दाङ,१६ असार। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको व्यवसायीहरूले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ असार। आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। समाजमा लागुऔषधको प्रयोगबाट उत्पन्न गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ।
राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गरेपछि जुन २६ लाई यस दिवसका रूपमा मनाउन थालिएको हो। लागुऔषधमुक्त समाज निर्माणका लागि अन्तरराष्ट्रिय स्तरमा सहकार्य र प्रतिबद्धता सुदृढ गर्ने सन्देशका रूपमा पनि यो दिवसको महत्व रहेको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला वर्षहरूमा विश्वभर लागुऔषधको प्रयोग र यसको बजार दुवै विस्तार हुँदै गएको छ। विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा वृद्धि देखिएको छ।
यसका साथै कम लागतमा उत्पादन गर्न सकिने र सजिलै पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि तीव्र रूपमा फैलिँदै गएको जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ वैशाख। तुलसीपुर उद्योग वाणिज्य संघको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको अध्यक्षतामा सम्पन्न सभामा वोल्ने बक्ताहरुले निजी क्षेत्रको सशक्तिकरण, व्यवसायीका समस्या समाधान र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रशाद शर्माले उद्योगी–व्यवसायीका समस्या क्रमिक रूपमा समाधान हुने बताउँदै अब काम गरेर देखाउने समय आएको उल्लेख गरे । उनले नयाँ सरकार गठनसँगै निजी क्षेत्रलाई तङ्ग्रिने गरी नीतिगत सुधार हुने विश्वास व्यक्त गरे ।
उनले आगामी बजेट निर्माणको सन्दर्भमा व्यवसायीका सुझाव महासंघमार्फत सरकारसम्म पठाउन आग्रह गर्दै पुराना कानुनहरू परिमार्जन हुँदै गएको बताए । साथै तुलसीपुर क्षेत्रको विकास निर्माण र एयरपोर्ट स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले निजी क्षेत्र अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गर्दै उद्योग–व्यवसायको सक्रियताविना समृद्ध नगर निर्माण सम्भव नहुने बताए । उनले स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
तुलसीपुरको विकासमा प्रमुख चुनौतीका रूपमा एयरपोर्ट स्तरोन्नति नहुनुलाई उल्लेख गर्दै उनले एयरपोर्ट सञ्चालनमा नआउँदा व्यापार, पर्यटन र लगानी प्रभावित भएको बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले निजी क्षेत्र दिनप्रतिदिन जटिल अवस्थामा पुगेको बताउँदै अन्तर्राष्ट्रिय परिस्थितिको असर समेत नेपालमा देखिन थालेको उल्लेख गरे । उनले टरिगाउँ विमानस्थल स्तरोन्नतिको मागमा संघ अडिक रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निजी क्षेत्रको प्रवर्द्धनमा सबै तहका सरकार लाग्नुपर्ने बताए ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत श्रीधर टन्डनले कर कानुन पालना गर्नु सबैको कर्तव्य भएको बताएका थिए ।
साधारणसभामा संघले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै पत्रकारिता, शिक्षा र व्यवसाय क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।साधारणसभामा महासचिव केशवराज केसीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन पेस गरेका थिए । सभामा धन्यवाद मन्तव्य वाणिज्य उपाध्यक्ष नरेशकुमार राजभण्डारीले व्यक्त गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ वैशाख । मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। प्यूठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको हो।
नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्रहरीका अनुसार ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबार बिहान फेला परेको हो।
मोटरसाइकलसहित चालक खोलामा डुबेको अवस्थामा भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक राना मगर ठूलाबेसीस्थित नरेन्द्र गायत्री आँखा अस्पतालको शाखा आँखा उपचार केन्द्रमा कार्यरत थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ फागुन । दाङको तुलसीपुरमा निर्वाचन आचारसंहितामा संचार विषयक अन्तरक्रिया कार्यक्रम भएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा उक्त कार्यक्रम गरेको हो।कार्यक्रम रासस दाङ प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले रासस निस्पक्षता र सक्षमताको धरोहर भएको उल्लेख गर्दै सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले समाजको ऐनाका रूपमा प्रस्तुत गर्दै आएको बताए।
उनले आसन्न निर्वाचन सबै पक्षको सहयोगबाट सम्पन्न हुने विश्वास व्यक्त गरे। निर्वाचनको सुरक्षा संवेदनशीलताबारे बोल्दै उनले जिल्ला निर्वाचन सुरक्षा एकीकृत समिति गठन गरी काम भइरहेको जानकारी दिए। मतदानस्थलमा कर्मचारी खटाउने काम सुरु भइसकेको र मतगणना तथा विजय उत्सवसम्मको सुरक्षा योजना मिलाइसकिएको बताए।
निर्वाचन बिथोल्न खोज्ने गतिविधि र जनतामा त्रास फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको स्पष्ट पारे। “आचारसंहिता नैतिक बन्धन मात्र होइन, कानुन पनि हो,” उनले भने।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले निर्वाचनको समयमा मात्र नभई सधैं आचारसंहिताभित्र रहेर काम गर्नु सञ्चारकर्मीको दायित्व भएको बताए। उनले सीमासहितको स्वतन्त्रता स्वीकार्य हुने र आचारसंहिता कानुन भएकाले त्यसलाई नमान्ने छुट कसैलाई नभएको उल्लेख गरे।
पत्रकार सुशील बस्नेतले कर्मचारी र सुरक्षा निकायलाई राजनीतिक प्रभावमा नपर्न आग्रह गर्दै बायोमेट्रिक प्रणाली लागू गर्न सुझाव दिए। दृष्टिविहीन, अपांगता भएका र वृद्ध मतदाताबाट मत बदर हुने जोखिम बढेको भन्दै साउण्ड सिस्टमसहितको भोटिङ मेसिन लागू गर्न र लैंगिकमैत्री मतदान केन्द्र बनाउन सुझाव प्रस्तुत गरे।
निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिन्जाली मगरले निर्वाचनमा सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए आचारसंहिताबाहेक अन्य कानुनी व्यवस्था पनि लागू हुने र उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने जानकारी दिए।
उनका अनुसार निर्वाचनलाई वातावरणमैत्री बनाउने उद्देश्यले आचारसंहिता परिमार्जन गरिएको छ। ३०० वर्ग सेन्टिमिटर (७५ ग्रामभन्दा कम तौल) र एउटै रङ प्रयोग गर्न पाउने, भित्ते लेखन तथा ब्यानर टाँस्न नपाइने, कार्यालयमा ३×४ आकारको चुनाव चिन्ह र झण्डा मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। माइकिङ, टोपी, मास्क र टिसर्ट प्रयोग गरी प्रचार गर्न प्रतिबन्ध लगाइएको छ। मतदान सम्पन्न भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था पनि रहेको उनले बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे , विभिन्न सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण राससकर्मी दीपक बोहराले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
बागलुङ ,२९ माघ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना बालबालिका घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो।
ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गबाट रात्माटा जाँदै गर्दा बागलुङ नगरपालिका–३ मा रहेको नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार भ्यान लोकमार्गबाट करिब ५० मिटर तल शिवधारचोक जाने सडकमा खसेको थियो। दुर्घटनामा घाइते भएका २४ जना विद्यार्थीको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटनामा परेको छ।
केहीबेर अघि भएको दुर्घटनामा बस सडकबाट करिब ६० देखि ७० मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
हालसम्म दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे पनि जानकारी आएको छैन। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २६ मंसिर । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त मन्त्रीहरूलाई आजै शपथ गराएका हुन्।
शपथसँगै उनीहरूलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ। नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र कुमार इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मा दिएको छ।
भूमि मन्त्रालय पाएका कुमार इङ्नाम फौजदारी कानुनका वरिष्ठ विज्ञ र २५ वर्षदेखि अध्यापनमा संलग्न प्राध्यापक हुन्। उनले देश–विदेशका विश्वविद्यालयमा अतिथि प्राध्यापकको रूपमा समेत काम गरेका छन् र कानुन सम्बन्धी दर्जनौँ पुस्तक र शोधपत्र प्रकाशित गरेका छन्।
श्रम मन्त्रालयको जिम्मा पाएका राजेन्द्रसिंह भण्डारी पूर्व एआईजी हुन्। उनी नेपाल प्रहरीमा प्रखर अनुसन्धान अधिकृतको रूपमा चिनिन्छन्। भण्डारी केन्द्रीय अनुसन्धान व्यूरो (CIB)का संस्थापक प्रमुखसमेत रहेका थिए।
वन तथा वातावरण मन्त्रालयको नेतृत्व पाएका माधव चौलागाईं लेखक तथा अनुसन्धानकर्ता हुन्। कर्णाली क्षेत्रको इतिहास, संस्कृति र विकासमाथि दीर्घ अध्ययन गरेका उनले ‘कर्णाली उत्सव छलफल अभियान’मार्फत क्षेत्रको पहिचानमा योगदान पुर्याएका छन्।
महिला–बालबालिका मन्त्रालय पाएकी श्रद्धा श्रेष्ठ २४ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत वरिष्ठ प्रबन्धक हुन्। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास विषयमा अध्ययन गरेकी उनी फुलब्राइट फेलोसमेत रहेकी छन्।
नवनियुक्त मन्त्रीहरूको अनुभव र पृष्ठभूमिले सरकारका आगामी कार्यक्रम—सामाजिक सुरक्षा, अनुसन्धान, प्रशासनिक सुधार, वातावरणीय दिगोपन तथा महिला–बालबालिकासम्बन्धी नीतिहरू प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ कार्तिक । सुन कारोबारको बहानामा झापामा एक युवकको हत्या गरिएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ भने एक जना भारतीय नागरिक फरार रहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको योजनाबद्ध रूपमा हत्या गरिएको हो। प्रारम्भिक अनुसन्धानले सुन कारोबारको लोभ देखाएर अपहरण गरी हत्या गरिएको पुष्टि गरेको छ।
काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो। शर्माले सस्तोमा सुन पाइने र आफैं किन्ने वा अरूलाई पनि किनिदिने भन्दै कुरा गर्थे। यही कुरा सुनेपछि सुनिल र उनका २३ वर्षीय भान्जा राहुल साहले पैसा लुट्ने उद्देश्यले योजनाबद्ध हत्या गर्ने तयारी गरेका थिए।
गत कात्तिक ९ गते सुनिलले सरोजलाई भारतबाट ल्याएको सुन देखाउने भन्दै भेट्न बोलाए। त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ को दहिझोडा सामुदायिक वनतर्फ गए। प्रहरीका अनुसार, त्यहाँ पुगेपछि विवाद भएपछि सुनिल र राहुलले हथौडा प्रहार गरी सरोजको हत्या गरेका थिए।
हत्या गरेपछि उनीहरूले शवलाई लुकाउनका लागि सरोजकै गाडी (बा.प्र.०१–३० च ७१९४) प्रयोग गरी झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीले जनाएको छ। त्यसपछि अपराध लुकाउनका लागि कात्तिक १३ गते राति मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा गएर गाडीमा आगो लगाएका थिए।
कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोजबारे परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो। त्यस क्रममा प्रहरीले कात्तिक १३ गते राति जलिरहेको अवस्थामा उनको गाडी फेला पारेको थियो। खोजी विस्तार गर्दै जाँदा कात्तिक १५ गते राति बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव भेटियो।
प्रहरीले आशंकाको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुवैले अपराध स्वीकार गरेको जनाएको छ। घटनामा संलग्न अर्का एक भारतीय नागरिक भने फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बांके,३० असोज । बाँकेमा इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
खजुरा गाउँपालिका–७ चाइना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जेगाउँस्थित एक घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा बढैलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
प्रतिक्रिया दिनुहोस