आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

   ६ घण्टा अगाडि       admin

दाङ,३० असार । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यकता देखिएको छ। दरबन्दी र स्रोत साधन व्यवस्थापनसम्बन्धी स्पष्ट तथा फराकिलो नीति अभावका कारण उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी विस्तार र सुदृढीकरणमा समस्या देखिएको हो। यसले अस्पतालको उपचार सेवामा प्रत्यक्ष प्रभाव पारेको अस्पतालको प्रशासन शाखाले जनाएको छ।

सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा.प्रवेश श्रीवास्तवले ल विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि अस्पतालको स्वास्थ्य सेवालाई विशिष्टीकृत गर्न नसकिएको बताए । सरकारको स्वास्थ्य नीतिले दरबन्दीभन्दा बढी चिकित्सक र कर्मचारी राख्न नमिल्ने व्यवस्था गरेपछि अस्पतालको सेवा प्रभावित बनेको उनको भनाइ थियो।

उनले भने-‘ विज्ञताको अभाव छैन तर सेवालाई सुस्फुर्त सञ्चालन गर्नका लागि नीतिगत सुधारको जरुरी छ।’

उनका अनुसार, विशेषज्ञ सेवा, एम्बुलेन्स सेवा तथा आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालनजस्ता पक्षहरू नीतिगत व्यवस्थापनकै कारण प्रभावित बनेका छन्। अस्पतालसँग एम्बुलेन्स उपलब्ध भए पनि दरबन्दी अभावका कारण सञ्चालनमा आउन सकेको छैन भने आकस्मिक सेवा पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

त्यस्तै, २४ घण्टा ल्याब सेवा सञ्चालनको आवश्यकता हुँदाहुँदै जनशक्ति अभावका कारण हाल सीमित समयमै सेवा दिनुपरेको अवस्था रहेको छ।

भौतिक पूर्वाधारतर्फ अस्पतालका भवनहरू जीर्ण बन्दै जाँदा सेवा प्रवाहमा थप चुनौती देखिएको उनले बताए ।

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले सामान्य चोटपटक लाग्दा पनि प्राथमिक उपचारका लागि तुलसीपुर घोराही धाउनुपर्ने बाध्यता रहेको बताएका थिए। घर आँगनमै रहेको अस्पतालमा आकस्मिक सेवा सञ्चालन नहुँदा मलम्पट्टीका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको गुनासो गरे।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले पारदर्शिता र उत्तरदायित्वको विषयमा सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गरे। उनले विशिष्टीकृत सेवालाई विस्तार गर्न सके आयुर्वेदिक अस्पताल सबैको रोजाई र खोजाइको उपचार केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे। अस्पतालको सेवा सेवा सुदृढीकरणका विषयमा प्रदेश र केन्द्र सरकारको सहभागिता जरुरी रहेको उल्लेख गरे। नीतिगत सुधारमार्फत चिकित्सालयलाई प्रदेशकै नमुना आयुर्वेद अस्पतालका रूपमा विकास गर्न आवश्यक सहयोग गरिने बताए।

तुलसीपुर वडा नं १६ का वडाध्यक्ष शिवानन्द डाँगी र वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले आयुर्वेद सेवालाई वडास्तरसम्म विस्तार गर्न प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्ष श्रीधर मजगैयाँ, बिजोरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मुकेश ओली, नेपाली कांग्रेसका विदुर गौतम ,नेकपा एमालेका कमान सिंह खड्का, पत्रकार वंशीकुमार शर्मा ,स्थानीय सुशीला पौडेल लगायतकाले अस्पतालमा प्रसूति सेवा , आकस्मिक सेवा र एम्बुलेन्स सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा अस्पतालबाट आर्थिक वर्ष २०८२/८३ को हालसम्म एक लाख ६२ हजार ५ सय ४२ जनाले सेवा लिएको तथ्यांक प्रस्तुत गरिएको थियो। अस्पतालको सेवा लिनेमध्ये १ हजार ६ सय जनाले मानसिक स्वास्थ्य सेवा लिएका छन् भने प्रत्येक बिहीबार सञ्चालन हुने निःशुल्क मधुमेह परीक्षणबाट पनि उल्लेख्य संख्यामा बिरामी लाभान्वित भएका छन्। पञ्चकर्म, संवरण तथा प्रसन्न सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको उनको भनाइ छ।

स्थानीयस्तरबाट उठेका सुझावलाई सम्बोधन गर्दै डा. श्रीवास्तवले प्रसूति गृह र आकस्मिक सेवा सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले

अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत डा. अर्जुन शर्माले गरेका थिए भने सहजीकरण सूचना अधिकारी वसन्त बहादुर केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

६ प्रतिष्ठानमा उपकुलपति नियुक्त, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. मिश्रलाई

   असार २५, २०८३       admin

दाङ, २५ असार । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नयाँ उपकुलपतिहरू नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। नयाँ नियुक्ति अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।

​यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नियुक्त भएका छन्। डा. आचार्य यसअघि न्याम्सकै क्यान्सर विभागको प्रमुखका रूपमा कार्यरत थिए।

​यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन्। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बोलाई नियुक्त गरिएको छ।

​उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम

   असार २५, २०८३       admin

दाङ, २२ असार । राप्ती प्रादेशिक अस्पतालमा बिहीबार एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (प्र.मे.सु.) डा. मोहम्मद नुुरुल होदाको संयोजकत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

​अस्पताल परिसरलाई स्वच्छ, सफा र बिरामीमैत्री बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस सरसफाइ अभियानमा अस्पतालका चिकित्सक, नर्स तथा विभिन्न प्रशसनिक कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले अस्पतालको मुख्य भवन अगाडि तथा परिसरका विभिन्न भागहरूमा पुगेर सरसफाइ गरेका थिए।

​वर्षायामको सुरुवातसँगै अस्पताल वरपर फैलिन सक्ने सङ्क्रमण र फोहोरमैलालाई न्यूनीकरण गर्नका लागि अस्पताल प्रशासनले अबदेखि नियमित रूपमा प्रत्येक हप्ताको बिहीबार यस्ता सरसफाइ कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा ३५५ जनामा क्षयरोग संक्रमण पुष्टि

   जेठ २३, २०८३       admin

दाङ,२३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा हाल ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।
क्षयरोगमुक्त पालिका निर्माण गर्ने लक्ष्यसहित तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो।


कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपानेले गत आर्थिक वर्ष ३९९ जनामा संक्रमण पुष्टि भएकोमा चालु आर्थिक वर्षमा हालसम्म ३५५ जनामा क्षयरोग देखिएको जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये १५ वर्षमाथिका ३२१ जना र १५ वर्षमुनिका ३४ जना रहेका छन्।


न्यौपानेले क्षयरोगका लक्षण, सर्ने तरिका, बच्ने उपाय तथा उपचार प्रक्रियाबारे जानकारी दिँदै समयमै परीक्षण र चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्नेमा जोड दिए। उपचार बीचमै छाडे रोग पुनः बल्झिन सक्ने र थप जटिलता आउन सक्ने उनले बताए ।


कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले क्षयरोग स्वास्थ्य क्षेत्र मात्र नभई सामाजिक सरोकारसँग जोडिएको विषय भएको उल्लेख गरे। उनले तुलसीपुरलाई छिट्टै क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको बताए ।


मेयर खड्काले सचेतनामूलक कार्यक्रम, समयमै परीक्षण र नियमित उपचारमार्फत क्षयरोग नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। साथै यस अभियानमा नागरिक, संघसंस्था, सञ्चारमाध्यम र युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।


कार्यक्रममा क्षयरोगका बिरामीप्रति विभेद नगरी माया, सहयोग र स्याहार गर्नुपर्नेमा जोड दिइएको थियो। साथै बिरामीहरूले आत्मविश्वासका साथ उपचारलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिइएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यान्सर औषधिको विवरण दिन आयातकर्तालाई निर्देशन

   जेठ २२, २०८३       admin

काठमाडौ,२२ जेठ । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण दिन आयातकर्तालाई निर्देशन दिएको छ।

विभागले सूचना जारी गर्दै प्लाटिनम समूहका क्यान्सर औषधिको मूल्य, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण र आगामी वर्षको आवश्यकताको अनुमान पेश गर्न भनेको हो।
यससँगै अत्यावश्यक औषधिको सूचीमा रहेका सलाइनको आयात हुने देश र मूल्यसमेत स्पष्ट रूपमा उल्लेख गर्न भनिएको छ।

यसअघि पनि विभागले तीन दिनभित्र विवरण बुझाउन भनेको थियो। तर केही आयातकर्ताले विवरण नदिएकाले फेरि ताकेता गरिएको हो।


दर्ता भएर पनि आयात नभएका औषधिको कारणसमेत खुलाएर दुई दिनभित्र विवरण दिन विभागले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थीहरुमा सिकलसेल परीक्षण

   जेठ २१, २०८३       admin

दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ।

थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा वडा कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो।

हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माका अनुसार थारु समुदायमा यी रोग बढ्दै गएकाले विद्यार्थीहरूको स्क्रीनिङ गरिएको हो।

शिविरमा ४ सय ३९ जनाको रगत संकलन गरिएको छ। रिपोर्ट केही दिनपछि आउनेछ। रोग देखिएमा थप सल्लाह र उपचारका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

यी रोग थारु समुदायमा बंशानुगत रूपमा देखिने वडाध्यक्ष खुसीराम चौधरीले बताए । सरकारले औषधि निःशुल्क गरेको भए पनि सबैको परीक्षण नभएकाले वास्तविक संख्या अझै खुलेको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ओएनएम फाइल अगाडी नबढ्दा अस्पतालको सेवा विस्तारमा समस्या

   जेठ १, २०८३       admin

दाङ,१९ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ५० बेडको स्वीकृत भए पनि अहिले १४१ बेड सञ्चालनमा छ। बिरामीको चाप बढेपछि अस्पतालले थप बेड राखेर सेवा दिइरहेको छ।

अस्पताललाई २०० बेडमा विस्तार गर्न २०८० सालमै ओएनएम सर्वे प्रदेश सरकारलाई पठाइएको थियो।

स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर फाइल मन्त्रिपरिषदमा पठाए पनि मुख्यमन्त्री कार्यालयमै अड्कियो। पछि नयाँ कार्यविधि आएको भन्दै फाइल फेरि अस्पतालमै फर्काइएको छ।

अस्पतालका अनुसार अब फेरि नयाँ फाइल बनाएर पठाउन भनिएको छ। चार वर्षदेखि यो प्रक्रिया अघि नबढ्दा सेवा सञ्चालनमा समस्या भएको बताइएको छ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जनशक्ति अभाव ठूलो समस्या भएको बताए। उनले समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

२०० बेडको प्रस्तावमा ५१५ जना जनशक्ति आवश्यक पर्ने उल्लेख थियो। तर फाइल अगाडि नबढ्दा काम रोकिएको छ। हाल अस्पतालमा ७४ जनाको मात्रै दरबन्दी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रादेशिक अस्पताललाई २ सय शैयामा स्तरोन्नति गरि जलन उपचार सेवा विस्तार गरिने

   जेठ ११, २०८३       admin

दाङ,११ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जलन उपचार सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिने जानकारी दिए।

उनका अनुसार दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई २०० शैयाको अस्पतालमा स्तरोन्नति गरी सेवा विस्तार गरिनेछ। साथै पूर्वाधार र मापदण्ड पूरा गरेका अन्य अस्पतालहरूलाई पनि आवश्यकता अनुसार क्रमशः स्तरोन्नति गर्दै लगिनेछ।

प्रदेश सरकारले जलनका बिरामीलाई सहज, गुणस्तरीय र नजिकै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक महिनामै ११३ जनाको मिर्गौला पत्थरीको शल्यक्रिया

   जेठ ०, २०८३       admin

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागमार्फत यी शल्यक्रिया सम्पन्न भएका हुन्।

सोही अवधिमा ५०५ जना बिरामीले युरोलोजी ओपीडी सेवा लिएका छन् भने ६१ जनालाई भर्ना गरेर उपचार गरिएको छ। प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा साना–ठूला शल्यक्रिया गर्दै आएको छ।

प्रतिष्ठानका अनुसार दैनिक ७० भन्दा बढी बिरामीले युरोलोजी ओपीडीबाट परामर्श तथा उपचार सेवा लिइरहेका छन्। यसअघि जिल्लामै यस्तो सेवा नहुँदा बिरामीहरू अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो। अहिले भने अत्याधुनिक उपकरणसहित सेवा सुरु भएपछि स्थानीयलाई सहज भएको छ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाब नलीसम्बन्धी समस्या, अण्डकोषसम्बन्धी समस्या लगायतका रोगको उपचार प्रतिष्ठानमै भइरहेको छ।

प्रतिष्ठानका निमित्त प्रमुख डा. सुरेश रसाइलीले सेवा प्रभावकारी बन्दै गएको र स्थानीयमै विशेषज्ञ उपचार पाउँदा बिरामीहरू सन्तुष्ट रहेको बताए। साथै, सेवा विस्तारका लागि वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालसँग सहकार्य सुरु गरिएको जनाइएको छ। यद्यपि, भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीका रूपमा रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालमा कुपोषण बढ्दो

   जेठ ०७, २०८३       admin

काठमाडौ,७ जेठ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा बालबालिकामा कुपोषण बढेको पाइएको छ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार यसपटक कडा शीघ्र कुपोषण ४ प्रतिशत बालबालिकामा देखिएको छ, जुन यसअघि १ प्रतिशत मात्रै थियो।

उनका अनुसार कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कुपोषण बढी देखिएको छ। कडा कुपोषण भएका बालबालिका निकै दुब्ला हुने र शरीरका हड्डी देखिने अवस्थाका हुन्छन्।

यस्ता बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिइने र आवश्यक परे देशभर रहेका पुनःस्थापना केन्द्रमा राखेर उपचार गरिने उनले बताए।

त्यस्तै, मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको छ। यस अवस्थामा बालबालिका दुब्लाउने र उमेरअनुसार तौल नहुने समस्या देखिन्छ। सरकारले वैशाख १५ देखि सुरु गरेको यो अभियान जेठ महिनासम्म सञ्चालन हुनेछ। करिब २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गर्ने लक्ष्य राखिएको छ।

अभियानअन्तर्गत स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको घेरा नापेर पोषण अवस्था पत्ता लगाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author