दाङ,२० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। पूर्वी नेपालबाट उत्पादित विद्युत् पश्चिम नेपालमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो।
कुल १६१ किलोमिटर लामो उक्त प्रसारण लाइन लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा फैलिनेछ।
आयोजना कार्यान्वयनका लागि प्राधिकरणले प्रभावित क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्न सार्वजनिक सूचना जारी गर्दै स्थानीय तह तथा सरोकारवालासँग सुझाव र सल्लाह मागेको छ।
४०० केभी क्षमताको यस प्रसारण लाइनका लागि ४६ मिटर क्षेत्राधिकार तोकिएको छ। प्रसारण लाइनको केन्द्रबाट दायाँ–बायाँ २३–२३ मिटर क्षेत्राधिकार रहनेछ। यस लाइनमा जम्मा ४०५ वटा टावर निर्माण गरिनेछन्।
यसैगरी, दाङको लमही नगरपालिका–९ रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ।
वातावरणीय अध्ययनका क्रममा सो क्षेत्रमा प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पर्ने सम्भावित प्रभावहरूको पहिचान र मूल्यांकन गरिने सूचनामा उल्लेख गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १९ पुस। ‘विद्यार्थीका रूपमा हामी केही गर्न सक्छौँ भन्ने विश्वास यस्ता प्लेटफर्मले जगाइदिन्छन्। जित–हारभन्दा पनि आफ्नो आइडिया बाहिर ल्याउन पाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,’ – नवप्रवद्र्धन व्यवसायिक आइडिया प्रतियोगिताकी सहभागी प्रासना बस्नेत ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा ग्रीन फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा सहभागी बस्नेतले यस्ता प्लेटफर्मले युवालाई व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले यस कार्यक्रममार्फत कक्षाकोठामा सिकेका सिद्धान्तलाई व्यवहारमा उतार्ने अवसर प्राप्त भएको अनुभव सुनाइन्।
‘हामीले किवीको अचारसम्बन्धी आफ्नो योजना टेस्ट मार्केटिङ गर्दै प्रस्तुत ग¥यौँ। आफ्नै उत्पादन चखाउन पायौँ, प्रतिक्रिया लिन पायौँ,’ उनी भन्छिन्,– ‘अब कसरी अगाडि बढ्ने भन्ने स्पष्ट मार्गदर्शन पनि यहीँबाट पायौँ।’
उनका अनुसार यस्ता प्लेटफर्महरू निश्चित समयमै, विशेषगरी युवालाई लक्षित गरेर आयोजना गरिनु आवश्यक छ। ‘रिसर्च गर्दै जाँदा धेरै सम्भावनाहरू भेटिन्छन्, तर देखाउने ठाउँ नपाउँदा धेरै आइडिया हराएर जान्छन्,’ उनले बताइन्।
प्रासना बस्नेत सहभागी रहेको समूहले ‘प्रलबी किवी अचार’ शीर्षकमा प्रस्तुत गरेको व्यवसायिक योजना प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी टिम ज्यालेजन न्युकेयर दोस्रो र इको ट्याक समूह तेस्रो स्थानमा रहेका छन्। निर्णायक समितिले आइडियाको नविनता, व्यवहारिकता, बजार सम्भावना र दीगो विकासलाई मूल्याङ्कनको आधार बनाएको थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सञ्चालन भएको प्रथम तुलसीपुर महोत्सव अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो। युवालाई व्यवसायतर्फ आकर्षित गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन गरिएको आयोजकले जनाएको छ।
यस किसिमका प्रतियोगिताले युवामा आत्मविश्वास बढाउनुका साथै उद्यमशील सोच, नेतृत्व क्षमता र नवप्रवर्तनशील दृष्टिकोण विकास गर्न सहयोग पुग्ने महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए। उनले स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोग गर्दै स्वदेशमै सम्भावना खोज्ने संस्कार बसाल्न यस्ता कार्यक्रम प्रभावकारी हुने सरोकारवालाहरूको धारणा रहेको बताए।
प्रतियोगितामा सहभागीहरूले स्वदेशी स्रोत, सीप र प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने अवधारणाहरू प्रस्तुत गरेका थिए। उनीहरूले दिगो विकासको अवधारणा, आधुनिक कृषि प्रणाली, हरितगृह (ग्रीन हाउस), खाद्य प्रशोधन, वातावरणमैत्री उत्पादन तथा व्यक्तिगत माग र आवश्यकतालाई सम्बोधन गर्ने किसिमका व्यवसायिक आइडियाहरू प्रस्तुत गरेका थिए।
प्रतियोगितामा १८ देखि ४० वर्ष उमेर समूहका १७ वटा युवा समूहले आफ्ना व्यवसायिक योजना तथा नवप्रवद्र्धन आइडिया प्रस्तुत गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषयका विज्ञहरूको सहभागिता रहेको थियो। विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखन गर्दा बीमाका विषयलाई प्राथमिकताका साथ समेट्ने उद्देश्यले अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ।
अन्तरक्रियामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे जानकारी दिनु जरुरी रहेको बताए।
उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै सानैदेखि बीमाबारे चेतना फैलाउन सके जीवन र सम्पत्तिको वित्तीय सुरक्षामा सहयोग पुग्ने बताए। बीमाको दायरा विस्तार हुँदा जोखिम न्यूनीकरण हुने र देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले पाठ्यक्रम परिमार्जनका क्रममा बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने जानकारी दिए। परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशभर लागू हुने उनले बताए।
यस्तै, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. रामकृष्ण तिवारीले पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र निर्माण गर्दा बीमासम्बन्धी विषयलाई समेट्न लेखक र विज्ञलाई आग्रह गरे।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्रस्तावित पाठ्यक्रम र शिक्षक निर्देशिकाका लागि आवश्यक विषयवस्तु पहिचान गरी पाठ्यक्रम विकास केन्द्रलाई सुझाव उपलब्ध गराइने बताए। अन्तरक्रियामा कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयमा बीमा शिक्षाका विभिन्न पक्ष समावेश गर्नेबारे छलफल भएको थियो।
कार्यक्रममा उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए। साथै विभिन्न निकायका पदाधिकारी तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ पुस । देशभरका तालतलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको वार्षिक गणना सुरु भएको छ।
हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिमको शुक्लाफाँटासम्म जलपन्छीको गणना गरिँदै आएको छ।
पानी, तालतलैया, सिमसार तथा आसपासका क्षेत्रमा आहारविहार, प्रजनन र अधिकांश समय बिताउने चरालाई जलपन्छी भनिन्छ।
यस वर्षको जलपन्छी गणना आजदेखि सुरु भई माघ ४ गतेसम्म सञ्चालन हुनेछ।
वेटल्याण्ड इन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघलगायत संस्थाले पनि गणनामा सहयोग गरिरहेका छन्।
गणनामा चरा सम्बन्धी ज्ञान तथा पहिचान गर्ने क्षमता भएका चार सयभन्दा बढी स्वयंसेवक सहभागी भएका छन्। उनीहरूले देशभरका ताल, नदी, सिमसार र आसपासका क्षेत्रमा पुगेर जलपन्छीको संख्या र प्रजाति अभिलेख गरिरहेका छन्।
वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार जलपन्छीको प्रजाति, संख्या र तिनको वासस्थानमा देखिएका समस्याबारे जानकारी संकलन गर्न यो गणना महत्वपूर्ण हुन्छ। सन् २०२५ मा देशका १८ स्थानका ७८ क्षेत्रमा गरिएको गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणना गरिएको थियो।
नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी रहेको तथ्यले पनि यसको संरक्षणको आवश्यकता झन् महत्वपूर्ण देखाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१९ पुस । सनातन हिन्दु धर्मअनुसार पवित्र र फलदायी मानिने श्री स्वस्थानी व्रत कथा आजदेखि पौष शुक्ल पूर्णिमाका दिन औपचारिक रूपमा सुरु भएको छ। माघ स्नान र पूर्णिमा व्रतसँगै प्रारम्भ हुने यो व्रत एक महिनासम्म श्रद्धा, नियम र संयमका साथ पालना गरिन्छ। माघ शुक्ल पूर्णिमाकै दिन विधिपूर्वक व्रत तथा कथा समापन गर्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक ग्रन्थअनुसार श्री स्वस्थानी व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्दै सुरु गरेको विश्वास गरिन्छ। पार्वतीको अटल श्रद्धा, धैर्य र तपस्याबाट प्रसन्न भई भगवान शिवले उनलाई अर्धाङ्गिनीका रूपमा स्वीकार गरेपछि यो व्रत मानव समाजमा प्रचलनमा आएको मान्यता छ।
यस व्रतलाई इच्छा पूर्ति, वैवाहिक सफलता, पारिवारिक सुख–शान्ति र आत्मशुद्धिको व्रतका रूपमा लिने गरिन्छ। महिला मात्र होइन, पुरुषहरूले पनि समान श्रद्धाका साथ श्री स्वस्थानी व्रत बस्ने परम्परा रहेको छ।
श्री स्वस्थानी व्रत कथामा कुल ३१ अध्याय रहेका छन्। एक महिनासम्म दैनिक रूपमा कथा वाचन तथा श्रवण गरिन्छ। कथामा भगवान शिव–पार्वती, कुमार (कार्तिकेय), नारद मुनि, दक्ष प्रजापति, सप्तऋषिलगायतका पात्र र विभिन्न धार्मिक प्रसंग समेटिएका छन्।
कथाको मुख्य सन्देश अहंकार, लोभ र कामनाले दुःख निम्त्याउने तथा श्रद्धा, सत्य, धैर्य र संयमले सुख र सफलता दिलाउने भन्ने रहेको छ। नारी शक्ति, सहनशीलता र विश्वासको उदाहरणका रूपमा पार्वतीको तपस्या प्रस्तुत गरिएको छ।
धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक श्री स्वस्थानी व्रत कथा श्रवण वा वाचन गरे मात्र पनि पुण्य प्राप्त हुने, पाप कर्म क्षय हुने, मन शुद्ध हुने तथा जीवनका विघ्न–बाधा हट्ने विश्वास रहिआएको छ। साथै मनोकामना पूरा हुने, वैवाहिक जीवन सुखमय हुने, सन्तान सुख प्राप्त हुने र परिवारमा सुख–शान्ति र समृद्धि बढ्ने मान्यता छ।
व्रत बस्ने श्रद्धालुहरूले एक महिनासम्म चोखो र संयमित जीवन बिताउने गर्दछन्। दिनको एक छाक चोखो भोजन गर्ने, अर्को छाक फलफूल वा कन्दमूल सेवन गर्ने, माछा–मासु तथा तामसिक आहार त्याग गर्ने चलन छ। व्रत सुरु भएसँगै धेरै घरपरिवारमा पूर्ण रूपमा शाकाहारी जीवनशैली अपनाइन्छ।
धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा गहिरो महत्व बोकेको श्री स्वस्थानी व्रत कथा नेपाली समाजमा आस्था, संस्कार र विश्वासको प्रतीकका रूपमा पुस्तौँदेखि श्रद्धापूर्वक मनाइँदै आएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१८ पुस । नेपाली कांग्रेसका संस्थापन पक्षका केही नेताहरूले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानविपरीत १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेको भन्दै आपत्ति जनाएका छन्।
सहमहामन्त्री महेन्द्र यादवले महामन्त्रीहरूले एकल निर्णयमार्फत कार्यतालिका स्थगन गर्नु गम्भीर विषय भएको बताए। उनका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सार्वजनिक गरिएको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकबाट मात्र स्थगन गर्न सकिने व्यवस्था छ।
‘महामन्त्रीहरूको निर्णयबाट महाधिवेशनको कार्यतालिका स्थगन हुन सक्दैन,’ यादवले भने, ‘विशेष महाधिवेशन बोलाउने अधिकार पनि महामन्त्रीहरूलाई छैन।’
उनले महाधिवेशनसम्बन्धी कुनै पनि संशोधन वा परिवर्तन केन्द्रीय कार्यसमिति वा केन्द्रीय कार्यसम्पादन समितिको संस्थागत निर्णयका आधारमा मात्र हुनुपर्ने स्पष्ट पारे। महामन्त्रीहरूले आफूखुसी निर्णय गरी विज्ञप्ति निकाल्नु पार्टी विधान र प्रक्रियाविपरीत भएको उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ ,१८ पुस । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ । समायोजनपछि विभिन्न आन्तरिक गन्तव्यमा उडान भाडा घटेको हो ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएपछि सोहीअनुसार आजदेखि लागू हुने गरी फ्युल सर्चार्ज घटाइएको प्राधिकरणले जनाएको छ ।
नयाँ दरअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढी जाने यात्रुले २ सय ६५ रुपैयाँ कम भाडा तिर्नुपर्नेछ । यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको धनगढीको फ्युल सर्चार्ज घटेर ५ हजार ६ सय ५५ रुपैयाँ कायम गरिएको छ ।
माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ भाडा घटाइएको छ भने काठमाडौं–भद्रपुर उडानमा २ सय ४५ रुपैयाँ कम गरिएको छ । क्षेत्रीय उडानतर्फ झनै बढी राहत दिइएको छ । जनकपुर–नेपालगञ्ज रुटमा २ सय ७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा ३ सय ३० रुपैयाँ भाडा घटाइएको छ । काठमाडौं–सिमरा उडानमा भने ५५ रुपैयाँ कम गरिएको छ ।
हवाई भाडामा फ्युल सर्चार्ज वायुसेवा कम्पनीले लिने भाडाको एउटा अंश मात्र हो । यसमा विभिन्न कर तथा सेवा शुल्क जोडिएपछि यात्रुले तिर्नुपर्ने अन्तिम भाडादर तय हुने प्राधिकरणले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१८ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकारले बालअधिकार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मन्त्री श्रेष्ठसँग भेट गरी बालअधिकार सुदृढीकरणसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको हो।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा प्रभावकारी बाल संरक्षण प्रणाली निर्माणका लागि नीतिगत, कार्यक्रमिक र बजेटगत सुधार आवश्यक रहेको विषय उठाएको छ।
भेटका क्रममा सिजपले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रको रूपमा सुनिश्चित गर्नुपर्ने, बालउत्तरदायी बजेट कार्यान्वयन, बालविवाह अन्त्य, बाल संरक्षण प्रणाली सुदृढीकरण, स्थानीय तहमा बाल अधिकार समिति र बालकल्याण अधिकारीको व्यवस्था, सडक बालबालिका मुक्त नेपाल घोषणा लगायतका माग राखेको छ। साथै अनलाइन बाल सुरक्षासम्बन्धी कार्यविधि, बालमैत्री पूर्वाधार निर्माण र बाल अदालत सशक्तीकरणसम्बन्धी माग पनि अघि सारिएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री श्रेष्ठले बालअधिकारको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले सिजपले उठाएका विषयहरू गम्भीर रूपमा अध्ययन गरी कार्यान्वयनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिन्। बालअधिकारका विषयमा नागरिक समाजसँग सहकार्य गर्दै नीतिगत तथा संस्थागत सुधारमार्फत प्रभावकारी काम गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो।
सशस्त्र द्वन्द्वकालमा बालबालिका र विद्यालयमाथि परेको असरलाई ध्यानमा राख्दै सिजप अभियान सन् २००१ देखि सुरु भएको हो। अभियानले सन् २००३ यता नेपालमा बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्न निरन्तर अभियान चलाउँदै आएको छ।
सिजपले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै बालबालिकाको अधिकार, संरक्षण र समुचित विकास सुनिश्चित गर्न निरन्तर वकालत गर्ने जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बांके,१८पुस । नेपालगन्ज उद्योग वाणिज्य संघले तस्करी नियन्त्रण गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ।
बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सीमावर्ती भारतीय बजार रुपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि परिचय पत्र चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरिएको छ।
साथै सम्भावित तस्करी हुने स्थानमा ब्यारियर राखी सशस्त्र प्रहरीको अस्थायी पोस्ट स्थापना गर्नुपर्ने, पैदल रिक्साको सीमा वारपार आवतजावत रोक्नुपर्ने माग उल्लेख गरिएको छ।
यसैगरी सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडाका छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने माग पनि संघले गरेको छ।
ज्ञापन पत्रमा जमुनाहा नाकामा स्क्यानर मेसिन राखी अनिवार्य चेकजाँच गर्नुपर्ने, नेपालगन्ज भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको विषयमा अध्ययन गर्नुपर्ने तथा अवैध आयात–निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ।
ज्ञापन पत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी र क्यारिङ नियन्त्रण गर्न नसके सम्बन्धित प्रहरी प्रशासनमाथि कारबाही गरिने बताए। उनले यस विषयमा प्रहरी र प्रशासनका उच्च अधिकारीहरूलाई पटक–पटक निर्देशन दिँदै आएको र फेरि पनि तस्करी रोक्न निर्देशन दिने बताए।
सीमा नाकामा भइरहेको तस्करी र अवैध आयातप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री अग्रवालले यस विषयमा संघीय सरकार, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकसँग पनि कुरा गर्ने जानकारी दिए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले सीमा नाकामा कडाइ नहुँदा नेपालगन्जको व्यापार व्यवसाय प्रभावित हुँदै गएको भन्दै तस्करी र अवैध आयात रोक्नुपर्ने बताए।
सो अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कन्हैयालाल टन्डन, शतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो। संघको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको संघले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१७ पुस । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्।
सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार साह भारतबाट चिनी, सर्फ र सुर्तीजन्य पदार्थ ल्याएर नेपाल फर्कँदै थिए। घर नजिकै पुगेका बेला सशस्त्र प्रहरीले रोक्न खोज्दा गोली प्रहार भएको बताइएको छ। साहलाई दुई राउण्ड गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्डमा शव राखेर प्रदर्शन सुरु गरेका छन्। उनीहरूले दोषी सुरक्षाकर्मीमाथि कडा कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण उक्त खण्डमा ठूला सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन्। “मोटरसाइकल बाहेक अन्य सवारीसाधन चल्न सकेका छैनन्,” उनले भने।
प्रदर्शनका क्रममा स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ।
बिहीबार बिहान प्रशासन र स्थानीयबीच वार्ता भए पनि सहमति जुट्न नसक्दा प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयले सामान्य तस्करीको आरोपमा प्राणघातक गोली चलाउनु गैरकानुनी र अमानवीय भएको आरोप लगाएका छन्। “समातेर कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो, गोली चलाउनुको कुनै औचित्य छैन,” एक प्रदर्शनकारीले बताए।
सशस्त्र प्रहरी बलले घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ। तर पीडित पक्षले स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। अवस्था संवेदनशील बन्दै गएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस