दाङ, ३० चैत। सामुदायिक तथा सरकारी विद्यालयहरुमा विद्यार्थीको सिकाई उपलब्धीमा सुधार हुन नसकिरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले गुणस्तरिय सिकाईका लागि कार्य योजनानै बनाएर सुधारको अभियान थालेको छ । तहगत र क्षेत्रगत रुपमा सिकाई उपलब्धीका आधारमा उत्कृष्ट रहदै आएको सेन्टरले गुणस्तरीय शिक्षामा थप प्रभावकारी बनाउन नयाँ नीति अवलम्बन गरेको हो ।
विद्यालयमा गुणस्तर शिक्षा र विद्यार्थीको सिकाई उपलब्धी बढाउन नीतिगत रुपमा विद्यालयले कदम चालेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए । विगतदेखि सुधारको नीति लिइदै आएको भए पनि नयाँ शैक्षिक सत्रदेखि थप सुधार नीति बनाएर जिल्लामै उत्कृष्ट शिक्षण क्रियाकलाप सञ्चालन गरिन लागेको पौडेलको भनाई छ ।
यो वर्षदेखि तीन प्रकारले शिक्षा दिने व्यवस्था गरेको भन्दै उनले अभिभावकले बच्चाबच्चीको लागि जस्तो शिक्षाको अपेक्षा गर्दछन त्यसै शिक्षा दिने तयारी गरेको बताए । उनले नेपाली माध्यम, अग्रेजी माध्याम र विशिष्टीकरणको अग्रेजी माध्यामबाट कक्षाहरु सञ्चालन सुरु गरिएको बताए । उनले विद्यालयले विद्यार्थीले जस्तो शिक्षा खोज्दछन, त्यहि अनुसारकोे शिक्षा दिन तयार रहेको जानकारी दिए ।
विगतमा नेपाली र अंग्रेजी माध्यामबाट मात्रै शिक्षा दिइरहेको विद्यालयले यस वर्ष देखि सुविधासम्पन्न विशेष प्रकारको अग्रेजी माध्यमको पढाई सुरु गरेको छ । सुविधा सम्पन्न कक्षाबाट शिक्षण क्रियाकलाप सञ्चालन हुने गरि विशेष कक्षा स्थापना भएको र यो कक्षा सशुल्क र तर आधुनिक र प्रभावकारी कक्षा रहने बताए ।
विद्यार्थीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछी र व्यवस्थापनमा समस्या भए पछि विद्यालयले नयाँ भर्ना नै रोक्ने अवस्थामा पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नेमा आफुहरुको ध्यान केन्द्रित रहेकोले संख्या भन्दा गुणस्तरमा बढी ध्यान दिएको प्रधानाध्यापक भागवत पौडेलले बताए ।
केहि वर्षदेखि विद्यालयमा शैक्षिक गुणस्तर सुधार हुदै गए पछि विद्यार्थीको चाप पनि अत्यधिक रहेको छ । विद्यालयमा अहिले दुई हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन । १ सय ८५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन ।
विद्यार्थीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछी र व्यवस्थापनमा समस्या भए पछि विद्यालयले नयाँ भर्ना नै रोक्ने अवस्थामा पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नेमा आफुहरुको ध्यान केन्द्रित रहेकोले संख्या भन्दा गुणस्तरमा बढी ध्यान दिएको प्रधानाध्यापक भागवत पौडेलले बताए ।
उनले विद्यालयले २५ सय भनदा बढी विद्यार्थी नरहने समेत बताए । विद्यार्थी धेरै भएपछी गतबर्ष मात्रै १ हजार भन्दा धेरै विद्यार्थीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नुपरेको भन्दै यो वर्ष पनि त्यहि अवस्था रहेको बताए । यस वर्ष पनि भर्नाका लागि अत्यधिक सख्या आएको छ, यनले भने, नाम चलेका निजी विद्यालयबाट धेरै विद्यार्थीहरु सेन्टरमा भर्नाका लागि अनुरोध गरेका छन ।
मावि सेन्टरमा कार्यरत शिक्षक कर्मचारीहरुले पनि यस वर्षदेखि विद्यालयमा नै आफना छोरा छोरी पढाउनु पर्ने निर्णय समेत गरिएको छ । यसले अन्य अभिभावकलाई विश्वासको वातावरण निर्माण गर्दछ । गुणस्तरिय शिक्षा पनि कायम हुन्छ ।
अन्य विद्यालयहरु भन्दा फरक तरिकाले पठनपाठन सञ्चालन गरेका कारणले पनि मावि सेन्टरमा विद्यार्थीको चाप बढेको पौडेलले बताए । उनले विद्यालयमा विद्यार्थीले चाहेको अतिरिक्त ज्ञान समेत लिने व्यवस्था विद्यालयले गरेको बताए । कितावी ज्ञान मात्रै नभएर अतिरिक्त ज्ञान पनि संगसगै दिइरहेको उनको भनाई छ ।
विद्यालयले अहिले उदारकक्षा उन्नतीको सुधारात्मक प्रयास गरेको, उर्तीण मात्रै भन्दा पनि तहगत सक्षमता आर्जनलाई ध्यान दिइएको, सक्षमता बढाउन पाठ्यपुस्तक मात्रै भन्दा पनि अतिरिक्त ज्ञानलाई पनि महत्व दिएको, अध्ययन, अनुगमन, मुल्याकन,र सक्षमता मापन तथा चौतर्फि विकासको अवसर सिर्जना गर्ने जस्ता सुधारात्मक कार्य गर्दै आएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३० चैत । दाङको तुलसीपुरमा सिलिकन एजुकेसन सेन्टरको शाखा सन्चालनमा आएको छ। ५ जना युवाहरुले करिब ३५ लाखको लगानीमा सिलिकनको नया शाखा विस्तार गरेका छन् । बिष्णु पोख्रेल, मनिष भूषाल, मनिषजंग शाह, , प्रतिक भुषाल र आशिष देवकोटाले तुलसीपुरमा सिलिकनको शाखा संचालनमा ल्याएका हुन् ।
तुलसीपुर शाखा बिस्तार भएसंगै उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहनेहरुका लागि सहज हुने भएको छ। यस संस्था मार्फत अध्ययनका लागि कोरिया, अष्ट्रेलिया, अमेरिका लगायतका देशमा जान सकिने छ ।
वैदेशिक अध्ययनमा जानको लागि सिलिकन विश्वासिलो र भरपर्दो मात्र नभइ नतिजाको आधारमा पनि उत्कृष्ट रहेको तुलसीपुर शाखाका सिइओ विष्णु पोख्रेलले बताए।
अध्ययन र रोजगारीको शिलशिलामा आफू करिब ९ वर्ष कोरिया बसेको अनुभव सुनाउदै सिइओ पोख्रेलले आफुले सिकेको ज्ञान सिपलाई आफ्नै ठाउँमा प्रयोग गर्ने उदेश्यले नेपाल फर्किएको बताए। विदेशमा अध्ययन गरेर नेपालमै फर्किने बाताबरण निर्माण गर्न सिलिकनको भुमिका महत्त्वपूर्ण रहने उनको भनाइ छ ।
विद्यार्थीहरुको आवश्यकता र माग आधारमा सिलिकनले आफ्नो सेवा क्षेत्र विस्तार गरेको उनले बताए। उनका अनुसार विदेश अध्ययनका लागि सिलिकन सेन्टरको शाखा बिस्तारमा काठमाडौं,बुटवल पछिको दाङ रहेको छ।
सिलिकन एजुकेसन सेन्टर काठमाडौंका सिइको आशिष कुंवरले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी दिए। नेपालभरमा भाषा सेन्टरको तुलनामा सिलिकनले ९९% उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउदै उनले यस क्षेत्रका लागि सिलिकन सुनौलो अवसर बन्ने विश्वास समेत व्यक्त गरे।
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुको सजताका लागि सिलिकनको नयाँ शाखा तुलसीपुरमा स्थापना गरिएको संस्थाका संचालक मनिषजंग शाहले बताए।
विदेशको सीप,कमाई र ज्ञानलाइ स्वदेशमा प्रयोग गरि रोजगारीको वातावरण निर्माण गर्न सकिने कुरालाई समेत प्राथमिकतामा राखेर शैक्षिक गतिविधिहरु सन्चालन गरिने उनीहरुको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित ‘ख’ लाइनमा रहेको उक्त शाखा बिहीवार एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ।
शाखाको उदघाटन गर्दै केयुएसीका म्यानेजिङ डाइरेक्टर जुलिया जोङले नेपाली विद्यार्थीहरु लगनशील, अनुशासित र लगनशील हुने गरेको बताइन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सिइओ जनक भण्डारीले विदेशमा अध्ययन गरेर स्वदेशमा फर्किने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए। कार्यक्रमको सहजीकरण माधवा पोख्रेलले गरेकी थिईन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौँमा गरेको शान्तिपूर्ण जनप्रर्दशनमा राज्यको तर्फबाट भएको बल प्रयोग प्रति नेपाली काग्रेस संसदीय दल लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दलका नेपाल तथा निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
राप्रपाको शान्तिपूर्ण जनप्रदर्शनमा बल प्रयोग हुनु दुखद् भएको भन्दै प्रर्दशनमा सहभागीहरुलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भिर घाईते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
यस घटनाको घोर निन्दा र भत्सर्ना गर्दै घाईतेहरुको उपचार गर्न र पक्राउ गरिएकाहरुको बिनासर्त तत्काल रिहाईको माग गरिएको छ । जनप्रर्दशनको क्रममा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु” चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ चैत ।गुरुकुल एकेडमीले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। नया शैक्षिकसत्र देखि तुलसीपुर र लमहीमा शाखा विस्तार गरेको गुरुकुलले विशेष छात्रवृत्ति योजना ल्याएको हो । गुरुकुल एकेडेमी तुलसीपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए।
प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थिहरुको भर्ना सहित मासिक शैक्षिक शुल्कमा पुर्ण रुपले छात्रबृति हुने छ भने दोस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा ५० प्रतिशत छुट हुने र तेस्रो स्थान हासिल गरेको विद्यार्थिहरुको लागि भर्ना र मासिक शैक्षिक शुल्कमा २५ प्रतिशत छुट हुने बिद्यालयले बताएको छ ।
छात्रबृति प्राप्त गर्नको लागि गुरुकुल एकेडमी तुलसिपुरको २०८१ बैशाख ३ गते हुने प्रवेश परीक्षा र लमहिको २०८० चैत्र ३० गते हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भई २०८१ बैशाख ५ गते भित्र भर्ना गरीसक्नुपर्ने पनि अध्यक्ष ई. घिमिरेले बताए ।
२०७२ सालमा घोराहीमा संचालनमा आएको गुरुकुल एकेडेमीले तुलसीपुर र लमहीमा पनि शैक्षिक सत्र २०८१ बाट विद्यालय संचालनमा ल्याउन लागेको हो । विद्यालय संचालनको पहिलो बर्ष गुरुकुल एकेडेमी लमहि र तुलसिपुरले छात्रबृति योजना ल्याएको हो । विद्यालयको सम्पुर्ण भौतिक संरचना निर्माण सम्पन्न गरी पठन पाठन संचालन गर्ने तयारी गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
डाेल्पा, २६ चैत डोल्पाको ठुली भेरी ०४ को मष्टा भवानी सामुदायिक वनमा सोमबार लागेको आगो निभाउँने क्रममा घाइते भएका एक जनाको जिल्ला अस्पतालमा डोल्पामा उपचारको क्रममा निधन भएको छ ।
मृत्यु हुनेमा जुम्ला तातोपानी ४ स्थायी घर भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरी कृष्ण केसीले जानकारी दिए ।
जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशर बहादुर मगर अवस्था पनि चिन्ता जनक रहेको प्रमुख केसीले बताए ।
उनीहरूलाई उपचारका लागि नेपालगंजको भेरी अस्पताल सम्म लिने भनेर आएको हेलीकप्टर राति परेपछि सदरमुकाम दुनैमै रहेको प्रहरी जनाएको छ ।
उनी हरू सगै सोमबार बिहान आगोमा जलेर गम्भीर घाइते भएका ३० वर्षीय प्युठ विजय कोइराला र २३ वर्षीय सिपाही आशिष बुढालाई पहिलो चरणमा नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगञ्ज पठाइएको छ ।
आईतबार दिउँसो ब्यारेकको फोहोर जलाउने क्रममा अत्याधिक हावाहुरी लागेपछि आगो वनमा सल्किएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२३ चैत । लुम्बिनीमा नयाँ सरकारको तयारी भएको छ। सत्ता गठबन्धन्न्ले नयाँ सरकारका लागि बहुमत सदस्य सहित प्रदेश प्रमुखको मा पुगेका छन ।
४४ जनाको हस्तान्तरण सहित माओवादी दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री प्रस्ताब गरेर प्रदेश प्रमुख अमिक शेरचनसंग सरकारको दाबीपेश गरियेको छ । लुम्बिनी प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य रहेका छ्न ।
केन्द्रमा सत्ता साझेदार भएको नागरिक उन्मुक्तिलाई भने लुम्बिनीमा सरकारमा नसमेटिने भएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको थियो ।
आज बस्ने प्रदेश सभाको चौथो अधिवेसनमा विश्वासको मत लिने कार्यसूची भएपनि आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछी संसद बैठकलाई सम्वोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेका हुन ।
विश्वासको मत लिने र सरकारलाई जोगाईराख्ने कसरतमा मुख्यमन्त्री देखिएपनि साना राजनीतिक दलहरु पनि नयाँ राजनीतिक समिकरणको आधारमा सरकार बनाउने कसरतमा जुटेपछी सरकारले विश्वासको मत नपाउने अवस्था छ । मुख्यमन्त्री चाैधरीले आफ्नो राजिनामा बारे नेपाली काङ्ग्रेस संसदीय दलको बैठकमा जानकारी गराएका छन् !
गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन् ।
मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछी पनि बहुमत पु¥याउन सक्ने अवस्था देखिदैन । कांग्रेस, नागरिक उन्मुक्ती पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन् । नयाँ राजनीतिक समिकरणको आधारमा एमालेका २९, माओवादी सभामुख बाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । लुम्बिनीमा माओवादीले सरकार बनाउनेगरी दलहरु संग छलफल अघि बढाएको छ । संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ चैत । दाङकाे नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् ।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीले एसएलसी २०५३ ब्याचले उदाहरणीय तथा महत्त्वपूर्ण काम गरेकाे बताए । सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकतामा राखेर गरिएको यस्ताे कार्यले सकारात्मक सन्देश दिएकाे अध्यक्ष डाँगीले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक उत्तम खनाल २०५३ ब्याचले उदाहरणीय कार्य गरेकाे बताए । हरेक ब्याचले यस्तै उदाहरणीय कार्य हरेक विद्यालयमा गरेमा कुनै विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपर्ने प्रधानाध्यापक खनालले बताए ।
कार्यक्रमकाे विशिष्ट अतिथि तथा विद्यालय विकास तथा परामर्श समितिका सदस्य बिनिता गुरूङ थापाले अक्षयकोष स्थमपना सामाजिक कार्यकाे एक उदाहरणीय कार्य रहेकाे बताइन् ।
कक्षा पाँच उत्तीर्ण गरेकाे गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । अक्षयकोष तथा छात्रवृत्तिका बारेमा २०५३ ब्याचका आदिम केसीले प्रकाश पारेका थिए । अक्षयकोष स्थापना कार्यक्रममा २०५३ ब्याचका ४२ जना विद्यार्थीकाे सहभागिता रहेकाे छ ।
२०५३ ब्याचका विद्यार्थी केशवा खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण २०५३ ब्याचका विद्यार्थी थम्मन बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, चैत १९ गते । कोभिड(१९ का कारण बन्द भएका परम्परागत व्यापार सीमा नाका खोल्न चीन पक्ष तयार भएको छ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए।
चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची ९कोरला० व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताए ।
उनले यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको जानकारी दिए।
नेपाल–चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताए।
परराष्ट्रमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको जिकिर गरे।
चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेकोमा चीन पक्षले सकारात्मकता देखाएको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १६ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सिकलसेल र एनिमिया रोग निवारणका लागि प्रदेश सरकारको चासो रहेको बताएका छन् । उनले यी रोगहरु निवारण गर्नका लागि परिक्षण र निदानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।
लमही अस्पतालमा सिकलसेल एनेमिया तथा थालासेमिया रोग निदान सम्बन्धी सेवा सुभारम्भ गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशका तराईका जिल्लामा बढि देखिएको सिकलसेलको परिक्षण र उपचारलाई मन्त्रालयले प्राथमिक्तामा राखेर काम गरिरहेको बताएका हुन् । यस्का लागी बर्दियामा अस्पताल निर्माण गरिदैछ भने तराईका जिल्लामा रहेका अस्पतालमा रगत परिक्षणको साथै उपचार सेवालाई प्रभावकारी बनाउन थालिएको उनले जानकारी गराए ।
लुम्बिनी प्रदेशको मध्यविन्दुमा पर्ने दाङको लमही अस्पतालमा सिकलसेल एनिमिया तथा थालासेमियाको परिक्षण सुरु भएपछी उपचार सेवा समेत प्रभावकारी हुने आशा गरिएको स्वास्थ्यमन्त्री खनालले बताए। सिकलसेलको संक्रमण अन्त्यका लागी अभियानकै रुपमा परिक्षण गर्ने र संक्रमण भएकाहरुलाई कार्डको व्यवस्था गरि वैवाहिक सम्बन्ध कायम गर्दा कार्ड हेर्ने व्यवस्था गर्न आबश्यक रहेकाले त्यस तर्फ मन्त्रालय अग्रसर रहेको मन्त्री खनालले बताए।
मन्त्री खनालले सिकलसेल भएका व्यक्तिको परिवारको निशुल्क विमा कार्यक्रम प्रदेशमा सुरु भैसकेको पनि जानकारी दिए । अर्को प्रसँगमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कुनै दिर्घकालिन योजना बिना घोषणाका भरमा पालिका स्तरमा बनेका अस्पताल भवन अहिले समस्याको रुपमा देखिन थालेको बताए। भवन मात्र नभई उपकरण जनशक्ति र भौतिक पूर्वाधारको संयोजनले मात्रै गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने मन्त्री खनालको भनाई थियो ।
कार्यक्रममा स्वास्थय सचिव डा. जनार्दन पन्थी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, पूर्व नगरप्रमुख कुलवहादुर केसी लगायतले सिकलसेलको उपचार र लमही अस्पतालले प्रदान गरिरहेका सेवाका बारेमा बोलेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस