दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा भएका आगजनीबाट प्रभावित कार्यालयहरूको आइतबार अनुगमन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकालो भवन, उपमहानगरपालिका भित्र पर्ने उच्च अदालतदेखि विभिन्न सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयसम्म पुगेर उनले आगजनीले पारेको क्षति अवलोकन गरेका हुन् ।
अनुगमनपछि मुख्यमन्त्री आचार्यले सेवा प्रवाह नरोकिने बताउँदै आवश्यक परे टेन्ट टाँगेरै भए पनि काम अघि बढाइने स्पष्ट पारे।
“जेन्जीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्नेगरी आगजनी गरियो। यस घटनाले ठूलो क्षति भएको छ,” सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने , “मालपोत कार्यालय, नापी कार्यालय जस्ता नागरिकको दैनिक सेवासँग प्रत्यक्ष जोडिएका कार्यालयहरू खरानी भएका छन्। धेरै महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, जसलाई पुनः बनाउन गाह्रो हुन्छ।”
मुख्यमन्त्री आचार्यले आगजनी र तोडफोडले कसैलाई पनि फाइदा नहुने बताउँदै कर्मचारी र सेवाग्राहीको मनोबल उच्च राख्न आफूहरू निरन्तर अनुगमनमा रहेको जानकारी दिए।
अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २४ गतेको आन्दोलनका क्रममा १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी इकाइमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो। सबैभन्दा बढी क्षति दाङ जिल्लामा पुगेको प्रहरीले जनाएको छ, जहाँ ७० संरचनामा तोडफोड र आगजनी भएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,५ असोज । नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधयेक प्रमाणीकरण भएको छ । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको यो विधेयक नेपालको संविधान बमोजिम आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ ।
प्रतिनिधि सभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते यो विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ।
आइतबार जारी गरिएको विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिहरूले समाजमा हिंसात्मक गतिविधिलाई थप बल पुर्याउने सम्भावना रहेको भन्दै सचेत गराएको छ।
“नागरिकले आफ्नो धारणा राख्न र सार्वजनिक व्यक्तिको कार्यप्रति टिप्पणी गर्न पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ, “तर यस्ता अभिव्यक्ति संयमित, मर्यादित र मानव अधिकारका मूल्य–मान्यताको दायराभित्र हुनुपर्छ।”
आयोगले अरुको मर्यादामा ठेस पुग्ने गरी अधिकार प्रयोग नगर्न, घृणाजन्य अभिव्यक्ति नदिइ हिंसात्मक अवस्था सिर्जना हुन नदिने र वर्तमान राजनीतिक परिस्थितिमा संयमित रही उचित निकास खोज्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको विदाई कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो।
कलेजका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षता तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका उपनिर्देशक यादवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।
प्रमुख अतिथि यादव प्रसाद सुवेदीले दाङ टेक्निकल प्रा.ली.ले दाङ जिल्ला तथा लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा विस्तारमा योगदान पुर्याएको र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा टेवा पुर्याइरहेको बताए।
स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबि गुरुङले विद्यार्थीहरूले आफ्नो कर्मभूमिमा गएर नेपालको स्वास्थ्य प्रणालीमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
राप्ती प्रादेशिक अस्पतालका मेसु पदम प्रसाद अधिकारीले सकारात्मक सोच, लगनशीलता र मेहनतकै माध्यमबाट सफलता प्राप्त हुने भन्दै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।
समाजसेवी तथा कलेज संचालक विमल रिजालले शिक्षा र मित्रतामा ठूलो शक्ति हुने भएकाले विद्यार्थीहरूले आफ्नो कार्यक्षेत्रमा त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताए।
तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले विद्यार्थीहरूले अब प्राविधिक क्षेत्रमा प्रवेश गर्दै धैर्य, लगनशीलता र परिवारको सपना पुरा गर्ने जिम्मेवारी भएको बताए।
पत्रकार दिपक बोहराले व्यवसायिक ज्ञानले जीवन उपयोगी हुने हुँदा कलेजले तुलसिपुर क्षेत्रको शैक्षिक पाईलाको रूपमा भूमिका खेलेको बताए।
कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै तेस्रो वर्षका स्नातक विद्यार्थीहरूलाई विदाई गरिएको थियो।
विद्यार्थीहरूले कार्यक्रममा यसलाई केवल विदाई नभएर नयाँ जीवनको सुरुवातको अवसर भएको बताउँदै कलेजले किताबका पृष्ठ मात्र नभई जीवनका पाठ पनि सिकाएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दोर्ण बहादुर वलीले दाङ टेक्निकललाई प्राविधिक तथा व्यवसायिक शिक्षामा उत्कृष्ट कलेजको रूपमा स्थापित गर्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै विद्यार्थी, प्रशिक्षक र समाजको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रम सामान्य चिकित्सा शास्त्र तेस्रो वर्षमा अध्ययनरत छात्रा कमला बोहरा र छात्र बलराम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गजल, मुक्तक र सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रम कलेजका प्रिन्सिपल अशोक कुमार यादव र दोस्रो वर्षकी विद्यार्थी इन्द्रा वलीले सहजीकरण गरेका थिए ।
सोही अवसरमा तेस्रो वर्षका विद्यार्थी किरण केसी (बि) लाई ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ स्वरुप १ लाख २१ हजार दुई सय रुपैयाँ प्रदान गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा तुलसिपुर सिटी हस्पिटलका निर्देशक हेमराज बस्नेत, प्रशिक्षक डा. शिशिर पोखरेल, पत्रकार दिपक वोहरा, दर्शन आचार्य, चेतन वली लगायतका उपस्थित थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।
शनिबार अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
“अहिलेको सरकारले आँट गरेर छानबिन गर्ने हो भने को–को दोषी हुन् भन्ने देखिनेछ,” उनले भने, “न्यायिक छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्न सरकारले हिम्मत गर्नुपर्छ ।”
आचार्यले आन्दोलनका नाममा भएको अराजकताबारे पनि समीक्षा गर्न आवश्यक रहेको बताए । उनका अनुसार मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा पार्टी तथा नागरिकबीच सहकार्य अपरिहार्य छ ।
त्यस क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लिपुलेकमा चीन–भारतबीच भएको सम्झौतामार्फत षड्यन्त्र गरिएको दाबी पनि गरे ।
“लिपुलेक सम्झौतामा समर्थन गरेर मौन बसेको भए ओलीको सरकार अपदस्त हुने थिएन,” उनले भने, “यो घटना अलि पहिलेदेखि नै योजनाबद्ध भएको रहेछ, अब सबै कुरा खुल्दै जानेछन् ।”
बैठक सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं ,४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरी सातवटा निर्णय गरेका छन्।
शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारी सहभागी थिए।
मन्त्री घिसिङले यात्रुहरुलाई २४ घण्टा सडक अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने र पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तत्काल पुनःस्थापना गर्ने व्यवस्थाबारे निर्देशन दिएका छन्। साथै, चाडपर्वमा यात्रुले सहज, सुरक्षित र छिटो यात्रा अनुभव गर्न सक्ने गरी आवश्यक तयारी तत्काल गर्न सम्बन्धित निकायलाई कडाईका साथ निर्देशन दिएका छन्।
बैठकका निर्णयहरू यसप्रकार छन्:
१.दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने, दशैंपछि पुनः प्रवेशको व्यवस्था गर्ने।
२.नयाँ बसपार्कसहित राजमार्गहरूमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।
३.बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारी सञ्चालन नगर्ने, तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानीलाई निरन्तर सञ्चालन गर्ने।
४. देशभरका मुख्य सडक सुधार गर्ने, विपद व्यवस्थापनका सामग्री व्यवस्थापन गर्ने, बुटवल–नारायणघाट सडकमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको अवरोध तत्काल हटाउने र तातोपानी नाका दशैंअघि सञ्चालनमा ल्याउने।
५. नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्ने।
६. सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न निर्देशन दिने।
७.सडक विभागमार्फत देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न कन्ट्रोल रुम सञ्चालन गर्ने र आवश्यक समन्वयका लागि फोकल पर्सन तोक्ने।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ ।
एच. आर. मिडिया हाउस प्रालिको पहलमा गरिएको सहयोगअन्तर्गत कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सीलगायत करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामग्री उपलब्ध गराइएको हो ।
सहयोग गर्नेहरूमध्ये हनुमान इट्टा उद्योगका सञ्चालक मोहन घर्तीले करिब ८० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका छन् । त्यस्तै, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, ग्लोबल ओरियन्स नेपाल प्रालि दाङ बिक्री केन्द्र र एच. आर. मिडिया हाउस प्रालिले पनि आवश्यक सामग्री सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले विषम परिस्थितिबाट देशलाई अगाडि बढाउन सबैको भूमिका आवश्यक रहेको बताए । उनले ट्राफिक कार्यालय अझै पनि क्षतिग्रस्त अवस्थामै रहेको उल्लेख गर्दै सामाजिक सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरे । त्यस्तै महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकारले समाचार संकलन मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय हुनुपर्नेमा जोड दिए ।
एच. आर. मिडिया हाउसका प्रबन्धक एच. आर. मगरले आन्दोलनका क्रममा कार्यालयमा भएको क्षति देखेपछि तुलसीपुरका विभिन्न व्यवसायीसँग सम्पर्क गरी सहयोग जुटाएको जानकारी दिए । उनले मिडियाले समाचार मात्र नभई सामाजिक गतिविधिमा पनि संलग्न हुनुपर्ने बताए ।
सहयोग ग्रहण गर्दै ट्राफिक कार्यालय दाङका प्रमुख ओपेन्द्रबहादुर बमले सहयोगीहरूप्रति आभार व्यक्त गर्दै अझै कम्प्युटर र प्रिन्टरको आवश्यकता रहेको बताए ।
उनले सहयोगी सामग्रीले कार्यालय सञ्चालनमा सहजता ल्याउने र ट्राफिक प्रहरीको आत्मबल उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेका छन् ।
सरकारी स्रोतका अनुसार सिंहदरबार र वरिपरि रहेका कार्यालयहरूमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त भएका छन्। ती सवारी साधनको व्यवस्थापन कार्य हालैदेखि सुरु गरिएको छ। सिंहदरबारभित्र क्षतिग्रस्त सवारी साधनलाई नयाँ बानेश्वरस्थित संसद भवनमा लैजाँदै व्यवस्थापन भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयमा सबैभन्दा बढी क्षति भएको छ। त्यस्तै, अर्थ मन्त्रालयमा आगलागीबाट प्रभावित भागमा पुनःरंगरोगनको काम पनि सुरु गरिएको छ।
सरकारी अधिकारीहरूले सुरक्षा व्यवस्था थप मजबुत बनाउन र यस्ता घटनाबाट भविष्यमा जोगिन विशेष योजना बनाईरहेको बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेपछि गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर उनलाई १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।
शुक्रबार पार्टी बैठकपछि जानकारी दिँदै विश्वकर्माले सुरुवातमा अवस्था अतालिनु भए पनि हाल देउवा र आरजु देउवा सामान्य अवस्थामा फर्किँदै गएको बताए। उनका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा धारिलो हतियार प्रहारबाट चोट लागेको र चिकित्सकले उपचार गरिरहेको बताए। कसले, कुन हतियार प्रयोग गरेर प्रहार गरेको भन्नेबारे भने अझै खुल्न बाँकी रहेको उनले जनाए।
गत भदौ २४ गतेको हिंसात्मक आन्दोलनका क्रममा देउवाको निवासमा आगजनी र तोडफोड भएको थियो। घरमै रहेका देउवा दम्पतीमाथि आन्दोलनकारीले हातपात र कुटपिट गरेका कारण उनीहरूको शरीर रगताम्ये भएको थियो।
आक्रमणको कडा शब्दमा निन्दा गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, “लोकतन्त्रका लागि अविचल योगदान गर्नुभएका पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बर घटनाप्रति नेपाली कांग्रेस कडा शब्दमा भर्त्सना गर्दछ।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ३ असोज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्न र आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आग्रह गरेका छन्।
शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई भविष्यको नेतृत्वकर्ता मात्र नभई वर्तमानमा पनि सक्रिय नेतृत्व गरिरहेका बताउँदै आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, तोडफोड र आगजनीको न्यायिक छानबिनको माग राखेका छन्।
उनका अनुसार जेनजी प्रदर्शनका घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गरिनु आवश्यक छ भने भदौ २४ गतेको प्रदर्शनमा भएको तोडफोड र आगजनीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाइनुपर्ने छ। साथै, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन र २०४६ यता उच्च पदमा पुगेकाहरूको सम्पत्तिको अनुसन्धानका लागि पनि चारवटा शक्तिशाली उच्चस्तरीय आयोग तत्काल गठन गर्नुपर्ने उनले जोड दिए।
महामन्त्री शर्माले आफ्नै राजनीतिक यात्रा उदाहरणसहित सबै राजनीतिक नेतृत्वलाई परीक्षण र सम्पत्ति जाँचका लागि तयार रहन आग्रह गर्दै जेनजी पुस्ताले नाममा विधम्स मच्याउनेहरूलाई समेत छानबिन गर्न युवाहरुलाई सचेत गराएका छन्
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस