स्थापना दिवसमा रक्तदान

   श्रावण ०३, २०८१       admin

दाङ,३ साउन। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले स्थापना दिवस मनाएको छ। समितीले आफ्नो स्थापनाको २८ बर्षको अवधीमा पहिलो पटक स्थापना दिवस मनाएको छ।

समितिले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

सो अवसरमा जनाले ३२ जनाले रक्तदान गरेका छन् । जसमा गौरव आचार्य, ईन्दीरा वली, सावित्री चन्द, शिवराज गोराथोकी, एच.पि चन्द, सन्तोष हमाल, प्रेमबहादुर सुनार, बसन्त डाँगी, हिराबहादुर के.सी,
मिनराज महतरा, बेगम पुन मगर, विक्रम आचार्य, रविन्द्र बुढा मगर, राज पुन मगर, भुपेन्द्र वली, विपिन सुनार, सुरज बुढाथोकी, पूर्णप्रसाद अधिकारी, अम्मर बुढाथोकी, सुरेश सुवेदी, विरेन्द्र न्यौपाने, अनुहरि रंगरेजले रक्तदान गरेका थिए ।

यस्तै बलबहादुर योगी, मेगबहादुर रोका, राजकुमारी योगी, बुद्धिनाथ योगी, पार्वती सुनार, सागर केसी रेग्मी, कृष्ण नेपाली, विष्णु वली, मोहन खड्का, मनोज बि.क लगायतले रक्तदान गरेका हुन् ।


समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं समितिका पूर्व अध्यक्ष धुव्रराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समितिले स्थापना भएको २८ बर्षमा पहिलो पटक स्थापना दिवस मनाएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

व्यवसायिक हकहितकालागी काम गर्दैे आएको समितिले
सामाजिक कार्यमा जोडिएकोमा यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

   श्रावण ०३, २०८१       admin


दाङ, ३ साउन  ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ ।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, नेतृत्वमा काङ्ग्रेसको दाबी प्रष्ट छ ।


रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउन सक्ने बलियो  सम्भावना रहेको तर्क नेताहरूले गर्दै आएका छन । नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने लबिङ गरिरहेका छन ।  काठमाडौ पुगेर पार्टी सभापति देउवालगायत शीर्ष  नेता भेटेका छन् ।


एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले भने  पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति  हुने दाबी गरेका छ्न ।

रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउन सक्ने बलियो  सम्भावना रहेको तर्क नेताहरूले गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सञ्चारिका दाङको अधिवेशन सम्पन्न: अध्यक्षमा अधिकारी

   श्रावण ०२, २०८१       admin

दाङ,२ साउन। सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ। सञ्चारिका जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

संञ्चारिका समूहले पत्रकार महिलाहरूको हक हित र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको सो अवसरमा बोल्ने सहभागीहरूले बताएका थिए।

विगतदेखि नै सञ्चारिकाले गर्दै आएको काम र क्रियाकलापलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ थियो। उनीहरुले संस्थाले गर्दै आएको कार्यप्रति प्रशंसा समेत व्यक्त गरेका थिए।

यसलाई सबै जिल्लामा सकृय रूपमा सन्चालन गरि पत्रकार महिलाका लागि एउटा बलियो खम्बाको रूपमा स्थापित गर्न जरूरी भएको कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

त्यसअबसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गौतम, सल्लाहकार लक्ष्मी आचार्य, संसारीका समूह दाङकी संस्थापक एवं रासस दाङ प्रमुख नारायणी रजौरे, रेडियो मध्यपश्चिका सचिव शारदा शर्मा, डब्लु डब्लु जे का उपाध्यक्ष पार्वति बस्नेत  लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए।

नयाँ कार्यसमिति गठन
यसैबीच अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। सञ्चारिका समूह दाङको नेतृत्वका लागि रन्जिता अधिकारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

जसको उपाध्यक्षमा सपना बोहरा, सचिवमा दिप्तिसिखा चौधरी, सहसचिवमा सुशीला ओली र कोषाध्यक्षमा उमा भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो।

यसैगरी सदस्यहरुमा भावना सुवेदी, लक्ष्मी पोख्रेल, सपना पौडेल , रिता लामा, जयन्ती चौधरी, विमला घर्ती, रमा नेपाली रहेका छन् ।  अन्य सदस्य आगामी बैठकमा मनोनित गर्ने गरी कार्यसमिति गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जुवा खेलमा विवाद हुँदा एकजनाको हत्या

   श्रावण ०१, २०८१       admin

काठमाडौँ, १ साउन। जुवा खेल्नेक्रममा विवाद हुँदा सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका( २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो ।

सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका २ का ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय भुण्टे भनिने ज्ञानबहादुर वाइवालगायतले चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

‘आशमान वाइवा र ज्ञानबहादुर वाइवाको समूहको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय वस्तीपुरको टोलीले राति नै घटनास्थलबाट उद्धार गरी उपचारका लागि वस्तीपुर स्वास्थ्य चौकी लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पताल पठाइएको थियो। उपचारका क्रममा निधन भएको हो,’काफ्लले भने ।

उनको पेट,खुट्टा,दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । घटनामा संलग्न आशमान र ज्ञानबहादुरलाई घ्याङलेख गाउँपालिका २ को पञ्चसिंह वाइवाको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा अन्य केहि व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)

   असार ३२, २०८१       admin

बेपत्ता यात्रु र बसको खोजी गरिँदै । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, ३१ असार ।  सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन ।

भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । साथै चार पुरुष र एक महिला गरी पाँच वटा शवको पहिचान हुन बाँकी रहेको छ ।

हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य सोमबार पनि जारी रहेको उनले जानकारी दिए ।

काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँतर्फ जांदै गरेका दुई बस शुक्रबार बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेको थियो ।

वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जलस डिलक्स बसमा भएको यात्रु सङ्ख्या चलानमा भए बमोजिम २७ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ गरी ३८ जना यात्रु सवार थिए ।

त्यस्तै काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा चलानमा भए बमोजिम २४ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा तीन गरी २७ जना यात्रु सवार थिए ।

दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको अद्यावधिक विवरण रहेको सह प्रवक्ता थापाले जानकारी दिए ।

सडकबाट नदीमा खस्दै गर्दा काठमाडौँबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

   असार ३२, २०८१       admin

काठमाडौँ,३१ असार। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन्। मन्त्री पौडेलले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् हो ।

कार्यभार सम्हाले लगत्तै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय गरेका छन्। उनले क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन्।

पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताए । क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए । उनले स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्ने बताए।

एक महिना भित्र सरकारी अस्पतालमा ठुलो सङ्ख्यामा लाइन बस्नु नपर्ने खालको काम गर्नुका साथै पारदर्शिता र जवाफदेहीमा जोड दिने उनको भनाइ छ।। पारदर्शिता

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

   असार ३२, २०८१       admin

काठमाडौँ,३१ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका छन्। प्रधानमन्त्रीमा नियुक्ति भएसँगै केपी शर्मा ओलीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रपतिले संविधानको प्रावधानको विपरीत ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ। रिटमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए।

यो रिट दर्ता भएर साउन ६ गतेको लागि पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्पेनलाई युरोकपको उपाधि

   असार ३२, २०८१       admin


दाङ, ३१ असार । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।  खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।
इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३-० तथा इटली र अल्वानियालाई समान १-०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४-१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २-१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गणपति ज्वैलर्सको उद्घाटन

   असार २, २०८१       admin

दाङ,२८ असार । दाङको तुलसीपुरमा नयाँ व्यवस्थापनसहित श्री गणपति ज्वैलर्स सञ्चालनमा आएको छ। लामो समयदेखि सेवा दिँदै आइरहेको उक्त सुनचाँदी पसलको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

पसलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले गरेका हुन्। पसलको उद्घाटन गर्दै अध्यक्ष केसीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए।

युवालाई विदेश पलायन हुनबाट रोकी स्थानीय स्तरमै स्वरोजगार बनाउनका लागि सरकारले लगानी मैत्री वातावरणको सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उद्घाटनका अवसरमा गणपति ज्वैलर्सका सञ्चालक मनिषजंग शाहले ग्राहकहरूको अर्डर अनुसार अत्याधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुको साथै रेडिमेड गहनाहरू समेत उपलब्ध गराउँदै आएको जानकारी दिए।

ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै गुणस्तरीय सेवामा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

पछिल्लो समय सुनको भाउ आकाशिएको अवस्थामा ग्राहकहरूको चाहना अनुसार थोरै लागतमा समेत गरगहना बनाउने गरिएको उनले जानकारी दिए।

पुराना गरगहनाबाट नयाँ डिजाइनका गहना बनाउन सकिने र सुपथ मूल्यमा आकर्षक गहना उपलब्ध गराइने उनले बताए

उद्घाटन कार्यक्रममा सहभागीहरूले भरपर्दो र विश्वासिलो गहना पसलको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा यसको सेवा क्षेत्र थप विस्तार गर्दै लैजानुपर्ने शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

   असार २, २०८१       admin

चितवन,२८ असार । नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ।

भरतपुर महानगरपालिका- २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ।

एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ।

तीन जना सकुशल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेशराज रिजालले बताए। उनका अनुसार पानी परेकोले उद्धारमा कठिनाइ भएको छ। अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ। भरतपुरबाट करिब २० किलोमिटरको दुरीमा पर्छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी प्रमुख भावेश रिमाल घटनास्थल पुगेका छन्। ‘ हामी घटनास्थल जाँदैछौ। पानी परेकोले उद्धारमा कठिनाइ भएको कुरा आएको छ , ’ प्रजिअ यादवले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology