काठमाडौं,१० असार । राष्ट्रिय बालचलचित्र महोत्सव-२०८१ आइतबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसंगै विभुता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन गरिएको थियो ।
तीन दिनसम्म चलेको महोत्सवमामा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।
महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासंग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासंग संवाद तथा अन्तरक्रिया गरेका थिए । बालबालिका, चलचित्रकर्मी, शिक्षक तथा अभिभावकसंग चलचित्रमा बालबालिकाका कुरा विषयक अन्तरक्रिया गरिएको थियो ।
महोत्सवकै क्रममा चलचित्र निर्माण कार्यशाला मेरो कथा मेरो चलचित्र शुरु गरिएको थियो । सो कार्यशालामा २१ जना बालबालिकाले प्रशिक्षण लिएका थिए । चलचित्र सम्बन्धी फोटो प्रदर्शनी महोत्सवको आकर्षणको रुपमा रहेको थियो ।
बालबालिकालाई आफ्नो कथा भन्ने तथा हेर्ने वातावरण तयार गर्ने, चलचित्र मार्फत शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने, बालबालिकाको मनोरञ्जनको अधिकारको प्रवर्द्धन गर्ने, चलचित्र मार्फत बालबालिकाहरुको भावना, धारणा र व्यवहारमा परिस्कार ल्याउने तथा सिनेमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफल र उपलब्धिमूलक रहेको बोर्डका सदस्य सचिव राजेश थापाले बताए।
बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं १० असार । ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेशसहित दुई जनालाई ३ दिन थुनामा राख्न अदालतले म्याद लिएको छ ।
पूर्वडीएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो ।
पूर्वडीएसपी शर्माले ६० किलो सुन तस्करीको अवैध भुक्तानी आरोपमा पक्राउ परेका मोबाइल वालेटका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख ठगी गरेका थिए ।
सुनको अवैध कारोबार तथा भुक्तानीमा जोडिएपछि पक्राउ परेका पेवेलका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख लिएर ठगी गरेको खुलेको सीआईबीका प्रवक्ता होबिन्द्र बागेटी बताउँछन् ।
उक्त रकम उनले पेवेलमार्फत नै आफ्ना एजेन्ट खत्रीमार्फत भुक्तानी लिएको पाइएपछि खत्रीलाई पनि पक्राउ गरिएको हो । सीआईबीका प्रहरीहरुका फोटा देखाउँदै सबैसँग राम्रो चिनजान भएको र आफूले भनेपछि काम हुने भन्दै विश्वास दिलाएर ठगी गरेको पाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१०असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो ।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।
पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,८ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरुले आन्दोलन घोषणा गरेका छन् ।
मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिदजस्ता शीर्षकमा आफ्नो खल्तीको रकम छुट्टाएजस्तो गरी छुट्टाइनु तथा प्रदेशमा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका मिडियाहरुलाई पूर्णरुपमा उपेक्षा गरी लोक कल्याणकारी विज्ञापन र सूचनाका लागि बजेट रकम घटाउँदै लैजाने कार्य मिडिया विरोधी भएको भन्दै सञ्चारगृह सम्वद्ध संस्थाहरुले विरोध जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
शुक्रबार लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरु प्रकाशक तथा प्रशारण संघ, लुम्बिनी, नेपाल टेलिभिजन प्रसारक संघ, लुम्बिनी, ब्रोकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) एलायन्स फर कम्युनिटी मिडिया, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) र अनलाइन मिडिया सोसाइटीको संयुक्त बैठक बसी प्रदेशका मन्त्रिहरुको कार्यक्रम तथा समाचार बहिस्कार गर्नेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विरोधको पहिलो दिन असार ८ गते (आज) आन्तरिक मामिला तथा कानून मन्त्रीसंग छलफल तथा ज्ञाप
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,७ असार । प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाको सम्वन्धमा लुम्विनी प्रदेश सभा सचिवालमा आज संकल्प प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्विका काफ्ले समर्थक रहेका छन् ।
लुम्बिनी प्रदेशमा सार्बजनिक महत्वको संकल्प प्रस्ताव दर्ता हुन आएको यो पहिलो संकल्प प्रस्ताव भएको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।
सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव सचिब दुर्लभ कुमार पुनले सभामुख समक्ष लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८७ अनुसार पेश गरे
।
सडक दुर्घटना न्युनिकरण र शुरक्षित यात्रा सम्वन्धमा प्रदेश सभा सदस्यहरुले पहिलो पटक दर्ता भएको संकल्प प्रस्ताव प्रदेश सभाका आगामी बैठकमा पेश हुनेछ ।
सुरक्षित यात्रा, सुरक्षित सवारी सम्वनधमा हाल प्रचलनमा रहेका कानुनी व्यवस्थाले पर्याप्त सम्वोधन गर्न नसकेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।
लुम्विनी प्रदेश भित्र सडक दुर्घटना पिडितको लागी आकस्मिक उपचार निशुल्क उपचार व्यवस्था र दुर्घटनाको दु्रत गतिमा उद्दारको लागी आवश्यक संयन्त्रको विकास तथा दुर्घटना पिडितले आफ्नो जिवनयापन सहज तरिकारले बांच्न सक्ने गरी क्षतिपुर्तीको व्यवस्था समेत हुनुपर्ने आवश्यकता महशुस भएकाले लुम्विनी प्रदेशले आवश्यक कानुन नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्न लुम्विनी प्रदेश सरकारको ध्यानकर्षण गराउन संकल्प प्रस्तावमा माग गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ ।
निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुबानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ । स्थानीय अधिकारीले चरम मौसमी अवस्थाको प्रभाव कम गर्न आपत्कालीन प्रतिक्रियाको स्तर बढाएका छन् ।
शुक्रबार वर्षा र आँधीसम्बन्धी मौसम विज्ञान प्रकोप प्रमुखले मोसमी पूर्वानुमान र आपत्कालीन प्रतिक्रिया दिँदै आगामी तीन दिन प्रान्तमा कडा वर्षा हुने अनुमान गरेको छ ।
बुधबारदेखि बिहीबारसम्म सहरको औसत वर्षा १७६.४ मिलिमिटर पुगेको छ भने टुनक्सी जिल्लामा ४०५.५ मिलिमिटरको अधिकतम वर्षा रेकर्ड गरिएको छ ।
वर्षाले एक लाख ७९ हजार मानिसहरू प्रभावित भएकामा लगभग ११ हजार बासिन्दालाई अस्थायी स्थानान्तरण गरिएको थियो । सहरको पार्टी समितिको प्रचार विभागका अनुसार क्षतिग्रस्त बालीको क्षेत्रफल ११ हजार ४८० हेक्टर पुगेको छ ।
वर्षाका कारण आएको बाढीले नौ वटा राष्ट्रिय वा प्रान्तीय राजमार्गसहित सहरका ५० वटा सडक अवरुद्ध पारेको छ । पाँच वटा काउन्टी–स्तरीय क्षेत्रमा सार्वजनिक यात्रु यातायात सञ्चालन स्थगित गरिएको छ ।
सहरमा तीन हजारभन्दा बढी उद्धारकर्ता, २३५ वारूण यन्त्र र १०५ जहाज उद्धार तथा राहतका लागि परिचालन गरी दुई हजार ४०० भन्दा बढी फसेका बासिन्दालाई उद्धार गरिएको छ ।
वर्षामा केही ग्रामीण सडक भत्किएका कारण उद्धारकर्ताहरू पहाडी क्षेत्रका केही दुर्गम गाउँमा पुग्न पैदल हिँड्नु परेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
सहरका उपप्रमुख चेन टिएन्युले अहिले बाढी नियन्त्रणका लागि निकै महत्त्वपूर्ण समय भएको बताउँदै सहरको हुइझोउ जिल्लास्थित चेङ्गकन नगरमा रहेको एउटा उच्च अध्ययन भ्रमण आधारलाई खाली गरिएका बासिन्दाका लागि अस्थायी बस्ती स्थलमा परिणत गरिएको छ ।
सहर र गाउँ स्तरका सबै कार्यकर्ताहरूलाई परिचालन गरी प्रभावित स्थानहरूमा गस्ती र निरीक्षण गर्न भनिएको छ ।
गुआङ्गडोङको सिमानामा रहेको फुजियान प्रान्तमा जुन १६ देखि सुरु भएको लगातारको वर्षाले लोङ्यान सहरका एक लाखभन्दा बढी बासिन्दाको सामान्य जनजीवन प्रभावित बनेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
हुम्ला, ७ असार । हुम्लामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानहरुलाई कृषि सामग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न कृषि सहकारी संस्थाहरुमा आवद्ध किसानलाई सामग्री प्रदान गरिएको हो।
तरकारी खेतीबाट उत्पादनमा वृद्धि र आम्दानी बढाउने उदेश्यले किसानलाई कृषि सामग्री उपलव्ध गराइएको एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक रमेश बहादुर शाहीले जानकारी दिए।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा २ सय ६० जना किसानलाई कृषि औजारहरु प्रदान गरिएको उनले बताए।
सहकारी संस्थाहरूमा आबद्ध अगुवा किसानहरूलाई कृषि सामाग्री सहयोग गरिएको छ ।
व्यवसायी तरकारी खेतीबाट उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सहयोग पु¥याउनका लागि यी कृषि सामाग्री सहयोग गरिएको हो । कृषकहरूको जीविकोपार्जन सुधार तथा प्रविधिमैत्री कृषि उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले जिल्लामा रहेका २ वटा गाउँपालिकाका ३ वटा कृषि सहकारी संस्थामा आवद्ध किसानहरुलाई उक्त परियोजनामा समावेश गराइएको हो।
सहकारीमा आवद्ध २ सय ६० जनामध्ये १ सय ८० जना किसानहरूले तरकारी उत्पादन तथा बिक्रिवितरण गर्दै आएका छन्।
खार्पुनाथ गाउँपालिकाको दुधकुन्ड महिला विकास बहूद्देश्यीय सहकारी संस्था (छिप्रा,माजा र नल्ना ) का १सय २६ जना , सिमकोट गाउँपालिकाको पन्चमुखी दुधेदह कृषि सहकारी संस्था (सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम र बुराउँसे ) का ८४ जना र सिमकोट कै मस्टदेब कृषि सहकारी संस्था ठेहेका ५० जना कृषकहरू ती सामग्री प्रदान गरिएको हो । जसमा २ सय ४१ जना महिला र १९ जना पुरुष सदस्यहरूलाई सामग्री प्रदान गरिएको हो । दुई लाख ८९ हजार रुपैयाँ लागतमा उनीहरुलाई सामग्री उपलव्ध गराइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार १० औँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विद्यालयले उक्त कार्यक्रम गरेको हो।
विद्यार्थीहरुको मनोबल बढाउने उदेश्यले योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो। कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्वको बारेमा प्रशिक्षण दिएका थिए।
विद्यालयले शिशु कक्षादेखि १० कक्षा सम्मका विद्यार्थी र शिक्षकहरुलाई उक्त कार्यक्रममा सहभागी गराएको हो। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो ।
विद्यालयका प्राचार्य कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
कास्की, ७ असार। प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यस्तै, २ जना धरौटीमा रिहा भएका छन् ।
न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यस्तै, थुनामा जानेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगर हुन् ।
सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी मदन घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।
८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित ६५ जनालाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोग दायर गरेकोमा ३ दिनसम्म थुनछेक बहस भएको हो । हालसम्म ९ जना उपस्थित भए पनि अन्य ५६ जना प्रतिवादी फरार छन् ।
प्राइमको ठगी प्रकरणमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी समेत मुछिएका छन् ।
विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धानबमोजिम १ अर्ब ५७ करोड १५ लाख हिनामिना भएको देखाइएपछि सरकारी वकिल कार्यालयले सोही रकम आधार मानेर अभियोगपत्र दायर गरेको हो । सहकारीमा बचत खाता कुल ३ हजार ५ सय ८५ वटा र १ हजार ८ सय ६२ बचतकर्ता छन् । प्रहरीले उजुरी आह्वान गरेकोमा ९ सय ९२ जनाले उजुरी दिएका थिए ।
गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी समेत यो ठगी प्रकरणमा मुछिएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,७ असार । जबरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन्। १७ वर्षिय नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन्।
पीडित नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए । एसपी रिजालले नाबालिकामाथि जरबजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । तर, प्रहरीबाटै भएको जबरजस्तीकरणीको मुद्दा गुपचुपमा राखिएको थियो ।
एसपी रिजालका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक–पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।
जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।अन्तिम पटक ११ जेठमा पनि नाबालिका बस्दै आएको ३ नम्बर वडाकै कटुञ्जेस्थित छात्राबासको भान्सा कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप लगाइएको छ । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ । जवान बोट र नाबालिकाबीच ७–८ महिना अगाडिदेखि नै चिनाजान भएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस