स्कार्पियोको ठक्करबाट फुलबारीका दिपेश गम्भीर घाइते

   असार २७, २०८२       admin

दाङ, २७ असार। स्कार्पियोको ठक्करबाट उरहरीमा एक युवक गम्भीर घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोकमा तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले सडक छेउमा मर्मत गरिराखिएको मोटरसाइकललाई ठक्कर दिदा युवक गम्भीर घाइते भएका हुन् ।

रा ७ प ५५५९ नम्बरको मोटरसाइकल वर्कशपमा मर्मत गरी हाइवेमा परीक्षण गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा तुलसीपुर -१३ फुलवारीका २० वर्षीय दिपेश नेपाली रहेका छन्। उनको बायाँ खुट्टा, कम्मर र पेटमा भित्री चोट लागेको र प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय उरहरीले जनाएको छ।

दुर्घटनापछि दुवै सवारीसाधन र स्कार्पियो चालक सल्यान कपुरकोट गाउँपालिका–३ का ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय उरहरीबाट प्रहरी नायब निरीक्षक यक बहादुर खड्काको कमाण्डमा चार जनाको टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानमा सानिमा बैंकको सहयोग

   असार २१, २०८२       admin

दाङ । सानिमा बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच सानिमा बैंक तुलसीपुरका शाखा प्रमुख प्रनिल भुसालले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीलाई ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रमुख भुसालले तुलसीपुरलाई प्रविधिमैत्री बनाउने अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा अध्यक्ष केसीले तुलसीपुर उवा संघका दुई अभियानमध्ये ‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ सफलतापूर्वक सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए। अहिले सञ्चालनमा रहेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान अन्तर्गत तुलसीपुरका मुख्य बजार क्षेत्रमा सीसी टिभी क्यामरा जडानको काम अगाडि बढाइएको उनले बताए।

उनका अनुसार, आगामी साउन महिनाको अन्तिमसम्ममा नगरका मुख्य बजार क्षेत्रमा ३४ वटा सीसी टिभी क्यामरा जडान गर्ने लक्ष्य लिइएको छ। यसका लागि तुलसीपुरमा रहेका २० वटा वित्तीय संस्थासँग सहकार्य भइरहेको छ।
यसैबिच, एनएमबी बैंक तुलसीपुर शाखाले पनि बिहीबार ३५ हजार रुपैयाँको चेक संघलाई हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव केशवराज केसीले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निकुञ्ज क्षेत्रमा बेवारिसे मानव अंग फेला

   जेठ ३२, २०८२       admin

पर्सा, ३१ जेठ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाइन क्षेत्रमा एक बेवारिसे मानव शरीरको अंग फेला परेको छ।

जंगली जनावरका लागि बनाइएको पानीको खाल्टोमा एक खुट्टा र दुई हात फेला परेका छन् भने उक्त खाल्टोबाट करिब ३०० मिटर टाढा टाउकोको अस्तिपञ्जर पनि भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ भने फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।

हालसम्म मृतकको पहिचान हुन सकेको छैन। घटनास्थलमा निलो रंगको पुरुष पाइन्ट र सेतो फुलवाला सर्ट पनि फेला परेको प्रहरीले जनाएको छ।

मृतकलाई चिन्ने जोकोहीले नजिकको प्रहरी कार्यालय वा पर्सा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जिप दुर्घटना हुँदा टेलिकमका प्रमुख सहित तीन जनाको मृत्यु

   जेठ १४, २०८२       admin

बाजुरा, १३, जेठ । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खसेको हो। जिप दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र सवारीमा रहेका रवीन्द्र धामीको घटनास्थलमै ज्यान गएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिए।

दुर्घटनामा अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बाजुरा प्रहरी प्रमुख डीएसपी इकवाल हवारीका अनुसार जिप टेलिकमको टावर मर्मतका लागि सदरमुकामबाट जगन्नाथ गाउँपालिका जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

   जेठ १३, २०८२       admin

काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन।

गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो।

१० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आजको कार्यक्रम चीनका विभिन्न छिमेकी राष्ट्रहरूबाट आएका राजनीतिक दलका प्रतिनिधिहरूबीच संवादका लागि आयोजना गरिएको हो।

सो कार्यक्रममा भण्डारीले प्रमुख अतिथि भएर बेइजिङको स्थानीय समयअनुसार सोमबार बिहान मन्तव्य दिनेछिन ।

यस्तै, आउँदो शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा समेत उनले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रेडक्रस भित्ते पात्रो विमोचन

   बैशाख ०३, २०८२       admin

दाङ । नेपाल रेडकस्ट सोसाइटी दाङले भित्तेपात्रो प्रकाशनमा ल्याएको छ। रेडक्रस गतिविधि र वार्षिक रूपमा रहने गतिविधिहरूलाई समेटेर  दाङ शाखाले भित्तेपात्रो प्रकाशन गरेको पात्रो प्रकाशन समितिका संयोजक भीमलाल मरासिनीले जानकारी दिए।

शाखा सभापति मदन गौतमको अध्यक्षतामा तथा राप्ति प्रादेशिक अस्प्तालका अध्यक्ष पदम प्रसाद न्यौपानेको उपस्थितिमा भित्ते पात्रो विमोचन गरिएको हो । लुम्बिनी प्रदेशको पर्यटकीय स्थल ठाकुरद्वारा क्षेत्रमा रहेको डल्ले होमस्टेमा पात्र विमोचन गरिएको हो। शाखा कार्यसमिति , जिल्ला कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

यसैबीच बाँके र बर्दिया जिल्ला शाखाहरूसँग अन्तरक्रिया र कार्य अनुभव सेयरिङ समेत गरेको छ। बर्दिया बाँके जिल्ला रेड क्रस र दाङ रेड क्रस बीच नमुना स्तरीय कार्यमा सहकार्य गर्ने र समन्वय गरेर अगाडि बढ्ने छलफल भएको जिल्ला शाखा अधिकृत बिश्राम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नगर स्वास्थ्य केन्द्रको भवन उद्घाटन: स्वयंसेविकालाई सम्मान

   माघ ११, २०८१       admin

दाङ,११ माघ।लमही नगरपालिका-७, बन्गैमा नवनिर्मित नगरस्वास्थ्य केन्द्रको भवन शुक्रबार उद्घाटन गरिएको छ। लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले भवनको औपचारिक उद्घाटन गर्दै स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले विकासका कामलाई अगाडि बढाइरहेको बताए।

२०७७/०७८ मा टेण्डर आह्वान गरी ६५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको दुईतले भवनमा ८ कोठा र किचनसहितको सुविधा छ। चारैतिर पर्खालले घेरिएको यस भवनले स्थानिय बस्तीका झण्डै आठ सय घरधुरीलाई सेवा पुर्‍याउनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले, “नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रभावकारी सेवा प्रदान गरिरहेको छ। अब नगरबासीले यस केन्द्रबाट सजिलै स्वास्थ्य सेवा पाउनेछन्,” भने।

कार्यक्रममा जनशक्तिको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको सहभागीहरूले जनाए। हाल केन्द्रमा एक जना अहेब र एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन्। यसबारे प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले आवश्यक कर्मचारी व्यवस्थापनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अवसरमा वडा नम्बर ७ मा कार्यरत ८ जना स्वास्थ्य स्वयंसेविकालाई उत्कृष्ट सेवाका लागि सम्मान गरिएको छ। सम्मानित हुनेमा धनकुमारी चौधरी, छोट्कनिया चौधरी, निर्मला शर्मा, अनु थापा, अञ्जु चौधरी, सुष्मा चौधरी, कमला कुँवर र मुना परियार रहेका छन्। उनीहरूलाई फूलमाला, दोसल्ला, र कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष तथा नगरप्रवक्ता मोहन गिरीले वडाको समृद्धिका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए। उद्घाटन समारोह वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तव्य र नगरस्वास्थ्य केन्द्र प्रमुख निर्मला बोहराको सहजीकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एनप्याब्सनको बृहत खेल प्रतियोगितामा ज्ञानज्योति च्याम्पियन

   पुष १२, २०८१       admin

लक्ष्मण बस्नेत ,१२ पुस। एनप्याब्सन दाङले आयोजना गरेको बृहत खेल प्रतियोगिता २०८१ मा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि च्याम्पियन बनेको छ। दाङ जिल्ला अन्तरविद्यालय स्तरीय बृहत खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै ज्ञानज्योति च्याम्पियन बनेको हो।

एनप्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण,३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योती माबी तुलसिपुर च्याम्पियन बनेको हो ।

त्यस्तै ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ दोस्रो हुदा जनप्रीय बोर्डिङ स्कुल बालापुर ५ स्वर्ण,४ रजत र ४ कास्य पदकका साथ तृतिय भएको छ ।

त्यस्तै अमृत बाल एकेडेमीले ३ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाचौ स्थानमा प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिए ।

तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस् ,भलिबल छात्र/ छात्रा तर्फ कडा प्रतिस्पर्धा भएको थियो ।प्रतियोगितामा एन प्याब्सनमा आबद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याब्सनका केन्द्रीय सदस्री प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यमा भएको थियो ।कार्यक्रमको संचालन एन प्याब्सनका जिल्ला सचिब शालिकराम कार्कीले गरेका थिए ।

सो अवसरमा बिजेता विद्यालय,खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्यमा प्रथम स्थान हासिल गर्ने डिभाईन टेम्पल एकेडेमी लगाएतका बिधालय लाई ट्रफि मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छ मुख्यमन्त्री आचार्य

   मङि्सर १७, २०८१       admin

दाङ,१७ मंसिर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसंग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठन संग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोग जस्ता स्वास्थ्य समस्या उच्च रहेको छ । यि स्वास्थ्य समस्या निदानकोलागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नरहेको भन्दै विश्व स्वास्थ्य संगठनको साथ सहयोग आवश्यक पर्ने बताए ।


‘विश्व स्वास्थ्य संगठनले नेपाल र लुम्बिनीको स्वास्थ्यवस्थामा गरेको लगानीको उच्च प्रशंसा गर्न चाहन्छु । आगामी दिनमा पनि लुम्बिनी प्रदेशमा विश्व स्वास्थ्य संगठनको साथ सहयोग चाहिन्छ’ उनले भने

,‘तथ्यांकले देखाएका स्वास्थ्यका कमजोर सुचकहरुमा मिलेर काम गर्न जरुरी छ । प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बाल विवाह, कुपोषण जस्ता समस्या निदान गर्न मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’


विश्व स्वास्थ्य संगठनले अहिले लुम्बिनी प्रदेशमा खोप तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न प्रशिक्षण लगातका क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारकोलागि पनि सहकार्य गर्ने बारेमा विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरिएको स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले जानकारी दिए ।
मुख्यमन्त्री आचार्य संग विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डवको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको थियो ।

सो भेटमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगा उपाध्यक्ष डा.डिल्लीराज अर्याल, स्वास्थ्य सचिव डा.बासुदेव उपाध्याय, मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाल लगायत सभागी थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्यागको भावना बोकेर अघि बढेका छौं:मुख्यमन्त्री आचार्य

   कार्तिक ०७, २०८१       admin

बांके,७ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन् । सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यागको भावना बोकेर वर्तमान सरकार अघि बढेको बताएका हुन ।

उनले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए ।

‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं’उनले, एक पटक सभामुख भएपछी पूर्व बिशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । म आइसकेपछी त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडी आएको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाए ।’

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडी बढेको बताउदै मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पारे ।

‘मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु ग¥यौं । सुरुवात लुम्बिनीबाट भयो । यो कामले नयाँ सन्देश दिएको उनले भने ‘फजुल खर्चलाई नियन्त्रण गर्न यस प्रकारको आचारसंहिताले नियन्त्रण गर्दछ ।’ सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्री तहबाट थालनी गरिएको बताए। मैले दसैं विदामा गाडी प्रयोग गर्न हुदैन भनेर चढिन् । मैलो त्यो गरिरहदा त्यहाँका जनप्रतिनिधिहरुलाई प्रेसर सृजना भयो । विवाह भोजमा सेतो नम्बर प्लेटका गाडी दौडाउन अलिकती नैतिक संकट बन्छ नी’उनले भने,‘एउटा व्यक्तिबाट सुरु गरेर सुशासन कायम गर्न सकिन्छ, सुधार्न सकिन्छ । म जनप्रतिनिधि साथिहरुलाई भन्न चाहन्छु व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी न कुदाउनुस ।’


पाँच बर्षे रणनीतक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने बिषयाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागी नैतिकता तथा सदाचारिता प्रवद्र्धनलाई पनि जोड दिइएको छ ।


व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्व प्रवद्र्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्यांकन, समन्वय, सहकार्य तथा साझेदारीलाई बिषयगत क्षेत्रको रुपमा तोकिएको छ ।

यि बिषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रहरुमा नैतिकता प्रवद्र्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी रुपमा शासकीय क्रियाकलापहरु सञ्चालन गर्ने योजना बनाइएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिहरुको पेशागत सक्षमता अभिवृद्विका कार्यक्रमहरु सञ्चालन गरिने, सार्वजनिक पदाधिकारीहरुको नेतृत्व क्षमता विकास गरिने, सार्वजनिक सेवालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जवाफदेही तथा जनअपेक्षित वनाईने, सार्वजनिक गतिविधिहरुमा नागरिकको सहभागिता, सशक्तिकरण र स्वस्थ नियन्त्रण कायम गर्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्य, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले शुसान प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्व्न्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुती राखेका थिए । प्रदेश सचिव ईश्वरराज पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपसचिव मोहन अर्यालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology