दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उपविजेता बन्न सफल भएका हुन्।
बिहीबार सम्पन्न फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग कडा प्रतिस्पर्धामा ३–२ सेटको अन्तरले पराजित भए। उनले पहिलो सेट १३–११ र तेस्रो सेट १२–१० ले जितेका थिए। तर दोस्रो सेट ११–६, चौथो सेट ११–५ र निर्णायक सेट १२–१० ले गुमाएका हुन्।
न्यौपानेले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोलाई ३–१ सेटले हराउँदै फाइनल यात्रा तय गरेका थिए। उनले लिग चरणमा काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।
टेबलटेनिसतर्फ महिलामा निर्मला भण्डारीले सहभागिता जनाएकी छन्। युएईमै रहेका राष्ट्रिय पारा टेबलटेनिस संघका अध्यक्ष गणेश केसीका अनुसार नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा समेत सहभागिता जनाएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म चल्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध २७ विद्यालय सहभागी भएका छन्। छात्र–छात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ।
त्यसैगरी, छात्रछात्रा दुवैका लागि सटफुट, ज्याब्लिन थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, साथै १०० मिटर र ४०० मिटर रिले दौड पनि आयोजना हुनेछ। साथै आधारभूत तहको फुटसल प्रतियोगिता र भलिबल प्रतियोगिता समेत सञ्चालन हुनेछन्।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव छवि कुमार वलीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश सुनिश्चित गर्यो।
पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको मध्यम स्कोर बनाएको थियो। कप्तान रोहित पौडेल र डी’आरसी शटले दोस्रो विकेटमा ६९ रनको महत्त्वपूर्ण साझेदारी गरेर टीमलाई उकासे। शटले सर्वाधिक ४५ रन बनाए भने रोहितले ३० रनको योगदान दिए।
जवाफमा उतरेको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो। विराटनगरले मात्र ६ रन जोड्दा ३ विकेट गुमाएको थियो। ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिल (२) र लोकेश बम (०) लाई आउट गरे। अर्को ओभरमा शेर मल्लले फाफ डु प्लेसिसलाई ३ रनमै बोल्ड गरेपछि विराटनगर दबाबमा परेको थियो।
विराटनगरका साम हेजलेटले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसकेपछि टोली १०० रन पुग्न पनि असफल भयो। नरेन भट्टले २१ रन बनाएर अन्तिमसम्म संघर्ष गरे।
लुम्बिनीका तिलकराज भण्डारी उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अभिशेष गौतम, रुबेन ट्रम्पलमन र जेजे स्मिटले २–२ विकेट तथा शेर मल्लले १ विकेट लिए।
विराटनगरतर्फ सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए। सुवासले ४ ओभरमा मात्र १४ रन खर्चेर शुरुवाती क्षतिका लागि जिम्मेवार बनाए।
लुम्बिनी लायन्सले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दै उपाधि यात्रामा चुनौती पेश गर्नेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२५ मंसिर। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेल आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुने भएको छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएकाले विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लुम्बिनी भने इलिमिनेटर चरणमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै अगाडि बढेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो, त्यसैले आजको खेल दुवै टिमका लागि चुनौतीपूर्ण रहेको छ। आज जित्ने टिम फाइनलमा प्रवेश गर्नेछ र फाइनल खेल २७ मंसिरमा सुदूरपश्चिम रोयल्ससँग हुनेछ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२४ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले अन्तिम चरणमा स्थान पक्का गरेको हो।
काठमाडौँले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदै पूरा गर्यो। उक्त हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३४ बलमा २ छक्कासहित ३३ रन बनाए। सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्कासहित २३ रन जोडे। कप्तान रोहित कुमार पौडेलले २५ बलमा १८ रन (१ चौका, १ छक्का) जोडे।
निरोशन डिकवेलाले १४ बलमा २ चौकासहित १४ रन बनाए।
काठमाडौँका सन्तोष यादवले २ विकेट लिए भने कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले एक–एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौँ १९.१ ओभरमै १११ रनमा अलआउट भयो। यो एनपीएलको दोस्रो संस्करणमा पहिले ब्याटिङ गर्दै बनेको सबैभन्दा कम स्कोर हो।
इन्किङ्सभर काठमाडौँका ब्याट्सम्यानहरू लुम्बिनीका बलरसामू संघर्षरत देखिए। टोलीले १४ रन पुग्नुअघि नै चार विकेट गुमाइसकेको थियो।
काठमाडौँका लागि आठौँ नम्बरका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। उनले १७ बलमा १ छक्का प्रहार गरे। नवौँ नम्बरका मोहम्मद आदिल आलमले ११ बलमा २ छक्का र १ चौकासहित १८ रन जोडे।
जोन सिम्पसनले १८ रन, भीम सार्कीले १४ रन बटुले। ओपनर आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ क्रमशः १ र ४ रनमै आउट भए।
सनी पटेल ७, मिलिन्द कुमार २ र रसिद खान २ रनमा गिरे। कप्तान करण केसीले १४ बलमा १ छक्कासहित ९ रन बनाए। साहब आलम ४ रनमा अविजित रहे। काठमाडौँले अतिरिक्त ९ रन पायो।
लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले ३–३ विकेट लिए। शेरले ४ ओभरमा २२ रन खर्चिए भने कप्तान पौडेलले ४ ओभरमा २५ रन दिए।
रुवेन ट्रम्पलम्यानले २ विकेट र अभिशेष गौतमले १ विकेट लिए।
अब फाइनल प्रवेशका लागि लुम्बिनीले बिहीबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२० मसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ʻब्रेकʼलगाएको छ। एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ʻब्रेकʼलगाएको हो।
सुदूरपश्चिमले विराटनगरलाई दिएको लक्ष्य ११.२ ओभरमा पुरा गर्दै विराटनगरले सुदूरपश्चिमको जितलाई ब्रेक लगाएको हो। यो इनिङमा विराटनगरले बनाएको स्कोर प्रतियोगिताको हालसम्मकै उच्च हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ मंसिर । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा चितवन राइनोज, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् । कर्णाली यसअघि नै बाहिरीसकेको टिम हो। त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले लिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनीले पहिलो चरणको अन्तिम खेलमा जनकपुर बोल्डसँग प्रतिस्पर्धा गर्दैछ। लुम्बिनी विरुद्ध जनकपुर बोल्स ब्याटिङमा उत छ भने लुम्बिनीले बलिङ गर्दैछ। लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका छन्। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण रहेको छ। लुम्बिनीले यो खेल जिते सिधै प्लेफमा पुग्न सक्छ भने जनकपुरले यो खेल जिते प्लेअफको सम्भावना जीवितै रहन्छ ।
जनकपुरले आजको खेलमा जान निको लफ्टी इटोनलाई कप्तानी जिम्मेवारी दिएको छ। जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। वायन पार्नेलको स्थानमा संगीत कुरे आएका छन्।
लुम्बिनीले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा स्थान पक्का गर्नेछ। लुम्बिनीले शीर्ष चारमा स्थान बनाएको अवस्थामा प्लेअफ समीकरण पूरा हुनेछ। लुम्बिनीले प्लेअफमा स्थान बनाएसँगै अन्य टोलीको सम्भावना पनि सकिनेछ। लुम्बिनी पराजित भए अन्य टोलीका लागि प्लेअफ बाटो खुला हुनेछ। लुम्बिनी भने बाहिरिनेछ।६ खेलबाट ६ अंक निकालेको लुम्बिनी लायन्स आज जित निकाल्दै प्लेअफमा सुरक्षित हुने लक्ष्यमा छ भने जनकपुर पनि प्लेअफको सम्भावना जीवितै राख्न गर या मरको स्थितिमा छ। ५ खेलबाट जनकपुरले हालसम्म १ जितसहित २ अंक मात्र बटुलेको छ।
जनकपुर बोल्ट्स: आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, माज सदाकत, जान निकोल लफ्टी–इटोन, संजय कृष्णमुति, संगीत कोरे
लुम्बिनी लायन्सः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ मसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीको यो दोस्रो जित हो। चार खेल खेलेको लुम्बिनीले दुई खेलमा पराजित र दुई खेलमा जित हात पारेको छ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । पोखराले लुम्बिनीलाई दिएको १५१ रनको विजय लक्ष्यलाई लुम्बिनीले ३ बल र ३ विकेट बाँकी रहँदै पूरा गरेको हो।
जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो।
लुम्बिनीसँग पराजित पोखरा अङ्क तालिकाको पुच्छारमा रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो।
पोखराका लागि ओपनर एडम रोसिङटनले ८१ रनको अर्धशतकीय इनिङ खेले। उनले ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए।
उनी बाहेक जिमी निसमले ५१ रनको अर्को अविजित अर्धशतकीइ इनिङ खेलेका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि सेर मल्ल र तिलक भण्डारीले २-२ विकेट लिंदा गुल्बदिन नाइबले १ विकेट लिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस