दाङ, १९ मंसिर । दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले तुलसीपुरमा सञ्चालन गर्न लागेको भिएफएक्स सिनेमा हल तुलसीपुरकाे आज शिलान्यास गरिएको छ ।
नारायणपुर जस्तै सुविधा सम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने हलमा, भिडियो क्वालिटि र साउन्ड सिस्टम पनि उच्चस्तरीय हुने हल निर्माण कम्पनी सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालले बताए ।
तुलसीपुर-६ मा रहेको कराई इभेन्टसंगै सटेको जग्गामा आज एक कार्यक्रमकाे आयोजना गरि हलकाे शिलान्यास गरिएको हो । दुई ओटा पर्दामा ५ सय सिट क्षमताको हल सञ्चालन गरिने र आगामी २०८३ काे दशै बाट फिल्म प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।
तुलसीपुरमा हल सञ्चालन गरेपछि यसले तुलसीपुर देखि पश्चिम क्षेत्रका दर्शकलाई फिल्म हेर्नका लागि सहज हुने भिएफएक्स सिनेमा प्रा.लि.का सञ्चालक विजय रावतले बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे आवश्यक तयारी र समन्वयका लागि बैठक बोलाइएको हो।
बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन्।
यस्तै, बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय तथा सुरक्षाकर्मीका शीर्ष अधिकारीहरू पनि उपस्थित रही आगामी निर्वाचनका सुरक्षा तथा व्यवस्थापन विषयमा जानकारी दिइरहेका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गरिरहेका बेला, निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन आयोगमा निवेदन दिएका दलहरू भने अब निर्वाचन–केन्द्रित गतिविधिमा सक्रिय छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ मंसिर ।महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
उनका अनुसार स्थानीय व्यक्तिको मलामी गएका सनि दमाई चिता बनाउने क्रममा चिप्लिएर नदीमा खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। अहिले नेपाल प्रहरीले अन्य सुरक्षाकर्मी सहित खोज तथा उद्धार कार्य जारी राखेको बोहराले बताए।
त्यसैगरी, नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव आज फेला परेको छ। भुजेला क्षेत्रबाट नदीमा नुहाउँदा बेपत्ता भएका उनी दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब २०० मिटर दक्षिण तर्फ किनारमा मृत अवस्थामध्ये भेटिएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।
आवश्यक प्रक्रिया पूरा गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१८ मंसिर ।संयुक्त राष्ट्रसंघीय महासभाले जबरजस्ती रूसमा लगिएका युक्रेनी बालबालिकालाई तत्काल र बिनासर्त फिर्ता गराउन आह्वान गरेको छ। महासभाले यो मुद्दा किभ र मस्कोबीचको सम्भावित शान्ति सम्झौतामा सबैभन्दा संवेदनशील विषय बनेको पनि जनाएको छ।
महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासनमा परेका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिनासर्त फिर्ता आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ देशले विरोधमा मतदान गरेका र ५७ देश मतदानमा अनुपस्थित रहेका छन्।
महासभाले मस्कोलाई निर्दोष बालबालिकाको बलपूर्वक स्थानान्तरण, निर्वासन र परिवारबाट अलग गरिने प्रक्रिया रोक्न तथा पालन–पोषणका नाममा उनीहरूको कानुनी स्थिति परिवर्तन नगर्न आग्रह गरेको छ।
युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा बोल्दै रूसले युद्ध सुरु भएदेखि कम्तीमा २० हजार युक्रेनी बालबालिका अपहरण गरेको दाबी गरिन्। उहाँले हालसम्म १ हजार ८५० भन्दा बढी बालबालिका युक्रेन फर्काइएका पनि जानकारी दिइन्।
बेत्साका अनुसार बालबालिकाको तत्काल र बिनासर्त फिर्ता नै युक्रेनमा न्यायपूर्ण शान्तिको मुख्य आधार हो।
यसको प्रतिक्रियामा रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गर्दै आरोपहरू झूटो भएको दाबी गरिन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१८ मंसिर । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुजजुर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न विद्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम यज्ञबहादुर विकको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा गुरुजजुर मावि, कालाखोला मावि र अश्वारा माविका गरी तीन विद्यालयका १८ जना अपांगता भएका विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रमको बारेमा जानकारी गराउदै तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता भएका व्यक्तिहरूलाई सम्मानजनक वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था बनाउन समाज सबैको भूमिका महत्वपूर्ण रहने बताइन्। विगतमा परिवारले घरमै सीमित राख्दै आएका अपांगता भएका व्यक्तिहरू अहिले आफ्नै दक्षता र सीपका आधारमा समाजमा सक्रिय भूमिकामा अघि बढ्न थालेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले सामाजिक सचेतना र सकारात्मक परिवर्तनमा ठूलो योगदान पुर्याउने उनको भनाइ थियो ।
प्रतियोगितामा वविन्द्र ओली, सरोज विक र सुजन चौधरीको समूह प्रथम भएका छन्। त्यसैगरी, निरुता घर्ती, वीरेन्द्र ओली र राजकुमार विकको समूह दोस्रो तथा मनकुमारी खड्का, दिलकुमार खड्का र पविता ओलीको समूह तेस्रो भए। चित्रबहादुर ओली, मोनिका शाह र लक्ष्मी विक सुनाहारको समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१७ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा राखिएका छवटा हरिणमध्ये तीन वटा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
तारजालीले घेरेर संरक्षण गरिएका हरिणमध्ये तीनको तिघ्राको मासु लुछिएको अवस्थामा अवस्थामा भेटिएपछि पार्कका कर्मचारीले डिभिजन वन कार्यालय र प्रहरीले घटनास्थलमा जानकारी गराएका थिए।
पार्क सञ्चालक थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीका अनुसार चितुवा वा बाघ जस्तो वन्यजन्तुले तारघेरा नाघेर आक्रमण गरेको हुनसक्ने देखिएको छ। उनले भने, “कसले आक्रमण गर्यो भनेर ठ्याक्कै थाहा भइसकेको छैन, तर जनावरले मासु लुछेको प्रष्ट छ।”
आक्रमणपछि बाँकी तीन हरिण तारघेरा नाघेर पार्क वरपरका क्षेत्रमा भाग्न सफल भएको बताइएको छ। डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सिमराको टोलीले घटनास्थल मुचुल्का गरेर मारिएका हरिणलाई खाल्डो खनेर पुरेको छ। घटना सार्वजनिक भएपछि बाँकी तीन हरिणलाई सुरक्षित राख्ने विषयमा थप चुनौती बढेको पार्क व्यवस्थापनले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१७ मंसिर । बैंकिङ प्रणालीमा अत्यधिक तरलता जमेपछि नेपाल राष्ट्र बैंकले एकै दिन ६० अर्ब रुपैयाँ खिच्न ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने अवधीको उक्त निक्षेप आगामी २०८२ पुस १६ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिने जनाएको छ।
यो निक्षेप संकलन बोलकबोल प्रक्रियामार्फत हुनेछ र ब्याजदर पनि यही माध्यमबाट नै निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले यसमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमभित्र बोलकबोल गर्न सक्नेछन्। आज दिउँसो २ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। यसरी संकलित निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले लिएको यो कदम पछिल्ला दिनमा बैंकहरूमा अत्यधिक चलखेल रकम संकलन भएपछि आएको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,१७ मंसिर । विश्वासको मत लिने कार्यसूची रहेको मधेस प्रदेशसभा बैठक मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि स्थगित गरिएको छ।
बिहान ११ बजे विश्वासको मतको प्रक्रिया अघि बढ्ने तय गरिएको थियो, तर प्रस्तावक स्वयं उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत इसरले बैठक २ बजेसम्मका लागि स्थगित गर्ने घोषणा गरिन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) अनुसार कात्तिक २४ गते यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। तर उनलाई असंवैधानिक ढंगले नियुक्त गरेको भन्दै व्यापक आलोचना भएपछि प्रदेशसभा प्रमुख भण्डारीलाई सरकारकै निर्णयमा पदमुक्त गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१६ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो पार्टीका नेता र कार्यकर्तालाई आफूखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ।
पार्टीको उम्मेदवार छनौट समितिले औपचारिक टुंगो नलागेसम्म कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी दाबी गर्ने, घोषणा गर्ने वा आकांक्षा व्यक्त गर्ने अभिव्यक्ति नदिन चेतावनी दिएको हो।
समितिका अनुसार हालसम्म पार्टीले रुपन्देही क्षेत्र नं–३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन गरेको छ। त्यसबाहेक अन्य कुनै क्षेत्रका लागि उम्मेदवार टुंगो नलागेको भन्दै स्पष्ट जानकारी गराइएको छ।
पछिल्लो समय विभिन्न तहका नेता तथा सदस्यहरूले आफू उम्मेदवार हुने वा आकांक्षी रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका घटनाले समितिको ध्यानाकर्षण भएको र त्यसैले यो निर्देशन जारी गरिएको समितिले जनाएको छ।
रास्वपाले आफ्नो आधिकारिक नीति र निर्धारित विधिअनुसार मात्र उम्मेदवार चयन गरिने पुनः दोहोर्याउँदै, औपचारिक निर्णय नआएसम्म कुनै पनि क्षेत्रमा उम्मेदवारी तय भइसकेको जस्तो भ्रम नफैलाउन आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ १६ मंसिर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको दुई महत्त्वपूर्ण निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ।
निर्वाचन गराउने उद्देश्यले बनेको सरकारले ११ जना राजदूत फिर्ता गर्ने निर्णय र भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो, तर दुवै कदमलाई सर्वोच्चले बदर गरेको हो।
सोमबार न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्रिपरिषद्को असोज २३ गते बसेको बैठकले गरेको भूमि आयोग तथा जिल्ला समितिहरू खारेज गर्ने निर्णय खारेज गर्दै अन्तरिम सरकारको उद्देश्य र अधिकार सीमित भएको स्पष्ट पारेको छ।
यसअघि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा अन्तरिम आदेश पनि जारी भएको थियो, र अब अदालतले पूरै स्पष्ट गर्दै अन्तरिम सरकारले दीर्घकालीन प्रभाव पार्ने निर्णय लिन नपाउने ठहर गरेको हो। सोही गरी, गत कात्तिक १६ गते सर्वोच्चले ११ राजदूत फिर्ता गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गर्दै यस्तो निर्णय अन्तरिम सरकारको अधिकार क्षेत्रभन्दा बाहिर रहेको टिप्पणी गरेको थियो।
अदालतले प्रतिनिधिसभा विघटन भइसकेको बेला संसदीय सुनुवाइ सम्भव नहुने भएकाले राजदूत फिर्ताको औचित्य नै कमजोर रहेको बताएको छ।
साथै, अदालतले अन्तरिम सरकारलाई छ महिनाको अवधिमा निर्वाचन गराउने आफ्नो मुख्य दायित्व नबिर्सन चेतावनी दिंदै अनावश्यक विवाद र दीर्घकालीन असर पार्ने निर्णयमा नजाने स्पष्ट सन्देश दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस