शहीदहरूको सम्झनामा तुलसीपुर जेसिजको दीप प्रज्वलन

   माघ १६, २०८१       admin

दाङ,१६ माघ। तुलसीपुर नगर जेसीजले शहीदहरूको सम्मान र सम्झनामा दीप प्रज्वलन गरेको छ।

तुलसीपुर नगर जेसिजका कार्यबाहक अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरी सहित दिवस मनाएको हो।

दीप प्रज्वलन कार्यक्रममा डाक्टर खत्रीले सपना देखेर आहुति दिएका शहीदहरूको सपना पूरा गर्नुपर्ने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताएका थिए। उनले सहितका परिवारलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।

सपना देखेर आहुती दिएका सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताए। उनले सहिदका परिवारलाई उचित सम्मान दिनुपर्नेमा जोड दिए।

पछिल्लो समय दुर्घटनामा परि मृत्यु भएका अकालमा ज्यान गुमाएका व्यक्तिहरूलाई पनि सहितको नाम दिएर सहिद घोषणा गरिनुले वास्तविक सहिदहरूप्रति अपमान भएको बताएका थिए।

जेसिजका पूर्व अध्यक्ष शालिकराम ओलीले सहिदहरूको योगदान स्मरण गर्दै, “सहिदहरूको सम्मानमा कति काम भयो? कति सपना साकार भए? राजनीतिक नेतृत्वले के गर्यो? कसले कति भूमिका खेल्यो?” भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताएका थिए।

निवर्तमान अध्यक्ष पूर्ण विक्रम डाँगीले सहिदहरूको बलिदानबारे चर्चा गर्दै, उनीहरूको योगदान भुल्न नहुने बताए।

कानुनी सल्लाहकार सुरज भण्डारीले ‘जेसीज आस्था पाठ’ प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक धिरज बस्नेतले स्वागत मन्तव्य राख्दै सहिद परिवारप्रति समवेदना प्रकट गरे। कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले सहिदहरूको योगदानको कदर गर्दै उनीहरूको सपना पूरा गर्न सबै तहबाट पहल आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रोकियो कुम्भमेलाको ‘अमृत स्नान’: भागदौडमा १४ जनाको मृत्यु

   माघ १६, २०८१       admin

एजेन्सी । भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति साढे १ बजेतिर अचानक भागदौड मच्चिँदा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। प्रशासनले अहिलेसम्म मृतक र घाइतेबारे स्पष्ट जानकारी दिएको छैन।

यद्यपि १४ जनाको शव पोष्टमार्टमका लागि स्थानीय स्वरूपरानी अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यम ‘दैनिक भास्कर’ले जनाएको छ। भागदौडका क्रममा केही महिलाहरु लडेको र उनीहरूलाई भिडले कुल्चिँदा मृत्यु भएको हो। घटनापछि आज औंशीका लागि १३ स्थानमा जारी अमृत स्नान रद्ध गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमृत स्नान रद्द गरिएको बताइएको छ।

मानिसहरूलाई संगम क्षेत्रमा लगाइएको छेकावार हटाइएको छ। यद्यपि अहिले पनि संगम तटमा मानिसहरुको लामो ताँती रहेको आजतकले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्री योगीले एक अपिल जारी गर्दै गंगाको नजिकै घाटमा स्नान गर्न र संगम क्षेत्रमा नजान आग्रह गरेका छन्। कुनै अफवाहको पछि नलाग्न र प्रशासनले गरेको अपिलमा ध्यान दिन पनि उनले भनेका छन्।

जनवरी १३ मा भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड मानिसले गंगामा डुबुल्की मारेको बताइएको छ। बुधबार औँसीका दिन १० करोड भन्दा बढी श्रद्धालु त्यहाँ पुग्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रेस सेन्टरको स्थापना दिवसमा दीप प्रज्वलन

   माघ १५, २०८१       admin

तुलसीपुर, १५ माघ। प्रेस सेन्टर नेपालको २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ ।

कार्यक्रम शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्यको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि आचार्यले प्रेस सेन्टरले अन्यायविरुद्ध आवाज उठाउँदै सत्य र न्यायको पक्षमा कलम चलाउँनु पर्ने बताए।

उनले प्रेस सेन्टरले दबिएका वर्ग र समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाएर समाजमा न्याय स्थापना गर्न महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे।

कार्यक्रमका लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले प्रेस सेन्टरले आवाज विहीनहरूको आवाज बन्ने काम गर्दै आएको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको बताए।

प्रेस सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले प्रेस सेन्टरले दबिएका आवाजलाई बुलन्द गर्ने कार्य निरन्तर गरिरहेको बताए ।

कार्यक्रममा पार्टीका दाङ जिल्ला संयोजक हरिमान पुन ‘वरुण’, प्रदेश कमिटी सदस्य प्रेमराज ओली ‘प्रभात’, खुसीराम चौधरी, ईश्वरी पाण्डेलगायतकाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बालअभियन्ताहरूसँग मुख्यमन्त्री आचार्य: आवश्यक परे कानुन परिमार्जन गर्ने प्रतिबद्धता

   माघ १४, २०८१       admin

दाङ,१४ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह विरुद्धको अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेशलाइ बाल विवाहमुक्त बनाउने उदेश्यका साथ सरकार लागिपरेको बताउदै उनले आवश्यक परे निति र कानुनलाइ परिमार्जन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। बाल विवाह मुक्त नेपाल बनाउने अभियानका बालबालिकाहरुसंगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

प्रदेशलाइ सबै मिलेर बालविवाह मुक्त बनाउनुपर्ने भन्दै यसको सहजीकरणका लागि बाधक बन्ने नितिहरुलाइ परिमार्जन गरेर भएपनी यो अभियान सफल बनाउनुपर्ने बताए।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले बाल विवाहलाई सामाजिक समस्या र कानूनी अपराधको रूपमा परिभाषित गर्दै यसले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, र सर्वाङ्गीण विकासमा बाधा पु¥याएको उल्लेख गरे।

उनले सामाजिक चेतना अभिवृद्धिका लागि अभियान चलाउनु जरुरी रहेको बताउदै उनले भने- “बाल विवाह अन्त्यका लागि सरकार सबै किसिमले प्रतिबद्ध छ। बाल विवाहका कारण बालबालिकाको विकासमा अवरोध सिर्जना भएकोले यसलाई समाप्त पार्न नीति, कार्यक्रम, र कानुनी सुधारका माध्यमबाट अघि बढ्नुपर्छ।”

लुम्बिनी प्रदेश सरकारको हालैको तथ्याङ्कअनुसार प्रदेशमा १४.६ प्रतिशत बाल विवाह कायम रहेको छ, जसमा महिलाको २१.८ प्रतिशत र पुरुषको ५.५ प्रतिशत रहेको उल्लेख छ।

बाल विवाहका कारण मातृ मृत्युदर, शिशु मृत्युदर, र कुपोषण जस्ता गम्भीर समस्याहरू देखिएकोले प्रदेश सरकारले यस समस्याको समाधानका लागि पोषण कार्यक्रमसहितका विविध पहलहरूलाई प्राथमिकतामा राखेको छ।

यस्तै, मुख्यमन्त्री आचार्यले बाँके र बर्दिया जिल्लामा बसोबास गर्दै आएको चिडिमार समुदायलाई सिमान्तकृत र अल्पसंख्यकको रूपमा सूचीकरण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए।

२०७८ सालमा लुम्बिनी प्रदेश सरकारले बाल विवाह मुक्त प्रदेश निर्माणका लागि दशवर्षे रणनीतिक योजना सार्वजनिक गरेको थियो। सोही योजनाअन्तर्गत स्थानीय तहका नीति नियम निर्माण गरी कार्यान्वयनमा लैजाने सरकारको तयारी रहेको मुख्यमन्त्रीले जानकारी दिए।

कार्यक्रममा मुख्यमन्त्री आचार्य, प्रमुख सचिव वावुराम अधिकारीलगायतले बाल विवाह विरुद्धको अभियानलाई समर्थन गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।

सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यसहित सुरु भएको यो अभियान अहिले विश्वका ३९ देशमा सञ्चालनमा रहेको छ। नेपालमा ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’ र ‘बेस नेपाल’ संस्थाले यस अभियानलाई अघि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

   माघ १२, २०८१       admin

दाङ,१२ माघ। तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरूले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। ज्ञानज्योति फाउन्डेसन अन्तर्गत सञ्चालनमा रहेको ज्ञानदिप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका हुन्।

उनीहरूले सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ दहवनमा रहेको श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् ।

भगवती माभिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा ज्ञानज्योति कलेजका एकेडेमी कोर्डिनेटर शरद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विद्यार्थीहरूले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा एकेडेमिक कोर्डिनेटर गौतमले विद्यालयले विभिन्न समयमा विकट क्षेत्रमा रहेका विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गर्दै आएको बताए

विद्यार्थीहरूद्वारा प्रदान गरिएको शैक्षिक सामग्रीले विद्यालयमा रहेका विद्यार्थीहरूको शिक्षा सिकाई तथा खेलक्षेत्रमा सहयोगी बनोस् भन्ने उद्देश्य लिएको उनको भनाइ थियो ।

अध्यक्ष खड्काले दाङबाट रोल्पासम्म आएर विद्यार्थीहरूका लागि विभिन्न सामग्रीहरू प्रदान गरेकोमा विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे । साथै यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष ओम प्रकाश थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रकला रोका, उप प्राध्यापक रमेश नकाल लगायतले मन्तव्य राखेका थिए ।

भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ज्ञान ज्योति कलेजका प्राध्यापक सन्तोष केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लेखापढी कानुन व्यवसायी इकाई समितिको साधारणसभा

   माघ ११, २०८१       admin

दाङ,११ माघ ।नेपाल लेखापढी कानुन व्यवसायी इकाई समिति तुलसीपुरको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता र नेपाल लेखापढी कानुन व्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन केसीको प्रमुख आतिथ्य रहेको थियो।

साधारण सभामा प्रमुख अतिथि केसीले लेखापढी कानुन व्यवसायीहरूलाई ‘बिचौलिया’को रूपमा हेरिएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरूको गरिमा रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले लेखापढी व्यवसायीहरूले कालो कोट लगाउन पाउने सर्वोच्च अदालतको निर्णयको कार्यान्वयन गर्न आग्रह गरे।

मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खड्काले मालपोत कार्यालयका कामलाई सहज बनाउन लेखापढी व्यवसायीहरूले सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले सरकारका कानूनबमोजिम मालपोत कार्यालयले सेवा प्रदान गरिरहेको बताए।

कार्यक्रममा इकाई समितिका ज्येष्ठ सदस्य शेवकराम आचार्यलाई सम्मान गरिएको थियो। त्यस्तै, इकाई समिति घोराहीका अध्यक्ष पर्शुराम डाँगी, इकाई समिति लमहीका अध्यक्ष धुप नारायण चौधरी, केन्द्र प्रचार विभाग प्रमुख नेप बहादुर वली, र केन्द्रिय लेखा संयोजक दोर्ण प्रसाद आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण इकाई समिति तुलसीपुरका सचिव कालिबहादुर चौधरीले गरेका थिए। सभाको बन्द सत्रले सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गरिने जानकारी सभाले दिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२ सय ५६ किलो गाँजासहित एक भारतीय पक्राउ

   माघ ०, २०८१       admin

नवलपरासी,९ माघ। पूर्वी नवलपरासीमा सशस्त्र प्रहरीले २ क्विन्टल ५६ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका(१० पितौजीबाट भारतीय सवारी साधनमा गाँजा लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म पितौजीका डीएसपी विनोद कार्कीका अनुसार भारतीय नम्बर प्लेट जे एच ०२यु ७०५० नम्बरको ट्रकमा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।

गाँजासहित पक्राउ पर्नेमा सोही ट्रकका चालक भारत उत्तर प्रदेश अलिगढका ४० वर्षका पुस्कल यादव रहेका छ्न् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मातहतका प्रहरीलाई समसामयिक विषयमा निर्देशन

   माघ ०, २०८१       admin

दाङ,९ माघ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले प्रहरी प्रमुखहरूलाई समय सापेक्ष निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिएका हुन्।

कन्फेरेन्समा लुम्बिनी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, र लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुव्र्यसन नियन्त्रण, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रणजस्ता महत्त्वपूर्ण मुद्दामा प्रहरीको सक्रियता र प्रतिबद्धता आवश्यक रहेको बताए।

उनले अपराध न्यूनीकरणका लागि सामुदायिक प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने, लागू औषध नियन्त्रणमा विशेष ध्यान दिने, र सीमा क्षेत्रमा भन्सार छली तथा तस्करी रोक्न सघन अनुगमनको आवश्यकता रहेकोमा जोड दिएका थिए।

प्रहरी कार्यालयहरूले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षा सुनिश्चित गर्न प्रभावकारी योजनाहरू अवलम्बन गर्नुपर्ने र नागरिकको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको निर्देशन रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्ष आचार्यमाथि हतियार प्रहार

   माघ ०८, २०८१       admin

दाङ,८ माघ । तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्ष दोर्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ।

तुलसीपुर-३ राम्रीस्थित आफ्नै होटलमा रहेका बेला दुई व्यक्तिले धारिलो हतियार (ग्रासी) प्रहार गरी आचार्यमाथि आक्रमण गरेका थिए। घटनामा आचार्य गम्भीर घाइते भएका छन् र उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनका साढुभाईलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत विवादका कारण आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। आचार्यको स्वास्थ्य अवस्था र घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

विद्यार्थीलाई मानवीय सेवामा प्रेरित गर्दै सगरमाथा

   माघ ०८, २०८१       admin

दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव सेवा आश्रम तुलसीपुरमा लगेको थियो। तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवा र समाजसेवाको बारेमा जानकारी गराएको विद्यालयले बताएको छ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई आश्रममा सहभागी थिए। उनीहरूले आश्रममा आश्रित करिब ६० जना सहारा विहिन व्यक्तिहरूलाई बिहानको खाजा समेत खुवाएका थिए।

विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाका अनुसार, विद्यार्थीहरूलाई मानव सेवामा संलग्न गराउन यो कार्यक्रम आयोजना गरिएको हो। “समाजप्रतिको सकारात्मक दृष्टिकोण र सहयोगी भावना विकास गराउन यो कार्यक्रम प्रभावकारी बनाउने हाम्रो प्रयास हो,” उनले भने।

कक्षा १० का विद्यार्थी सम्राट चौधरीले खाजा खर्च कटौती गरेर सेवामा सहभागी हुन पाउँदा खुसी लागेको बताए। “हामीले सेवा गर्न पाउँदा सन्तोषको अनुभूति गरेका छौं,” उनले भने।

विद्यालयका प्रिन्सिपल छविकुमार ओलीले मानवताको सेवा जीवनको सर्वोत्तम उपलब्धि भएको बताए। “विद्यार्थीलाई यस्तो पुनित कार्यमा सहभागी गराउन पाउँदा गर्व लागेको छ,” उनले भने।

विद्यालयका एकाडेमिक हेड तिलक डाँगीका अनुसार, पछिल्लो समय बालबालिकाहरूमा समाजसेवाको भावना कम हुँदै गएको अवस्थामा यस प्रकारका कार्यक्रमले उनीहरूमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology