राष्ट्रपति र सभामुखबीच भेटवार्ता

   मङि्सर ०७, २०८१       admin

काठमाडौँ, ७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस ९आइपिटिपी० को ११औँ प्लेनरी सेसनमा भाग लिन जान त्यसतर्फ जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टिकटक आधिकारिक रुपमा दर्ता

   कार्तिक २१, २०८१       admin

काठमाडौँ,२१ कार्तिक । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता भएको हो।

सामाजिक विकृति फैल्याएको भन्दै नेपालमा बन्द गरिएको टिकटक खोलिएको केही समयपछि टिकटक अब भने आधिकारिक रुपमै दर्ता भएको छ। जसलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक गरिएको प्रवक्ता ठाकुरले जनाएका छन्।

गत वर्ष कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको थियो। त्यसपछि गत भदौ ६ गते बन्द गरिएको टिकटक खुलाइएको थियो। हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रशिक्षण पाठ्यक्रम परिमार्जन गर्दै कांग्रेस

   कार्तिक २०, २०८१       admin

काठमाडौँ,२० कार्तिक । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । कांग्रेसले हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेको भन्दै पाँच सदस्यीय उपसमिति गठन गरेको जनाएको छ ।

प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा। सुरेश आचार्यको संयोजकत्वमा डा। जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीले प्रशिक्षण सामग्री नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार गर्दै आएको छ । कात्तिक २६ गतेभित्र उपसमितिलाई प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सूचना आयोगका पदाधिकारी सिफारिस

   कार्तिक २०, २०८१       admin

काठमाडौं,२० कार्तिक । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्य सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले आचार्यलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

यसअघिका आयोग पदाधिकारीको कार्यकाल सकिनुअघि नयाँ सिफारिस गर्ने क्रममा आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।

आचार्य नेपाली कांग्रेसको प्रचार प्रसार विभाग तथा नीति प्रतिष्ठानको सदस्य सचिव भइसकेका छन् ।

त्यस्तै आयुक्तमा सिफारिस भएका गगन विष्ट नेकपा एमाले प्रचार विभाग सचिव हुन् । दुर्गा भण्डारी पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिलको अध्यक्ष नियुक्त भएर अदालतको आदेशबाट पदबहाल हुन पाएकी थिइनन् । भण्डारी एमाले पनि एमाले निकट हुन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घाइते युवाको मृत्युपछि अस्पताल अगाडि प्रदर्शन

   कार्तिक १, २०८१       admin

बांके,१९ कार्तिक । सडक दुर्घटनामा परी घाइते भएका युवाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन्। सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी अस्पतालअगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन्।

नेपालगन्जको बसपार्कस्थित बाइपासरोडमा आइतबार साँझ भे ६ प ८०२ र भे ३ प ७१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जका २६ वर्षीय अमन कसौधन (गुप्ता)को मृत्यु भएको थियो । नेपालगन्जकै एहसान शेष घाइते भएका थिए।

घाइते शेष भेरी अस्पतालबाट सम्पर्कविहीन भएपछि मृतकका आफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन्।

घाइते शेष भेरी अस्पताल पुगेका थिए। चिकित्सकले सिटी स्क्यान गर्न पठाएका थिए। सिटी स्क्यान गर्न बाहिर निस्केका शेष सम्पर्कविहीन भएका थिए। केहीले उनी भारतमा उपचार गर्न गएको बताएका छन्।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शेषलाई खोजेर ल्याउने प्रतिबद्धता गरेपछि टायर बाल्न बन्द गरिएको छ। पीडित पक्षले शेषलाई नल्याउँदासम्म आन्दोलन जारी रहने बताएका छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालगञ्जबाट रुकुम जाँदै गरेको गाडीमा आगलागी

   कार्तिक १४, २०८१       admin

सल्यान, १४ कार्तिक । नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको गाडिमा एक्कासी आगलागी भएको छ । भे १ ख ३७५० नम्बरको गाडि गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो ।

बुधबार बेलुका ६ बजेको समयमा सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ चारखोला नजिकै पुगेको समयमा गाडिमा आगलागी भएको थियो । आगोले गाडी जलेर पूर्ण रूपमा नष्ट भएको छ।

गाडिमा सवार २९ जना यात्रु भने सकुशल बाहिर निस्किन सफल भएका छन् । तर यात्रुहरुको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

   कार्तिक १४, २०८१       admin

काठमाडौं,१४ कार्तिक। यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा बुधबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ४ मिनेटको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ ।

विशेषत ट्रेलरले फिल्मले पहाडी–मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ । फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आज काग तिहार

   कार्तिक १४, २०८१       admin

काठमाडौ,१४ कार्तिक। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बुधबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बुधबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिले जानकारी दिएको छ । समितिले यमदीपदान पनि आजै शुरु हुने जानकारी दिएको छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा “मिसिङः केटी हराएको सूचना”को प्रमोसन सुरु

   कार्तिक १३, २०८१       admin


दाङ १३, कार्तिक । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचारप्रसार सुरु भएको छ । यही क्रममा दाङका दर्शकलाई लक्षित गर्दै अटोबाट फिल्मको प्रमोसन सुरु गरिएको छ ।

त्यहाँका ५० वटा अटोमा फिल्मको पोस्टर टाँसेर प्रचारप्रसार सुरु गरिएको छ । स्थानीयका अनुसार ती अटोहरु दाङका भित्री भूभागमा समेत पुग्ने भएकाले स्थानीय प्रमोसनका लागि अटो प्रयोग गरिएको हो । प्रमोसनका लागि अटोको पछाडिको भागमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको तस्वीरसहितको पोस्टर टाँसिएका छन् ।


निर्माण पक्षका अनुसार उपत्यका बाहिरका अन्य स्थानमा पनि स्थानीय प्रमोसनलाई तिब्रता दिइनेछ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

   कार्तिक १३, २०८१       admin

पाल्पा,१३ कार्तिक । पाल्पाको अहाखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाल्पाको रम्भा गाउँपालिका -३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन । उपरीक्षक मल्लका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ निवासी २३ वर्षीय भुवन सिंह राना रहेका छन।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक अनियन्त्रित सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिदा राना घाईत भएको प्रहरीले बताएको छ।

ट्रक सोमबार राति ११ बजे दुर्घटना भएको थियो। घाइते रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको थियो।

रानाले चलाएको ट्रकले ठक्कर दिदा ना १ क ७१२१ नम्बरको ट्रकका सहचालक स्याङ्जा बालिङ नगरपालिका १० का २१ वर्षिय सन्जित खवास थापा घाइते भएका छन भने चालक बालिङ ९ का ५६ वर्षिय गुप्त बहादुर गुरुङ सकुशल रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology