गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?

   जेठ १४, २०८१       admin

यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ। गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ ।

सनस्ट्रोक सामान्यतः गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ। यो मौसममा शरीरले आफैंलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ। यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपूर मात्रामा पानी पिउनुपर्छ। हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ।

डाबर आउनु गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउछ। यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ।

एलर्जी धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम हो। यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न।

हैजा, टाइफाइड र जण्डिस: यी सबै पानीका कारण हुने रोग हुन्। यसबाट बँच्न सकेसम्म बाहिर खानुहुन्न। बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ। गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन्। ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन्। ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन्।

लामुखट्टेका कारण हुने समस्या: घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन्।

कसरी बँच्ने ?
सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस्। यस्तो मौसममा बच्चाहरुलाई मसालेदार र तारेका खानेकुरा नखुवाउनुहोस्। यस्ता खानेकुरा सजिलोसंग पच्न सक्दैनन्। उनीहरुलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुस्।
बच्चालाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैंन। उनीहरुलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ।
बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसंगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस्। स्वास्थ्य खबरबाट ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मर्यादा विपरित काम गर्ने दुई शिक्षक पदमुक्त

   जेठ १४, २०८१       admin

दाङ, १४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ ।पेशागत मर्यादा विपरित काम गरेको भन्दै गाउँपालिकाले दुई शिक्षकलाई पद्मुक्त गरेको हो ।

पेशागत मर्यादा नाघेको आरोपमा नरैनापुर ४ खोदावाँस्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेठ १४ गतेदेखि लागू हुने गरी पदबाट मुक्त गरिएको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णकुमार चौधरीले बताए ।

आइतबार केही अराजक व्यक्तिहरुसँगै शिक्षकद्वय राना र चौधरीले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएको गाउँपालिकाले जनाएको छ ।

शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउँदै केही व्यक्तिहरुले कार्यालयमा प्रवेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाउँपालिकाले पत्राचार गरेको जनाएको छ ।

शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका क्रियाशिल रहेको जनाउँदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरेकोले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले पदीय आचरण विपरित काम गर्ने अन्य शिक्षकहरुको पनि पहिचान गरी कारबाही गर्ने बताए ।पेशागत दायित्व विपरित काम गरेकोले दुई शिक्षकलाई पदमुक्त गरेको गाउँपालिकाले जनाएको छ ।

शिक्षामा अन्य पालिकाहरुभन्दा निकै पछाडी परेको नरैनापुरका बिद्यालयहरुमा शिक्षक नियमित नपुग्ने, पुगेपनि अध्यापन नगराउने, हाजिर गरेर अन्य काममा लाग्ने गरेको गुनासाहरु विगतमा पटक पटक सुनिने गरिएको थियो ।

तर गत केही समय यता आएर शिक्षा शाखाको कडाई र पालिकाले पनि विशेष ध्यान दिएकाले विद्यालयहरुको अवस्थामा सुधार हुँदै गएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राप्ती बबई क्याम्पसका १सय २९ जनाको रक्त समुह परिक्षण

   जेठ १४, २०८१       admin

दाङ, १४ जेठ । राप्ती बबई क्याम्पसमा अध्ययनरत १ सय २९ जना विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ । थर्ड आई नेपालको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको हो ।
रक्त समुह थाहा नहुँदा रगत व्यवस्थापनमा समस्या हुने भएकाले रक्तसमुह पहिचान अत्यावश्यक रहेको भन्दै रगत समुह पहिचानका लागि कार्यक्रम सञ्चालन गरिएको थर्ड आइ नेपालले बताएको छ ।


रक्तसमुह पहिचान नहुँदा आपतकालिन अवस्थामा रक्तदान गर्ने दाताहरुनै सेवा गर्नबाट बञ्चित हुँदै आएकाले सो समस्यालाई समाधान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा रिजालले रगतको अभाव हुन नदिन सबैले नियमीत रुपमा रक्तदान गर्नुपर्ने बताए । उनले अस्तपाल विगत देखिनै सामाजिक सेवामा निरन्तर रहेको र यसलाई निरन्तरा दिने उदेश्य सहित थर्ड आईसंग सहकार्य गरेको जानकारी गराए ।
कार्यक्रममा राप्ती बबई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्याम रेग्मीले व्यक्तिको रगत समुहको आधारमा रगतको जोहो हुने भएकाले रक्त समुह पहिचान अत्यन्त आवश्यक रहेको उल्लेख गरे । समयमै रगत समुह थाहा भएन भने रगत व्यवस्थापनमा ढिलाई हुने र मानिसको ज्यानै जानसक्ने खतरा रहेकाले हरेक व्यक्तिले आफ्नो रगत समुह समयमै थाहा पाउन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन दाङका बरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराईले रगत समुह पहिचान निकै महत्वपूर्ण रहेको बताएका थिए । उनले एक स्वस्थ्य व्यक्तिले हरेक ३ महिनामा नियमीत रक्तदान गर्न सकिने र त्यसका लागि अनिवार्य रुपमा रक्त समुह पहिचान हुनुपर्ने कुरालाई सूसुचित गर्न जरुरी रहेको बताए ।
क्याम्पस प्रमुख गणेश पार्देले विद्यार्थीहरुको सँख्या र शैक्षिक कार्यक्रमको तुलनामा क्याम्पसको भौतिक संरचना नभएको भन्दै सरकारले यसप्रति ध्यान दिनुपर्ने बताएका थिए ।

थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीको अध्यक्षता तथा तुलसीपुर सिटी हस्पिटल सञ्चालक समितिका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रम तुलसीपुरका ४ वटा शैक्षिक संस्थाहरुमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । सोही अन्र्तगत सोमबार राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको हो ।


थर्ड आई नेपालकी सदस्य ललिता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पूर्णिमा बस्नेतले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको नि:शुल्क मृगौला परिक्षण

   जेठ १३, २०८१       admin


घोराही,जेठ १३ । नेपाल प्रेस युनियनको ३३ औ स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङ शाखाले निशुल्क मृगौला परिक्षण गरेको छ । शाखाले आइतवार नेपाल पत्रकार महासघं दाङमा एक कार्यक्रमको आयोजना गरि पत्रकारहरुको लागि निशुल्क मृगौला परिक्षण कार्यक्रम गरेको हो । त्यस अवसरमा ३७ जना पत्रकारहरुले मृगौला परिक्षण गरेका छन । प्रेस युनियन दाङको आयोजना तथा गोर्खा पव्लिक हस्पिटल घोराहीको प्राविधिक सहयोगमा जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि निःशुल्क मृगौला परिक्षण गरिएको हो ।

नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले स्थापनाकालदेखि नै प्रजातन्त्रको विकास र सम्र्वद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । प्रेस स्वतन्त्रताका लागि प्रेस युनियनको भूमिका अतुलनीय रहँदै आएको उल्लेख गरे थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे,नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसी,सचिव आरके शितल,प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा,प्रेस चौतारीका पुर्वअध्यक्ष जेएन सागर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वेबसाइट सार्वजनिक
यसैविच नेपाल प्रेस युनियन दाङले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । युनियनको ३३ औँ स्थापना दिवसको अवसर पारेर शाखाले वेबसाइट सार्वजनिक गरेको हो ।
नेपाल प्रेस युनियन दाङ शाखाका उपाध्यक्ष गोपाल शर्मा भट्राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष पार्वती बस्नेत र सहजीकरण सचिव अमर भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

   जेठ १२, २०८१       admin

दाङ, १२ जेठ । नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बिहानै देखि लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चोक–चोकमा विद्यार्थीको ब्यापार

   जेठ ११, २०८१       admin

दाङ,११ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले चोक–चोकमा बसेर ब्यापार गरेका छन् । विद्यालयको प्रयोगात्मक सिकाई अन्र्तगत उनीहरुले घोराहीबजारका विभिन्न चोकमा बसेर मकै, पानीपुरी, खरबुजा, लस्सी लगायतका खानेकुराहरु राखी त्यसको विक्रिवितरण गरेका हुन् ।

गुरुकुल कक्षा ११ को ब्यबस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक क्रियाकलापममा सहभागी भएका थिए । विद्यार्थीहरुले आफैले सामग्रीहरु खरिद गरि विक्रि गरेका थिए । विक्रिवितरणबाट आएको मुनाफा सामाजिक कार्यमा लगाउने विद्यार्थी विनिता थापाले बताइन् ।


विद्यार्थीहरुले प्रयोगात्मक सिकाईका लागि बनाएका खानेकुराहरु उत्कृष्ट रहेको ग्राहक नेव बहादुर केसीले बताए । विद्यालयले पाठ्यक्रममा मात्र नभई यस्ताखाले सिकाइमा पनि विद्यार्थीहरुलाई सहभागी बनाउँदै लैजानुपर्ने विद्यालयका अभिभावक किरण रेग्मीले बताए । पढाईसंगै विद्यार्थीहरुलाई थप ज्ञान दिने उदेश्यले अतिरिक्त क्रियाकलाप अन्र्तगत उनीहरुलाई व्यापारमा लगाएको विद्यालयका प्लस टु विज्ञान संयोजक अवय शाहले बताए ।


विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले यस्ताखाले गतिविधिलाई आगामी दिनहरुमा पनि निरन्तर सञ्चालन गर्दै लैजाने बताए । विद्यालयका शिक्षकहरु विबेक देबकोटा , भुगोल कवर मगर , अजय शाह , राजन अधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि लगायतले विद्यार्थीहरुको व्यापारशैलीका बारेमा अवलोक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

५७ जिल्लामा फैलियो डेंगी

   जेठ ११, २०८१       admin

काठमाडौँ,११ जेठ । डेंगी रोगको संक्रमण देशका ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ९ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ ।

पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए । उनले वर्षातको समय सुरु भएसंगै डेंगीको जोखिम बढेको भन्दै सचेतना अपनाउन आग्रह गरे ।


“पानी पर्न थालेपछि डेंगी रोगको सङ्क्रमण पनि बढ्छ”, उनले भने “त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।” गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको थियो ।

उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगी लाग्दछ ।

“गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ”, उनले भने, डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लागु औषधसहित दुइ युवक पक्राउ

   जेठ ११, २०८१       admin

सल्यान,११ जेठ। सल्यानमा ब्राउन सुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका २ का १८ वर्षीय डिप्लप थापालाई प्रहरीले ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

कल्लेखोलास्थित राप्ती राजमार्गमा सवार गाडी जाँच गर्ने क्रममा जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ का लान्तीदेखि शंखमुलतिर जाँदै गरेको रा ५ प ४९९० नम्बरको मोटरसाइकल रोकी त्यसमा सवार पाण्डव गिरी र डिप्लप थापाको पर्स जाँच गर्दा पाण्डवको पर्समा प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा ११० र धुलो मात्र ६० मिलीग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

चालक गिरीले चलाएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धमलाले जानकारी गराए । पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेठ १३ गतेदेखि पोलियो विरुद्ध आइपिभी खोप अभियान

   जेठ ११, २०८१       admin

दाङ,११ जेठ। दाङको तुलसीपुरमा जेठ १३ गतेदेखि १७ गतेसम्म पोलियो विरुद्धको आइपिभी खोप अभियान संचालन गर्ने भएको छ। बालबालिकाहरुलाइ पोलियो रोगबाट बचाउनका लागि उक्त अभियान सन्चालन हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका ११ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ।

स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि ०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको(आई.पी.भी)खोप दिइने बताए । उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताएका थिए।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप लगाइने जानकारी दिए । उनका अनुसार उममहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ ।
त्यसैगरी ईट्टा भट्टामा भएक बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ । अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए। खोपको अभाव भएपछि त्यतिबेला बालबालिका आई.पी.भी.खोप पाउनबाट बञ्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जेसीज सप्ताह कार्यक्रमको घोषणा

   जेठ १०, २०८१       admin

दाङ, १० जेठ ।तुलसीपुरनगर जेसीज वर्ष २०२४ को जेसिज सप्ताह कार्यक्रम १२ गते (शनिबार) देखि सुरु हुने भएको छ । बिहीबार रिपोर्टस् कलब दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर जेसीज सप्ताह कार्यक्रम संचालन गर्न लागेको जेसी अध्यक्ष पूर्णविक्रम डाँगीले जानकारी दिए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले जेसीजले हरेक वर्ष मनाउँदै आएको व्यक्तित्व विकास, नेतृत्व विकास लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताए । सोही अनुरुप यस वर्ष जेठ १२ गते बिहान ८ बजे ब्लड गु्रपिङ नविकरण तथा रक्तदान कार्यक्रम गरेर उद्घाटन गरिने अध्यक्ष डाँगीले बताए ।

त्यस्तै दोस्रो दिन जेठ १३ गते बिहान ११ बजे जेसीज जुनियर स्विच च्याम्पेन्सिप कार्यक्रम, जेठ १४ गते बिहान ७ गते अनुचित लेनदेन सम्बन्धि कानूनी व्यवस्था, एक शिक्षा, जेठ १५ गते बेलुका ७ बजे असल अभिभावक शिक्षा कार्यक्रम, जेठ १६ गते बिहान ७ बजे लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम हुने बताए । त्यस्ते जेठ १७ गते बिहान ७ बजे अन्तरविद्यालय फुटसल प्रतियोगिता र जेठ १८ गते बिहान ८ बजे सहयोग सम्मान तथा समापन कार्यक्रम गर्ने बताए । 

पत्रकार सम्मेलनमा तुलसीपुरनगर जेसिजका पूर्वअध्यक्ष झरेन्द्र खरेल, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, राष्ट्रिय समाचार समिती दाङ प्रमुख नारायणी रजौरे, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस यूनियनका केन्द्रिय सदस्य चेतन रेग्मी लगायतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तुलसीपुरनगर जेसिजका कार्यकारी उपाध्यक्ष सुरज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जेसी महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology