लैगिक हिंसा निवारणका लागि जनप्रतिनिधीहरुको प्रतिवद्धता

   फागुन ०३, २०८०       admin

दाङ,३ फागुन।वालमैत्रि नगर घोषणा गरेको दाङको घोराही उपमहानगरपालिकाले लैगिंक हिंसा निवारणका लागि अभियानको थालनी गरेको छ । घोराही उपमहानगरका जनप्रतिनिधी तथा शाखा महाशाखाका प्रतिनिधीहरु बिच आज बिहिवार गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवाहाहरुले लैगिक हिंसा निवारणका लागि आआफ्नो ठाँउबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

उपमहानगरका प्रमूख उपप्रमूख १९ वटै वडाध्यक्षहरु र पालिकाका महाशाखा र शाखा प्रमूखहरुले लैगिक हिंसा निवारणका लागि लिखितरुपमा प्रतिवद्धता जनाएका हुन् ।
लैगिक हिंसा व्यक्ति, परिवार र समाज परिवर्तनको वाधक भएको भन्दै यसको निवारणका लागि सामूहिक प्रयास आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
समाजमा अहिलेपनि हिंसाका डरलाग्दा तथ्य र तथ्याङ्कहरु आइरहेको भन्दै यसको निवारण विना समुन्नत समाजको परिकल्पना गर्न नसकिने भन्दै सहभागीहरुले ३ वर्ष भित्र घोराही उपमहानगरलाई लैगिक हिंसा निवारण गर्ने कुरामा सहमती जनाएका छन् ।

पहिलो चरणमा पालिकाका सवै वडाहरुका सरोकारवालाहरुका विच अभिमूखी करण कार्यक्रम गर्ने, तथ्य र तथ्याङहरुको संकलन तथा विश्लेषण गर्ने र पालिकामा पठाइ पालिका स्तरको लैंगिक हिंसा निवारण योजना निमार्ण गर्ने बताइएको छ ।
महिला वालवालिका तथा सामाजिक विकास शाखा प्रमूख मोति विश्वकर्माले विषय प्रवेश गराएको कार्यक्रममा अभियानकर्मी विकिरण गौतम र पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उनको सम्झनामा ‘यो प्रेम दिवस’

   फागुन ०२, २०८०       admin

दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका लागि सँधैभरी विशेष हुने गर्दछ । यो त भावनाको उत्कृष्ट रूप हो। यो हरेक उमेर समूहका फरक फरक व्यक्तिहरू बीच हुने गर्दछ। यद्यपि यो विशेष दिनमा प्रेमीप्रेमिकाहरू कुनै विशेष ठाउँमा गएर आफ्ना भावनाहरू साटासाट गरी यो दिनलाई यादगर बनाउने गर्दछन्।

आजभोलि सामाजिक सञ्जालले गर्दा हो वा वैश्य युगको समयले गर्दा हो। प्रेम शब्दको परिभाषा र व्यवहारिकतामा परिवर्तन आएको छ। पछिल्लो समय युवापुस्ता बीच “फ्रेन्ड्स विथ बेनिफिट्स” भन्ने भावनाको विकास भएको छ। उनीहरू बीच सोसल मिडिया मार्फत एक अर्कामा आकर्षण बढ्ने र एकले अर्काबाट कसरी हुन्छ फाइदा लिने मनोविज्ञान हावी भएको छ। जसले गर्दा हप्ता वा महिना पिच्छे शारीरिक सम्बन्ध राख्ने र एकले अर्कोबाट फाइदा लिँदै छुट्टिने ट्रेनको विकास भएको छ।


भर्चुअल दुनियाको संसारबाट जब उनीहरु यथार्थतामा आउँछन्। त्यसपछि उनीहरूबीच दुरी बढ्दै जान्छ। किन आजभोलि मानिसहरू आत्मैदेखि प्रेम गर्न हिच्किचाउँछन्? किन प्रेममा मानिस भावनात्मक रुपमा निकै कमजोर हुन्छन् भन्ने सन्दर्भमा अहिले सोच्न आवश्यक छ। हाम्रो पारिवारिक एवं सामाजिक वातावरण, संस्कार र संस्कृतिले पनि प्रेमलाई बुझ्ने दृष्टिकोणमा फरक पार्दछ।

प्रेम र विवाह नितान्त फरक कुरा हुन्। विवाह एउटा सामाजिक सम्झौता र बन्धन हो तर प्रेम भावना र संबेदनशीलताको उच्चतम अवस्था हो। सबै प्रेम विवाहमा परिणत हुन आवश्यक छैन। यद्यपि प्रेमिल जोडीहरू बीच विवाह भएमा सुनमा सुगन्ध हुन्छ । प्रेमिकाले आफ्नो जीवनको सुरक्षा हुने नदेखेसम्म विवाह गर्न राजी हुँदैनन्। उनीहरूले आफ्नो जीवनमा सेफ ल्यान्डिङ चाहन्छन् । आफ्नो प्रेमीले आफूलाई सुख र खुसीसाथ राखोस् भन्ने हरेक प्रेमिकाको चाहना हुन्छ। त्यसैले मानिसहरू सामाजिक रूपमा सेटल भएको जिम्मेवारी बोध गर्न सक्ने व्यक्तिसँग विवाह गर्न चाहन्छन् तर प्रेम जुनसुकै उमेर समूहका जो कोहीसँग हुन सक्छ।
जबसम्म उसको सम्मान, स्वतन्त्रता र खुसीलाई आफ्नै सम्झेर महसुस गर्न सकिँदैन तबसम्म त्यहाँ साँचो प्रेम भएको महसुस गर्न सकिँदैन। प्रेममा शरीर मात्र दुईवटा तर मन एउटै हुन्छ ।

सन् २०१७ तिर म सामाजिक सञ्जालको युगमा प्रवेश गरेको थिए। सन् १८ तिर अध्ययन र कामको सिलसिलामा म विदेश आएको थिए। विदेशमा अध्ययन, काम र प्रेमलाई बाँड्ने सौभाग्य मिलेको थियो। तर त्यो प्रेम विवाहमा परिणत हुनसक्ने सम्भावना थिएन। जुन कुरा मैले मेरो प्रेम साहित्य “प्रियसी” मार्फत मेरा पाठक सामु बाँडेको छु।

सन् २०२३ को अन्त्यतिर जब उसले मेरो एउटा पोस्टमा “किप इट अप” भन्ने कमेन्ट गरी मेरो मन खुसीले प्रफुलित भयो। किनकि त्यो भन्दा अघि मैले उसलाई धेरैपटक Friends Request पठाउँदै एक्सेप्ट नभएपछि क्यान्सिल गरेको थिए। उसलाई म त्यतिबेला वा त्योभन्दा पछि पनि प्रेमिल भावनाद्वारा हेर्दैन थिए। कारण हाम्रो कर्मको फिल्ड एउटै थियो । म बेलाबेलामा लेख लेखिरहन्थे। म एउटा प्रेसमा लामो समयसम्म व्यवस्थापकको भूमिकामा काम गरेको थिए। उसको सम्पर्कबाट मलाई मेरो लेखन यात्रामा केही सूचना पाउन सकिन्छ कि भन्ने हेतुले म उसँग जोडिन चाहन्थे तर त्यो सपना सन् २०२३ को अन्ततिर पूरा भएको थियो।
सन् २४ को जनवरी १५ तिर अचानक उसको प्रोफाइल तस्बिरमा मेरो नजर गयो खोलेर उसको तस्बिर नियालेर हेरे। उसका अनेक पोस्ट र फोटाहरु हेर्दै गए। कुन्नी के भएर हो कसैको फोटो वा पोस्टलाई त्यति लामो समय सम्म त्यसरी हेरेको त्यो नै मेरो जीवनको पहिलो क्षण थियो । अक्सर समय अभाव वा अरु नै कारणले गर्दा म कसैको व्यक्तिगत कुरामा आफ्नो समय खर्चिदैन तर ऊ मलाई किन किन राम्रो लाग्दै गई थाहा भएन। मनमा उसका प्रति एक किसिमको सम्मान र माया मिश्रित भावना आउन थाले अनि उसँग बोल्न र दूरी नजिक गराउन मन लागेर आयो अनि उसको डे स्टोरीमा कमेन्ट गर्न थाले।“के खाएर मानिस यति राम्रा हुन्छन् ? looking beautiful, nice “ यस्तै यस्तै।

म मुलतः लजालु स्वभावको अन्तरमुखी मान्छे अक्सर मलाई प्रेमको कुरा गर्न त्यति आउँदैन फेरि उसले के भन्ने हो भन्ने कुराको पनि डर लाग्छ । मेरो व्यवहारको कारणले गर्दा उसलाई म बाट गुमाउन नपरोस् भन्ने चाहनाले गर्दा म शब्द तौलेर बोल्ने गर्छु। मनमा शब्दका अनेक प्रेमिल भावना आउने गर्दछ तर मेरो भावनाको कारणले गर्दा उसलाई चोट नपुगोस् भन्ने चाहन्छु। म एकोरो उसको प्रेममा डुब्न चाहन्छु। तर मेरो व्यवहारको कारणले गर्दा उसलाई मबाट अलग गराउन चाहन्न।

मेरो पनि खुसीको क्षण आएको थियो। १६ श्राद्ध चलेको बेला विवाहमा खिचिएको एउटा भिडियो फुटेजमा उसले कमेन्ट गर्दै लेखेकी थिई । “१६ श्राद्धमा पनि विवाह हुन्छ र?” म खुसीले प्रफुल्लित भएको थिए। उसले पनि मेरो डे स्टोरीको फुटेजमा कमेन्ट गरी भनेर। मनमा अनेक भावना आएका थिए के लेख्ने भनेर तर सम्हालिँदै भने –“यो पहिला लिएको भिडियो हो। यत्तिकै राखेको।” ऊ निकै सुन्दर र संस्कारिक लाग्छ मलाई। थाहा छैन उसले कुनै व्यक्तिलाई आफ्नो मनमा सजाएर राखेकी छे वा छैने? यद्यपि म उसलाई बेहिसाब प्रेम गर्न चाहन्छु। यो जन्ममा मात्र नभएर यदि मानिसको रूपमा मेरो र उसको अर्को जन्म भएमा पनि ! उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। कुन शब्द खर्चेर उसको बयान गरू दुविधामा छु।

जन्म, मृत्यु र विवाह लेखेर आएको हुन्छ भन्छन्। म आध्यात्मिक मानिस भएको हुँदा यो कुरामा वैज्ञानिक सत्यता भएको पाउँछु। मेरो भावनालाई उसले बुझेर म सँग जीवन बिताउन उसले आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गरे मात्र पनि म आफूलाई भाग्यमानी ठान्नेछु। ऊ मेरो लागि सबैथोक हो। म आफूलाई मेटाएर उसलाई खुसी दिन चाहन्छु। मसँग भौतिक रुपमा उसलाई चाहेको सुख दिन सक्ने सामर्थ्य र ल्याकत छ। उसको वर्णन गर्न शब्दहरू निकै कम छन् म सँग। उसको कल्पनाले मात्र पनि मलाई धेरै आनन्द दिन्छ। उसँग बोल्न र घन्टौ कुरा गर्न मन छ तर त्यो गर्न सक्ने म सँग साहस छैन। उसले के भन्दी हो, के सम्झेर मसँग यस्तो कुरा गर्छ भन्ने सोच्छे कि भन्ने डर लाग्छ । उसको नबोल्ने तस्बिर र टिकटकको भिडियो हेरेर चित्त बुझाउँछु। हजारौं पटक उसको फेसबुक प्रोफाइल र टिकटक प्रोफाइल खोलेर उसको भिडियो हेर्दै दिनमा एक दुई चोटी लाइक र कमेन्ट गर्दै मेरो समय व्यतीत हुन्छ आजभोलि। तर मेरो व्यवहारको कारणले उसलाई म बाट गुमाउन चाहन्न डियर पाठक।

लेखकः लक्ष्मण शर्मा
घोराही उपमहानगरपालिका–२ रामपुर, दाङ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गुरुकुलको कानुनी प्रकृया पुरा

   माघ २, २०८०       admin

घोराही ,२९ माघ ,गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पुर्ण दर्ता प्रकृया पूरा भएको छ । गुरुकुल एकेडेमी तुलसीपुर प्रा।ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं।५२४४६/०६४/०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत् रुपमा दर्ता भई स्थाई लेखा नं।९३०३३८३४३१० समेत प्राप्त भएको छ ।
तुलसीपुर उपमहानगरपालीकाको शिक्षा विकास महाशाखा तथा उपमहानगरपालिकामा पनि गुरुकुल एकेडेमी तुलसीपुर प्रा।लीको अभिलेख राखि सो को पत्र समेत प्राप्त गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । तुलसीपुरमा विद्यालय सञ्चालनको निर्णय सँगै भौतिक संरचना निर्माणको काम र कानुनी प्रकृयाको थालनि सँगसँगै भएको थियो । गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर क्षेत्रमा शैक्षिक हव बनाउने र पूर्ण मानव बनाउने उद्धेश्यले करिव १२ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय सञ्चालनमा ल्याउन लागेको हो ।

ऐतिहासिक योजनाका साथ विद्यालय सञ्चालनमा आउदा यस क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई फाइदा पुग्ने स्थानीय बुद्धिजीवि तथा समाजसेवी विष्णु कुमार देवकोटाले बताए । उनले जुन शैक्षिक योजनाका साथ विद्यालय सञ्चालनमा आएको छ त्यो उद्धेश्य पूरा गर्नेमा विश्वास समेत गरे । विद्यालयले यहि फाल्गुन २ गते वसन्तपञ्चमीको अवसर पारेर ब्राह्मण राखि विधिवत् रुपमा अक्षरारम्भ समेत गराउँदै छ भने शैक्षिक सत्र २०८१को लागि प्ले ग्रुपदेखि कक्षा ९ सम्म प्रि रजिष्ट्रेशन समेत खुला गरेको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । उनले स्टेशनरी बाफतको शुल्क सहित प्रि रजिष्ट्रेशन गरे पछि भर्ना निःशुल्क हुने पनिबताए। विद्यालयमा सम्पर्कको लागि शनिवार समेत कार्यालय खुला रहने भएको हुँदा सहजै कार्यालयमा सम्पर्क गर्न समेत विद्यालयले सम्पूर्ण विद्यार्थि तथा अभिभावकहरुमा अनुरोध गरेको छ । विद्यालयले पठनपाठनको लागि आबश्यकता अनुसार तालिम प्राप्त दक्ष तथा अनुभवि जनशक्ति पनि तयार गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर महोत्सबमा सिस्नो ढिँडो च्याउको मःमः लोकप्रिय बन्दै

   माघ २, २०८०       admin

निरला अर्याल, २८ माघ । समृद्ध नेपाल निर्माण हाम्रो अभियान भन्ने नारा सहित तुलसीपुरमा सञ्चालन भएको  तुलसीपुर महोस्तब २०८० मा दर्शक हरु मनोरञ्जन लिन मात्र होइन नेपाली रैथाने खाना को स्वाद लिन जाने गरेको पाइन्छ ।   बढ्दो जनघनत्व, सहरिया जीवन शैलीले गाउँ घरमा उत्पादन हुने अगर्गनिक उत्पादनहरूको महत्व कम हुँदै जाँदा तुलसीपुर महोत्सव मा भने सिस्नो, ढिँडो, सिस्नो को झोल संग मःमः च्याउको सुकुटी पकौडी तथा वन तरुल लगायत विभिन्न परिकार हरु पाइन्छ । यी परिकारहरू खान दर्शकहरु खोजी खोजी खान आउने  गरेका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संगको आयोजनामा संचालन भएको  तुलसीपुर महोत्सवमा नेपाली रैथाने खाना लाई प्रवर्द्धन गर्ने उद्देश्य ले स्टलहरु मा नेपाली खानालाई महत्व दिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे ले बताए।

मकैको ढिँडो र  सिस्नोको च्याउको को म म सुकुटी पकौडी खान खोजी खोजी आउने गरेको गंगामाला लघु उद्यमी च्याउ खेती तुलसीपुरकी गोमा रोक मगरले बताइन। तरुल खान को लागि हामी नेपालीलाई  माघ कुर्नु पर्ने हुन्छ तर तुलसीपुर महोत्सवमा बन् तरुल खान पाइने हुँदा माघी पर्व आय जस्तै भएको शान्तिनगर कि इन्द्र कुमारी चौधरी बताउछिन।

तुलसीपुरको गीता केसी मःमः मा सिस्नोको सुप राख्दै ग्राहकको भोक मेटाउन तल्लिन छ्न । सुन्दा फरक लाग्न सक्छ मःमः मा सिस्नोको सुप ।  महोत्सवमा अर्गानिक खाना खाजाको परिकार पस्कन यतिबेला कुमख कलेजलाई भ्याइनभ्यइ छ ।

विगत लामो समय देखि नेपाली रैथाने खानाको रूपमा चिनिदै आयको कुमाख कलेजले तुलसीपुरको महोत्सवमा आउने दर्शकको मन् पनि जितिसकेको छ । । नेपाली खानपान शैलीमा फरकपन आय पश्चात धेरै मानिसहरू अर्गानिक खाना तर्फ आकर्षित हुन थालेका  कलेजका प्रमुख तुफान केसीले बताए।

खाना खाजाको रुपमा मुख्य आकर्षक केद्रविन्दुको रूपमा रहेको मःमः र सिस्नो को झोल ले खोजी खोजी खान आउने गरेका छन् ।
स्थानिय वस्तुको प्रवर्द्धन र तथा अर्गानिक उत्पादनलाई जोड दिने नेपाल सरकारको नीति तथा कार्यक्रम भित्र भय पनि यथासक्य प्रवर्धन भने हुन अझै सम्म सकेको छैन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाँच जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’

   माघ २५, २०८०       admin

काठमाडौं, २५ माघ । देशका विभिन्न ५ जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ। विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको हो ।

नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्‍गुर र सुँगुर मरेको विभागले जनाएको छ ।

पशु सेवा विभागले रोग ‘सर्भिलेन्स’ गर्दा फेरि काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको जनाएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्‍गुर र सुँगुर मरेको पाइएको विभागले जनाएको छ ।

‘जैविक सुरक्षाको विधि अवलम्बन, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानी, सर्भिलेन्स, सचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेको थियो,’ विभागले भनेको छ, ‘सोहि क्रममा रोग पुष्टि भएको हो ।’

विभागले अहिले गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाए पनि बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार ललितपुर गोदावरी नगरपालिका, काठमाडौं कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको बताएको हो । निर्देशनालयले स्थानीय तहलाई पत्र लेख्दै सचेतनाको काम गर्नसमेत भनेको छ ।

सोहीअनुसार ललितपुर महानगरपालिकाले अफ्रिकन स्वाइन फिभर देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराउन सुरु गरिसकेको छ ।

पशु सेवा विभाग सूचना अधिकारी डा। चन्द्र ढकालले पशुमा छिटो सर्ने रोग भएको बताए ।

‘एकदम नै छिटो पशुमा सर्ने रोग हो । यसले किसानलाई ठूलो आर्थिक क्षति गर्छ, तर बेलैमा सचेत हुन सके पशुलाई बचाउन पनि सकिन्छ,’ ढकालले भने ।

उनले सर्भिलेन्स क्रममा रोग देखिने बित्तिकै सचेतनाका लागि विभाग मार्फत सबै प्रदेश र स्थानीय तहलाई जानकारी दिन सूचना प्रकाशित गरेको बताए ।

‘हामीले सर्भिलेन्स क्रममा देखिएको जति मात्रै पुष्टि गरेका हौं । सबै स्थानको तथ्यांक लिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले सूचनालाई आधार मानेर रोकथामका लागि तत्काल काम गर्नुपर्ने हुन्छ ।’

ढकालले सचेत भए पशुहरूमा ठूलो क्षति नहुने भन्दै किसानलाई नआत्तिन आग्रह गरे ।

मानिसलाई सर्दैन, पशुमा छिटो असर

पशु सेवा विभागका अनुसार अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन ।

यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने ९१०४ देखि १०७ डिग्री फरेनहाइट०, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्छ ।

यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।

यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन । विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्‍याउन सिफारिस गरेको छ ।

मुलुकमा यो रोगको सङ्क्रमण देखापरेको सन्दर्भमा देशको कुनै पनि स्थानमा ठूलो संख्यामा बङ्गुर मरे वा माथिका लक्षण देखापरे तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बंगलाचुलीमा दुई दिने आधारभूत पत्रकारिता तालिम

   माघ २०, २०८०       admin

बंगलाचुली, २० माघ ।
नेपाल प्रेस युनियन दाङले बंगलाचुलीमा आयोजना गरेको दुई दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।

समापन कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षता र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आथ्यितामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष जिसीले तालिममा सिकेका कुराहरु ब्यबहारमा उतार्न आग्रह गरेका थिए । उनले प्रशिक्षार्थीलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको मुल धर्म हुने बताएका थिए ।
समाज परिवर्तनमा सञ्चार माध्यामले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्दै उपाध्यक्ष जिसीले समाजमा हुने बिकृति बिसङगतिलाई सुधार गरी सभ्य समाज निमाण गर्न सञ्चार माध्यमको ठूलो योगदान रहने हुँदा आफनो पेशा प्रति जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका – १ का वडाध्यक्ष विष्णु कवर, वडा नम्बर ६ का अध्यक्ष डोमबहादुर केसी, प्रशिक्षार्थी शिर्जना पुलामी, विक्रमकुमार डाँगी लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।

तलिममा सहभागिहरुलाई प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, जिल्ला अध्यक्ष नारायण खड्का, उपाध्यक्ष किरण विक्रम शाह, पार्वती बस्नेत, सचिव अमर क्षितिज भण्डारी, कोषाध्यक्ष लिलाधर वली लगाएतले प्रशिक्षण दिएका थिए ।
नेपाल प्रेस युनियन दाङका कोषाध्यक्ष लिलाधर ओलीको स्वागत मन्त्व्यबाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए । तलिममा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
युनियले भविश्यमा यस्ता अभियानहरु संचालन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महायज्ञमा ५ करोड बढी आर्थिक संकलन, अब बन्ने छ ‘मानव स्मारक’

   माघ २०, २०८०       admin

दाङ,२० माघ । मानवता प्रर्वद्धन अभियान अन्र्तगत दाङको तुलसीपुरमा मानव सेवा आश्रमको मानव स्मारक निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका ४ र ७ को सिमानमा पर्ने कालिका मालिका मन्दीर परिसरमा आश्रमको भवन निर्माण हुने भएको हो । सडक आश्रीत मानवहरुको नाना, माना र छानाका निमित्त मानव सेवा आश्रमले भवन निर्माण गर्न लागेको हो ।
भवन निर्माणका लागि तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ समेत लगाइएको थियो । मानव स्मारकको माघ ७ गते शिलान्यास समेत गरिएको छ । १५ करोडको लागतमा निर्माण सम्पन्न हुने गरी भवनको डिपिआर तयार पारिएको छ
मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ तुलसीपुरमा महायज्ञ आयोजना गरिएको थियो । ५ करोड आर्थिक संकलनको लक्ष्य सहित आयोजना गरिएको महायज्ञमा ५ करोड बढी आर्थिक संकलन भएको छ । शनिबार मात्रै द र प्रतिवद्धता सहित ८८ लाख १६ हजार ३ सय ९३ रुपैया सहयोग प्राप्त भएको छ । जसमध्ये नगद ५३ लाख ९ हजार ८ सय २२ र प्रतिबद्धता ३५ लाख ६ हजार ५ सय ७१ रुपैया रहेको छ ।
माघ १३ गतेदेखि २० गते शनिबार सम्म तुलसीपुरको अरनिको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट नगद तथा प्रतिबद्धता समेत गरि ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया संकलन भएको हो ।
५ करोड रुपैया संकलन गर्ने लक्ष्यका साथ नगद र संस्थागत प्रतिबद्धताबाट लक्ष्य पुरा भएको मुल आयोजक समितिले जानकारी दिएको छ ।
शैक्षिक अभियान्ता टिकाबहादुर जिसी र सुरेन्द्र जिसीबाट १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गरेका छन् । । बार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने प्रतिबद्धता जिसीले गरेका छन् । महायज्ञ अबधिभर ब्यक्तिगत रुपमा सबै भन्दा बढि नगद दान गर्नेमा जिसी परिवार रहेको छ ।आर्थिक सहयोग संकलनको लक्ष्य लिएको महायज्ञबाट लक्ष्य अनुसारको रकम र उठे पछि अवको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो ।

महायज्ञको समापन
महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले मानवताको रक्षाका लागि गरिएको महायज्ञले नाना,खाना र छाना बनाउने अठोटका साथ उत्प्रेणापूर्वक सम्पन्न भएको भन्दै खुशी ब्यक्त गरे।
कथावाचक कमलनयन आचार्यले जाँड रक्सीलाई टाढा राख्दै आफना अबगुणहरुलाई यस यज्ञबाट त्याग गर्न आग्रह गरे ।
मानव सेवा आश्रमका कल्पनाकार रामजी अधिकारी सलाही,धनगढी र सुर्खेतमा आगामी २०८१ मा मानव सेवा आश्रम निर्माणका लागि महायज्ञ गर्ने तयारी भएको जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नम्वर १९ का अध्यक्ष प्रेम योगीले मन्तब्य राखेका थिए । कार्यक्रममा सातौ दिन सबैभन्दा बढि नगद दान गर्नुहुने ज्ञान ज्योति फाउण्डेसनका टिकाबहादुर जिसीले १० लाख ६६ हजार ६ सय ६६ रुपैया योगदान गरेको सुनाए ।
स्वागत मन्तब्य सल्लाहकार चिरिञ्जीबि रिजालले गरेका थिए । धन्यबाद ज्ञापन दाता पहिचान उपसमितिका संयोजक सुरेश हमालले गरेका थिए। कार्यक्रमको सहजीकरण सदस्य सचिव बुद्धप्रकास सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भक्तजनहरुलाई पानी र प्रसाद वितरण

   माघ २०, २०८०       admin

दाङ,२० माघ । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा भक्तजनहरुलाई पानी र प्रसाद वितरण गरिएको छ । महायज्ञमा आउनेहरुको सहजताका लागि पानी र प्रसाद वितरण गरिएको महायज्ञ मुल आयोजक समितिले बताएको छ ।
महायज्ञमा टाढा–टाढाबाट आउने भक्तजनहरुको भोक र प्यासलाई मध्यनजर गरेर उक्त व्यवस्थापन गरिएको हो । महायज्ञको यस्तो व्यवस्थापनले भोक प्यास लागेको बेला राहतको महशुस हुने सहभागी भक्तजनहरुको भनाई छ
विगतमा थुप्रै महायज्ञहरुमा गएको भएतापनि यस्तो व्यवस्थापन पहिलो पटक थाहा पाएको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ बस्ने कमला बिकले बताइन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका– ४ बस्ने निर्मला बस्नेतले पनि महायज्ञको प्रसाद व्यवस्थापनले भक्तजनहरुलाई सहजता प्रदान गरेको बताइन् ।
मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञलाई व्यवस्थित बनाउन विभिन्न ३२ वटा उपसमिति निर्माण गरिएको छ । महायज्ञमा प्रसाद वितरण उपसमितिले जल प्रसादको व्यवस्थापन गरिरहेको छ ।
महायज्ञ तुलसीपुर–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको छ । महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महायज्ञको छैठौँ दिन मध्यान्ह्सम्म २ करोड ५८ लाख आर्थिक संकलन

   माघ १८, २०८०       admin

दाङ,१८ माघ । दाङको तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ गतेदेखि तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञमा विभिन्न दानदाताहरुबाट २ करोड ५८ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ
महायज्ञ सञ्चालनको छैठौँ दिन बिहिबार मध्यान्ह्सम्म २ करोड ५८ लाख ६८ हजार ७ सय २५ रुपैयाँ आर्थिक सहयोग संकलन आर्थिक संकलन उपसमितिले जनाएको छ । तुलसीपुर ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञमा विभिन्न संघसंस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् ।

संस्थागत प्रतिबद्धतामा सबैभन्दा बढि अहिले सम्म लायन्स क्लवले १ करोड ३२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसैगरी ब्यक्तिगत रुपमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन् ।
त्यस्तै,हिमाल एकाडेमि स्कुल तुलसीपुरबाट एक लाख २५ हजार ४ सय ५५, एक लाख २५ हजार १ सय रुपैया तुलसीपुर उपमहानगरपालिका ५ सुर्खेत रोडका लालबहादुर गुरुङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का मिनराज वलीबाट एकलाख १६ हजार ५ सय ५५ रुपैया, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की खुटि सापकोटाबाट १ लाख १५ हजार ५ सय ५१,तुलसीपुर ५ का रक्षाराम गुप्ताबाट एक लाख ११ हजार ५ सय ११,तुलसीपुर ५ नामीनगरका भिमबहादुर केसीबाट १ लाख ११ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की कविता रानाबाट एकलाख ११ हजार १ सय ११,तुलसीपुर ५ का नरेशकुमार राजभण्डारीबाट एक लाख ११ हजार १ सय ११ रुपैया, तुलसीपुर २ का भगवती शर्माबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का भरतकुमार श्रेष्ठबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ४ का पदमबहादुर खत्रीबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का मोहनमान श्रेष्ठ बाट १ लाख ११ हजार १ सय ११, तुलसीपुर ७ का यादवकुमार महर्जनबाट १ लाख ११ हजार,तुलसीपुर ६ का सुरेश हमालबाट १ लाख ५ हजार ५ सय ५५,तुलसीपुर ५ का गेहन्द्रकुमार गिरीबाट १ लाख १ हजार १ सय ११, तुलसीपुर ९ का टिकाराम रेग्मीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ का बिरेन्द्र महराबाट १ लाख २ हजार १ सय ५५ रुपैया, तुलसीपुर १३का शान्ता शाहबाट १ लाख १ हजार १ सय नगद प्राप्त भएको छ ।

त्यस्तै नगद दान गर्नेमा तुलसीपुर ६ का तरकारी तथा फलफुल कृषि बजारबाट ७५ हजार १ सय ५,तुलसीपुर १ भमकेका न्युरे परिवारबाट ७५ हजार १ सय ७५ रुपैया,तुलसीपुर ४ का अरुणकुमार आचार्यबाट ७१ हजार १० रुपैया,तुलसीपुर ६ का एकराज आचार्यबाट ५६ हजार ६ सय ५६ रुपैया,तुलसीपुर ४ रक्षाचौरका धु्रव गौतमबाट ५५ हजार ५ सय ५५ रुपैया, तुलसीपुर ११ का बुद्धिलाल भण्डारीबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ११ का टेकबहादुर डाँगीबाट ५५ हजार ५ सय ५५ रुपैया प्राप्त भएको छ ।
तुलसीपुर ७ का अन्जु गौतमबाट ५६ हजार ६ सय ५६ रुपैया, तुलसीपुर ११ बस्ने धनबहादुर केसीबाट ५५ हजार ५ सय ५५,तुलसीपुर ५ का डिल्लीराज शर्मा धितालबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ३ का केशवराज खरेलबाट ५५ ५ रुपैया, तुलसीपुर ५ का गुरु प्रसाद सुबेदीबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ४ का डम्वरबहादुर रोकाबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ६ का नारायणप्रसाद रजौरेबाट ५५ हजार १ सय ५५ रुपैया,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिबाट ५५ हजार ५ सय ५५ रुपैया,गे्रट अरणीको माबि तुलसीपुरबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ बरुवागाँउका दलबहादुर वलीबाट ५५ हजार १ सय ५१,तुलसीपुर ४ का शरद कुमार आचार्यबाट ५५ हजार ५ रुपैया, तुलसीपुर ९ का लक्ष्मी चालिसेबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ८ का मोहनलाल दाहालबाट ५१ हजार १ सय ८४,तुलसी हस्पीटलबाट ५५ हजार १ सय ५ रुपैया,जय श्री हनुमान उद्योग तुलसीपुर ९ बिजौरी बाट ५१ हजार १ सय ११ रुपैया,जयश्री हनुमान ईट्टा उद्योग ५१ सय ११ रुपैया,तुलसीपुर ५ का खेमकान्त पाण्डेबाट ५१ हजार १ सय ५ नगद रुपैया मानव सेवा आश्रमको भवन निमार्णार्थ सहयोग प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

   माघ १५, २०८०       admin

घोराही, १५ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० ९डिसिएल–२० का फ्रेन्चाईज पाँच टीम र आयोजक बीच सम्झौता भएको छ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सका मालिक तथा प्रतिनिधिसँग लिग संचालनका लागि घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्टमा सोमबार सम्झौता भएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको हुँदा फ्रेन्चाईज टीम उत्साहित छन् ।

प्रतियोगिता खेल्ने टिमहरुले अक्सनमार्फत खेलाडीहरु खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको छ । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले अधिकतम मुल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहेको दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारीदिए ।
प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology