दाङ,२० जेठ । स्वर्गद्वारी गुठि पिडित किसानहरुले दाङको घाेराहिमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।
आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै माेहि पिडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाकारण दवावस्वरुप तालाबन्दी गर्नु परेकाे गुठिपिडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चाैधरिले बताए ।
तालाबन्दी भएका मालपोत र नापि दुवै कार्यालयलाई आन्दोलन कारिहरुले घेरेका छन । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
सल्यान,१८ माघ । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान सल्यान बागचौर नगरपालिका ८ कोटमौलाबाट डाँगीगाउँ जादै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौला भित्रि सडकखण्डमा दुर्घटना भएको हो
दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ६ वडागाउँका १९ वर्षीय चालक जनक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कोटमौलाबाट डाँगीगाउँ तर्फ मल (गोबर) लिएर जाने क्रममा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकलाई ट्याक्टरले किचेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय थारमारेबाट टोली घटनास्थलमा पुगेको र आवश्यक अध्ययन अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजधानी क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए । उनले जनताको सरकार जनताको पक्षमा काम गर्ने भन्दै जनताको समस्या सरकारले समाधान गर्दै जाने र गरिरहेको समेत बताए ।
दाङ,१८ पुस ।
लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैकको ऋणको सीमा हटाएको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निणर्य गरेको हो ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजधानी क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए । उनले जनताको सरकार जनताको पक्षमा काम गर्ने भन्दै जनताको समस्या सरकारले समाधान गर्दै जाने र गरिरहेको समेत बताए ।

लुम्बिनी प्रदेश सरकार (तत्कालीन प्रदेश सरकार प्रदेश नं.५), मन्त्रिपरिषद्को मिति २०७७/१२/१३ गतेकको निणर्य नुसार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पर्ने राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाक वडा नं. ८ र ९ का जग्गा धितो राखी ऋण लिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट “क“ वर्गको मान्यता प्राप्त बैंकमा हाल कायम पूरै कित्ता जग्गा धितो राखी सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा बीस लाख रुपैयाँसम्म ऋण लिन सकिने शर्त रहेको थियो । ऋणको सीमाबाट नागरिकलाई घर व्यवहार चलाउन समस्या परेको, ऋण लगानीबाट आर्थिक क्रियाकलापमा नकारात्मक असर परेकोले र आर्थिक क्रियाकलाप चलाएमान बनाउन समेत ऋणको सीमा हटाउन आवश्यक देखिएको ऋणको सीमा हटाइएको मुख्यमन्त्री चौधरीले बताए ।
लुम्बिनी सरकारले २०८०/०७/०१ मा प्रदेशको राजधानी क्षेत्र भित्रको रोक्का रहेका जग्गा कित्ताकाट नहुने गरी फुकुवा गर्ने निणर्य गरि कार्यान्वयनमा आइसकेको छ । त्यसै गरि लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७७/१२/१३ को लुम्बिनी प्रदेशको राजधानीको रोक्का जग्गा फुकुवा गर्ने सम्बन्धि निणर्यको बुँदा नं. ४ खण्ड (घ) मा रहेको ऋणको सीमा सम्बन्धी प्रावधान खारेज गर्ने र सोको जानकारी सम्बन्धित निकायमा गराउने निणर्य समेत गरिएको छ ।
यसै गरी मुख्यमन्त्री नवप्रवर्तन साझोरी कार्यक्रम कार्यान्वयन निर्देशिका २०८० स्वीकृत गर्ने निणर्य समेत गरेको छ । त्यसै गरेर रुपन्देहीमा भाडामा रहेका सरकारी कार्यालयहरुलाई सार्ने व्यवस्था मिलाउनका लागि गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने निणर्य समेत गरिएको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
प्रदेशकुरा असोज-२५, दाङ।
घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँमा निर्माण गरेको दाङकै पहिलो मल्टिप्लेक्स सिनेमा हल भोलिबाट सञ्चालनमा आउँदैछ।
घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा रावत र रानाले जग्गासहित करिब २० करोड खर्च गरेर निर्माण गरेको सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल यतिबेला सिँगारिएर झकिझकाउ बनाइएको छ । ‘भिएफएक्स सिनेमा’ नामको सिनेमा हल सौडिकुला चोकबाट करिब ४०० मिटर दक्षिणतिर रहेको छ।

भोलि भव्य समारोहबीच विभिन्न क्षेत्रका विशेष पाहुनासहित पत्रकारको उपस्थितिमा बिहान ८ बजे हलको औपचारिक उद्घाटन गरिने हलका प्रबन्ध निर्देशक विजय रावतले बताए । रावतका अनुसार भोलि शुक्रवारबाट प्रदर्शनमा आउने सुपरहिट फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी-२’ प्रदर्शन गर्दै हल सञ्चालनमा ल्याइने जानकारी दिए ।
दुईवटा स्क्रिन रहेको हलमा एउटा स्क्रिनमा २ सय ४७ र अर्को स्क्रिन १ सय ६५ सिट गरि जम्मा ४ सय १२ बटा सिट रहेका छन्। प्रबन्ध निर्देशक रावतका अनुसार तीमध्ये दुबै हलमा गरि ३६ सिट सुतेर हेर्न मिल्ने गरि बनाइएको छ। सुतेर सिनेमा हेर्न मिल्ने सिटको प्रतिव्यक्ति साढे पाँच सय शूल्क निर्धारण गरिएको छ भने अन्य सिटको साढे तीन सय शूल्क निर्धारण गरिएको छ।
जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल ‘भिएफएक्स सिनेमा’ का सञ्चालकहरु रावत र रानाले भोलिको उद्घाटन कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्ण दङ्गाली दर्शकलाई अनुरोध गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस