नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले देशभरमा मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताएका छ्न। चिकित्सा शिक्षा पढ्नका लागि देशमा अनुकल वाताबरण नहुँदा हजारौँ विद्यार्थीहरु विदेशीनु परेको उनले बताए । रिपोर्टस क्लव दाङमा पत्रकारहरुसंग बोल्दै डा. शर्माले यस्तो बताएका हुन् ।
उनले शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा राज्य संवेदनशिल बन्न नसक्दा अहिले दैनिकजसतो करोडौँ रकम विदेशमा जाने गरेको बताए ।
काठमाडौ मेडिकल कलेजका संचालक समेत रहेका डा.सुनिल शर्माले ९० प्रतिशत मेडिकल कलेजहरु किनबेच भइसकेको बताउँदै यस्तै बवस्था भएमा देशका सबै मेडिकल कलेजहरु बन्द हुने निश्चित रहेको उल्लेख गरे । सरकार जनताप्रति ,देशप्रती ईमान्दार बन्न नसक्दा त्यसको परिणाम मुलुकको खस्कदो अर्थतन्त्र रहेको बताए ।
सरकारले हरेक नागरिकबाट लिएको कर बराबरको बिकास बजेट सबै क्षेत्रमा पु¥याउन नसकेको समेत बताए । एक प्रसंगमा बोल्दै उनले व्यक्तिका विरुद्धमा नभई बेथितीका बिरुद्धमा सबै एकजुट हुनुपर्ने बताए । दैनिक तस्करी र घुसपैठको काम भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको बेथितीलाई साथ दिनुजस्तै भएको भन्दै आरोप समेत लगाए। अहिले ५३ प्रतिशत बजेट ४ जना नेताको निर्वाचन क्षेत्रमा मात्रै बिनियोजन हुनु राज्य सत्ताको प्रयोग गरी देश लुटिएको स्पष्ट हुने समेत बताए।
उनले भने–‘ कर लिनेबलेमा सबै जनताबाट समान कर लिने अनी विकास बजेट चाहि आफ्नो क्षेत्रमा मात्रै ?, अहिले ५३ प्रतिशत बजेट चारनेताको क्षेत्रमा मात्रै बाँडिएको छ के यहि हो जनतामैत्री बजेट?’
उनले राजनैतिक नेतृत्वमा सुधार नभएसम्म मुलुकको अवस्थामा सुधार नआउने समेत उनले बताएका थिए । दुरदराजमा भएका नागरिकको जिवनस्तर सुधारका विषयमा सरकारले चासो नदेखाएको भन्दै अब विकट क्षेत्र लक्षित कार्यक्रमहरु सरकारको प्राथमिकतामा पर्न जरुरी रहेको उल्ल्ेख गरे ।
लुम्बिनी प्रदेश सासंद निमा गिरिले मानव विकास अनिवार्य रहेको बताइन् । सरकारले भौतिक विकासलाई मात्र विकासको रुपमा लिँदा मानवीय विकास ओझेलमा परेको उल्लेख गरिन् । जबसम्म पठनसंस्कृती , स्वास्थ र मानव विकास हुँदैन तवसम्म मुलुकले सम्वृद्धि हाँसिल गर्न नसक्ने भन्दै मानव विकासमा समेत ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।
सरकारको क्षमतामा भएको कुराहरुमात्र जनताको सामु ल्याउनु पर्ने भन्दै उनले नसक्ने कुरा बोलेर भुठो आश्वासन दिँदा हरेक क्षेत्र अलपत्र बन्ने गरेको उनले बताइन् । उनले भनिन्–‘ नभएको कुरा दिन खोज्दा त्यो कुरा अलपत्र पर्छ ।जे छ त्यो दिन दिनसक्नुपर्छ ।’
प्रदेशको निजामती ऐनका विषयमा बोल्दै उनले कर्मचारी महिलाहरुलाइ महिनावारी विदा दिने निर्णयलाई अन्य प्रदेशले पनि सिको गर्दै जानुपर्ने बताइन् । लुम्बिनी प्रदेशले सुरुवात गरेको र यसलाई संघीय ऐनमा पनि समावेश गराइनुपर्ने बताइन् ।
देशभरको तुलनामा लुम्बिनी प्रदेशमा मातमृत्युदर ,शिशु मृत्युुदर बढ्दो भएकाले पनि महिनावारी विदा आवश्यक रहेको उनको भनाई थियो । उनले भनिन्–‘ महिलाको प्रजननलाई सामान्य सोचिन्छ। महिलाको सम्मनको निम्ति प्रदेशले महिलामैत्री कानुन बनाएको हो ।’
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
३ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने बताएको छ । आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने राय दिएको हो ।
एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग मागेको रायमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने जवाफ दिएको छ ।
शिक्षक सेवा आयोगले केन्द्रलाई राय दिँदै भनेको छ ‘शिक्षक सेवा नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (३) अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुुग्ने बताएकी छन।

सामान्य सुधारले प्रविधि क्षेत्रमा देखिएको समस्या समाधान नहुने भएकाले ‘डिपार्चर नै आवश्यक भएको बताएकी हुन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकको उनले बताइन् ।
प्रविधि पत्रकार मञ्चको कार्य समितिसँग मन्त्रालयमा भएको छलफलमा उनले सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य गरिरहेको बताइन।
‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीहरुले संसारसँग प्रतिष्पर्धा गर्ने एक मात्र आधार सूचना प्रविधि बन्दैछ’– उनले भनिन् – ‘हामीले नेपालमा स्थापना गरेका अन्य उद्योगधन्दा सूचना प्रविधि क्षेत्रमा गरिएको उत्पादनले सीमाविहीन रुपमा संसारभित्र प्रतिष्पर्धा गर्न सकिने अवस्था बन्दै छ, यो अवसरलाई आत्मसात नीतिगत र संरचनागतरुपमै परिवर्तन आवश्यक देखिएको छ ।’
त्यसका लागि आफूहरुले नीति र कानुन निर्माणलाई प्राथमिकतामा राखेको उनले जानकारी दिइन। नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै उनले यसका आधारमा अहिले कानुनको मस्यौदा भइरहेको जानकारी दिइन। डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अंग डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) प्रोजेक्टको पुनसंरचना अन्तिम चरणमा पुर्याइएको मन्त्री शर्माले बताइन्
उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, शहरी विकासलगायतका क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग आवश्यक समन्वय आवश्यक रहेको जानकारी गराइन ।
सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रुपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुुझाइमा एकरुपता नहुँदा समस्या हुने गरकोमा पनि मन्त्री शर्माले सबै सरकारी निकायको ध्यानाकर्षण गराइन।
सरकारले यही वर्ष जारी गरेको फ्रिक्वेन्सी नीति र सम्पत्ति व्यवस्थापन नियमावलीले दूरसञ्चारको क्षेत्रमा डिपार्चर नै गरेको उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्दा डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारिन् ।
‘मन्त्री होस् वा कर्मचारी दिमागमा राष्ट्रहितलाई काम गरेर अगाडि बढ्ने हो भने कोही पनि डराउनुपर्दैन’– उनले भनिन् – ‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्र थप संवेदनशील भएकाले पनि धेरै गर्न नै नसकिएला तर राष्ट्रलाई क्षति हुने गरी कुनै काम हुनुहुन्न भन्नेमा हामी स्पष्ट छौं, नीति र बिधिमै रहेर पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने भन्ने आत्मविश्वास छ, यसमा सबै क्षेत्रको सहयोग आवश्यक छ ।’
सूचना प्रविधिको विकासमार्फत युवालाई देशभित्रै बस्न प्रेरिरत गर्ने गरी केही विशेष कार्यक्रम गर्ने तयारी थालेको पनि मन्त्री शर्माले जानकारी दिइन। आइटी एक्जिविसन, डिजिटल च्याम्पियन, डिजिटल स्किलजस्ता कार्यक्रममार्फत यो क्षेत्रमा नयाँपन दिने प्रयासमा आफू लागेको उनले स्पष्ट गराइन।
कार्यक्रममा प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेललगायत पदाधिकारी र सदस्यहरुले सूचना प्रविधिको विकासमा मन्त्री शर्माले अघि सारेको रोडम्यापबाट सूचना प्रविधि क्षेत्रले धेरै संभावना देखेको औल्याउँदै सरकार वा मन्त्री बदलिए हराउने कार्यक्रमभन्दा नेतृत्वमा जो आए पनि कार्यान्वयन गर्न बाध्य बनाउने नीति, कानुन र संरचना निर्माणमा जोड दिन सुझाव दिएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी मतदान सुरु भएको छ । अरनिको मैदान तुलसीपुरमा विहान साढे ७ बजेबाट मतदान सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
खानेपानीको ९ सिस्टमबाट १२ बुथ कायम गरि मतदान सुरु गरिएको हो । मतदानको लागि साँझ ४ बजेसम्म भित्र गईसक्नु पर्नेछ ।
तस्विर हेर्नुहोस्




२२ सय व्यक्ति फरार सूचिमा
तस्बिर : श्वेता खड्काकाे फेसबुकबाट
नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् ।
चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णकाे निधन भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस