२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

   पुष २८, २०८२       admin

काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।

बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी समितिले तोकेको रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ ।

राष्ट्र बैंकका अनुसार सो एकल ब्याजदरमा वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई ऋणपत्र बिक्री गरिनेछ । यो कदम वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले लिइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

   पुष २८, २०८२       admin

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतमार्फत कार्यविधि अनुमोदन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ ।

पारित कार्यविधिअनुसार अब बन्द सत्रसहित महाधिवेशनका अन्य कार्यक्रम अघि बढाइने सचिवालयले जनाएको छ ।

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित अधिकार प्रयोग गरी ‘कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ लागू गरिएको हो ।

महाधिवेशनको बन्द सत्र काठमाडौँ–५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको थियो ।

यसैबीच बन्द सत्रमा हालको देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पनि पेस गरिएको छ । उक्त प्रस्तावमाथि छलफल र निर्णय प्रक्रिया कार्यविधिअनुसार अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस महाधिवेशनः के बन्दसत्रमा देउवा जाँदै छन् ?

   पुष २८, २०८२       admin

काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ ।

यसैबीच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै पार्टी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति देउवाका स्वकीय भानु देउवाले जारी गरेको वक्तव्यमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने उद्देश्यले सभापति देउवा बन्दसत्रमा सहभागी हुने भन्दै गलत सूचना प्रवाह गरिएको उल्लेख गरिएको छ । वक्तव्यमा उक्त विषयप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ, “उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाज्यू जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।”

विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज महत्वपूर्ण चरणमा प्रवेश गर्न लागेको छ । बन्दसत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि पारित गरिने बताइएको छ ।

त्यसपछि सात प्रदेश, काठमाडौं उपत्यका तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधि समेटिएका गरी नौ समूह बनाएर नीति, नियम, विधान तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे गहन छलफल गरिने कार्यसूची रहेको जनाइएको छ ।

बन्दसत्रले राजनीतिक प्रतिवेदन तथा नीति पारित गर्नुका साथै हलको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन गर्ने निर्णयसमेत गर्ने तयारी रहेको कांग्रेस स्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज

   पुष २७, २०८२       admin

काठमाडौं,२७ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । पार्टीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको जनाएको छ ।

महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता कार्य धमाधम भइरहेको कांग्रेसले जनाएको छ । उद्घाटनअघि नै प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेर नाम दर्ता गरी परिचयपत्र लिइरहेका छन् भने कांग्रेस समर्थकहरू पनि कार्यक्रम स्थलमा उपस्थित भएका छन् ।

कार्यक्रम स्थलमा मञ्च व्यवस्थापनको काम भइरहेको पार्टी नेताहरूले बताएका छन् । महाधिवेशन स्थललाई कांग्रेसले आफ्ना पुराना नेताहरूको प्रतिमा लहरै राखेर सजाइएको उनीहरूको भनाइ छ ।

कार्यक्रम स्थलमा बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको कांग्रेसले जनाएको छ ।

सोमबारसम्म सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको पनि कांग्रेसले बताएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको कांग्रेसले जनाएको छ । आज उद्घाटनपछि बन्द सत्र सुरु हुने र बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको बताइएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेको कांग्रेस नेताहरूले बताएका छन् । सोही आधारमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएको उनीहरूको भनाइ छ । यद्यपि संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

   पुष २७, २०८२       admin

काठमाडौं,२७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । वि.सं. १७७९ सालमा जन्मिएका शाहको आज ३०४औँ जन्मजयन्ती परेको छ ।

उनी आधुनिक नेपालको एकीकरणका प्रमुख नायक भएको इतिहासकारहरूले बताएका छन् । शाहले नेपालको एकीकरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम रहेको जनाइएको छ ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ । पार्टीका नेताहरूले पृथ्वीनारायण शाह राष्ट्रनिर्माता भएको बताए । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाइने गरिन्छ भन्ने उनीहरूको भनाइ छ ।


नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको जनाएको छ ।
वि.सं. १८३१ सालमा ५२ वर्षको उमेरमा शाहको निधन भएको थियो ।

उनले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि सान्दर्भिक रहेको विद्वानहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बर्दियाका वन्यजन्तु पीडितको काठमाडौँमा प्रदर्शन

   पुष २६, २०८२       admin

काठमाडौँ,२६ पुस। बर्दियामा वन्यजन्तुका कारण पीडित बनेका स्थानीयले काठमाडौँको रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

नागरिक समाज बर्दियाको अगुवाइमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभामा वक्ताहरूले बाघ र हात्तीको आक्रमणबाट विगत धेरै वर्षदेखि हरेक हप्ताजसो मानिसहरूले ज्यान गुमाइरहे पनि सरकारले नागरिक सुरक्षाप्रति गम्भीर चासो नदेखाएको गुनासो गरेका छन् ।

उनीहरूले वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण र प्रभावित नागरिकको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेकपा (संयुक्त) की केन्द्रीय सदस्य तथा प्रभावित क्षेत्रकी बासिन्दा निता शर्माले सरकारले अविलम्ब समस्या समाधान नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।

उनले भनिन “सरकारले तत्काल समस्या समाधान गर्नुपर्छ, अन्यथा हामी सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

   पुष २५, २०८२       admin

सल्यान ,२५ पुस। सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–७ पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा बाघको आक्रमणबाट मृत्यु भएको हो।

स्थानीयका अनुसार रावत शुक्रबार दिउँसो घर नजिकैको जंगलमा घाँस दाउरा काट्न गएकी बेला बाघले आक्रमण गरेको थियो। दिउँसो करिब ३:१५ बजे बाघले आक्रमण गरी उनलाई जंगलतर्फ तानेर लगेको बताइएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी घुईयाबारी, सल्यानबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा दुई जनाको टोली स्थानीयवासीसँगै खोजतलासका लागि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। उक्त क्षेत्र प्रहरी चौकीबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्ने हरियाली सामुदायिक वन क्षेत्र हो।

प्रहरीका अनुसार खोजतलासका क्रममा साँझ करिब ५ बजे रावतको शव घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा फेला परेको हो। शवको बायाँ खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसअघि पनि दुई दिनअघि सल्यान–सुर्खेत सिमाक्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानी निवासी ५७ वर्षीया गंगा सारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो। एक साताभित्रै दुई जनाको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

स्थानीय पुरुषोत्तम भट्टराईले बाघले मानिसमाथि आक्रमण गरिसक्दा पनि समयमै खोजतलास र नियन्त्रणको पहल नहुँदा यस्तो दुःखद घटना दोहोरिएको भन्दै निकुञ्ज प्रशासनको लापरवाही रहेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ठेकेदारको हातमा मेला महोत्सव, निरीह बन्दै मूल समिति, बढ्दै छ छाडापन र सांस्कृतिक विकृति

   पुष २५, २०८२       admin

दर्शन आचार्य । दाङ । देशभर आजकाल सांस्कृतिक, व्यापारिक तथा प्रविधि, कृषि महोत्सव र रमाइलो मेला को संख्या उल्लेख्य रूपमा बढेको छ। उद्देश्यका रूपमा संस्कृति संरक्षण, कृषि प्रवर्द्धन, प्रविधि हस्तान्तरण र मनोरञ्जनको नाम लिइन्छ। तर यथार्थमा यी महोत्सवहरू क्रमशः ठेकेदार–केन्द्रित, नाफामुखी र उद्देश्यविहीन बन्दै गएका छन्।
कागजमा मूल आयोजक समिति देखिन्छ, तर व्यवहारमा मेला लगाउनेदेखि स्टल बिक्री, टिकट उठाउने, कलाकार छान्ने र कार्यक्रम निर्धारण गर्ने अधिकार ठेकेदारको हातमा पुगेको छ। मूल समिति उद्घाटन–समापनमा सीमित हुँदा, लाखौँ–करोडौँको कारोबार हुने महोत्सवको हिसाब–किताब आफैं गर्न नसक्ने अवस्था गम्भीर प्रश्न बनेको छ। आम्दानी कति भयो, कहाँ खर्च भयो भन्ने कुरा अस्पष्ट रहँदा उत्तरदायित्व कसले लिने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
यस्तै, उद्देश्यभन्दा आम्दानी हाबी हुँदा महोत्सवको स्वरूप पनि विकृत बन्दै गएको छ। कृषि महोत्सवमा किसानभन्दा व्यापारी हाबी, विज्ञान तथा प्रविधि महोत्सवमा प्रयोगात्मक ज्ञानभन्दा ब्रान्ड प्रचार प्रमुख, र सांस्कृतिक महोत्सवमा मौलिक लोककला भन्दा स्टेज शो र सेलिब्रिटी प्रदर्शन केन्द्रमा पुगेको देखिन्छ। रमाइलो मेला त झनै शुद्ध मनोरञ्जन र नाफाको थलोमा सीमित हुँदै गएको छ।
यसै क्रममा सबैभन्दा चिन्ताजनक पक्ष भनेको मनोरञ्जनको नाममा बढ्दो छाडापन हो। जलपरी, माछा–माछाको भड्किलो पहिरनमा महिलालाई एक्वेरियमजस्तो संरचनाभित्र राखेर नचाइने, उत्ताउला हाउभाउ र उच्छृङ्खल प्रस्तुति दिने कलाकारलाई मुख्य स्टेजमा उतारिने क्रम सामान्य जस्तै बन्न थालेको छ। यसलाई आधुनिकता र कला भनेर ढाकछोप गरिए पनि यो हाम्रो लोकसंस्कृति र सामाजिक मर्यादामाथिको गम्भीर आघात हो।
लोकगीत, लोकनृत्य र परम्परागत पहिचान बोकेका कार्यक्रम हुनुपर्ने महोत्सवहरूमा आज अर्धनग्नता, उत्तेजक नृत्य र भड्किलो प्रदर्शन नै आकर्षणको केन्द्र बन्न थालेको छ। संस्कृति संरक्षणका नाममा आयोजना गरिने महोत्सवमै संस्कृति विकृत रूपमा प्रस्तुत हुनु विडम्बना मात्र होइन, चिन्ताको विषय पनि हो। सार्वजनिक स्थानमा आयोजना हुने यस्ता कार्यक्रम परिवार, बालबालिका र विद्यार्थीका लागि हेर्न नमिल्ने अवस्थामा पुग्नु सामाजिक रूपमा खतरनाक संकेत हो।
यसले केवल सांस्कृतिक मूल्यलाई कमजोर बनाएको छैन, मानव शरीरलाई वस्तुकरण गर्ने प्रवृत्तिलाई पनि प्रोत्साहन गरिरहेको छ। भीड तान्ने नाममा छाडापन बेच्ने सोचले समाजमा गलत सन्देश फैलाउँदैछ।
अब प्रश्न उठ्नैपर्ने समय आइसकेको छ :- के यही हो हाम्रो संस्कृति? के यही हो कृषि, व्यापारिक ज्ञान विज्ञा विज्ञान र सांस्कृतिक महोत्सवको उद्देश्य?
महोत्सव आफैंमा गलत होइनन्। मनोरञ्जन आवश्यक छ, आधुनिकता पनि आवश्यक छ। तर त्यो मर्यादा, पहिचान र सामाजिक उत्तरदायित्वभित्र हुनुपर्छ। ठेकेदारको नाफा र भीडको लोभमा यदि मूल उद्देश्य नै बिर्सिइयो भने, महोत्सव विकास र चेतनाको माध्यम होइन, विकृतिको प्रदर्शनस्थल बन्नेछ।
अब मूल आयोजक समिति, स्थानीय सरकार र समाज सबैले यसको जिम्मेवारी लिनैपर्छ। हिसाब–किताब सार्वजनिक हुनुपर्छ।
स्थानीय कलाकार, किसान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा संस्कृति जोगाउने नाममा संस्कृति नबेचियोस्। महोत्सव विकासको साधन हुनुपर्छ, छाडापन र ठेक्काको व्यापार होइन।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अब आमाको नामबाट नागरिकता पाइने

   पुष २४, २०८२       admin

काठमाडौं,२४ पुस। सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को चौथो संशोधन स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।

मन्त्रिपरिषद्बाट पौष ११ गते स्वीकृत गरिएको संशोधित नियमावली पौष २१ गते नेपाल राजपत्रमा प्रकाशन भएसँगै लागू भएको हो। सो व्यवस्था कार्यान्वयनका लागि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरिसकेको जनाएको छ।

यसअघि गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ ले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो। उक्त ऐनका प्रावधानलाई व्यवहारमा लागू गर्न नियमावली संशोधन गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।

सरकारको यो निर्णयले बाबुको पहिचान नखुलेका नागरिकलाई नागरिकता प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

   पुष २४, २०८२       admin

काठमाडौं,२४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरेको

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology