तुलसीपुर,९ चैत ।बिजौरी उद्योग बाणिज्य सघले राप्ती अन्चल संयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको छ । सघले शुक्रबार कार्यालय मा एक कार्यक्रमको आयोजना गरि सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको हो ।
बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती अन्चल सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नवनिर्वाचित अध्यक्ष समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाले उद्योग बाणिज्य सघं र ट्रक ब्यबसायी एउटै रथका दुई पांग्रा भएको बताए ।
उनले अब जित र हारको कुरालाई नलिएर ब्यबसायी एकताका साथ आफ्नो पेसाप्रती प्रतिबद्ध र बफादार भएर व्यवसायीक हक हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का वडाध्यक्ष एब संयुक्त ट्रक समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगी,बिजौरी उद्योग वाणिज्य सघंका पुर्ब अध्यक्ष मुकेश वलि लगाएतले ब्यबसायी–ब्यबसायी बिच एकताको खाँचो रहेको औल्याए । सघंका वरिष्ठ उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिपक कुमार बस्नेतले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,८ चैत । काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्की विरुद्ध भ्रस्टाचारको मुद्दा दर्ता भएको छ। कार्की विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै दर्ता गरेको हो।
करार सेवामा कार्यरत अधिकृत कार्कीले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँ अन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शङ्खरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजना, माकलबारीमा खटिई कार्कीले काम गर्दै आएका थिए ।
कार्कीले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा घटना बाहिरिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ८ चैत । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना सदस्य नियुक्त गरिएको छ । सरकारको मन्त्रिपरिषद्को आजको बैठकले (काठमाडौं)प्रा. सङ्गीता सिंह , कुसहेन्द्रबहादुर महत (जुम्ला), डा. शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे ललितपुर) लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन।
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी गराइन।
बैठकले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चूडामणि पौडेललाई बढुवा समेत गरेको छ
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,६ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रदर्शन गरिएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनी सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ६ चैत । दाङको तुलसीपुरमा नमुना महिला सांसदहरुका लागि विषयगत सवाल विषयमा दुइदिने अभिमुखिकरण कार्यक्रम आज देखि सुरु भएको छ।
अभिमुखिकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार र बुधबार गरि दुईदिन सम्म चल्ने छ ।
नमुना सांसद सभामुख सिमा न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको छ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै टिकाराम खड्काले संसदीय अभ्यासले नागरिकका आवश्यकता, समस्या र सामाजिक मुद्दाहरुलाइ कसरी उठान गर्ने? कसरी प्रस्तुत गर्ने भन्ने कुराको राम्रो जानकारी प्राप्त हुने बताए।
संसदमा जनताका समस्या, आवश्यकता र उनीहरुको मुद्दामा विषय उठान गर्ने, लिखित र मौखिक रुपमा प्रश्न गर्ने, जवाफ माग्ने र जनताको आवाजलाई सरकारसम्म पुर्याउन संसदको भुमिका महत्त्वपूर्ण हुने बताए।
संसदमा हुने काम कर्तव्यलाई आत्मसात गर्दै सामाजिक मुद्दाहरु के-के हुन? विभेदहरु के-कस्ता छन् ? समाजमा प्रतिकुल असर केले पारेको छ? त्यसको सुनुवाइ हुने थलोको रुपमा यस संसदलाइ प्रस्तुत गर्नुपर्ने बताए। उनले संसदीय मुल्य, मान्यतालाई ख्याल गर्दै यसलाइ गतिशील बनाउन अनुरोध गरे।
सामाजिक बिकास शाखाका प्रमुख मान बहादुर रावतले महिलाहरुको क्षमता अभिवृद्धि यस्ताखाले क्रियाकलापहरु महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा नमुना महिला सांसद उपसभामुख सुस्मा लामिछनेले सम्मुनत राष्ट्र निर्माणमा नमुना महिला सांसदले आफ्नो बलियो भुमिका प्रस्तुत गर्नुपर्ने बताइन् ।यस अभिमुखिकरण मार्फत विभिन्न कारणले पछि परेका/ पारिएका, महिला, सीमान्तकृत समुदायका महिलाहरुको पहिचान गर्दै उनिहरुलाइ राज्यको पहुँचमा कसरी ल्याउन सकिन्छ भन्ने विषयको उठान हुने जानकारी गराइन।
आवाज विहिनहरुका आवाजहरुलाई उठाएर आवाज संवोधन हुने ठाउसम्म पुर्याउन यस अभिमुखिकरणले सहयोग गर्ने अपेक्षा रहेको उनले बताइन् । यस नमुना सांसद देशकै साझा आवजको रुपमा प्रस्तुतु हुने गरि काम गर्नुपर्ने उनको भनाइ थियो ।
नमुना महिला सांसद परिकल्पनाकार तथा न्युसिपिसी अध्यक्ष नवराज लामिछानेले महिलाहरुको क्षमता अभिवृद्धिको सन्जालिकरणका लागि महिला सांसदको परिकल्पना गरिएको बताए । स्थानीय सरकारलाई सहयोग,सहजीकरण र ध्यानाकर्षण गराउने उदेश्यले नमुना महिला सांसद सन गठन गरिएको उनले बताए। महिलाका सवालहरुको उठान गरि योजना बनाउने, छलफल गर्ने र उक्त योजनालाइ प्रकृयागत रुपमा मुद्दा उठान गरि स्थानीय सरकारसम्म पुर्याउन नमुना संस्थाको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे।
दुइदिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमको पहिलो दिन महिलाहरुको कानुनी तथा सामाजिक न्याय शान्ति र मानव अधिकारका सवालमा हालको अवस्था,मानव संसाधन विकास र श्रोत ब्यबस्थापन, महिलाहरूको राजनैतिक तथा सांस्कृतिक पक्षमा भएका प्रयासहरु र सुधार , सूचना , संचार समन्वय र साझेदारी क्षेत्रमा भएका प्रयास र महिलाहरुको अवस्थाका बारेमा छलफल र जानकारी गराइने छ।
अभिमुखिकरणको प्रशिक्षकमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, मानव अधिकारकर्मि सुशील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गलाल केसी,नमुना संसद परिकल्पनाकार नवराज लामिछाने लगायत रहेका छन् ।
महिला बालबालिका तथा समाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योजना शाखाकी अधिकृत कुन्ता भण्डारीले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिश बमोजिम पक्राउ परेका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाडौँ ल्याउने तयारी भएको छ ।
पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो । साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटी रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितलेले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।
छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि उनी प्रहरी निगरानीमा थिए । उनलाई प्रहरीको निगरानीमा राखिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर कडायतले बताएका छन् ।
उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाकाे पकडी चाेकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिश बमोजिम पक्राउ परेका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाडौँ ल्याउने तयारी भएको छ ।
पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो । साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटी रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितलेले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।
छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि उनी प्रहरी निगरानीमा थिए । उनलाई प्रहरीको निगरानीमा राखिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर कडायतले बताएका छन् ।
उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाकाे पकडी चाेकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ४ चैत । झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं पुगेका छन् ।
उनीहरुले आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेपाली कांग्रेसका नेता एवं दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीसँग भेटघाट गरेका छन् ।
स्वर्गद्वारी गुठीको जग्गा सदियौंदेखि जोतभोग गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै उनीहरुले फागुन ८ गतेदेखि दाङमा आन्दोलन गर्दै आएका छन् । किसानहरुको आन्दोलनपछि सरकारले गुठी पीडित संघर्ष समितिसँग वार्ता गर्न फागुन १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा फागुन २० गते वार्ता टोलीले दाङमै प्रारम्भिक छलफल गरी पन्ध्र दिनभित्र प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो । समितिले दिएको सो समय सकिन थालेकाले आफूहरुका मागप्रति सरकारलाई थप संवेदनशील बनाउन काडमाडौं आएको गुठी पीडित संघर्ष समितिका अगुवा प्रवीण दहित थारुले जानकारी दिए।
अगुवा लाल बहादुर चौधरीले अघिल्लो पटक आफूहरुले प्रधानमन्त्रीसँग भेट गरी तत्काल गुठी विधेयक ल्याउन माग गरेको तर आफूहरुको माग अनुसार विधेयक नआएकाले दाङमा आन्दोलन गर्नुपरेको उल्लेख गर्दै अब समस्या समाधान नहुँदासम्म आन्दोलन नरोकिने बताए ।
संघर्ष समितिका पदाधिकारी तथा दाङका आएका राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलमा सञ्चारमन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेकाले जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने बताइन ।
किसानहरुले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनुपर्ने र त्यसका लागि स्वर्गद्वारी गुठी पनि तयार नै रहेको तर यसमा २०६२ मा गरिएको सर्वोच्च अदालतको आदेशले समस्या सिर्जना गरेको उल्लेख गर्दै मन्त्री शर्माले अब नयाँ संविधानले प्रदत्त गरेको नागरिकको आवासको हकमा टेकेर नयाँ कानुन बनाई समस्या समाधान गर्नुपर्ने बताइन।
यसबीचमा मन्त्रिमण्ड हेरफेरका कारण केही समय लागेको जानकारी दिंदै मन्त्री शर्माले भोलि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र किसान अगुवाहरुको बीचमा छलफल गरेर अघि बढ्ने तय भएको जानकारी दिइन ।
किसानहरुले आन्दोलन सुरु भएपछि यसलाई प्राथमिकतामा राखेर मन्त्री शर्माले यो एजेण्डा मन्त्रिपरिषद् बैठकमा उठाउँदै वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्दै आएकि छ्न।
आइतवार राजधानीमा भएका विभिन्न छलफलमा गुठी पीडित संघर्ष समितिका पदाधिकारीसहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेसका राजु आचार्य लगायतको उपस्थिति रहेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
मोरङ, ४ चैत । मोरङ एक चिउरा मिलमा आगलागी हुंदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षती भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित १ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा आगलागी भएको भएको हो।
शनिबार राति करिब १२ बजे सुरू भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वारूणयन्त्र र स्थानीयको सहयोगमा आइतबार बिहान साढे दुई बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
करिब १ करोड ७१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जस्तापाताको छाना भएको मिल काठ र इँटा प्रयोग गरेर बनाइएको थियो । मोरङ प्रहरी प्रवक्ता दाहालले आगोका करण मिलसहित २ सय मन गहुँ, २ सय मन भुस, ९० मन धान, ५० मन मकै, २० मन खुदी, २० मन चिउरा जलेर खरानी भएको बताए ।
उनका अनुसार आगलागीमा ४ वटा बंगुर पनि जलेका छन् । मिल नजिक बंगुर खोर रहेको हुँदा आगलागीको चपेटामा बंगुर पनि परेको उनले बताए ।
आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ चैत। दाङको तुलसीपुरमा खुला रक्तदान गरिएको छ। जिल्लामा रगत अभाव हुँदै आएको भन्दै खुला रक्तदान गरिएको हो। एचआरमिडिया हाउस प्रा.लि तुलसीपुर, दाङको आयोजना र ग्लोबल ओरिन्सको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
एचआर मिडिया प्रालिका अध्यक्ष एचआर मगरको अध्यक्षता तथा शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान गर्दै उनले समाजमा अझै पनि रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकार नभएको बताए । बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान भएकाले स्वस्थ ब्यक्तिले नियमीत रक्तदान गर्न सकिने बताए।
मानवताकाे सेवा नै, जीवनकाे सर्वोत्तम कार्य हाे,पुण्य काम को लागि मानवले मानवको जीवन बचाउन सक्नु पर्छ,उनले भने ।
रगत व्यवस्थापनका लागि गाउँपालिकाबाट १ लाख रुपैया बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले ब्लड बैंक हरुमा रगत अभाव हुन नदिन युवा साथीहरुले गरेको कार्यको प्रशंसा गरे । रगत अभावमा कसैले प्राण त्याग गर्न नहुने उनले बताए। यस कार्यक्रमले रगतको अभावको समस्यालाई समाधान गर्न सहयोग पुग्ने बताए। जिल्लामा रगत स्टोरेजको अभाव बारम्बार निम्तिएको र फण्डिङका लागि यसरी नै युवाहरु एकजुट बन्नुपर्ने बताए। । संवेदनशील विषय भएपनि केन्द्र, प्रदेश र स्थानिय सरकारले चासो नदेखाएको अवस्थामा युवाहरूले गरेको कार्यक्रमप्रती प्रशंसा समेत गरे ।
नेपाल पत्रकार महासंघ दाङ जिल्ला सह-सचिव दिप्तिशिखा चौधरीले सामाजिक सेवामा युवाहरुको सकृयता निरन्तर भइरहनुपर्ने बताएकी थिइन। एक ब्यक्तिको रगत दानले अर्को ब्यक्तिले पुनर्जीवन प्राप्त गर्ने भन्दै रक्तदान सबैले गर्न अनुरोध समेत गरिन।
खुल्ला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । जसमा १३ जना महिला र ३३ जना पुरुष रहेका थिए ।
रगत दान गर्नेहरुमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतका रहेका छन । ग्लोबल ओरेन्सका मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शान्तराज सेन्चुरीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ३ चैत । नेपालको संविधानले जातीयताको आधारमा हुने विभेदलाई दण्डनीय भनेपनी समुदायमा विभेदको अन्त्य हुन नसकेको दलित अधिकारकर्मीहरुले बताएका छन् । जान्ने,बुझ्ने र पैरवी गर्ने निकायहरूबाटै विभेद भइरहेकाले जातीय विभेदको अन्त्य दस्ताबेजमा मात्रै सिमित रहेको उनीहरुको भनाइ छ।
“समग्र विकासको अवरोध, जातीय तथा लैंगिक विभेद ” भन्ने मुल नारा सहित सन्चार माध्यममा दलित समुदायका सवाल सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमका अवसरमा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको अध्यक्ष समेत रहेकी दलित महिलासंघ जिल्ला शाखा दाङ अध्यक्ष युवा कराराले दलित समुदायको सवालमा तिनै तहको सरकार मौन रहेको बताइन् ।
संविधानले दिएको अधिकार र त्यसका व्यवस्थाहरुबाट नै दलित समुदायहरुलाइ पछि पारिएको उनको भनाइ थियो। उनले संस्थाले जातीय विभेद र दलित महिला शसक्तिकरणमा गर्दै आएको गतिविधिहरुका बारेमा समेत जानकारी गराएकी थिइन।
बर्षौदेखी जातीय विभेद र महिला अधिकारको क्षेत्रमा काम गर्दै आएपनी अझै अधिकार सुनिश्चित नभएको गुनासो गरिन। जबसम्म संचारमाध्यमले दलित समुदायका सवालहरुलाइ प्राथमिकतामा राख्दैन्न तवसम्म सरोकारवाला निकायहरु मौन रहने भन्दै संचारमा दलितका सवालहरुलाइ जोड डिन आग्रह गरिन। उनले आरक्षण नछुट्याएसम्म अधिकार सुनिश्चित नहुने बताएकी थिइन् ।
उनका अनुसार संस्थाले तुलसीपुर उपमहानगर पालिकाका सबै वडामा दलित महिला साझा मन्च गठन गरेको छ । सरकारले दलित समुदायका आवाज नसुनेका कारण पालिका स्तरीय साझा मन्च गठन गरिएको उनको भनाइ थियो ।यद्यपि समुदाय अझै विभेदको जालोमा रहंदा हरेक काममा कठिनाइ भैरहेको छ। सूचना, अवसर र उपलब्ध सेवा प्राप्तिका लागि गरिने सहजीकरणबाट दलित तथा सिमान्तकृत समुदाय पछि पारिएको बताइन।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सदस्य गिरिराज नेपालीले मिडियामा दलितहरुको अधिकार, समानता र अवसरका सवाल कमै प्राथमिकतामा पर्ने गरेको बताए। उनले बेदनाका कुराहरूमा मात्र दलित समुदाय समेटिने गरेको बताउदै यसतर्फ संचारक्षेत्रले ध्यान दिन जरुरी रहेको उल्लेख गरे। पीडितले न्याय पाउनुको सट्टा पिडकको मुख हेरिदिनुपर्ने परिपाटीको अन्त्य समेत गर्न जरुरी रहेको बताएका थिए।
कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपालीले दलित समुदायको सशक्तीकरणमा मिडियाको भुमिका महत्त्वपूर्ण रहेको बताउदै आगामी दिनमा पनि दलित समुदायका सवालहरुलाई जोडेर सूचना सामग्रीहरु प्रसारण गर्न अनुरोध गरेका थिए।
एफजेएसको सहयोग र दलित महिला संघ दाङको आयोजना भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचीव गंगा विश्वकर्माले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस