काठमाडौं, २६ मंसिर । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त मन्त्रीहरूलाई आजै शपथ गराएका हुन्।
शपथसँगै उनीहरूलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ। नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र कुमार इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मा दिएको छ।
भूमि मन्त्रालय पाएका कुमार इङ्नाम फौजदारी कानुनका वरिष्ठ विज्ञ र २५ वर्षदेखि अध्यापनमा संलग्न प्राध्यापक हुन्। उनले देश–विदेशका विश्वविद्यालयमा अतिथि प्राध्यापकको रूपमा समेत काम गरेका छन् र कानुन सम्बन्धी दर्जनौँ पुस्तक र शोधपत्र प्रकाशित गरेका छन्।
श्रम मन्त्रालयको जिम्मा पाएका राजेन्द्रसिंह भण्डारी पूर्व एआईजी हुन्। उनी नेपाल प्रहरीमा प्रखर अनुसन्धान अधिकृतको रूपमा चिनिन्छन्। भण्डारी केन्द्रीय अनुसन्धान व्यूरो (CIB)का संस्थापक प्रमुखसमेत रहेका थिए।
वन तथा वातावरण मन्त्रालयको नेतृत्व पाएका माधव चौलागाईं लेखक तथा अनुसन्धानकर्ता हुन्। कर्णाली क्षेत्रको इतिहास, संस्कृति र विकासमाथि दीर्घ अध्ययन गरेका उनले ‘कर्णाली उत्सव छलफल अभियान’मार्फत क्षेत्रको पहिचानमा योगदान पुर्याएका छन्।
महिला–बालबालिका मन्त्रालय पाएकी श्रद्धा श्रेष्ठ २४ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत वरिष्ठ प्रबन्धक हुन्। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास विषयमा अध्ययन गरेकी उनी फुलब्राइट फेलोसमेत रहेकी छन्।
नवनियुक्त मन्त्रीहरूको अनुभव र पृष्ठभूमिले सरकारका आगामी कार्यक्रम—सामाजिक सुरक्षा, अनुसन्धान, प्रशासनिक सुधार, वातावरणीय दिगोपन तथा महिला–बालबालिकासम्बन्धी नीतिहरू प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ कार्तिक । सुन कारोबारको बहानामा झापामा एक युवकको हत्या गरिएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ भने एक जना भारतीय नागरिक फरार रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको योजनाबद्ध रूपमा हत्या गरिएको हो। प्रारम्भिक अनुसन्धानले सुन कारोबारको लोभ देखाएर अपहरण गरी हत्या गरिएको पुष्टि गरेको छ।
काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो। शर्माले सस्तोमा सुन पाइने र आफैं किन्ने वा अरूलाई पनि किनिदिने भन्दै कुरा गर्थे। यही कुरा सुनेपछि सुनिल र उनका २३ वर्षीय भान्जा राहुल साहले पैसा लुट्ने उद्देश्यले योजनाबद्ध हत्या गर्ने तयारी गरेका थिए।
गत कात्तिक ९ गते सुनिलले सरोजलाई भारतबाट ल्याएको सुन देखाउने भन्दै भेट्न बोलाए। त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ को दहिझोडा सामुदायिक वनतर्फ गए। प्रहरीका अनुसार, त्यहाँ पुगेपछि विवाद भएपछि सुनिल र राहुलले हथौडा प्रहार गरी सरोजको हत्या गरेका थिए।
हत्या गरेपछि उनीहरूले शवलाई लुकाउनका लागि सरोजकै गाडी (बा.प्र.०१–३० च ७१९४) प्रयोग गरी झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीले जनाएको छ। त्यसपछि अपराध लुकाउनका लागि कात्तिक १३ गते राति मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा गएर गाडीमा आगो लगाएका थिए।
कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोजबारे परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो। त्यस क्रममा प्रहरीले कात्तिक १३ गते राति जलिरहेको अवस्थामा उनको गाडी फेला पारेको थियो। खोजी विस्तार गर्दै जाँदा कात्तिक १५ गते राति बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव भेटियो।
प्रहरीले आशंकाको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुवैले अपराध स्वीकार गरेको जनाएको छ। घटनामा संलग्न अर्का एक भारतीय नागरिक भने फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बांके,३० असोज । बाँकेमा इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
खजुरा गाउँपालिका–७ चाइना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जेगाउँस्थित एक घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा बढैलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ भदौ ।लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वकाे अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।
मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ भदौ । झापाको अर्जुनधारा नगरपालिका–११ बाल विकास टोलमा पिङ खेल्ने क्रममा एक बालकको ज्यान गएको छ।
नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदिप सिवा बिहीबार साँझ आफ्नै घरको काठको बलोमा साडीको पिङ खेल्ने क्रममा दुर्घटनामा परेका हुन्। साडी घाटिमा बेरिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले कानुनी प्रक्रिया अघि बढाउँदै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल भद्रपुर पठाएको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ भदौ । लोपोन्मुख घुमन्ते समुदाय राउटेका ज्येष्ठ सदस्यको निधन भएको छ। राउटे समुदायका ७५ वर्षीय नन्दाराम शाहीको बिहीबार बिहान हृदयघातका कारण निधन भएको हो।
शाही हाल सुर्खेतको लेकबेशी नगरपालिका–१० झुप्राखोला नजिक जंगलमा परिवारसहित बस्दै आएका थिए। यसअघि उनीहरू वीरेन्द्रनगर–११ चन्दनपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए। राउटे परियोजनामा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार शाही पछिल्लो समय स्वास्थ्य समस्याले कमजोर बनेका थिए। एक वर्षअघि श्रीमती गुमाएपछि उनी अझै अस्वस्थ बन्दै गएका थिए।
मृतक शाहीको परिवारमा छोरी बहिरा शाही, ज्वाइँ चन्द्रमान शाही र सात जना नातिनातिनी छन्। उनको निधनसँगै राउटे समुदायको कुल संख्या घटेर अब १३५ पुगेको छ।
घुमन्ते जीवनशैलीलाई निरन्तरता दिँदै आएको राउटे समुदाय करिब नौ सय वर्षदेखि नेपालको विभिन्न जंगलमा बस्दै आएको मानिन्छ। प्रायः कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लाका वन क्षेत्रमा टहरा बनाएर बस्ने उनीहरूको मुख्य जीविकोपार्जन काठका सामग्री उत्पादन र वस्तु साटासाट हो।
नेपाल मानव अधिकार आयोगले राउटे समुदायको अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। आयोगका अनुसार राज्यले पर्याप्त संरक्षण र सुविधा नदिए यो समुदाय परम्परा–संस्कृतिसहित पृथ्वीमै लोप हुने जोखिममा छ।
सरकारले हाल राउटे समुदायलाई लोपोन्मुख सूचीमा राखी सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। तर औपचारिक शिक्षा, कृषि, पशुपालन र स्थायी बसोबासप्रति उनीहरूको अस्वीकृति यथावत छ।
तस्बिर:साभार
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ साउन । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ६५ वर्षीया गौमती रोकाको मृत्यु भएको हो।
हिजो शनिबार दिउँसो साढे २ बजे कुटिचौरबाट बिजौरीतर्फ जाँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बासगढी निवासी रोकालाई ठक्कर दिएको थियो।
दुर्घटनापछि घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो। तर साँझ ६ः२५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल १६ वर्षीय लक्ष्मण भुसालले चलाएका थिए, जसको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ।
लाइसेन्स नभएका व्यक्तिलाई मोटरसाइकल चलाउन दिएको आरोपमा चालक लक्ष्मण भुसालकी आमा मिना भुसाललाई नियन्त्रणमा लिइएको छ। उनलाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ असार। स्कार्पियोको ठक्करबाट उरहरीमा एक युवक गम्भीर घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोकमा तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले सडक छेउमा मर्मत गरिराखिएको मोटरसाइकललाई ठक्कर दिदा युवक गम्भीर घाइते भएका हुन् ।
रा ७ प ५५५९ नम्बरको मोटरसाइकल वर्कशपमा मर्मत गरी हाइवेमा परीक्षण गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा तुलसीपुर -१३ फुलवारीका २० वर्षीय दिपेश नेपाली रहेका छन्। उनको बायाँ खुट्टा, कम्मर र पेटमा भित्री चोट लागेको र प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय उरहरीले जनाएको छ।
दुर्घटनापछि दुवै सवारीसाधन र स्कार्पियो चालक सल्यान कपुरकोट गाउँपालिका–३ का ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय उरहरीबाट प्रहरी नायब निरीक्षक यक बहादुर खड्काको कमाण्डमा चार जनाको टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । सानिमा बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सहयोग गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबिच सानिमा बैंक तुलसीपुरका शाखा प्रमुख प्रनिल भुसालले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीलाई ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रमुख भुसालले तुलसीपुरलाई प्रविधिमैत्री बनाउने अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा अध्यक्ष केसीले तुलसीपुर उवा संघका दुई अभियानमध्ये ‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ सफलतापूर्वक सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए। अहिले सञ्चालनमा रहेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान अन्तर्गत तुलसीपुरका मुख्य बजार क्षेत्रमा सीसी टिभी क्यामरा जडानको काम अगाडि बढाइएको उनले बताए।
उनका अनुसार, आगामी साउन महिनाको अन्तिमसम्ममा नगरका मुख्य बजार क्षेत्रमा ३४ वटा सीसी टिभी क्यामरा जडान गर्ने लक्ष्य लिइएको छ। यसका लागि तुलसीपुरमा रहेका २० वटा वित्तीय संस्थासँग सहकार्य भइरहेको छ।
यसैबिच, एनएमबी बैंक तुलसीपुर शाखाले पनि बिहीबार ३५ हजार रुपैयाँको चेक संघलाई हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव केशवराज केसीले सहजीकरण गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
पर्सा, ३१ जेठ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाइन क्षेत्रमा एक बेवारिसे मानव शरीरको अंग फेला परेको छ।
जंगली जनावरका लागि बनाइएको पानीको खाल्टोमा एक खुट्टा र दुई हात फेला परेका छन् भने उक्त खाल्टोबाट करिब ३०० मिटर टाढा टाउकोको अस्तिपञ्जर पनि भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ भने फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।
हालसम्म मृतकको पहिचान हुन सकेको छैन। घटनास्थलमा निलो रंगको पुरुष पाइन्ट र सेतो फुलवाला सर्ट पनि फेला परेको प्रहरीले जनाएको छ।
मृतकलाई चिन्ने जोकोहीले नजिकको प्रहरी कार्यालय वा पर्सा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस