दाङ,१० माघ । दाङको तुलसीपुरमा श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ लाग्दैछ । माघ १३ गतेदेखि तुलसीपुरको अरनीको मैदानमा सञ्चालन हुने महायज्ञको तयारी समेत तिव्र पारिएको छ । मानव सेवा आश्रम तुलसीपुरको मानव स्मारक भवन नामार्णर्थ महायज्ञलाई व्यवस्थित रुपमा सफल बनाउन मुलक आयोजक समिति एवम् विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
गठित मुल आयोजक समितिले महायज्ञलाई सफल बनाउने उदेश्य अनुरुप विभिन्न संघसंस्थाहरुसंगको भेटघाटलाई तिव्र पारेको छ । विभिन्न सामाजिक संस्थाहरुसंगको भेटघाट कार्यक्रम अन्र्तगत बुधबार लायन्स क्लब, रोटरी क्लब,किवानिस क्ल्व, तुलसीपुर नगर जेसिस र गुप्ता समाज संग भेटघाट एवम्ु छलफल गरिएको मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकाश सिंहले जानकारी दिए।
मावन स्मारक निर्माण गर्ने उदेश्य आश्रमको मात्र नभई दाङवासीहरु साझा उदेश्य रहेको भन्दै सक्दो सहयोग गर्ने संघसंस्थाहरुको प्रतिवद्धता रहेको छ ।
महायज्ञलाई कसरी थप व्यवस्थित बनाउने र लक्ष्य प्राप्तीमा कसरी सहजीकरण गर्ने भन्ने विषयमा आन्तरीक छलफल समेत गरेर अगाढी बढने संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
माघ १३ गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीको बारेमा बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने मुल आयोजक समितिले बताएको छ
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ७ माघ । दाङको तुलसीपुर बजार क्षेत्रमा ‘हाइमाष्ट लाइट’ जडान गर्न आइतबार सर्भे गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बिजौरीमा र तुलसीपुरमा ‘हाइमाष्ट लाइट’ स्थापना गर्ने तयारी स्वरुप सर्भे गरिएको हो ।
भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको उर्जा महाशाखाको टोलीले सर्भे गरेको हो । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर बजारलाई रातिमा थप सुरक्षित बनाउन हाइमाष्ट लाइट स्थापना गर्न थालिएको बताए । ‘ हाइमाष्ट लाइट स्थापना पछि तुलसीपुर बजार क्षेत्रमा रातिको समयमा हुने अपराधिक घटनाहरु न्यूनीकरण गर्न सहज हुने विश्वास गरेको बताए । ‘ तुलसीपुर बजार क्षेत्रलाई रात दिन सदाबहार सुरक्षित र उज्लायो बनाउने हाम्रो प्रयास हुने छ ’ मुख्यमन्त्री चौधरीले भने, प्रदेश सरकार बिकासमा कटिबद्ध छ ।
आइतबार मन्त्रालयका उर्जा महाशाखा प्रमुख महेश पोख्रेल, इन्जिनियर जिबि थापा लगायतको प्राबिधिक टोलिले बसपार्क क्षेत्र, क लाइनको विरेन्द्र चौक, बिपी चौक, वाहीनी चौक, गुम्राह चौक, हात्तीखौवा चौक, बिजौरी लगाएतका क्षेत्रमा सर्भे गरेको हो । मन्त्रालयको टोलीलाई स्थलगत सहयोग तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले गरेका थिए ।

२२ सय व्यक्ति फरार सूचिमा
कैलाली,७ माघ । विश्वमै दुर्लभ वन्यजन्तुमा पर्ने पाटेबाघ मृत फेला परेको छ । कैलालीको जानकी गाउँपालिका ९ स्थित सामुदायिक पाटेबाघ वनभित्र मृत फेला परेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सिकारीले थापेको काँडेतारको पासोमा परेर पोथी पाटेबाघ मृत फेला परेको देखिएको हो । सामुदायिक वनमा घाँस दाउरा गर्न गएका महिलाहरूले पाटेबाघ मृत अवस्थामा फेला पारेका थिए ।
घाँस काट्न गएका महिलाहरुले खबर गरेपछि घटनास्थल पुग्दा झण्डै १७ वर्ष उमेरको पोथी पाटेबाघ मृत फेला परेको प्रमुख भण्डारीले बताए । काँडेतारको पासो बाघको घाँटीमा परेकाले मरेको हो, उनले भने केही दिनअघि नै पासोमा परेको घटनास्थलबाट देखिन्छ ।’
बाघ संरक्षणका लागि विश्वव्यापी रुपमै चुनौति बढिरहेका बेला पाटेबाघ मृत फेला पर्नुले संरक्षणमा चुनौति थपिएको भण्डारीले बताए । उक्त सामुदायिक वनमा निलगाइ,बाघलगायतका जनावरहरु पाउने गरेका छन् । कर्णाली नदीको पारीतर्फ रहेको बर्दिया राष्टिय निकुञ्ज र चुरे क्षेत्रको वनसँग सीमाना जोडिएको क्षेत्रबाट जंगली जनावरहरु ओहोरदोहोर गर्ने गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
रुकुम,७ माघ । रुकुम पश्चिममा भुमिहीन तथा अस्थायी बसोबासीलाइ जग्गाको लाभग्राही निस्सा वितरण गरिएको छ। जिल्लाका ९ सय ८३ जना भुमिहीन तथा अस्थायी बसोबासीहरुलाई लाभग्राही निस्सा प्रदान गरिएको हो ।
राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले त्रिवेणी गाउँपालिकाका १ सय ७ जना र आठबिसकोट नगरपालिकाका ८ सय ७६ जनालाई लाभग्राही निस्सा वितरण गरेको हो । आयोगका विज्ञ सदस्य सुशील विष्टका अनुसार सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जग्गाको लाभग्राही निस्सा वितरण गरिएको हो ।
त्रिवेणी गाउँपालिकाका ८२ जना अव्यवस्थित बसोबासी, २३ जना भूमिहीन दलित र दुई जना भूमिहीन सुकुमवासीलाई लाभग्राही निस्सा उपलब्ध गराइएको छ । आठबिसकोट नगरपालिकाका १२ जना भूमिहीन दलित, १४ जना भूमिहीन सुकुमवासी र ८५० जना अव्यवस्थित बसोबासी लाभग्राहीलाई निस्सा प्रदान गरिएको छ ।
राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमका अध्यक्ष मीनबहादुर ओलीले जिल्लाका अन्य स्थानीय तहमा पनि लाभग्राही निस्सा वितरण गर्ने कार्यक्रम रहेको बताए।
हालसम्म एक हजार आठ सयभन्दा बढी भूमिहीनको विवरण कार्यालयमा सङ्कलन भएको जानकारी दिए। मुसीकोट नगरपालिकाका भूमिहीनको विवरण इन्ट्री भइरहेकाले भूमिहीनको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
जिल्ला अध्यक्ष ओलीले लाभग्राही निस्सा भूमि प्राप्तिको पहिलो प्रमाण भएको जानकारी गराए । उनका अनुसार यही निस्साका आधारमा जग्गाको नाप तथा नक्सा हुने र त्यसपछि कित्ताकाट हुने छ ।
अव्यवस्थित बसोबासीले भोगचलन गर्दै आइरहेको जग्गालाई नै लाभग्राहीको निस्सा दिइएको हो । सुकुमवासीलाई पायक पर्ने स्थानको जग्गाको निस्सा दिइएको छ ।
अध्यक्ष ओलीले भूमिमाथिको स्वामित्व सबैको हुने भएकाले आयोगले भूमिहीनलाई न्याय दिन थालेको बताए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,६ माघ । दाङको तुलसीपुरमा हुन लागेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ सफल बनाउन सेवाभावको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । मानव स्मारक निर्मार्णका लागि महायज्ञ लगाउन लागिएको भन्दै उनीहरुले सबैको साथ र सहयोग अनिवार्य रहेको बताएका हुन् । शनिवार तुलसीपुरमा भएको छलफल तथा सुझाव संकलनका अवसरमा उपस्थित सरोकारवालाहरुले यस्तो बताएका हुन्।
मानव सेवा आश्रमको आयोजनामा दाङको तुलसीपुरमा माघ १३ गतेदेखि ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको छ । वडा नम्बर ४ स्थित हलवारमा निर्माण हुने मानव सेवा आश्रमको भवनका लागि उक्त महायज्ञ लगाउन लागिएको महायज्ञ मुल आयोजक समितिले बताएको छ।
मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षता तथा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यतामा भएको छलफलमा सहभागीहरुले महायज्ञ सेवागर्ने अवसरको रुपमा रहेको बताए ।
केन्द्रीय अध्यक्ष अधिकारीले समाजसेवाको परिभाषालाई बदल्नका लागि आश्रम स्थापना गरिएको बताए । उनले सबैको साथ र सहयाग मिलेमा एक महिना पछि निर्माण सुरु गरी दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराए ।
छलफलमा वडा नम्ब्र ४ का वडा अध्यक्ष तुलसी थापाले टोलसंस्थाहरुबाट सहयोग गर्ने वातावरण बन्दै गएको बताए । वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर जिसीले मानवीय भावमा रहेर सेवा गर्ने अवसर प्राप्त भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
महायज्ञ मुल आयोजक समितिका सल्लाहकार चिरञ्जीवी रिजालले मानवसेवा आश्रम सबैको गहना भएकाले यसको निर्माण, संरक्षण र स्तरोन्न्ती गर्ने जिम्मेवारी स्थानीयहरुको रहेको भन्दै सक्दो सहयोग गर्न अपिल समेत गरे ।
सो अवसरमा इन्जिनीयर सजिव शाक्यले निर्माण हुने मावन स्मारकको भवन डिजाइनको बारेमा जानकारी गराएका थिए । करीव १५ करोडको लागतमा निर्माण सम्पन्न हुने गरी भवनको डिपिआर तयार पारिएको जानकारी दिए ।
छलफलमा महायज्ञ मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका पदाधिकारी एवं सल्लाहकार, विभिन्न क्षेत्रसंग जोडिएका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । छलफलको सहजीकरण मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,६ माघ । निर्वाचन आयोगले माघ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ ।
सो निर्वाचनका लागि ३८ प्रकारका कूल छ हजार नौ सय १० मतपत्र छपाइ गरी पठाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।
यसअनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।
आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार प्रदेशगतरुपमा रहेका निर्वाचक मण्डलका सदस्यको सङ्ख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानी आयोगले तोकेको सङ्ख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका नौ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका नौ सय ४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका एक हजार सात सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका नौ सय मतपत्र रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका सात सय ४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका सात सय ५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका नौ सय मतपत्र रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ।’
उमा भण्डारी
दाङ,५ माघ । डमक्क हुस्सु । रुखका हांगाबाट खसेका शीतको थोपाको स्पर्श । बारीको छेउछाउ भुसको आगो। एकतिर लहरै बालिएका चुल्हो । बिच बारिमा विद्यार्थीहरु । चिसोको कुनै पर्वाह नगरी कोहि आफ्नो सीप देखाउदै थिए त कोहि सीप सिक्दै थिए तुलसीपुर स्थित गोरखा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु ।
व्यवस्थापन संकायमा अध्ययनरत उनिहरुलाइ अन्य समयमा टपरी बनाउन, पिठो मुछ्न र मुछिएको पिठोलाइ आकार दिनु सामान्य नै हो । तर शुक्रबार भने त्यही काम उनिहरुका लागि नौलो जस्तै थियो । विद्यार्थीहरु पनि निकै उत्सुक थिए ।
विद्यालयले सामाजिक अध्ययन तथा व्यबहारिक शिक्षा अन्तरगत उनिहरुलाइ तुलसीपुर उपमहानगरपालिका-१० पड्डाको थारु बस्तीमा लगेको थियो। त्यहाँ पुगेपछि उनिहरुले थारु परिकार कसरी बनाउने? कुन परिकारमा कुन-कुन सामग्रीहरु मिसाउने ? र कसरी त्यसलाइ स्वादिलो बनाउने भन्ने कुराको जानकारी लिने र परिकारहरु आफैले बनाउने अवसर पाए।
ढिक्री, अनदिको रोटि, घोङी जस्ता परिकारहरुको नाम नसुनेका केही विद्यार्थीहरु चासो दिएर परिकारहरुको बारेमा जानकारी लिइरहेका थिए । केहि विद्यार्थीहरु रोटि,ढिक्री,घोंगी ,अचार लगायतमा परिकार पकाउन व्यस्त देखिन्थे। फरक समुदायमा पुगेर खानाका परिकारहरु आफैले बनाउदाको अनुभव विद्यार्थीहरुले सुनाउछन् ।
थारु समुदायले बनाउने परिकार आफैले बनाउन पाउँदा व्यबहारीक सिकाइ थप प्रभावकारी बनेको विद्यार्थी सुशील बस्नेतले बताउँछन् । थारु समुदायको मुख्य परिकारको रुपमा रहेको ढिक्री बनाउदै गरेका उनले बहुभाषिक, बहुसांस्कृतिक समुदायको बारेमा प्रत्यक्ष बुझ्न ,बुझाउन सके एकाअपसमा सद्भाव बढेर जाने बताए।
“हामि बहुभाषिक बहुसांस्कृतिक समुदायमा हुर्कदै गर्दा एक अर्काको भाषा,भान्सा र परम्परालाई बुझ्न जरुरी हुन्छ,उनले भने एकआपसमा सद्भाव र एकता ल्याउनका लागि पनि यस्ताखाले क्रियाकलाप निकै महत्वपूर्ण हुन्छन्।“

अनदिको रोटी पकाउदै गरेकी सिमा पाण्डेले यस परियोजना थारु परिकारहरुको बारेमा बुझ्ने र सिक्ने अवसर भएको बताइन् । उनले पड्डामा सिकेको सिपलाई परिवार र समुदायमा पस्कने बताइन् । घरमा आमाहरुले रोटी बनाएको देखेको थिए आज आफैले बनाउन सिके उनले भनिन्- ‘अब त आफै बनाएर खाइन्छ,खुवाइन्छ पनि ।’
विद्यार्थी प्रियंका रिजालले परिकार बनाउन मात्र नभइ थारु समुदायको संस्कृती समेत बुझ्ने अवसर मिलेको बताइन् । विशेषगरी थारु समुदायले बनाउने ढिक्रीको प्रयोगका बारेमा जानकारी लिन पाएको उनको भनाइछ ।
कुलदेवतालाइ चढाउन प्रयोग गरिने ढिक्री, खानको लागि प्रयोग गरिने ढिक्री ,चाडवाडको समयमा बनाइने ढिक्री कसरी बनाउनेरु कस्तो आकारको बनाइन्छ ? त्यसबारे सिकाइ भएको उनले बताइन् । ‘कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘ फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ ।’
यस्ताखाले परियोजनाले फरक समुदायको संस्कार संस्कृतिको बारेमा बुझ्ने/बुझाउने अवसर प्रदान गर्नुका साथै सामुहिक कार्यको महत्व समेत बुझ्न पाएको उनीहरुको भनाई छ ।

एकआपसमा मिलेर गरिने कामले सफलता मिल्छ भन्ने अनुभव भएको उनीहरुले बताए ।
नेपाल सरकारले सुरु गरेको नयाँ पाठ्यक्रम अनुसार सामाजिक शिक्षा भित्रको परियोजना अन्तरगत बिद्यार्थीहरुलाइ थारु समुदायसंग जोड्ने प्रयास गरेको गोरखा माविका व्यवस्थापन संकायका कोर्डिनेटर डम्बर डांगीले बताए। दाङमा थारु समुदायको बाहुल्यता रहेकाले पनि थारु संस्कार,संस्कृतिको बारेमा बुझ्न/बुझाउन जरुरी भएको उनले बताए।
विद्यार्थीहरुलाई कक्षाकोठामा मात्र नभई प्रत्यक्षहरुमा अवलोकन गराई बास्तविक कुरालाई सिक्ने सिकाउने उदेश्यले उक्त क्रियाकलापमा सहभागी बनाएको सामाजिक विषय शिक्षक पूर्ण बिक्रम डाँगीले बताए । विद्यार्थीहरु आफैले थारु संस्कृति परम्परा झल्कने गरी खानाहरु बनाउँदै गर्दा उनीहरुमा नयाँ सिकाई हुनुका साथै उनीहरुमा अवसर समेत सिर्जना भएको शिक्षक डाँगीको भनाई छ । थारु रितिरिवाज दाङको गहना भएको र पुरानो संस्कारलाई जोगाउन , पुस्तान्तरण गर्नका लागि पनि यस्ताखाले परियोजना आवश्यक रहेको उनले बताए । आगामी दिनहरुमा पनि यस्ता परियोजनालाई अन्य समुदायमा पनि लैजाने उनको भनाई थियो ।
सो अवसरमा विद्यार्थीहरुले थारु नृत्य समेत प्रस्तुत गरेका थिए । यस्तै मालुकाको पातको टपरी र दुना समेत बनाउने, माछा, घोँगी, ढिक्री,घोँगी,अचार मासु लगायतका परिकाहरुलाई थारु संस्कारमा पस्किएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ५ माघ । लुम्विनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलबस्तुकी गिता केसी नियुक्त भएकी छन । केसी नियुक्त भए पछि योजना आयोगले पूणर्ता पाएको छ । उपाध्यक्ष सहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइसकेका छन् ।
शुक्रवार भएको मन्त्रीपरिषदको बैठकले केसीलाई याजेना आयोगको सदस्यमा नियुक्त गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए । बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संसोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्य गरेको छ । समयानुकुल गराउन कार्य विधि संसोधन गरिएको पाण्डेयले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिएका छन् । प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले अव सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्नु पर्ने बताए।
हामी बाटो बनाउछौँ, तर बाटोबाट स्थानीयले, सरकारले पाउने प्रतिफल खोज्दैनौ उनले भने-‘ अव त्यो खोजौ । ‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धी देखिनु पर्छ,’ उनले भने-‘ यो अनुसारकारको योगोगले नीति बनाउनु पर्छ ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा ३०/४० हजार आम्दानीको रोजगारी सिर्जना होस भन्ने लक्ष्यमा छ ।
आर्थिक विकासका लागि त्यो कमाउन सक्ने हामीले बनाउनु पर्छ । लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनु पर्छ, उनले भने, त्यो उपयोगी र काम लाग्ने हुनु पर्छ ।
योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको बताए । कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
घोराही ५ माघ। दाङको देउखुरीमा हुन लागेको महोत्सवको मुख्य प्रायोजकको रूपमा गुरुकुल एकेडेमी रहेको छ। गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष अनन्तराज घिमिरे र लमही च्याम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुषालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो ।
आउदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा आउन लागेको गुरुकुल एकेडेमी लमहिले लमहिमा आयोजना हुन लागेको लमहि दोस्रो कृषि पर्यटन , उद्योग तथा ब्यापारीक महोत्सव २०८० लाई मुख्य प्रायोजन गरेको हो ।
शिक्षालाई हरेक क्षेत्र संग जोड्दै लगेको गुरुकुल एकेडेमीले बिभिन्न खेलकुद कार्यक्रम तथा शिक्षा संग जोडिएका हरेक क्षेत्र लगायत महोत्सवहरुमा पनि यसरी प्रायोजन गर्दै आएको छ ।
शिक्षा संगै संस्कार र सस्कृति पनि जोडिएको हुदा यसको संरक्षण गर्न पनि गुरुकुल एकेडेमिले प्रायोजन गर्ने गरेको गुरुकुल एकेडेमीले बताएको छ । यस अघि थारु कला संस्कृतिको जगेर्ना तथा संवर्धन भन्ने मुल नाराका साथ तुलसिपुरमा भएको माघि महोत्सवमा पनि गुरुकुल एकेडेमी तुलसीपुरले मुख्य प्रायोजन गरेको थियो । गुरुकुल एकेडेमी लमहिद्धारा प्रायोजन गरीएको लमहि महोत्सव माघ ५गते देखि १७ गते सम्म चल्ने छ भने महोत्सवको उद्धाटन लुम्बिनि प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने तयारी भएको छ ।
गुरुकुल एकेडेमी तुलसीपुर र लमहीमा आउदो शैक्षिक सत्रबाट कक्षा प्लेग्रुप देखि कक्षा ९ सम्म संचालन हुनेछन ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस