दाङ , ३०जेठ ।
तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकेडेमीमा लागु औषध विरुद्धको सचेतनात्मक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यका लागि उक्त कार्यक्रम गरिएको हो।
विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ योगीले विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी विरुद्ध बनेका कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए।
उनले लागु औषध भनेको के हो ? बालबालिकाहरुलाई यसमा कसरी प्रयोग गरिन्छ र फसाइन्छ ? भन्ने विषयमा पशिक्षण दिएका थिए । यसका साथै लागु औषध दुव्र्यसनीले शारिरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा पर्ने असर र न्युनीकरणका बारेमा समेत जानकारी दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक अधिकारीले विद्यालयसंग सहकार्य गरेको प्रति ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई धन्यवाद प्रकट गरेका थिए । बालबालिकाहरुलाई सचेतीकरण गर्दै लैजानु विद्यालयको प्रमुख जिम्मेवारी रहेको भन्दै आगामी दिनमा यस्ता खाले कार्यक्रमहरुलाई सञ्चालन गर्दै लैजाने उनको प्रतिवद्धता समेत रहेको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण केसीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
देविराम कुसारी,३० जेठ । अनन्त परम् उद्दारकर्ता मदन बाबाको ४५ ओैं जन्मदिनमा रक्तदान कार्यक्रम गरिएको छ ।
मदन बाबा भक्ति केन्द्र काठमाण्डौं र दाङको सयुक्त आयोजनामा दाङको तुलसीपुर उप–महानगरपालिका १९ विजौरीको थानगाँउमा रक्दान कार्यक्रम सम्पन्न भएको हो ।
मदन बाबाको सानिध्यमा भएको कार्यक्रममा महिला ३२ जना र पुरुष १२ जना गरी जम्मा ४५ जना भक्तजनले रक्तदान गरेका थिए । धर्म र कर्मका विचमा अनुन्याश्रित सम्वन्ध भएको भन्दै मदन बाबाले रक्त दान नै जिवन दान भएको भन्दै यो नारालाई सार्थक तुल्याउन कार्यक्रमको आयोजना गरेको बताए।
कार्यक्रममा दाङ, बाँके, बर्दिया, कपिलबस्तु, कैलाली लगाएतका जिल्लाका मदन बाबा भक्ति केन्द्रमा अवद्ध भक्जनहरुको सहभागिता रहेको थियो । भक्ति केन्द्रका प्रदेश अध्यक्ष मञ्जु जि यमले सहजिकरण गरेको कार्यक्रममा भक्ति केन्द्रका केन्द्रका उपाध्यक्ष अंगानी चौधरी, महासचिव निसा राना, केन्द्रिय सदस्य भरतमणी चौधरी, जिल्ला अध्यक्ष राष्ट्रि रोका, लगाएतको सहभागिता रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० जेठ । दाङको तुलसीपुरमा युवाहरुका लागि नमुना नगर सभाको अभ्यास गराइएको छ । स्थानीय पालिकामा नीति निर्माण, योजना तुर्जमा र बजेट वीनियोजन कसरी गरिन्छरु नागरिकका अधिकारको पूर्ण प्राप्तीका लागि युवाहरुको भूमिका कस्तो रहन्छ रु भन्ने विषयमा उक्त नगरसभाको अभ्यास गराइएको हो ।
युवालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका स्तरीय नगरयुवा सञ्जाल र नगर युवा परिषदको सहकार्यमा तीनसम्मको नगरसभा कार्यक्रम सञ्चालन गरिएको हो। युवाहरूलाई तीनदिन सम्ममा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरेर नमुना नगर सभाको अभ्यास सञ्चालन गरिएको युवालयका कार्यक्रम संयोजक आरोही आचार्यले बताइन् ।
सबै वडाबाट र सबै क्षेत्रबाट युवाहरूलाई सहभागी बनाएर नेतृत्व विकासका लागि संसदीय अभ्यास गरिएको नुमना युवा संसद्का सचिव गणेश भण्डारीले बताए।
तीनदिनसम्म सञ्चालन भएको उक्त नगरसभाको समापनका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले युवाहरुको नेतृत्व विकासका लागि यस्ताखाले अभ्यासहरु महत्वपुर्ण रहने बताएका थिए।
युवाशक्ति समाजको नेतृत्व र समृद्धिसँग जोडिने भएकाले उनीहरुका लागि नेतृत्व विकास सम्वन्धी तालिमहरु आवश्यक पर्ने बताएका थिए । समाजलाई परिवर्तन गर्ने परिकल्पनासँग युवाहरुको सोच जोडिनुपर्र्ने उनको भनाई थियो।
कार्यक्रमका सहभागी सोनीया थापाले पालिका तथा प्रदेशस्तरमा यस्तो संरचना निर्माण गरेर युवाको नेतृत्व विकासको काम गरेको बताइन् । । यस्ता अभ्यासले बोल्ने मात्रै नभएर नेतृत्व सभाको भूमिकासमेत युवाहरूले निभाउन सके सिकाइले सार्थकता पाउने उनको भनाई थियो।
सभाका लागि मतदातबाट प्रमुख, उपप्रमुख छनोट भएका छन् । सहमतिबाट छानिन नसकेपछि दुई समूह निर्वाचनमा गएका थिए । दुई समूहबाट निर्वाचनबाट एक÷एकजना निर्वाचित थिए ।
युवालयका अध्यक्ष शर्मिला थापाको अध्यक्षतामा नगरसभा अभ्यासको समापन गरिएको थियो ।कार्यक्रमको सहजीकरण नगरयुवा सञ्जालका सचिव गणेश भण्डारीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
केही दिनदेखी अत्याधिक तापक्रम बढेको र जसका कारण बालबालिकाहरुको स्वास्थमा प्रतिकुल असर देखा पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते छन्, भने चालक सहित अन्य तीन जना सामान्य घाइते छन् । घाइतेहरुको पहिचान खुलेको छैन ।
बुलुका ५ बजेतिर काठमाडौंकालागि छुटेको रा १ ख २७८३ नम्बरको बस बिग्रिएर रोकेको ट्रकमा ठोक्किन जाँदा दुर्घटनामा परेको हो । मंगलबार राति ११ बजेतिर दुर्घटनामा परेको हो । घाइतेहरुको चौराह अस्पतालमा उपचार भइरहेको छ ।
सोही गाडीका चालक तुलसीपुर १२ निवासी २८ बर्षीय सुवास रावत थिए । उनी पनि सामान्य घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ जेठ । दाङको घोराहीमा दुइदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन दाङको आयोजना र घोराही उपमहानगर पालिका वडा नम्बर १० को सहयोगमा डिजिटल पत्रकारिता तालिम आजदेखी सुरु भएको हो।
तालिम उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी घोराही उपमहानगरपालिका वडा १० का वडाध्यक्ष दिपक पाण्डेले आम नागरीकलाई सुसुचित पार्न पत्रकार र पत्रकारीताको महत्वपुर्ण योगदान गरेको भन्दै आवाज विहिनहरुका आवाजलाई बाहिर ल्याउन आम संचार जगतलाई आग्रह गरे।
त्यसैगरी विशिष्ट अतिथी प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले अहिले भ्रामक सुचनाको बाढीले आम नागरीकलाई दिग्भ्रमित पारिरहेको भन्दै सत्य र तथ्य सुचनाबाट सुसुचित हुने नागरीकको अधिकारलाई सुनिश्चीत गर्न पत्रकारहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।
प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता भएको तालिम उद्घाटन कार्यक्रममा घोराही १० का वडाध्यक्ष दिपक पान्डे, माद्यामिक विद्यालय नारायणपुरका प्रधानाध्यापक उत्तम खनाल लगायतले तालिमका प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नका लागि सुझाव दिएका थिए।
प्रेस युनियन दाङका कोषध्यक्ष लिलाधर वलिको स्वागत मन्तब्यबाट शुरु भएको तालिमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए।
घोराही उपमहानगरपालिका वडा नम्बर १० का २५ जना सहभागि भएको तालिमको प्रशिक्षकमा सुदिप गौतम, सन्तोष सुवेदी, बसुन्धरा गौतम, नारायण खड्का र आरके सितल रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२९ जेठ । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।
बैठकमा सांसदहरू प्रेम सुवाल, सांसद डा। अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् । मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट पारित गर्ने कानुनी व्यवस्था छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,जेठ २८ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दामा बहस सकिएको छ । ठगी मुद्धामा क्लिनचिट दिने महान्यायाधीवक्ताको पत्रविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएकाहो । सोमबार न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइमा बहस सकिएको हो।
यस मुद्दामा आज बेलुकासम्म आदेश आउने अदालत स्रोतले जनाएको छ।
अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको निलम्बन माग गर्दै मुद्दा दर्ता गरेका थिए।
गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो।
महान्यायाधीवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए।
उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ जेठ। तीनै तहका सरकारको नगद मौज्दात बढेको नेपाल राष्ट्र बैँकले बताएको छ । १० महिनाको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैंकले सरकारी खातामा मौज्दात रकम बढेको उल्लेख गरेको हो ।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ वैशाख मसान्तसम्म बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ मौज्दात छ ।
यो प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेतको कूल मौज्दात भएको बताइएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ थियो । तथ्यांक अनुसार समीक्षा अवधिमा तीनै तहको सबै खातामा २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढीले नगद मौज्दात बढेको हो ।
यस्तै यो समीक्षा अवधिमा प्रदेश सरकारहरूको कूल खर्च ९८ अर्ब ३४ करोड र स्रोत परिचालन १ खर्ब ५० अर्ब ६७ करोड रुपैयाँ छ । प्रदेश सरकारहरूको कूल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजश्वसमेत गरी १ खर्ब १३ अर्ब १३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजश्व ३७ अर्ब ५४ करोड छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२८ जेठ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार समिति बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले स्वास्थ्य मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले बयलपाटा अस्पताल अछामलाई चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेट विनियोजन नभएकाले सञ्चालन व्यवस्थापनमा कठिनाइ भएकाले विशेष अनुदानको व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
बैठकले वीर अस्पतालमा रहेका आइसीयु, सिसियु, भेन्टिलेटर लगायतका युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुरु गर्न समेत निर्देशन दिइएको सभापति थापाले बताए ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि आफू निरन्तर अनुगमनमा गएको जानकारी दिए । उनले सेवालाई प्रभावकारी बनाउनका लागि आफूले पहल गरे पनि सरोकारवाला निकायका अधिकारीहरूबाट सहयोग प्राप्त नभएको गुनासो गरे । मन्त्री यादवले स्वास्थ्य बिमा कार्यक्रम सन्तोषजनक नदेखिएको भन्दै यसलाई प्रभावकारी बनाइने जानकारी दिए ।
समिति सदस्यहरूले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनका लागि मन्त्रालय गम्भीर हुनुपर्ने, स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति राख्नुपर्ने सुझाव दिएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस