कैलाली,२ कार्तिक । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् । धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको हो।
बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९९१ नम्बरको ट्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा बर्दगोरिया–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।
घाइतेहरुलाइ स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ ।
घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा रहेका छन् ।
प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–४ चमेलीपुरका ७४ वर्षीय हर्क साउदको मलामी बोकी लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीमा जाँदै गरेको सु प प्र ०१००२ त ४९९१ नं को ट्याक्टर लम्कीको धोबेनी खोला नजिक दुर्घटना भएको हो ।
घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देशभित्र कालोधन थुप्रिएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने बताएका हुन्।
विप्लवले भने, “विदेशी वा स्वदेशी बैंकमा कालोधन लुकाइएको छ भने पनि छानबिन हुनुपर्छ। अहिले पैसा जनतासँग छैन, निष्क्रिय भएर बसेको छ। कानुनी हैसियतबाहेकको पूँजी जफत गर्नुपर्छ। अब ५ सय र हजारका नोट प्रतिबन्ध लगाएर नयाँ नोट ल्याउनुपर्छ।”
उनका अनुसार नेकपाले कृषि उत्पादन बढाउने उद्देश्यले ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ। उनले विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको बताउँदै यस वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको उल्लेख गरे।
विप्लवले एउटै कम्युनिष्ट पार्टी गठन गर्नुपर्ने आवश्यकता पनि दोहोर्याए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानमा शनिबार लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।
पूर्वी चिनियाँ सहर हाङझाउबाट दक्षिण कोरियाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको उक्त विमानमा आगलागी भएको एयर चाइनाले जनाएको छ। एयरलाइन्सले वेइबोमा जारी गरेको विज्ञप्तिअनुसार, उडानका क्रममा ओभरहेड बिनमा राखिएको यात्रुको ब्यागमा रहेको लिथियम ब्याट्री अचानक प्रज्वलित भएको थियो।
चालक दलले तुरुन्तै निर्धारित प्रक्रिया अनुसार आगो नियन्त्रणमा लिएका थिए र घटनामा कसैलाई पनि चोटपटक लागेको छैन।
उडान सुरक्षा सुनिश्चित गर्न विमानलाई सांघाई पुडोङ विमानस्थलमा डाइभर्ट गरिएको एयर चाइनाले जनाएको छ। स्थानीय समयअनुसार बिहान ९ः४७ बजे हाङजाउबाट उडेको विमान बिहान ११ बजेपछि सांघाईमा सुरक्षित अवतरण गरेको थियो।
द चोसुन डेलीका अनुसार विमानलाई समुद्रमाथि पूर्ण रूपमा घुमाएर आपतकालीन अवतरण गराइएको
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२ कार्तिक । हालैको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित दर्जनौँ नागरिकको मृत्यु भएपछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराममा सहमति गरेका छन्।
कतारको पहलमा दोहामा भएको उच्चस्तरीय वार्तामा दुवै देशका प्रतिनिधिहरूले युद्धविराम लागू गर्न र सीमा क्षेत्रमा दिगो शान्ति कायम गर्न संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्। उक्त वार्तामा टर्कीले पनि मध्यस्थतात्मक भूमिका खेलेको थियो।
बीबीसीका अनुसार, युद्धविरामको निगरानी र कार्यान्वयनका विषयमा छलफल गर्न दुवै देशका समितिहरू आगामी दिनमा दोहा र इस्लामाबादमा बैठक गर्नेछन्।
कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान–अफगानिस्तान सीमामा बढ्दो तनाव घटाउने र क्षेत्रीय स्थिरता कायम गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
जियो टिभीका अनुसार, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धविराम सम्झौताप्रति आशा व्यक्त गर्दै भने, “यसले सीमामा जारी तनाव अन्त्य गर्नेछ।” उनले दुवै देशका प्रतिनिधिमण्डलहरू आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः भेट्ने जानकारी पनि दिएका छन्।
यसअघि, अफगानिस्तानले पाकिस्तानमाथि युद्धविराम उल्लङ्घन गरी साधारण नागरिकमाथि आक्रमण गरेको आरोप लगाएको थियो भने पाकिस्तानले सीमावर्ती वजीरिस्तान क्षेत्रमा “आतङ्कवादी शिविरहरू”लाई निशाना बनाएको दाबी गरेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, २ कार्तिक। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर कागलाई मनपर्ने खानेकुरा अर्पण गरी मनाइँदैछ।
यस दिन कागलाई यमराजको दूतका रूपमा पूजा आराधना गरेर मीठा परिकारहरू खुवाउने चलन छ। जनविश्वासअनुसार आज कागलाई दही भात खुवाएमा उसले यमराजसमक्ष राम्रो सन्देश पुर्याउँछ र घरमा शुभ फल प्राप्त हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बिहान सूर्योदयको समयमा त्रयोदशी परेकाले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार मनाइने निर्णय गरिएको हो।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा–आराधना हुने परम्परा छ। त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजापाठ गरिन्छ, जहाँ कागको ठूलो मूर्ति स्थापित गरिएको छ।
यसैबीच, यमयातनाबाट मुक्ति प्राप्तिको लागि परिवारका सबै सदस्यका नाममा ‘यम दीपदान’ गर्ने क्रम शनिबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्र अनुसार यम दीप दक्षिण फर्काएर दान गर्नुपर्छ, जसले यमयातनाबाट मुक्ति दिलाउने विश्वास गरिन्छ।
तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक पर्व शनिबार बेलुकीदेखि नै सुरु भएको हो। त्यसैगरी, लक्ष्मीलाई घरमा स्थायी रूपमा बसोबास गराउने धार्मिक विश्वाससहित धनतेरस पर्व पनि शनिबार नै मनाइएको थियो, जस दिन गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ।
बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन ३६ वटा दमकलका युनिट खटाइएका छन्।
अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “दिउँसो करिब २:३० बजे विमानस्थलको गेट नम्बर ८ नजिकैको कार्गो क्षेत्रबाट आगलागी सुरु भएको थियो।”
इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (ISPR)का अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, अग्नि सेवा, नौसेना र वायुसेनाका दुई–दुई दमकल युनिट आगो निभाउने कार्यमा संलग्न छन्। त्यससँगै सीमा रक्षक बंगलादेश (BGB) का दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सहयोग गरिरहेका छन्।
ढाका विमानस्थल स्रोतहरूका अनुसार विमानस्थलमा अवतरणका लागि तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ कार्तिक । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले पत्राचारमार्फत बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण र आपूर्ति प्रणाली नियमित सञ्चालनमा राख्न बैंकिङ प्रणाली उपलब्ध गराउन निर्देशन दिएको हो।
त्यसैगरी, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१ कार्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको करिब १८ दशमलव ५६ प्रतिशत खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।
कार्यालयका विवरणअनुसार चालू खर्च शीर्षकमा दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत हो। पूँजीगत खर्च शीर्षकमा चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ।
त्यस्तै, यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत पुगेको छ। सरकारले यो वर्षका लागि कुल १५ खर्ब ३३ अर्ब ३३ करोड ४४ लाख ६९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर अहिलेसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ मात्र असुली भएको छ।
आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य रहेकोमा असोज मसान्तसम्म दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख रुपैयाँ असुली भएको छ, जुन वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत हो। त्यस्तै, वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ लिने लक्ष्य रहेकामा अहिलेसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको कार्यालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,१ कार्तिक । दक्षिणी रूसको बास्कोर्तोस्तान क्षेत्रमा अवस्थित एक रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार घटनाको पुष्टि गरेका हुन्।
गभर्नर खाबिरोभका अनुसार विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र विशेषज्ञ टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
रूसी सञ्चारमाध्यमका अनुसार बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकस्थित सो कारखानाले युक्रेन युद्धका लागि आवश्यक हतियार र गोलाबारुद उत्पादन गर्दै आएको थियो। युक्रेनी ड्रोनले एक महिना अघि सोही क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको पनि जनाइएको छ।
गभर्नर खाबिरोभले टेलिग्राममार्फत दिएको जानकारीअनुसार हिंसात्मक विस्फोटका कारण कारखानाको एउटा भवन ध्वस्त भएको छ। घटनामा तीन महिलाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्, जस मध्ये दुई जनाको अवस्था गम्भीर छ।
उनले उक्त कारखानाले रूसका लागि आवश्यक “विस्फोटक सामग्री उत्पादन र वितरण गर्ने” कार्य गर्दै आएको पुष्टि गरेका छन्। सेप्टेम्बर १८ मा युक्रेनी ड्रोनले राज्यनियन्त्रित विशाल कम्पनी ग्याजप्रोमद्वारा सञ्चालित बास्कोर्तोस्तान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको थियो, जसलाई किभको प्रतिआक्रमण अभियानको हिस्सा मानिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, १ कार्तिक । रुकुमपुर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्डमा बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमन पूर्ण रूपमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार तोकिएको अवधिभर सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले बाँकी काम शीघ्र सम्पन्न गर्न तत्काल आवागमन बन्द गर्न प्रस्ताव गरेका थिए। सोही प्रस्तावका आधारमा १९ दिनका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो।
प्रशासनले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग र साना सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस