अन्ततः चिठ्ठा ठगीको शिकार बनिन् जमुना

   माघ २७, २०८१       admin

रुकुम,२७ माघ। ठगीको शिकार बनेपछि मानसिक तनावमा परेकी रुकुमकी २५ वर्षीया जमुना रसाइलीले आत्महत्या गरेकी छन्। सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले चिठ्ठा परेको भन्दै झन्डै तीन लाख रुपैयाँ ठगी गरेपछि उनले तनावमा आएकी थिइन्।

रुकुममा तीन वर्षीय छोरा, सासू-ससुरा र देवरसँग बस्दै आएकी जमुनाका श्रीमान भारतमा रोजगारी गर्दै आएका थिए। सामाजिक सञ्जाल चलाउने जमुनालाई केही दिनअघि ह्वाट्सएपमा एक अपरिचित व्यक्तिले ठूलो धनराशिको चिठ्ठा परेको सन्देश पठाएका थिए। चिठ्ठाको रकम लिनका लागि तीन लाख रुपैयाँ पठाउनुपर्ने भन्दै ती व्यक्तिले बारम्बार आग्रह गरेपछि जमुनाले विश्वास गरिन्।

रकम जुटाउन उनले स्थानीय व्यक्तिहरूसँग ऋण लिइन्। जब ऋणले नपुग्दा आफ्ना सुनका गहना बेचेर पैसा जोहो गरिन् र ठगलाई पठाइन्। तर, पैसा पठाएपछि ती व्यक्तिले सम्पर्क विच्छेद गरे। त्यसपछि मात्र जमुनालाई आफू ठगिएको थाहा भयो।

ठगिएको महसुस गरेपछि निराश बनेकी जमुनाले श्रीमानलाई फोन गरी आत्महत्या गर्ने बताएकी थिइन्। श्रीमानले ‘जे भयो, भयो ,म तिर्छु भनी’ उनलाई सम्झाउने प्रयास गरे। तर, छोरालाई राम्रोसँग पाल्न आग्रह गर्दै उनले अन्ततः आत्महत्या गरिन् ।

घटनाको जानकारी पाएपछि परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए। जमुनाको शव बिहान घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा स्थानीयबासी र प्रहरीको उपस्थिति थियो। शव झुन्डिएको हाँगा भाँचिएको थियो, उनको मोबाइल र चप्पल भुइँमा खसेका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइसकेको छ। “यो साइबर ठगीको घटना हो। पीडित महिलाले ठूलो धनराशि गुमाएपछि मानसिक तनावमा आत्महत्या गरेकी हुन्,” प्रहरी अधिकृतले बताए।

यस घटनाले अनलाइन ठगीबारे गम्भीर चिन्ता उत्पन्न गराएको छ। प्रहरी प्रशासनले नागरिकलाई यस्ता ठगीबाट सचेत रहन आग्रह गर्दै अनलाइनमा आएको कुनै पनि अफर पत्याउनुअघि पर्याप्त अनुसन्धान गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वडाध्यहरुले गरे कार्यापलिका बैठक बहिस्कार

   माघ २७, २०८१       admin

दाङ,२७ माघ। दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिष्कार गरेका छन्। प्रमुख प्रशासकीय अधिकृतले चोर ढोकाबाट एजेण्डा ल्याउने र त्यस एजेण्डामा नगर प्रमुख चुपचाप रहने भन्दै कार्यपालिका बैठक कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्षहरुले बहिस्कार गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाको ३० औँ कार्यपालिका बैठक आज बिहान ८बजेका लागि आह्वान गरिएको थियो। उक्त बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सहभागिता नजनाएको लेखा समिति संयोजक तथा वडा नं ९ का वडाध्यक्ष घनश्याम ढकाले जानकारी दिए।

नगर प्रमुख टिकाराम खड्कालाई आफुहरुले १० बुँदे माग लिखित रूपमा बुझाएपनि सम्बोधनका लागि कुनै तदारुकता नदेखाई उल्टै हाँसी मजाकको विषय बनाएको भन्दै आजको बैठक बहिष्कार गरिएको संयोजक ढकाले बताए।

आर्थिक अनियमितताका घटनाहरू सार्वजनिक भएर पालिका बदनाम भए पनि नगर प्रमुखले कुनै वास्ता नगरेको,प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कार्यपालिकाको बैठकमा समावेश नभएका एजेण्डा कार्यपालिकाको माइन्युटमा घुसाएर पालिकाको हित विपरीत काम गरेको, कर्मचारीहरूलाई समान व्यवहार नगरी मनोबल घटाउने काम गरेको, पालिका सुधार्न र आर्थिक मितव्यतिता गर्ने बहानामा पालिकाको भन्दा काठमाडौँको बसाई धेरै हुने गरेको जस्ता विषयलाई तत्काल सुधार गर्न मेयर टिकाराम खड्कालाई लिखित पत्र बुझाउँदासमेत वेवास्ता भएपछि कार्यपालिका बैठक नै बहिष्कार गर्नुपरेको संयोजक ढकालले बताए।


पन्ध्र दिन अघि बुझाएको लिखित पत्रको पहिलो बुँदामा बिगत लामो समयदेखि बैठक व्यवस्थापन शाखाको काम गरिरहेका झरेन्द्रकुमार खरेललाई बैठक व्यवस्थापन शाखामै फिर्ता गरिनुपर्ने, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको ज्यादती बढेकाले तत्काल अनिवार्य सरुवा गर्नुपर्ने, युनियन संगठनका कर्मचारीहरूको सरुवा गर्दा सम्बन्धित संगठनसंग समन्वय गरेर  मात्र सरुवा गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै लामो समयदेखि १९ वटै वडामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हालसम्म अस्थायी करारमा नियुक्ति गर्न नसक्दा तलब भुक्तानीमा समस्या रहेको र महालेखापरिक्षकको कार्यालयलेसमेत पटक–पटक सचेत गराएको हुँदा उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर अस्थायी करारको व्यवस्था गरी तलब सेवा सुविधा समान रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

गत वर्ष माबि दोघरेबाट दिपेन्द्र माबि मानपुरमा प्रक्रिया मिलानका लागि भन्दै नगर प्रमुख खड्काको ठाडो आदेशमा सरुवा गरिएका संघीय अनुदान कोटाका शिक्षक एकराज भण्डारीलाई एक वर्षसम्म पनि फिर्ता नबोलाइएकोले पुनः माबि दोघरेमै सरुवा गर्नुपर्ने, वडा नम्बर ९ को नबदुर्गा ग्रिन पार्क व्यवस्थापनका लागि कार्यपालिका र नगरसभाले पास गरी बेभसाइडमा समेत राखि सकेको बजेट रातो किताबमा प्रकाशन गर्न बाँकी रहेकोमा व्यक्तिगत कारणले हटाइएको रु २५ लाख अविलम्ब टेन्डर प्रक्रियामा अगाडि बढाउनुपर्ने, १९ वटै वडाका जनप्रतिनिधीहरूलाई मेयरले हेर्ने दृष्टिकोण समान हुनुपर्ने, कार्यपालिकाले गरेका निर्णयहरू अविलम्ब कार्यान्वयनमा लग्नुपर्ने माग रहेको छ।

यस्तै कार्यपालिका बैठकमा निर्णय भएको एजेण्डाको प्रतिलिपि पढेर सुनाएपछि मात्र प्रमाणित गरेपछि मात्र दोस्रो कार्यपालिकाको बैठक सञ्चालन गर्नुपर्ने,बैठकका एजेण्डा तयार गर्दा काङ्ग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिसँगपनि छलफल गरेर तयार गर्ने परिपाटीको विकास गर्नुपर्ने उल्लेख छ।


यस विषयमा आफुहरुलेपनि माओवादी र काङग्रेस दुवैदलबाट निर्वाचित प्रतिनिधिहरुसंग बैठकमा लैजान् एजेन्डाहरुका विषयमा समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिदै आएको तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीले बताव ।

आजको बैठकमा पालिकाको आसन्न १६ औँ नगरसभाको कार्यसूची,निजीवन दर्ता ,सडकबत्ति सम्बन्धी ठेक्का रद्ध गर्ने,बिज्ञापन कर सम्बन्धी ठेक्का सम्झौता नविकरण,टेन्डर आव्हान भई ठेक्कामा नगएका नदिजन्य पदार्थको पुनः ठेक्का गर्ने विषयमा निर्णय हुनेछ ।
यस्तै दलित सशक्तिकरण ऐन,२०७९ को संशोधन,आपतकालिन अवस्थाका बालवालिका कार्यक्रम अन्तर्गत स्वीकृत वजेट दिदिघर संस्थासंग सम्झौता गर्ने लगायतका १६ वटा एजेन्डामा छलफल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यान आगलागी घटनामा तुलसीपुर चेम्बरको दुःख व्यक्त

   माघ २७, २०८१       admin

दाङ,२७ माघ। तुलसीपुर चेम्बर अफ कमर्सले सल्यानमा सञ्चालन भइरहेको महोत्सवमा भएको आगलागीको घटना प्रति दुःख व्यक्त गरेको छ।

चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गा शर्माले एक विज्ञप्ति जारी गर्दै महोत्सवमा आगलागी हुनु दुःखद भएको भन्दै घटनाको सत्य तथ्यको पत्ता लगाइ ,सत्यता खोजिनु पर्ने उल्लेख गरेका छन ।

महोत्सव सुरु भएको आठौं दिन राति ब्यबसायिक स्टलहरुमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट हुनुले समग्र व्यावसायिहरुमा क्षेति पुर्याएको छ विज्ञप्तमा भनिएको छ ।

आगलागीको कारण खोजि ब्यबसयिलाई न्याय गर्न आग्रह गर्दछौ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सल्यान महोत्सवमा आगलागी,सबै जलेर ध्वस्त

   माघ २७, २०८१       admin

सल्यान,२७ माघ। सल्यानमा जारी दोस्रो बृहत महोत्सवमा भीषण आगलागी भएको छ। महोत्सव सुरु भएको आठौं दिन राति अचानक आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको छ।

१८ गतेबाट सञ्चालनमा आएको महोत्सवमा हिजो राति लागेको आगोले विभिन्न व्यवसायिक स्टल, उपकरण, र सामग्री पूर्ण रूपमा नष्ट गरेको छ। आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ।

आगलागीले ठूलो मात्रामा आर्थिक क्षति पुर्याएपछि स्थानीय व्यापारीहरू उचित क्षतिपूर्तिको माग गरिरहेका छन्। उनीहरूले महोत्सव व्यवस्थापन पक्षले आवश्यक सुरक्षा सतर्कता नअपनाएको आरोप लगाउँदै पीडित व्यवसायीहरूको राहतका लागि पहल गर्न आग्रह गरेका छन्।


दमकल, सुरक्षाकर्मी, र स्थानीयबासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइए पनि ठूलो मात्रामा धनमाल नष्ट भएको छ। महोत्सव आयोजक तथा स्थानीय प्रशासनले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वडा नं ६ ले चुम्यो सर्वाधिक राशिको अध्यक्ष कप फुटबलको उपाधी

   माघ २५, २०८१       admin

लक्ष्मण बस्नेत,२५ माघ। दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा न ८ लाई ४-० गोल ले पराजित गर्दै वडा न ६ ले उपाधी जितेको हो ।


खेलमा आफ्नो दबदबाह प्रस्तुत गरेको वडा न ६ ले उपाधी संगै नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड हात पार्‍यो ।फाईनलमा हार ब्यहोरेको वडा न ८ उपबिजेतामा सिमित रहदै नगद १ लाख ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।


प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी वडा न ६ का हरिहर बुढामगर भए । उनले नगद ८ हजार तथा ट्रफी हात पारे ।

त्यस्तै वेष्ट डिफेन्स वडा न ६ का एलिस रसाईलि,हाई स्कोरर वडा न ६ सागर गन्धर्व,वेष्ट किप्पर वडा न ६ कै प्रतीक सेर्पाईली,वेष्ट मिड फिल्डर वडा न ८ का राज बहादुर बस्नेत,बेष्ट कोच वडा न ६ का कमल लामिछाने भए । उत्कृष्ट सबैलाई जनही ५ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ मन्त्री माननीय धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र वडा न १८ का अध्यक्ष तथा नगर प्रवक्ता माधव वलिको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन नानी मैयाँ केसि वलि ले गर्नु भएको थियो ।

माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

   माघ २३, २०८१       admin

दाङ,२३ माघ । तुलसीपुरमा किशोरीहरूको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा आज किशोरीहरुलाई खोप लगाइएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत ८ सय २४ जना किशोरीलाई खोप प्रदान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख वसन्त आचार्यले जानकारी दिए।।

उनका अनुसारगोलौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा सञ्चालन भएको खोप अभियान भोलि पनि जारी रहनेछ। हिमाल, आदर्श, डीभाइन, शिखा र राप्ती बाल एकेडेमीका छात्राहरुलाई खोप दिइने योजना रहेको स्वास्थ्य सेवा केन्द्रले जनाएको छ।

एचपीभी खोप सर्वाइकल क्यान्सर जस्तो गम्भीर रोगको रोकथामका लागि प्रभावकारी मानिन्छ। यस अभियानले किशोरीहरूलाई सुरक्षित भविष्य निर्माणमा टेवा पुर्‍याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा लैंगिक समानता नीति कार्यान्वयनमा जोड

   माघ २३, २०८१       admin

दाङ, २३ माघ । लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता नीति, २०८० कार्यान्वयनमा ल्याएको छ। नीति प्रभावकारी बनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले आधारभूत तहसम्म कार्यक्रम पुर्‍याउने आवश्यकतामा जोड दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न निर्देशक समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति कार्यान्वयनलाई तथ्य र प्रमाणमा आधारित राख्दै समस्या भएका क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए।

“समाजमा अझै असमानताहरू छन्। ती हटाउन नीतिको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। लैंगिक समानता र सामाजिक न्याय स्थापित गर्न प्रदेश सरकारले अघि बढाएका कार्यक्रमलाई बलियो बनाउनुपर्छ,” मुख्यमन्त्री आचार्यले भने।

लैङ्गिक समानता नीतिले महिला, बालबालिका, तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण, र सशक्तिकरणलाई प्राथमिकता दिएको छ।लैङ्गिक हिंसा रोकथाममा पुरुष सहभागिता वृद्धि,महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम सञ्चालन
,निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई एक प्रतिशत आरक्षण,सामाजिक न्याय र समताको प्रवर्द्धन जस्ता लैङ्गिक समानतायुक्त समाज निर्माण गर्ने दीर्घकालीन सोचका आधारमा नीति तयार पारिएको छ।

प्रदेशका सबै तहमा लैङ्गिक समानता सुनिश्चित गर्दै सामाजिक तथा आर्थिक रुपान्तरणको आधार निर्माण गर्नु नीति कार्यान्वयनको मुख्य लक्ष्य रहेको मुख्यमन्त्री आचार्यले बताए।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नीति कार्यान्वयनका लागि दातृ निकाय तथा संघसंस्थाहरूलाई प्राथमिकताका क्षेत्रमा कार्यक्रम केन्द्रित गर्न सुझाव दिएका छन् ।

“समुदायमा के समस्या छ, त्यसको पहिचान गरेर समाधानमुखी कार्यक्रम बनाइनेछ। समतामूलक समाज निर्माण सबैको साझा विषय हो,” मन्त्री तिमिल्सिनाले भने।

समन्वय समितिको गठन

निर्देशक समितिको प्रथम बैठकले नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन समन्वय तथा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले प्रदेशभर लैङ्गिक समानता प्रवर्द्धनका लागि समन्वयकारी नीति अवलम्बन गर्ने,स्थानीय तहमा समन्वय तथा सहजीकरण समिति गठन गर्ने,सम्बन्धित मन्त्रालय, विकास साझेदार, नागरिक समाज, र सरोकारवालाबीच समन्वय गर्दै नीति कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

नीति कार्यान्वयनपछि लुम्बिनी प्रदेशमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन हुने अपेक्षा गरिएको मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस सभापति देउवा दाङ आउदै: थारु समुदायलाई सम्बोधन गर्ने

   माघ २२, २०८१       admin

दाङ,२२ माघ । काँग्रेस सभापति शेरबहादुर देउवा दाङ आउने भएका छन । देशभरका थारुहरु दाङमा जम्मा हुने भए पछि सम्बोधन गर्न देउवा दाङ आउन लागेका हुन ।

मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि गरिने भएको छ ।

मटावाँ, बरघर, भलमन्सा संघका केन्द्रीय अध्यक्ष एवं लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको हो । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना हुन लागेको हो ।

महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उनकाे भनाई छ ।यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारु लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ ।

थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिए।

सोहीअनुसार थारु भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरु, थारु हस्तकला लगायत विक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताए ।

महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन्। 

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजाराैं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायकाे उपस्थिति रहनेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा फागुन १ गतेदेखि महोत्सव संचालन हुने

   माघ २०, २०८१       admin

दाङ, २० माघ । दाङको तुलसीपुर महोत्सव हुने भएको छ ।   तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । 

चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन  प्रबर्द्धन  र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी गराएको छ । तुलसीपुर चेम्बर अफ कमर्स का अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको आफ्नै भवन निर्माणार्थ आगामी फागुनमा महोत्सव लगाउन लागिएको बताए । महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन हुन लागेको हो । स्थानीय वस्तुको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको उन्ले  बताए । 

अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ । 
यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने आयोजकले जनाएको छ । 
महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने र विद्यार्थीलाई ५० रुपैया तोकिएको छ । चेम्बरले तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाएर महोत्सव संचालनको अनुमति लिएको हो । महोत्सवमा स्थानीय व्यवसायीलाई २० प्रतिशत छुटमा स्टल दिइने छ । 

तुलसीपुर उपमहानगरपालिकाले महोत्सव संचालन अनुमतिका लागि लिने राजश्वमा आगामी दिनमा कमि गराउन नहुने अध्यक्ष भण्डारीले बताए । वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गा प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष टोप बहादुर घर्ती लगायतकाले धारणाअ राखेका थिए । भने पत्रकारहरुले महोत्सवको बारेमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा वितरण

   माघ १८, २०८१       admin

दाङ,१८ माघ। तुलसीपुरमा कुपोषित बालबालिकालाई पोषणयुक्त आहारा प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा कुपोषित बालबालिकालाई लक्षित गर्दै पोषणयुक्त आहारा वितरण गरिएको हो।

अजरबैजान दूतावासको आर्थिक सहयोग, सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

वितरण कार्यक्रममा २ वर्ष मुनिका कुपोषित बालबालिका र तिनका आमाहरूलाई पोषणयुक्त सामग्री प्रदान गरिएको थियो। स्वास्थ्य चौकी इन्चार्ज यज्ञ बहादुर डाँगीले पोषणयुक्त आहाराको महत्त्वबारे जानकारी गराउँदै स्थानीय सरकारले गर्नुपर्ने कार्य संस्थाले अगाडि बढाएको भन्दै उच्च मूल्यांकन गरेका थिए।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका बुद्धी बालिका बस्नेतले बालबालिकालाई कसरी पोषणयुक्त खाना खुवाउने, पकाउने विधि, मात्रा निर्धारणलगायत विषयमा प्रशिक्षण दिइन्। साथै, उनले यस्तो सहयोग निरन्तर हुनुपर्नेमा जोड दिँदै बालबालिकाका आमाहरुलाई कुनै समस्या भए निर्धक्कसँग सम्पर्क गर्न अनुरोध गरिन्।

संस्थाका कोषाध्यक्ष प्रकाश के.सी. र कर्मचारी आशिष कार्कीले आफ्ना महत्त्वपूर्ण सुझाव राखेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव केउलापति चौधरीले गरेकी थिइन्।

स्थानीय समुदायका सदस्यहरूले यस्तो कार्यक्रमले कुपोषण घटाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology