प्रेस युनियन दाङको क्षेत्रीय भेला: युनियनले महासंघको नेतृत्व गर्ने दावी

   जेठ ०५, २०८१       admin

दाङ,५ जेठ । आसन नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा नेपाल प्रेस युनियन दाङले नेतृत्वको दावि गरेको छ । नेपाल प्रेस युनियन दाङको तुलसीपुरमा सम्पन्न बैठक तथा क्षेत्रीय भेलामा सहभागीहरुले युनिनको नेतृत्वमा महासंघमा जानुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संगठन भएकाले यस पटक सवैलाई मिलायर युनियनको नेतृत्वमा अगाडी बढनुपर्ने भेलामा सहभागीहरुको भनाई थियो । पत्रकार महासंघ दाङको आसन्न निर्वाचनमा नेतृत्व चयनमा लागि सहमति सहकार्य जारी राख्दै युनियनकै नेतृत्वमा अगाडी बढने सहभागीको माग थियो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको बैठकले यो पटक आफुहरुले नेतृत्व गर्नुपर्ने सहभागी प्रतिनिधिहरुको भनाई थियो ।

‘महासंघको आगामी निर्वाचनमा हाम्रो नेतृत्वका लागि दाविछ, नेतृत्वको दावि सहित हामीहरुले सहमति सहकार्यलाई भने निरन्तर्ता दिएका छौं – युनियनका अध्यक्ष खड्काले भने ।’ उनले त्यसका लागि सवै संगठनहरु संग छलफल भने भई रहेको बताए । ‘यो पटक जिल्लामा हामीहरुले नेतृत्व गर्न पाउनुपर्छ भन्नेहो हामीहरुले त्यसका लागि छलफल पनि अगाडी बढाएका छौं फेरी पनि छलफल हुने छ उनले भने।’

त्यस्तै युनियनका सल्लाहकार सन्तोष सुवेदी, सुसिल बस्नेतले पनि महासंघको नेतृत्व युनियनले गर्नुगरी सवैलाई समेटेर लैजानु पर्ने धारणा व्यक्तिगरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायाणी रजौरे, चेतन रेग्मी, अन्जना चौधरी, नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष गोपाल शर्मा भट्टराई, निर्वतमान सचिव आरके सितल, सहसचिव सन्तोष केसी, केन्द्रिय पार्षद देविराम कुसारी, लगायतले युनियनकै नेतृत्वमा महासंघमा जानुपर्ने सुझाव दिएका थिए ।

उनीहरुले अन्तम समय सम्म सर्वसहमतको लागि पहल गर्ने र यदि सो हुन नसकेको पनि निर्वाचनमा जाने बताएका थिए । ‘सके सम्म सवैलाई मिलायर अगाडी बढने प्रयत्न हाम्रो हुनुपर्छ यदि सो हुन सकेन भने पनि युनियन आफ्नो नेतृत्वमा चुनावमा जान्छ उनीहरुले भने ।’

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान
त्यसैविच प्रेस युनियन दाङले तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ ।

तुलसीपु उद्योग वाणिज्य संघ अध्यक्ष विनिल केसी, उपाध्यक्ष देवबहादुर केसी, महासचिव केशवराज केसी, कोषाध्यक्ष रुपेश शर्मा, सहकोषाध्यक्ष दिपेश भण्डारी, सदस्य सन्दीपन रिजाल र सदस्य विमल गौतमलगायतलाई स्वागत सम्मान गरेको हो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष विनिल केसीले आफुहरु व्यवसायहरुको हक हितका लागि लाग्ने बताएका थिए । उनले आफुहरुले चुनावमा लिएका एजेष्डाहरुलाई पुरा गर्ने बताए ।

‘निर्वाचनमा पत्रकारहरुले खेलेको भुमिका अतुल्नीय छ, हामीहरुले व्यवसायीहरुको हक हितको पक्षमा काम गर्ने छौं –उनले भने ।’ उनले आफुहरुका राम्रा र नराम्रो दुवै पक्षलाई पत्रकारहरुले औल्याउनु पर्ने बताए । ‘हामीहरुले गरेका राम्रोकुराहरुलाई सत्यतथ्य बाहिर ल्याउने काम पत्रकारहरुको हो कहि कमिकम्जोरी भएभनेपनि खवरदारी गर्नुहोला – अध्यक्ष केसीले भने । ’

त्यस्तै युनियनका अध्यक्ष नारायण खड्काले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गदै पत्रकारहरुले राम्रो कुरामा साथ सहयोग र नराम्राकुराहरुलाई उजागर गर्ने बताएका थिए । उनले व्यवसायीक हक हित र तुलसीपुरको विकासमा लाग्न आग्रह गरेका थिए ।

क्षेत्रीय समन्वय समिति विस्तार
त्यसैविच नेपाल प्रेस युनियन दाङको क्षेत्रीय भेलाले निर्वाचन क्षेत्र नं। ३ को क्षेत्रीय समन्य समिति विस्तार गरेको छ । प्रेस युनियन दाङका वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराईको संयोजकत्व रहेको क्षेत्रीय समन्वय समिती विस्तार गरेको हो । जसको उपसंयोजकमा प्रेम पुन र सदस्य सचिवमा जयन्ती चौधरीलाई चयन गरेको छ ।

भेलाले प्रेस युनियनलाई क्रियासील राख्न तथा यस क्षेत्रमा समन्वयका लागि क्षेत्रीय समन्वय समिति विस्तार गरेको हो । नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उवासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण

   जेठ ०३, २०८१       admin

दाङ,३ जेठ।तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाएका थिए । अध्यक्षको सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष केसीले अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

   जेठ ०२, २०८१       admin


दाङ,२ जेठ । बलात्कार मुद्दाको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहरिएका छन् । बुधबार उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिष्ठानको नयाँ रेडियोलोजिष्टमा डा.निरौला

   जेठ ०१, २०८१       admin

दाङ,१ जेठ। दाङको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा  नयाँ रेडियोलोजिष्टका रुपमा डा.राजेश निरौला आएका छन् । उनले मंगलबारदेखि प्रतिष्ठानमा सेवा सुरु गरेका छन् ।

प्रतिष्ठानको सेवा विस्तारलाई लक्षित गर्दै अहिले चिकित्सकहरु थप्नेक्रम सुरु भएको छ । प्रतिष्ठानमा नयाँ रजिष्ट्रारकारुपमा प्राध्यापक श्याम लम्साल आए लगत्तै धमाधम नयाँ चिकित्सकहरु थपिनेक्रम सुरु भएको हो । रजिष्ट्रार लम्सालले आफु सेवा विस्तारमा प्रतिवद्ध भएर लागेको भन्दै निकट भविष्यमा प्रतिष्ठानमा सञ्चालन हुने एमविविएसको पठनपाठन र अस्पतालको सेवा विस्तारमा ध्यान दिदै चिकित्सकहरु आउनेक्रम सुरु भएको बताए।

सिटि स्क्यान र एमआरआई सेवालाई ब्यवस्थित बनाउन नयाँ रेडियोलोजि थपिएको र अन्य चिकित्सकको संख्या बढाउन पहल भइरहेको रजिट्रार लम्सालले बताए । कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखी कार्यरत डा.निरौला असिस्टेण्ट प्रोफेसरकोरुपमा प्रतिष्ठानमा कामकाज गर्नेछ्न।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

जसपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

   बैशाख ३१, २०८१       admin

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी , नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकालाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारबाट बाहिरिएसंगै सर्मथन फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए ।

सरकारका नेतृत्वकर्ताहरुले पार्टी विभाजन गराउन लागिपरेको आरोप लगाउँदै उनले सरकारमा बस्न उचित नभएको भन्दै समर्थन फिर्ता लिएको बताए । नैतिकताका आधारमा बाहिरिएको जानकारी दिँदै सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी समेत दिए ।

उनले भने ‘‘सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रूपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो । ‘‘

नैतिक रूपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ ।,’’ सांसद यादवले भने, ‘‘ १२ को सङ्ख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रूपमा पनि बसिरहन उचित लागेन । सरकारले गैरजिम्मेवारी काम गर्‍यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ । आन्तरिक किचलो छ, विभाजनले गर्दा ।’’ सांसद यादवले विभाजित भएर जाने नेताहरूले आफूहरूको आन्दोलनमा घाटा हुने बताए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पुरुषको मृत्य

   बैशाख ३१, २०८१       admin

काठमाण्डौँ, ३१ वैशाख । सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको एक पुरुषको एक सातामै मृत्यु भएको छ ।
अमेरिकाको मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला आनुवांशिक परिमार्जन गरी प्रत्यारोपण गरिएका ६२ वर्षीय रिक भनिने रिचार्ड स्लेमनको शनिबार मृत्यु भएको हो।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार स्लेमनलाई गत मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

स्लेमनको पहिलो पटक २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलामा खराबी आएपछि गत वर्ष उनी पुनः अस्पताल भर्ना भएका थिए। चेकजाँचको क्रममा मिर्गौला फेल भएको पाइएको थियो।

प्रत्यारोपण गरिएको मिर्गौला पटकपटक डायलासिस गर्न पनि समस्या भएर अन्तिम अवस्थामा पुगेपछि डाक्टरहरूले उनलाई आनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाएका थिए।

सुँगुरको मिर्गौला प्रत्यरोपण गरेर बाँच्ने उनी पहिलो व्यक्ति रहेको समाचार संस्था एसोशियटेड प्रेसले उल्लेख गरेको छ।

उनको मृत्युपछि अस्पतालले प्रत्यारोपणकै कारण मृत्यु भएको हो कि अन्य कारणले भन्ने पुष्टि नभएको बताएको छ। अस्पतालले जेनोट्रान्सप्लान्टका लागि राजी भएकोमा स्लेमन र उनका परिवारप्रति धन्यवाद ज्ञापन गरेको छ।

स्लेमनको परिवारले पनि विज्ञप्ति निकालेर डाक्टरहरूप्रति आभार प्रकट गरेको छ।

‘उहाँहरुको अथक प्रयासका कारण स्लेमन हामीसँग थप सात हप्ता सँगै रहे। हामीले थप स्मरणयोग्य क्षणहरू बितायौं जुन हाम्रो मुटुमा छन्,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसी निर्वाचित

   बैशाख ३१, २०८१       admin


आठ दलीय गठबन्धनका उम्मेदवार ललितजंग शाहसंग २१० मतान्तर

दाङ,३१ बैशाख ।
तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा आठ राजनीतिक दलका उम्म्ेदवारलाई पराजित गर्नै काग्रेस समर्थित व्यवसायीका उम्मेदवार बिनिल केसी निर्वाचित भएक छन ।
बैशाख २९ गते भएको निर्वाचनको सोमवार सार्वजनिक अन्तिम मतपरिणाm अनुसार विनिल केसी निर्वाचित भएक हुन । आठ राजनीतिक दलको समर्थनमा अध्यक्षपदका उम्मेदवार ललितजंग शाह लाई काग्रेस समथित अध्यक्ष पदका उम्मेदवार केसीले २सय १० मतान्तरले जित हासिल गरेका हुन ।

नेपाली काँग्रेसको समर्थित उम्मेदवार बनेका बिनिलसहित टिमका ६ पदाधिकारी र ७ सदस्य निर्वाचित भएका छन । निर्वाचन भएको १७ सदस्य कार्यसमितिमा बिनिल टिमका १३ जना निर्वाचित भएका हुन । भने ४ जना शाह टिममा निर्वाचित भएका छन । अध्यक्षमा बिनिल केसीले कुल खसेको मत खसेको २९३८ मध्य १५५० मत प्राप्त गरेका हुन । गठबन्धनका उम्मेदवार ललितजंग शाहले शाहले १३४० मत प्राप्त गरेका छन ।

त्यस्तै खुल््ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी निर्वाचित भएका छन । केसीले १५२० मत प्राप्त गरे । केसीका प्रतिष्पर्धी गठबन्धनका डिल्लीबहादुर वलीले १२११ मत प्राप्त गरे । गठबन्धनका उम्मेदवार विश्व बस्नेत १५९० मत प्राप्त गरि उद्योग उपाध्यक्षमा र नरेश कुमार राजभण्डारी १५२०मत प्राप्त गरि वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका छन ।
संघको महासचिव पदमा पनि काँग्रेस समर्थित केशवराज केसी निर्वाचित भएका छन । केसीले १५३० मत प्राप्त गरेर निर्वाचित भए भने आठ दलीय गठबन्धनका नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गरेका थिए । केसीले डाँगी भन्दा ३२७ मत बढी प्राप्त गरे । कोषाध्यक्ष पदमा पनि काँग्रेस समर्थित रुपेश शर्मा निर्वाचित भएका छन । शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका थिए । शर्माले ढकाल भन्दा ३८० मत बढी प्राप्त गरि निर्वाचित भएका हुन । सचिवमा पनि काँग्रेस समर्थित नबिन राई निर्वाचित भएका छन । राईले ९६९ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८४८ र गठबन्धनका भुपाल रावतले ६८२ मत प्राप्त गरेका थिए । राई निकटतम प्रतिष्पर्धी वली भन्दा १२१ मत बढी प्राप्त गरि निर्वाचित भए । सह–कोषाध्यक्षमा पनि काँग्रेस समर्थित दिपेश भण्डारी निर्वाचित भएका छन । भण्डारीले ११५६ मत प्राप्त गरे । गठबन्धनका किशोरकुमार वलीले ११२३ मत प्राप्त गरेका थिए । भण्डारीले वलीलाई ३३ मतान्तरले पराजित गरेका हुन ।

त्यसै गरेर सदस्य तर्र्फ काँग्रेस समर्थित तिर्थबहादुर डाँगी १५१८, कोमल डिसी १४८९, माधव बस्नेत १४२१, सैलेन्द्रकुमार बुढाथोकी १३७२, सुवाश अधिकारी १२९४ मत प्राप्त गरि बिजयी भएका छन । काँग्रेस समर्थित उम्मेदवार एयोसियट सदस्यमा सन्दिपन रिजाल ६९ मत प्राप्त गरि बिजयी एका छन । गठबन्धनका उम्मेदवार सुरज ज्ञवालीले ३१ मत मात्रै प्राप्त गरेका थिए । रिजालले ज्ञवालीलाई दोब्बर बढी ३८ मतान्तरले पराजित गरेका थिए । त्यस्तै संस्थापक सदस्यमा काँग्रेसकै चिन्तामणि आचार्य निर्विरोध निर्वाचित भइ सकेका थिए ।महिला सदस्यमा गठबन्धनका मिना रावत र शारदा बस्नेत निर्वाचित भएक छन ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१४७ मतले विनिलको अग्रता

   बैशाख ३०, २०८१       admin

दाङ,३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले १ सय ४७  मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको थियो । कुल खसेको मतमध्ये शनिवार राती ९  बजेसम्म १ हजार ९  सय  मत गणना हुँदा काँग्रेस सर्मथनबाट उवासंघको अध्यक्ष पदका उमेद्धवार विनिल केसीले  १ हजार  ६  मत प्राप्त गरेका छन् भने भने आठ दलीय सर्मथनका उमेद्धवार ललितजंग शाहले ८ सय ५९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।


उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्काले ७३०  र  विश्व बस्नेतले १०४१  मत प्राप्त गरेका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा खुशलराम शर्माले ७६० र  नरेशराज भण्डारीले ९९१ मत प्राप्त गरेका छन् । खुला उपाध्यक्षमा देव बहादुर केसीले ९६९ डिल्ली बहादुर वलीले ७९७मत ल्याएका छन् ।
यसैगरी निर्वाचन समितिका अनुसार महासचिव पद्का उमेद्धवार केशवराज केसीले ९६५ मत ल्याउँदा नरेन्द्र कुमार डाँगीले ८०३ मत ल्याएका छन् ।

कोषाध्यक्ष पद्मा रुपेश शर्मा ९७३ ४ र शेषकान्त ढकालले ७४८ मत ल्याएका छन् ।
सचिवमा नविन राईले ५९७, भूपाल रावतले ४५६ र चन्दन वलीले ५५९मत ल्याएका छन् । सहकोषाध्यक्षमा दिपेश भण्डारीले ७३६ मत ल्याउँदा किशोर कुमार वलीले ७४२ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विनिलले बढाउदै मतान्तर

   बैशाख ३०, २०८१       admin

दाङ, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले निरन्तर मतान्तरण बढाउदै लगेका छन ।

१हजार ४ सय१५ मतगणना हुदा बिनिल केसीले १ सय १७ मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ८ सय ८६ मत खसेको थियो ।

कुल खसेको मतमध्ये शनिवार दिउँसो ५ बजेसम्म १ हजार ४ सय १५ मत गणना हुँदा काँग्रेस सर्मथनबाट उवासंघको अध्यक्ष पदका उमेद्धवार विनिल केसीले  ७ सय ४९ मत प्राप्त गरेका छन् भने आठ दलीय सर्मथनका उमेद्धवार ललितजंग शाहले ६ सय ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

१०२ मतान्तरले विनिलको अग्रता

   बैशाख ३०, २०८१       admin

दाङ,३० वैशाख ।तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले १ सय २ मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको थियो । कुल खसेको मतमध्ये शनिवार दिउँसो ४ बजेसम्म १ हजार ३ सय १५ मत गणना हुँदा काँग्रेस सर्मथनबाट उवासंघको अध्यक्ष पदका उमेद्धवार विनिल केसीले  ६ सय ९३ मत प्राप्त गरेका छन् भने भने आठ दलीय सर्मथनका उमेद्धवार ललितजंग शाहले ५ सय ९१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।


उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्काले ५ सय १० र  विश्व बस्नेतले ७ सय ११ मत प्राप्त गरेका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा खुशलराम शर्माले ५ सय ३३ र  नरेशराज भण्डारीले ६ सय ७८ मत प्राप्त गरेका छन् । खुला उपाध्यक्षमा देव बहादुर केसीले ६ सय ७५ र डिल्ली बहादुर वलीले ५ सय ५० मत ल्याएका छन् ।
यसैगरी निर्वाचन समितिका अनुसार महासचिव पद्का उमेद्धवार केशवराज केसीले ६ सय ८० मत ल्याउँदा नरेन्द्र कुमार डाँगीले ५ सय ४४ मत ल्याएका छन् । कोषाध्यक्ष पद्मा रुपेश शर्मा ६ सय ९४ र शेषकान्त ढकालले ४ सय ९५ मत ल्याएका छन् । सचिवमा नविन राईले ४ सय २७, भूपाल रावतले ३ सय १२ र चन्दन वलीले ३ सय ६५ मत ल्याएका छन् । सहकोषाध्यक्षमा दिपेश भण्डारीले ५ सय २० मत ल्याउँदा किशोर कुमार वलीले ४ सय ९१ मत ल्याएका छन् ।
मतगणना जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology