अफगानिस्तान सेमिफाइनलमा

   असार १२, २०८१       admin

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो।

सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता पाएको हो।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लागि लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले। ओपनरका रुपमा क्रिजमा आएका दास अन्तिमसम्म क्रिजमा रहिरहँदा अर्को तर्फबाट भने निरन्तर विकेट निरन्तर गईरहँदा टोली पराजित हुन पुग्यो।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले समान एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलमा ४३ तथा इब्राहिम जाद्रानले २९ बलमा १८ रन बनाए। कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए।

बंगलादेशका लागि रिषद होसेनले तीन तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए।

अफगानिस्तानको जितसँगै अष्ट्रेलिया सुपर एट बाटै बाहिरिएको छ। अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड र सुपर एटमा अष्ट्रेलियालाई पराजित गरेको थियो।

योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्ने छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सन्दीप, रोहित र दीपेन्द्र ‘ग्लोबल टी–२० लिग’ खेल्ने

   असार ०, २०८१       admin

काठमाडौँ,८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्न लागेका हुन् ।

क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एउटै टोलीमा छन् । उनीहरूलाई भ्यानकुभर नाइट्सले आबद्ध गरेको समाचारमा जनाइएको छ ।

कप्तान रोहित पौडेल भने टोरन्टो नेशल्समा आबद्ध भएका छन् । सन्दीप र दीपेन्द्रले यसअघि पनि क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका छन् ।

सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो ।

कप्तान रोहितले भने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्न लागेका हुन् । यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सनसनीपूर्ण खेलमा नेपाल १ रनले पराजित

   असार ०२, २०८१       admin


दाङ,१ असार ।
आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे ।
कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमेको हो ।
दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १० रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।
सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४० बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन । ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले मात्र १० रन दिएर चार विकेट हात पारे । अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे । उनले चार ओभर बलिङ गर्दा २१ रन दिए । सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन् । चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए ।
समूह ‘डी को दक्षिण अफ्रिका नेपालसँगको खेल अगाडि नै विश्वकपको सुपर ८ पुगिसकेको छ । चारमा चार जित निकाल्दै आठ अंकका साथ दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन

   जेठ २८, २०८१       admin

लक्ष्मण बस्नेत ,२८ जेठ । बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरिय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा बेल्झुन्डी रंगशाला संचालित प्रतियोगिताको आज सोमबार सम्पन्न फाईनल खेलमा लुम्बिनी फुटबल एकेडेमी घोराही लाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै बिएफएल फुटबल क्लब च्याम्पियन भएको हो ।

लिग क्वालिफायर्सको च्याम्पियन बनेको बिएफएलले च्याम्पियन ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो भने उपबिजेता लुम्बिनी फुटबल एकेडेमिले उपबिजेताको ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो ।

कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म एक / एक गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको प्रतियोगिताका संचालन समितिका संयोजक केशव चौधरीले जानकारी दिए।
डिभिजन लिग क्वालिफायर्समा जिल्लाका ८ फुटबलको क्लबको सहभागिता रहेको थियो । खेल नकाउट प्रणाली आधारमा खेलाईएको थियो ।

यसैबिच प्रतियोगिताको समापन कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।                              
कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए।

यसैबिच दाङ जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ असार ५ गते देखि सुरु हुने भएकोछ ।
लिगमा जिल्लाका १२ फुटबल क्लब बिच कडा प्रतिस्पर्धा हुनेछ । लिगको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ।त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल,प्रमाणपत्र हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन

   जेठ २३, २०८१       admin

दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो । फुटसलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।

ज्ञानज्योती एजुकेशन फाउण्डेसनका सिईओ सुरेन्द्रकुमार जिसीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ -एन्फा)का प्राविधिक निर्देशक हरि खड्काको प्रमुख आतिथ्यतामा फुटसल कोर्टको उद्घाटन गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका खड्काले खेलक्षेत्रको विकासका लागि विद्यालयहरुमा यस्ताखाले संरचनाहरु अत्यावश्यक रहेको बताए । खेलकुद व्यक्तिको जीवनसंग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यसक्षेत्रको विकास र सम्वृद्धिमा सबै लाग्नुपर्ने बताए ।

उनले शिक्षा क्षेत्रमा मात्र नभई खेलक्षेत्रमा पनि जनशक्ति उत्पादन गर्न विद्यालयहरु लाग्नुपर्ने बताए । संस्कार पाठशालाले आफ्नै फुटसल निर्माण गर्दा जिल्लाको खेलक्षेत्रको गरिमा बढाएको भन्दै प्रशंसा समेत गरेका थिए । खेलकुद खेल मात्र नभई खोज, अनुसन्धा, सिकाई, स्वास्थ्य र स्वस्थ जीवनसंग जोडिएको भन्दै यसक्षेत्रको विकासमा हरेक निकायहरु एकजुट हुनुपर्ने बताएका थिए।

कार्यक्रममा दाङ जिल्ला फुटबलसंघका अध्यक्ष सञ्जात धितालले आफ्नै फुटसल भएको विद्यालयहरुमा पाठशाला जिल्लामै पहिलो विद्यालय भएको बताए । विद्यालयमा उत्पादन हुने जनशक्ति भविष्यमा अन्र्तराष्ट्रिय स्तरमा पुगेर खेलक्षेत्रको गरिमा बढाउन सक्ने भन्दै यस्ताखाले संरचना रहेक विद्यालयमा हुनुपर्ने उनले बताएका थिए।

ज्ञानज्योती एजुकेशन फाण्डेसनका सिईओ सुरेन्द्र जिसीले विद्यार्थीहरुको र्सवाङगीण विकासलाई लक्षीत गरि फुटसल निर्माण गरिएको बताए। फाउण्डेसन अन्र्तगत सञ्चालनमा आएका ९ ओटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुका लागि फुटसलको संरचना निर्माण गरिएको बताए ।

आगामी दिनमा खेलमैदान पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। खेलक्षेत्रको विकास र संम्वृद्धिलाई विद्यार्थीहरुसंग प्रत्यक्ष जोड्का लागि स्तरीय खेल संरचनाहरु विद्यालयले निर्माण गर्दै जाने उनको भनाई थियो।
विद्यालयका एजुकेशन कोर्डिनेटर बलदेव पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलपत्रकार लक्ष्मण बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दोस्रो टी-२० खेलमा आयरल्यान्ड ए विरुद्ध नेपालको जित

   चैत १३, २०८०       admin

काठमाडौं ,१३ चैत ।नेपालले दोस्रो टी-२० खेलमा पनि जित हांसिल गरेको छ। घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ ।

जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र कुशल मल्लले ३९३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १९१ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।

कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।

सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे ।

आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली क्रीकेट टोलिको बिदाइ

   फागुन २४, २०८०       admin

काठमाडौं, २४ फागुन। हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रीकेट टोलिलाई बिदाइ गरिएको छ। आज बिहिवार राती ११ बजे हङकङ प्रस्थान गर्ने नेपाली क्रीकेट टोलिलाइ बिदाइ गरिएको हो ।
नेपाल क्रिकेट क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

उक्त खेल नेपाली युवा खेलाडीहरुका लागि महत्त्व अवसर भएको बिदाइ कार्यक्रममा कप्तान रोहित पौडेलले बताएका छन् ।

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी(२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ ९१० मार्च० मा नेपाल र हङकङबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिता

   फागुन १७, २०८०       admin

दाङ, १७ फागुन । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिता सुरु भएकाे छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता संचालित छ ।

उद्घाटन खेलमा अभिषेक अमन झाले ४-१ काे सेटमा अमित कार्कीलाई हराउदै क्वाटर फाईनलमा पुगेका छ्न । त्यस्तै आभास बुढाथोकीले ४-० काे सेटमा विश्वास सिंहलाई हराउदै क्वाटर फाईनलमा प्रबेश गरेका हुन ।

त्यस्तै श्रेया राईले ४-० ले मुस्कान मुन्दालाई हराउदै क्वाटरफाईनलमा पुगेको जिल्ला सफ्ट टेनिस माेरङका अध्यक्ष श्याम लामाले जानकारी दिए । १८ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका ३० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अध्यक्ष लामाको भनाई छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका कोशी प्रदेशका आधा दर्जन बढी खेलाडीहरू सहभागिता हुदैछन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने

   फागुन ०, २०८०       admin

दाङ, ९ फागुन। दाङको तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला टेबल टेनिस संघको आयोजनामा यही फागुन १८ र १९ गते प्रतियोगिता संचालन हुन लागेको संघका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ले जानकारी दिए ।

प्रतियोगितामा नाम दर्ताका लागि प्रति विद्यालय दुई हजार तोकिएको छ भने यस प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका निजि तथा सामुदायिक विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

विद्यालय–विद्यालयबिचको मैत्रीपूर्ण तथा बालबालिकाको सर्वागिण विकाससंगै विद्यालय स्तरमा टेबल टेनिसको पहुँच पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

त्यस्तै प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका ६ इन्द्रनगरटोलस्थित टेबल टेनिस कर्भड हलमा संचालन हुने छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष लहरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा हुने क्रिकेट लिग सिजन २ का लागि अक्सनमार्फत खेलाडी छौनौट

   फागुन ०५, २०८०       admin


दाङ,५ फागुन। दाङमा क्रीकेट प्रतियोगिता हुन लागेको छ। लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन २ प्रतियोगिताको हुने भएको हो। प्रतियोगिताका लागि खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ ।

दाङका ५ वटा टिमहरूले खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित अनुहारसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडी शनिबार घोराहीमा भएको अक्सनमार्फत क्बलमा आवद्ध भएका छन् ।

घोराही टाईगर्स, देउखुरी वारियर्स तथा पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स, दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका हुन् ।
प्रतियोगिता आगामी फागुन १४ देखि फागुन १९ गतेसम्म घोराहीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल घोराही १७ मा रहेको गुलरिया क्रिकेट मैदानमा हुनेछन् ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा ११ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख ५० हजार नगद तथा उपजिबेता टोलीले १ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी खेलमा म्यान अफ द सिरिजले २५ हजार, उत्कृष्ट व्याट्सम्यान, बलरले १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार नगद प्राप्त गर्ने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाले आवेदन भरेका थिए । जसबाट खेलाडीहरुको अक्सन गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

अक्सनमार्फत खेलाडी खरिदमा सबैभन्दा बढी मुल्यमा विभागीय टीम नेपाली सेनाबाट खेल्दै आएका कपिलवस्तुका बसिर अहमदलाई दंगाली लायन्सले आफ्नो क्लबमा भित्राएको छ । बसिर अहमदलाई दंगाली लायन्सले ५६ हजार रुपैयाँमा भित्र्याएको हो ।

प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको अनुसार क्लबले किनेका हुन् ।
जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट भएका छन् भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक–एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्ने छन् ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिद गर्न न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने मापदण्ड तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology