दाङ, २१ बैशाख। तुलसीपुरमा निःशुल्क पानी वितरणमा रोक लागेको छ । तुलसीपुरको विपी चोकमा टेकराम खड्काले विगत १५ वर्षदेखि निःशुल्क रुपमा पानी वितरण गर्दै आएका थिए । गर्मीयाममा सर्वसाधारणको सहजताका लागि सञ्चालन गरिएको पानी वितरण अभियान शुक्रबार देखि रोकिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलको अवरोधका कारणखड्काले निशुल्क पानी वितरण अभियान शुक्रबारदेखि रोकेका हुन् ।
एकान्त होटेलका संचालक खड्कालेबाटो हिँडड्ल गर्ने यात्रुहरुको सहजताका लागि १५ वर्षदेखि निःशुल्क रुपमा खानेपानी वितरण गर्दै आएका थिए । पानी वितरण गरि रहेको ठाउँमा पुगेर डिएसपी पोखरेलले निशुल्क खानेपानी बितरण रोक्न ताकेता गरेपनि पानी वितरण रोकिएको टेकरामका छोरा हेमन्द्र खड्काले बताए ।
‘ डिएसपी आएर तत्काल निशुल्क खाने पानीको बितरण रोक्न वा अनेत्र कुनै ठाउँमा सार्न नत्र कुनै ब्यक्ति त्यहाँ हुने जमघटका कारण दुर्घटनामा परे त्यसको सम्पूर्ण जिम्मेवारी लिन चेतावनी दिनु भएको हो,’ हेमेन्द्र खड्काले भने ।
बिपी चोकमा पुगेर भने जस्तै गरि डिएसपी पोखरेलले हेमेन्द्रका बुवा टेकरामलाई समेत फोन सम्कर्प गरि बिपी चोकबाट बटुवाका लागि भनेर भइ रहेको निशुल्क खानेपानी रोक्न वा अन्य कुनै ठाउँमा सटर भाडामा लिएर मात्रै त्यो अभियान संचालन गर्न आग्रह गरेको टेकरामले गुनासो गरे ।
‘मैले बिगत १५ बर्षदेखि संचालन गर्दै निरन्तर संचालन गर्दै आएको निशुल्क पानी बितरण अभियान डिएसपी पोखरेलका कारण रोक्न बाध्य भए,’ टेकरामले भने ‘ यो सुख्खा मौसममा गाउँ घरबाट आउने सर्वसाधरण कोही पनि खाने पानी पिउन पाउने अधिकार बाट बञ्चित नहोउन भनेर गर्दै आएको समाजसेवा रोक्नु खोज्नुले मलाई दुःख लागेको छ ।’
तुलसीपुरमा टेकराम खड्काले बिगत १५ बर्षदेखि निशुल्क खानेपानी अभियान संचालन गर्दै आएका छन् भने आँफु बाँच्दासम्म त्यो अभियान संचालन गर्ने बताउँदै आएका थिए । टेकरामले दुई महिना संचालन हुने अभियानका लागि आँफुलाई कसैले पनि भने जस्तो ठाउँमा निशुल्क खाने पानी अभियान संचालनका लागि सटर नदिने भएर बिपी चोकमा अभियान संचालन गर्दै आएको बताए ।
तपाँईले किन टेकरामले संचालन गर्दै आएको निशुल्क खाने पानी आभियान रोक्न निर्देशन दिनु भएको हो ?भन्ने प्रश्नमा डिएसपी पोखरेलले भने संभावित दुर्घटनाको संभावनालाई मध्यनजर गर्दै अभियान रोक्न वा अनेत्र सार्न आग्रह गरिएको बताए ।
‘राप्ती राजमार्ग अन्तरगत पर्ने तुलसीपुरको ब्यस्त सडक पेटीमा त्यसरी निशुल्क खाने पानी वितरण गर्दा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कस्ले लिन्छ,’ डिएसपी पोखरेलले भने ‘ त्यही भएर मैले उहाँलाई तुलसीपुरका अन्य कम ब्यस्त हुने सडक वा सटर लिएर मात्रै त्यो अभियान संचालन गर्न भनेको हुँ ।’
टेकराम खड्काले भने आँफुले सामाजिक कार्य गरेको भन्दै अभियान चल्दाको दुइ महिनाको अबधिमा पनि प्रहरी प्रशासनले सघाएर एक जना ट्राफिकलाई सवारी ब्यबस्थापनका लागि खटाउन सक्नु पर्ने माग गरे ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पोखरेलले ट्राफिक प्रहरीको व्यवस्थापन गरी पुनः पानी वितरण अभियान सञ्चालन गर्न सकिने बताए । सवारी दुर्घटनाको जोखिम बढ्दो भएकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले त्यस्तो आग्रह गरिएको उनले बताए ।
सर्वसाधारण नागरिकले भने डिएसपीको कदमको बिरोध गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२० वैशाख । भेलुबाजेको नामले चिनिएका प्युठानका मीन बहादुर बुढामगरको निधन भएको छ।सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ।
बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले जानकारी दिइन्।
प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,२० वैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।
सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।



२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१९ बैशाख। सरकारले श्रमिकका गुनासो सुन्न श्रमाधान सेवाको सुरुवात गरेको छ । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको हो । बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले उक्त सेवाको सुरुवात गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाुको सुरुवात गरेका हुन् । उनले श्रमाधान सेवा को सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले उक्त सेवाको सुरुवात गरेको बताए ।
‘श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका उनले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं नजिकै डाँफे चरा भेटिएको छ । काठमाडौँबाट करिब १ सय १० किलोमिटरको दूरीमौ नेपालको राष्ट्रिय चरा डाँफे देखिएको हो ।

डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।
समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

नेपालमा यो चरा ३३०० मिटर देखि ४७५० मिटर सम्मको उचाइमा र हिउँदमा २५०० मिटरसम्म झर्छ । हिमाली संरक्षित क्षेत्रहरू ९मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्जहरू, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरू० मा यो चरा देखिने गरेको छ ।

नेपालमा यसको सङ्ख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको सूचीकृत गरेको छ ।
तस्बिर : निरज भुषाल
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१६ वैशाख । नेपाल तरुण दल दाङ जिल्ला क्षेत्रीय समिति पुर्ण गठन गर्ने निर्णय गरेकाे छ । आईतवार जिल्ला पाटि कार्यालय घाेराहिमा सम्पन्न बैठकले दाङका ३ वटै क्षेत्रमा कार्यसमिति गठन गर्न क्षेत्रिय सभापतिहरुलाई जिम्मेवारि दिने निर्णय गरेकाे हाे ।
तरुन दल जिल्ला अध्यक्ष टिका घर्तिकाे अध्यक्षयतामा वसेकाे बैठकले क्षेत्र१ मा क्षेत्रिय सभापति किरण शाह ,२ मा क्षेत्रिय सभापति दिपेन्द शाहि र क्षेत्रिय सभापति राजकुमा केसि लाई ७ दिन भित्र पुर्ण गठन गरि विवरण वुझाउन निर्देशन समेत दिएकाे छ ।
साथै बैठकले क्षेत्र १ नम्वर का ४ वटा पालिकामा वडा समिित देखि पालिका समिित गठनकाे लागि जिल्ला पतिनिधि खटाएकाे छ ।
राप्ति गाउपालिकामा ध्रुव आर्चाय, राप्ति गाउपालिका रन्दिप न्याैपाने, लमहि नगरपालिकामा मुक्ति न्याैपाने र गढवा गाउपालिकामा नविन याेगि संयाेजक ताेके छ ।
बैठक जिल्ला सचिव आर्चायले सम्वाेधन गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १५ बैशाख । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति देखिएको भन्दै सहभागी बक्ताहरुले पत्रकारलाई आचारसंहितको अनिवार्य पालना गरेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी पत्रकार महासंघको निर्वाचनमा सर्वसहमत रुपमा नेतृत्व चयनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व प्रेस युनियन दाङले गर्नुपर्ने बताएका थिए ।
साथै वक्ताहरुले आसन्न पत्रकार महासघं दाङको आसन्न निर्वाचनलाई सहमती सहकार्यका साथमा सम्पन्न गर्नेमा पनि जोड दिएका छन् । पत्रकारको छाता संगठन महासंघ दाङलाई सबैको अपनत्व हुनेगरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्षहरु सन्तोष सुवेदी,सुशील बस्नेत, सल्लाहकार लीला शाह, बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
उद्देश्यहीन मान्छे हिन्दै छ आज कता
झीनो त्यान्द्रा बोकी बढ्दै छ कता कता
पुग्छ या पुग्दैन दोधारमा रहे पनि
हटेर होइन डटेर सामना राख्छ अथाह।।
सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथा
आकुलव्याकुल भै भौतारीदै छ यता कता
बेमौसमी फुलमा पनि रङ्ग भर्न तम्सिएको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।
के छ सारसं भोगाई जिन्दगीको प्रश्न सोध्छ एउटा
इनारको भ्यागुताको ब्यथा सुन्छ कस्ले उत्तर आउछ कता
सस्तोमा पनि खै कस्तो कस्तो कहर भयो जिन्दगी
मधहोस पारी यो समयले पनि जलाउदै छ हर घडी ।
स्तब्ध भनौ या मौन भनौ स्पष्ट कथा केही छैन
स्वप्न बाहेक यो जिन्दगीमा अन्य कुनै विकल्प छैन
कसरी भनौ यो मन खुशी छ भनी कस्लाई कसरी
हेरन यो लावारिस जिन्दगीमा जिउने आशा केही छैन ।
भान हुन्छ, कोही छ भनी सम्झना आउछ कता कता
पैसा मै बिक्ने आफ्नत देख्छु मन बहकिन्छ यता उता
हुन त श्वास रहे सम्म आश हुन्छ भन्ने सुनेको छु पुर्खासङ्ग
रम्झम जिन्दगी देख्छु अरूको देख्छु लावारिस जिन्दगी आफै सङ्ग
नि: स्वार्थ भाव बोकी सहकार्यको नाममा नारा लाउने पनि देखे
दिन दुखी कै आहारामा लात हान्नेको पनि ठुलो स्वर भेटे
लेखु पनि कसरी दैनिय आफै सङ्ग सुकुलमा बसेको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।।
समिप आचार्य
✍️यात्री
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ वैशाख । दाङको तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ। “चलचित्र पत्रकारिताको मुल मर्म,ब्याबसायीक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मुल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र बिकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन र डिलाइट गुप्रको सहयोगमा आज बिहिवारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो ।
कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख खड्काले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्दा नेपाल साच्चिनै सुनै सुनको सुन्दर फुलवारी रहेको बताए। नेपाल सुनै सुनको फुलवारी भएपनि त्यसको पहिचान हुन नसकेको र त्यसको प्रवद्र्धन गर्न चुकेको बताए। दाङकै सन्दर्भमा पनि निकै ऐतिहासिक, पौराणीक स्थलहरु भए पनि त्यसको बारेमा सबैले चासो दिए पनि दंगालीहरुले त्यसप्रति चासो दिन नसकेको भन्दै दाङको संस्कृति, दाङको जातिय धार्मिक अवस्थाको विकास हुन नसकेको बताए।
दाङमा थारु संस्कृति अत्यन्त पुरानो ईतिहास बोकेको सस्कृति र थारु राजाले राज गरेकाले त्यसको विशेषता धेरै रहेको बताउदै मेयर खड्काले दाङमा पनि तुलसीपुर क्षेत्र दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट, सुकीकोट, देविस्थान, सरकौराकोट, टुईदाङ, बबईको बिहेषता संग जोडिएकाले यो सम्बन्धि अध्यन अनुसन्धान गर्न सकेमा चलचित्र पत्रकारिताको क्षेत्र महत्व पुजी बन्न सक्ने बताए।
त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रबर्द्धन गर्न र चलचित्र क्षेत्रको बिकासका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको बताए।
त्यस्तै चलचित्र बिकास बोर्डका सदस्य एवं प्रबक्ता केएल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाब रहेको भन्दै चलचित्र क्षेत्रको बिकासका लागि दाङका पालिकाले आबश्यक बजेट बिनियोजन गरेर बहुउद्देश्यीय कला घर निर्माण गर्न सकिने बताए।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्धत पुग्ने बिस्वास ब्यक्त गरे।
त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ती प्रियले चलचित्रलाई समृद्ध उधोग बनाउनका लागी चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नया बाटो तय गर्ने बताए।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले चलचित्रको समग्र अबस्था संकटमा रहेको तर्क गरे।
कार्यक्रममा पत्रकार महासघ दाङका सल्लाहकार डाक्टर सुदिप गौतमले चलचित्र एउटा सशक्त बिद्या भएको र यसले मानिसको जीवन परिबर्तनमा महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले चलचित्र सामाजिक कुरिती परिवर्तनका लागि महत्त्वपूर्ण बिद्या भएको बताए। साथै उनले दाङ चलचित्रको क्षेत्रमा फस्टाउन नसकेको बताउदै एकपटक दाङ चलचित्रको इतिहास खोत्लनु पर्ने बताए।
त्यस्तै प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासनले नेपाली पत्रकारिता र चलचित्र पत्रकारितालाई कसरी ब्यबसायीक बनाउन सकिन्छ भनेर बहस चलाउनु पर्ने बताए। उनले मुलुकलाई आत्मनिर्भर बनाउन चलचित्र क्षेत्रको बिकास अपरिहार्य रहेको औल्याए
त्यस अबसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
चलचित्र पत्रकार संघ दाङकाअध्यक्ष सन्ताेष के.सि.काे अध्यक्षतामा कार्यक्रम भएको हाे। निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन् ।
तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला सिनेमा सम्वाद र अन्तरक्रिया कार्यक्रम हुने भएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,८ वैशाख । तुलसीपुर नगर जेसीजले साधारणसभा तथा भित्तेपात्रो विमोचन गरेको छ। जेसीजले शनिवार साधारण सभा र नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
जेसीज बर्ष २०२४ का अध्यक्ष पुर्ण बिक्रम डाँगीकाे अध्यक्षता तथा तुलसीपुर ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष जिसीले युवाहरुको नेतृत्व तथा क्षमता विकासमा जेसीजले महत्वोपूर्ण भुमिका खेलेको बताएका थिए। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समुदायमा पुर्याएको योगदान र त्यसको प्रभावका बारेमा समेत चर्चा गरेका थिए। सामाजिक सद्भाव कायम गर्नका लागि जेसीजले ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा यसको क्षेत्र थप फराकिलो बनाउदै लैजान आग्रह समेत गरे।
उनले व्यक्तिको अन्तरनिहित प्रतिभाको खोजी गरि तिनीहरुको क्षमता अभिवृद्धि गराइ एक असल नागरिक निर्माणमा संस्थाले आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बताएका थिए।
प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे सल्यान जेसिजका अध्यक्ष अशोक बोहोराले समाजमा जेसीजले पुर्याएको योगदान र यसको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
संस्थाका पूर्व अध्यक्ष दिपेश भण्डारी, मेघराज घिमिरे, नारायण भट्टराई , निवर्तमान अध्यक्ष सालिकराम ओली लगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रमका सयोजक धिरज बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यकारिणी उपाध्यक्ष सुरज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए भने जेसिजका महासचिव कमल प्रकाश शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए।
साधारण सभाबाट संस्थाले विभिन्न कार्य योजनाको खाका तयार पारेको जानकार दिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस