दाङ,१८ जेठ। तुलसीपुरनगर जेसिजले सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज छैठौं दिन अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ शिखरकोलोनीस्थित लेजेण्ड फुटसल ग्राउण्डमा प्रतियोगिता सम्पन्न गरेको हो ।
दाङ खेलकुद विकास समितीका कोषाध्यक्ष धुर्व आचार्यले फुटबल खेल साधारण खेल भएको बताउदै बच्चादेखि बृद्धसम्मकाले चासोका साथ खेल्ने गरेको बताएका छन् । प्रमुख अतिथि समेत रहेका आचार्यले पछिल्लो समय फुटबल खेल व्यवसायिक हुदै गएको पनि बताए । त्यस्तै उनले व्यवसायिक खेलबाहेक दैनिक शारिरीक अभ्यासको लागि पनि यो खेल राम्रो भएको बताए । फुटबल खेल्दा मानिसले औसत ५ देखि ७ माइलसम्म दौडने गर्छ, जसले गर्दा कार्डियोभास्कुलर हेल्थलाई राम्रो बनाउने बताए ।
त्यस्तै दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठले फुटबल खेल्दा शारीरिक, मानसिक अभ्यास र मनोरञ्जन एकैपटक हुने भएकाले यस खेलप्रति सबैको चासो रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका श्रेष्ठले यस खेलले मानिसभित्र लुकेको विजेता बन्ने आकांक्षालाई प्रकट गराउनुका साथै हारलाई स्वीकार गर्न सक्ने स्वभावको पनि विकास गराउने बताए । त्यस्तै उनले मानसिक स्वास्थ र सुदृढीकरणका लागि पनि फुटबल खेल महत्वपूर्ण रहेको जिकिर गरे ।
तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्ण बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका मुल संयोजक सुरज भण्डारीले जेसिज सप्ताह बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा तुलसीपुरनगर जेसिजका पूर्वअध्यक्षहरु मोहन सुनार र केशवराज केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रम संयोजक केशवराज न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कमलप्रकाश शर्माले गरेका थिए ।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालय गरेर २६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० देखि मुनिका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा गुरुजजुर माध्यामिक विद्यालय प्रथम भएको छ भने तुलसी आवासीय माध्यामिक विद्यालय दोस्रो भएको छ ।
यसैबिच भोलि शनिबार जेसिज सप्ताहको अन्तिम दिन सहयोग, सम्मान तथा समापन कार्यक्रम हुने अध्यक्ष डाँगीले जानकारी दिए । साथै उनले सम्पूर्णलाई कार्यक्रममा सहभागिताका लागि आग्रह समेत गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ जेठ । जिल्लामा अत्याधिक गर्मी बढेपछि दाङमा विद्यालयहरु बन्द गरिएको छ । स्थानीय सरकारहरुले सार्वजनिक सूचना जारी गरि जिल्लाका विद्यालयहरु धमाधम बन्द गर्न थालेका हुन । जिल्लामा रहेका १० पालिका मध्य अधिकासले सार्वजनिक सूचना गरेर सामुदायिक र संस्थागत सबै विद्यालयहरु गर्मीका कारण सञ्चालन गर्न नसकिने भएको भन्दै बढीमा एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन ।
दाङको देउखुरी क्षेत्र र घोराही, तुलसीपुर क्षेत्रमा गर्मी अहिले ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहेको छ । राप्ती गाउँपालिका, लमही नगरपालिकालगायतकाले एक हप्ता गर्मी विदा गरेका छन भने घोराही र तुलसीपुर उपमहानगरपालिकाले ५ दिन विदा गरेको छ । विगतको भन्दा यस वर्ष गर्मी अत्यधिक देखिएको हुदा र विद्यालयमा विद्यालर्थीहरुको गर्मीका कारण स्वास्थ्यमा समस्या देखिन थाले पछि विदा गर्नु परेको राप्ती गाउँपालिकाले जनाएको छ ।
तुलसीपुर क्षेत्रका विद्यालयहरु ५ दिन गर्मीका कारण बन्द गरिएको छ । गर्मीका कारण पठनपाठन प्रभावित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले पाँच दिनका लागि विद्यालयहरु बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । महाशाखा प्रमुख भण्डारीका अनुसार गर्मी ४० डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
वर्षे विदामा कट्टी गर्ने गरि गर्मी विदा दिइएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । स्थानीय तहहरुले गर्मीको समयमा वालबालिकाको सुरक्षामा ध्यान दिन र दिउँसोको गर्मी घरवाहिर जान रोख्न अभिभावकहरुलाई आग्रह समेत गरेका छन ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ जेठ । मोरु डिजिटल वालेट (पेनेप) प्रालिको अध्यक्षमा विनिल केसी चयन भएका छन् । शुक्रबार केसीलाई नेपाल राष्ट्र बैँकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले सपथ ग्रहण समेत गराएका छन् ।

सपथग्रहण लगत्तै केसीले आफ्नो पदभार सम्हालेका छन् । उनी तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पनि हुन् ।
मोरु डिजिटल वालेट प्रयोगकर्ताले फोनपे नेटवर्कमा रहेका नेपालभरका झन्डै १४ लाख व्यवसायी स्टोरमा सहज रूपमा कारोवार गर्ने गरेका छन् । यो सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न सक्ने डिजिटल वालेट हो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १८ जेठ । खानेपानी तथा सरसफाई उपभोक्त महासंघ नेपालको पालिकास्तरीय भेला सम्पन्न भएको छ । सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन ) दाङका अध्यक्ष धुर्व ठकुरीको अध्यक्षतामा भएको भेलामा सहभागीहरुले खानेपानीको दिर्घकालिन समस्या समाधानतर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् । स्थानीय सरकारले मात्रै खानेपानीको समस्या समाधान गर्न नसक्ने पनि दिर्घकालिन समस्या समाधानका लागि नागरिकको भूमिका पनि उत्तिकै रहने बताए ।
‘खानेपानीको समस्या विकराल बन्दै छ ।’ उनले भने ‘समस्या समाधानकालागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’ जंगल फडानी र आगलागीका कारण पानीको मुहानहरु सुक्दै जानथालेको भन्दै उनले यसप्रति नागरिक सचेत र जिम्मेवार बन्न आग्रह समेत गरे।
पानीको अभावलाई केही हदसम्म कम गर्न वर्षायाममा पानी संचित गरी ड्याम निर्माण गर्नुपर्ने बताए । खानेपानीका संस्था आवश्यक भन्दा बढी भएको भन्दै मर्ज गरेर एकिकृत योजना निर्माण गर्न सकिने बताए।
डिभिजन खानेपानी कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानीको लागी अधुरा साना साना योजना भन्दा अब ठुला योजना ल्याइ दीर्घकालीन रुपमा लग्नु पर्ने बताए ।
तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले स्थानीय तहले पनि खानेपानीका लागी गम्भीर बन्न आग्रह गरे । स्थानीय तहले अहिलेसम्म पनि खानेपानीको लागि बजेट निकासा गरेको देखियको छैन अब यसमा ध्यान दिनुपर्ने बताए ।
छरछरे खानेपानीका अध्यक्ष गेहराज पौडेल , जुरपनिया मैनतारा खानेपानी सदस्य छवि घर्ती लगायतले बोलेका थिए।
पालिकास्तरीय समिति गठन
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल तुलसीपुरमा पालिका स्तरीय समिति गठन भएको छ । जसमा अध्यक्ष टेकबहादुर के.सि, उपाध्यक्ष आशा जि.सि, सचीव राकेश बस्नेत , कोषाध्यक्ष मधु कुमारी योगि, सदस्यहरुमा गेहराज पौडेल, कुन्ती बली, पुस्कर भण्डारी, पुर्ण बहादुर डाँगी, चन्द्रा वलि रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, १८ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोश्रो हप्ताभित्र सार्वजनिक गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १८ जेठ । दाङको तुलसीपुरका एक बालक ५ दिनदेखी वेपत्ता भएका छन् । वेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने १२ वर्षीय भरत बिक रहेका छन्। उनी जेठ १४ गतेदेखि बाँकेको चप्परगौडीबाट वेपत्ता भएको बालककी आमा मुन्नी बिकले जानकारी दिइन् । चप्परगौडीस्थित आफन्तको घरमा गएको अवस्थामा जेठ १४ गते बिहान ८ बजेको समयमा उनी हराएको उनले बताइन् ।
गहुगोरो वर्ण भएको, साढे ३ फिट हाइट भएको, खैरो जिन्स पाइन्ट लगाएको र निलो धर्सा भएको टिसर्ट लगाएका बालक ५ दिनदेखी हराइरहेकाले भेटाउनुहुने जो कोहीले पनि आफन्तको मोबाइल नम्बर ९७६८३०६९२० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ जेठ । किवानिज क्लब अफ लर्डबुद्द तुलसीपुरको पहिलो अधिबेशन तुलसीपुरमा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष वंशि कुमार शर्माको अध्यक्ष तथा लुम्बिनी प्रदेशको एल टि गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको छ ।
प्रमुख अतिथि रावतले बालबालिकाको लागि काम गर्ने संस्था भएकोले सामाजिक उत्तरदायी हुन आग्रह गर्नु भएको छ । ´ बालबालिकाको शिक्षा र स्वास्थको लागि तपाईंहरुले गरेको योगदान महत्त्वपूर्ण योगदान छ बन्दै रावतले अब अझै यो २०२४/०२५को नयाँ टिमले अझ शसक्त रुपमा लाग्न आग्रह गरेको थिए।
अधिबेशनले २०२४/०२५का लागि बरिस्ठ उपाध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रूपमा चयन भएको छ ।
जसमा बरिष्ट उपाध्यक्षमा दामोदर बस्नेत, सचिवमा प्रेम वहादुर घर्ति मगर, सह-सचिवमा विमल गौतम, कोषाध्यक्षमा शुशिला शाह, सह-कोषाध्यक्षमा लक्ष्मण केसि, सदस्यहरुमा रणेन्द्र विक्रम केसि, वसन्त श्रेष्ठ, रन्जु श्रेष्ठ, निरला गैरे अर्याल, ललीत प्रसाद पोखेल, पदम वहादर वाली क्षेत्री, छविलाल ओलि, हरिभक्त डांगी, चूर्ण बहादुर वली, खमवहादुर बुढा, चुडामणी न्यौपाने, सन्तोष केसी, दिपजंग केसी, भिमसेन केसी, सुनिल न्यौपाने, अनिल कुमार शर्मा, नरेश डाँगी, कृष्ण केसी, गाेबिन्द न्यौपाने, ध्रुवराज न्यौपाने, याम बहादुर डी सी रहेका छन् ।
क्लबका सचीव दामोदर बस्नेतको साँगठनिक प्रतिबेदन र कोसाध्यक्ष बसन्त श्रेष्ठको आर्थिक प्रतिबेदन सर्ब सम्मत रुपमा पारित भएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणी रजौरेको अधिबेशनको स्वागत मन्तव्य राख्दै सामाजमा अझै पनि धेरै बालबालिकाहरु उचित स्वास्थ र शिक्षाबाट टाढा भएकोले यसतर्फ लाग्नु पर्ने कुरामा जोड दिए।
कार्यक्रमको सहजीकरण क्ल्बका सचीव दामोदर बस्नेतले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ जेठ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत जेठ १४ गते रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको छ ।
खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए ।
‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४रसाढे ४करोड युनिट पुगेको घिसिङले बताए ।
द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभिभिएन सँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
सुर्खेत, १७ जेठ । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत –दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका(३ का ४० वर्षीय तन्त बि।क।, सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बि।क, २७ वर्षीय नवराज बि।क। र दैलेख भैरबी गाउँपालिका(४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
जीपमा ६ जना सवार रहेकोमा दुई जना गम्भीर घाइते छन् । कालीकोटका नरी विक र नरेन्द्र विष्ट घाइते भए हुन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१७ जेठ । मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले अपांगता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शान्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्र्तगत बिहिबार अपांगता अध्ययन केन्द्र कालाखोलामा अध्ययनरत १२ जना बालबालिकाहरुलाई कापि कलम लगायतका शैक्षिक सामग्री उपलव्ध गराएको कार्यक्रम संयोजक तिलसरा पुनले जानकारी दिइन् ।
स्थापना दिवसका अवसरमा दाङ शाखाले बिभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ । जस अन्तर्गत शुक्रबार रक्तदान गर्ने कार्यक्रम तय भएको छ । रगत अभावका कारण कुनैपनि बिरामीले जोखिम लिन नपरोस् भन्ने उदेश्यले शान्ति समाजले स्थापना दिवसको अवसरमा रक्त दान कार्यक्रम समेत आयोजना गरेको शान्ति समाज दाङका सदस्य एवम रक्त दान कार्यक्रमका संयोजक भिमलाल मरासीनिले जानकारी दिए ।
शुक्रबार बिहान ८ बजे नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त संचार केन्द्र कालीका भवनमा रक्तदान कार्यक्रम हुने छ ।
यस्तै जेठ १९ गते अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।जेठ २० गते लागू पदार्थ दुव्र्यसनी विरुछद्ध द्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडी लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस