सक्छ।
जबसम्म उसको सम्मान, स्वतन्त्रता र खुसीलाई आफ्नै सम्झेर महसुस गर्न सकिँदैन तबसम्म त्यहाँ साँचो प्रेम भएको महसुस गर्न सकिँदैन। प्रेममा शरीर मात्र दुईवटा तर मन एउटै हुन्छ ।
सन् २०१७ तिर म सामाजिक सञ्जालको युगमा प्रवेश गरेको थिए। सन् १८ तिर अध्ययन र कामको सिलसिलामा म विदेश आएको थिए। विदेशमा अध्ययन, काम र प्रेमलाई बाँड्ने सौभाग्य मिलेको थियो। तर त्यो प्रेम विवाहमा परिणत हुनसक्ने सम्भावना थिएन। जुन कुरा मैले मेरो प्रेम साहित्य “प्रियसी” मार्फत मेरा पाठक सामु बाँडेको छु।
सन् २०२३ को अन्त्यतिर जब उसले मेरो एउटा पोस्टमा “किप इट अप” भन्ने कमेन्ट गरी मेरो मन खुसीले प्रफुलित भयो। किनकि त्यो भन्दा अघि मैले उसलाई धेरैपटक Friends Request पठाउँदै एक्सेप्ट नभएपछि क्यान्सिल गरेको थिए। उसलाई म त्यतिबेला वा त्योभन्दा पछि पनि प्रेमिल भावनाद्वारा हेर्दैन थिए। कारण हाम्रो कर्मको फिल्ड एउटै थियो । म बेलाबेलामा लेख लेखिरहन्थे। म एउटा प्रेसमा लामो समयसम्म व्यवस्थापकको भूमिकामा काम गरेको थिए। उसको सम्पर्कबाट मलाई मेरो लेखन यात्रामा केही सूचना पाउन सकिन्छ कि भन्ने हेतुले म उसँग जोडिन चाहन्थे तर त्यो सपना सन् २०२३ को अन्ततिर पूरा भएको थियो।
सन् २४ को जनवरी १५ तिर अचानक उसको प्रोफाइल तस्बिरमा मेरो नजर गयो खोलेर उसको तस्बिर नियालेर हेरे। उसका अनेक पोस्ट र फोटाहरु हेर्दै गए। कुन्नी के भएर हो कसैको फोटो वा पोस्टलाई त्यति लामो समय सम्म त्यसरी हेरेको त्यो नै मेरो जीवनको पहिलो क्षण थियो । अक्सर समय अभाव वा अरु नै कारणले गर्दा म कसैको व्यक्तिगत कुरामा आफ्नो समय खर्चिदैन तर ऊ मलाई किन किन राम्रो लाग्दै गई थाहा भएन। मनमा उसका प्रति एक किसिमको सम्मान र माया मिश्रित भावना आउन थाले अनि उसँग बोल्न र दूरी नजिक गराउन मन लागेर आयो अनि उसको डे स्टोरीमा कमेन्ट गर्न थाले।“के खाएर मानिस यति राम्रा हुन्छन् ? looking beautiful, nice “ यस्तै यस्तै।
म मुलतः लजालु स्वभावको अन्तरमुखी मान्छे अक्सर मलाई प्रेमको कुरा गर्न त्यति आउँदैन फेरि उसले के भन्ने हो भन्ने कुराको पनि डर लाग्छ । मेरो व्यवहारको कारणले गर्दा उसलाई म बाट गुमाउन नपरोस् भन्ने चाहनाले गर्दा म शब्द तौलेर बोल्ने गर्छु। मनमा शब्दका अनेक प्रेमिल भावना आउने गर्दछ तर मेरो भावनाको कारणले गर्दा उसलाई चोट नपुगोस् भन्ने चाहन्छु। म एकोरो उसको प्रेममा डुब्न चाहन्छु। तर मेरो व्यवहारको कारणले गर्दा उसलाई मबाट अलग गराउन चाहन्न।
मेरो पनि खुसीको क्षण आएको थियो। १६ श्राद्ध चलेको बेला विवाहमा खिचिएको एउटा भिडियो फुटेजमा उसले कमेन्ट गर्दै लेखेकी थिई । “१६ श्राद्धमा पनि विवाह हुन्छ र?” म खुसीले प्रफुल्लित भएको थिए। उसले पनि मेरो डे स्टोरीको फुटेजमा कमेन्ट गरी भनेर। मनमा अनेक भावना आएका थिए के लेख्ने भनेर तर सम्हालिँदै भने –“यो पहिला लिएको भिडियो हो। यत्तिकै राखेको।” ऊ निकै सुन्दर र संस्कारिक लाग्छ मलाई। थाहा छैन उसले कुनै व्यक्तिलाई आफ्नो मनमा सजाएर राखेकी छे वा छैने? यद्यपि म उसलाई बेहिसाब प्रेम गर्न चाहन्छु। यो जन्ममा मात्र नभएर यदि मानिसको रूपमा मेरो र उसको अर्को जन्म भएमा पनि ! उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। कुन शब्द खर्चेर उसको बयान गरू दुविधामा छु।
जन्म, मृत्यु र विवाह लेखेर आएको हुन्छ भन्छन्। म आध्यात्मिक मानिस भएको हुँदा यो कुरामा वैज्ञानिक सत्यता भएको पाउँछु। मेरो भावनालाई उसले बुझेर म सँग जीवन बिताउन उसले आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गरे मात्र पनि म आफूलाई भाग्यमानी ठान्नेछु। ऊ मेरो लागि सबैथोक हो। म आफूलाई मेटाएर उसलाई खुसी दिन चाहन्छु। मसँग भौतिक रुपमा उसलाई चाहेको सुख दिन सक्ने सामर्थ्य र ल्याकत छ। उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। उसको कल्पनाले मात्र पनि मलाई धेरै आनन्द दिन्छ। उसँग बोल्न र घन्टौ कुरा गर्न मन छ तर त्यो गर्न सक्ने म सँग साहस छैन। उसले के भन्दी हो, के सम्झेर मसँग यस्तो कुरा गर्छ भन्ने सोच्छे कि भन्ने डर लाग्छ । उसको नबोल्ने तस्बिर र टिकटकको भिडियो हेरेर चित्त बुझाउँछु। हजारौं पटक उसको फेसबुक प्रोफाइल र टिकटक प्रोफाइल खोलेर उसको भिडियो हेर्दै दिनमा एक दुई चोटी लाइक र कमेन्ट गर्दै मेरो समय व्यतीत हुन्छ आजभोलि। तर मेरो व्यवहारको कारणले उसलाई म बाट गुमाउन चाहन्न डियर पाठक।
लेखकः लक्ष्मण शर्मा
घोराही उपमहानगरपालिका–२ रामपुर, दाङ
२२ सय व्यक्ति फरार सूचिमा
ठुला छन् मेरा सपना पुरा गर्ने आट पनि
आटले मात्र हुदो रहेनछ यहाँ,
चाहिदो रहेछ पैसाको गाठ पनि
उचाइमा पुग्न ठुलाे पन्छी हुनु पर्ने रहेछ
म सानो पन्छी बाटाे कहाँ चिन्न सक्थे र ?
धन सम्पति भरिपुर्न नभएको मान्छे म
ति ठुला सपना कहाँ किन्न सक्थे र ?
बन्ने मन छ केही हासिल गर्न मन छ ठुलै मुकाम
थाहा छ म सफल हुदैँन भनि
तर जारी छन् मेरा ति कठिन प्रयास
गरिब परिवारमा हुर्केको हुँ
चाहेका कुरा सजिलै कहाँ पाउथे र
धन सम्पति भरिपुर्न नभएको मान्छे म
ति ठुला सपना कहाँ किन्न सक्थे र ?
यति मात्र चाहा छ कि
सफल बनि सबैको प्रेरणा बनुँ
आफ्ना सपनालाई पन्छ्याई
सफलताको इतिहास भनुँ
भराेसा छ आफुमा ज्यादै कसैले नगरेपनि,
साना साना चोट पटक लाग्दैमा हरेस कहाँ खान्थे र ?
धन सम्पति भरिपुर्न नभएको मान्छे म
ति ठुला सपना कहाँ किन्न सक्थे र ?
_आस्रीका डाँगी__
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण गर्नुभएको हो ।
देशको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको चर्चा गरिएको छ ।
राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पुर्याउन सक्छन् लगायत घटनाका नालीबेली तथा त्यसबेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ ।
पूर्वीय साहित्य अध्ययनमा विशेष दखल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको महाकाव्य ४२ सर्ग छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ ।
मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।
मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ । मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ। कपिल लामिछाने
गजल अभियान दाङले दोस्रो गजल महफिल २०७७ पौष १८ गते शनिबार घोराही नेपाल पत्रकार महासंघको सभाहलमा गर्ने भएको छ ।
कोरोना भाईरस कोभिड१९ का कारण अस्थब्यस्थ रहेको नेपाली साहित्यलाई माथी उठाउन गजल अभियान दाङले लामो समयदेखि नै यस क्षेत्रमा बिभिन्न नयाँ र उदाहरणीय कामहरु गर्दै आईरहेको परिपेक्षमा शनिबार हुने गजल महफिलले पनि एउटा उर्जा थप्नेमा बिश्वास गरिएको छ । दाङमा बिरलै मात्र हुने यस्ता खालका कार्यक्रमहरुले नेपाली साहित्यमा कलम चलाउदै आउनु भएका र नवलेखकहरुमा केहि सहयोगी भुमिका निर्वाह गर्न गजल अभियान दाङ एउटा साथी बन्ने कुरामा जोड दिदैँ आउनुभएका गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्टले शनिबार हुने गजल महफिलमा दाङ,सल्यान,बर्दिया लगाएत देशका बिभिन्न ठाउँका गजलकारहरुको बाचन र गोबिन्द मधुर आचार्य र प्रकाश रेग्मीको गजल गायन हुने समेत जानकारी दिनुभयो ।
साथै उक्त गजल महफिलमा संस्थागत सम्मान र गजलकार कपिल मणीले आफ्नो बुवाको नाममा स्थापना गरेको ठाकुर प्रसाद लामिछाने गजल लेखन पुरस्कार र गजलकार प्रतिक संग्रामीले आफ्नी आमा र दाजुको नाममा स्थापना गरेको पानसरी-मनविर गजल संगीत पुरस्कार समेत प्रदान गरिने गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्टले जानकारी दिनुभयो । साथै उहाँले उक्त दिन सबैलाई उपस्थितिका लागी समेत अनुरोध गर्नुभएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
प्रतिक्रिया दिनुहोस