दाङ, १३ कार्तिक ।यतिबेला दाङको घोराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् । कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रूपमा उतार्न उनीहरुलाई भ्याइनभ्याइ भएको छ । प्रयोगात्मक कक्षालाई अझ प्रभावकारी बनाउन विद्यार्थीहरू लागि परेका छन् ।
आज मङ्गलबार विहान विद्यालयले पत्रकार सम्मेलन गरी विद्यार्थीले पछिल्लो समयमा निर्माण गरेका वैज्ञानिक उपकरणका बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा विद्यालयले विद्यार्थीहरुले पछिल्लो समयमा निर्माण गरेका हवाइजहाज, ड्रोन र पानी जहाजका विषयमा जानकारी गराएको छ ।
एक हप्तामा विद्यार्थीहरूले निर्माण गरेका हवाइजहाज, ड्रोन र पानी जहाजलाई प्रयोगात्मक रूपमा पनि परीक्षण समेत गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य अन्तर्गत हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गरेको विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेले जानकारी गराए । ‘हामीले सैद्धान्तिक पक्षलाई बढीभन्दा बढी प्रयोगात्मक कार्यसँग जोड्दै लैजाने गरेका छौँ । सैद्धान्तिक पक्षको अध्ययनलाई प्रयोगात्मक कक्षाले सिकाइमा सहज गराउँदछ ।
योसँगै बालबालिकाभित्र रहेका अन्तर्निहित क्षमतालाई विकास र विस्तार गर्न प्रयोगात्मक कक्षाले सहयोग पु¥याउँदछ । त्यसै अनुरुप पछिल्लो पटक परियोजना कार्य अन्तर्गत कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गरेका छन् । छोटो अवधिभित्र विद्यार्थीले यस्ता उपकरण निर्माण गर्न सफल भएका छन् । आगामी दिनमा विद्यालयले यस्ता कार्यलाई निरन्तरता दिँद लैजाने योजना बनाएको छ ।’ प्रिन्सिपल बिकेले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले साना उमेरका बालबालिकाले उच्च तहको काम गरेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हेर्दा साधारण तर असाधारण कार्यमा विद्यार्थीहरु दक्ष हुँदै गएको पाएँ । पछिल्लो समयमा बालबालिका विज्ञान र प्रविधिका जानकार हुँदै आएका छन् अझ विद्यालयले बालबालिकालाई यस्ता कार्यमा लगाउनाले सिर्जनात्मक क्षमता बढ्दै जानेमा विश्वास लागेको छ । हामीले बालबालिकालाई रचनात्मक तथा सिर्जनात्मक काममा तल्लीन राख्न सकेमा बालबालिकाको चौतर्फी विकास हुन्छ । यसमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ ।’
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पछिल्लो पुस्ताले विज्ञान र प्रविधिलाई प्रभावकारी रुपमा अनुशरण गर्दै जान थालेको बताए । पोख्रेलले भने, ‘ हामीले हवाइजहाज आकाशमा उड्छ भनेर पढ्यौँ तर अहिलेको पुस्ताले कसरी उड्छ मात्र होइन उड्न सक्ने हवाइजहाज निर्माण गर्न थालेका छन् ।
पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अब्बल हुनुपर्छ र अघिल्लो पूसताले पछिल्लो पुस्तालाई अब्बल बनाउने कर्तव्य बहन गर्नुका साथै वातावरण सिर्जना गर्नुपर्छ । पछिल्लो पुस्तालाई कस्तो बनाउने भन्नेमा विद्यालयको अझ बढी जिम्मेवारी हुन्छ, आज विद्यार्थीहरुको यो सिप र क्षमतालाई हेर्दा यस विद्यालयले त्यस खालको वातावरण सिर्जना गरेको छ ।’ उनले थपे, ‘यी भाइबहिनीहरुमा यस्तो इच्छाशक्ति कहिले नमरोस् विद्यालयले सधै यसमा सकारात्मक भूमिका निर्वाह गरोस् । आगामी दिनमा अझ थप उपकरण निर्माण होऊन् ।’
हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गर्दाको अनुभव र कसरी निर्माण गरियो भन्ने बारेमा कक्षा ९ का छात्र बिप्सन जोशी, कक्षा ८ का छात्र अर्नव चौबे र कक्षा ८ की छात्रा सम्भावना वलीले जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रिन्सिपल टीकाजंग बिकेले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत बर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरु संग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिए ।
संघीय सरकारले वित्तिय समानिकरण अनुदान नपठाउदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे ।‘संघीय सरकारले पठाउनुपर्ने अनुदान पठाएन । त्यसले भुक्तानीको दायित्व थप्यो । त्यसमा पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा पनि अप्ठ्यारो भएको हो,उनले भने‘सरकारले बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिसकेको छ । समस्या भएको भनिएको साल वसाली र सम्पन्न भएक योजनाको हो ।’
निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने बारेमा समेत स्पष्ट पार्नु भएको छ । संघीय सरकारले गत बर्ष दुई अर्ब १० करोड समानिकरण अनुदान नपठाउदा समस्या परेको छ । योजना कार्यान्वयन गरेको आधारमा जेठ महिना भित्र भुक्तानी लिन समेत आग्रह गरे ।‘काम सम्पन्न गर्नु भएको छ । तर, भुक्तानी लिन किन असार २५ गतेनै कुनुप¥यो ?’ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरु समाधान गर्नेगरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउदै छिटो भुक्तानीको लागि आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरु संग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, कृष्ण पौडेल लगायतले छलफल गरेका थिए।
प्रदेश प्रयोगशाला निर्माण
लुम्बिनी प्रदेशमा निर्माण सामाग्रीको गुणस्तरीय परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकार र निर्माण व्यवसायसीको संयुक्त लगानीमा प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशाला सरकारी र निजि क्षेत्रको साझेदारीमा सञ्चालनको योजना बनाइएको छ ।
निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रदेश स्तरीय प्रयोगशाला भालुबाङमा स्थापना गरिएको छ । जसमा प्रदेश सरकारको एक करोड र निर्माण व्यवसायी महासंघको ९० लाख लगानी छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिक सिरखोलामा जिप दुर्घटनामा परेको छ । सल्यानबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ८२२ नम्बर को डवल क्याप जिप आज विहान सडक देखि ३ सय मिटर तल खसेर दुर्घटनामा परेको ईप्रका तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा जिप चालक दंगिशरण ४ बैबाङ बस्ने बर्ष २२ को हिरामणी बुढामगर र सल्यान कपुरकोट ६ बस्ने बर्ष १९ सुरेश खड्काको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सल्यान कपुरकोट ६ बस्ने बर्ष ३१ कि देवा वली, निजको छोराहरु बर्ष १३ को महेश वली र बर्ष १० को जिवन वली घाईते भएका छन । उनिहरुलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाई छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ कार्तिक । राप्ती राजमार्ग अन्तर्गत पर्ने तुलसीपुरको एयरपोर्टदेखि बिरेन्द्रचोकसम्मको सडकको सिमा मापदण्डबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् ।
स्थानीयले सडकको मापदण्ड तत्कालिन समयमा तुलसीपुर नगर विकास समितिले तोकेको नै हुनुपर्ने मागसहित नगरप्रमुख खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा तत्कालिन तुलसीपुर नगरपालिकाले सहरीक्षेत्र विस्तारको क्रममा वडा नम्बर ५ सिमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्रबिन्दुको दायाँबायाँ कायम गरेको १५/१५ मिटर सिमालाई मान्यता दिनुपर्ने रहेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानले बताए ।
मञ्चका अध्यक्ष लामिछानेले सडकको मापदण्डबारे अन्यौलता हुँदा सवारी दुर्घटनाको जोखिम बढेको , घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रिवितरणमा समस्या हुने गरेको, दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएको लगायतका समस्या रहेको बताए ।
मापदण्ड अनुसारको सडकमा स्तरोन्नति समयानुकुल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटर भित्रका खाल्डाहरु पुुर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का ७ वटा टोलविकास संस्थाका २९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
तुलसीपुर उद्योग वाणिजय संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठले ‘क’ लाइनमा बनेका धेरै संरचना अहिलेकै मापदण्ड अनुसार नक्सा पास भएर बनेको हुँदा नयाँ मापदण्ड लागु भएमा ठुलो क्षति हुने बताए ।
त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले राप्ती राजमार्गको पछिल्लो मापदण्डबारे जानकारी नभएको र अहिले नै भन्न नसकिने अवस्था रहेको जानकारी गराए ।
उनले पछिल्लो मापदण्ड अनुसार राजमार्गको केन्द्रदेखि दायाँबायाँ २५/२५ मिटर रहेको र त्यसमा पनि पक्कि संरचना बनाउँदा करिब ६ मिटर छोड्नुपर्ने मापदण्ड रहेको बताए ।
राप्ती राजमार्ग पहिले सहायक राजमार्गको रुपमा रहेको हुँदा पनि दायाँबाया १५/१५ तोकिएको हुन सक्ने बताए । बजारमा क्षेत्रमा रहेका खाल्डा पुर्न आवश्यक पहल गर्ने आश्वासन दिए ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राप्ती राजमार्गको स्तरोन्नती गर्दा तुलसीपुर बजारलाई मात्रै भन्दै तुलसीपुर क्षेत्रभित्र पर्ने १३ नम्बर वडादेखि ३ नम्बर वडासम्म योजना बन्नुपर्ने बताए ।
संघीय सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकाले पनि स्थानीय सरकारको पहुँचभित्र नभएको जानकारी गराउदै तुलसीपुर बजारलाई सुन्दर र व्यवस्थित बनाउन स्थानीय सरकारले आवश्यक पहल कदम थाल्ने बताए ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नती हुँदा विद्युतका संरचना हटाउने बताए । कार्यक्रमको सहजीकरण पत्रकार चेतन रेग्मीले गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,९ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने बताएका छन् ।
अमेरिकाको वासिंगटनमा यूएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन् ।
उनले नेपालमा उत्पादन गरि यहाँको बजारसँगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ९ कार्तिक । तुलसीपुरमा रहेको ज्ञानज्योति मावि बर्ष उत्कृष्ट विद्यालय अवार्ड बाट सम्मानित भएको छ ।
हालै अस्ट्रेलियामा सम्पन्न नेपाल एजुकेसन अवार्ड अस्ट्रेलिया- २०२४ मा विद्यालयले हासिल गरेकाे उत्कृष्ट नतिजाको आधारमा ज्ञानज्योति माविलाई बर्ष उत्कृष्ट विद्यालय अवार्डबाट सम्मानित गरिएको हो ।
ज्ञानज्योति स्कुलका एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गरेका थिए । विद्यालय उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका विभिन्न विद्यालय प्रमुख तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
विद्यालयले पश्चिमी नेपालमै विभिन्न समयमा उत्कृष्ट पुरस्कार तथा अवार्डहरू र निरन्तर अब्बल नतिजा ल्याउनुकाे प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले बताए ।
दाङ जिल्लामै ज्ञान ज्योति एजुकेसन फाउन्डेसन अन्तर्गत १४ वटा विद्यालयहरु उच्च व्यवस्थापनका साथ सञ्चालन भई रहेका छन । सोही कार्यक्रममा ज्ञानदीप कलेजले नेपाल एजुकेसन अवार्ड २०२४ प्राप्त गरेको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, ९ कार्तिक। सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले इजलासमै आक्रोश पोखेको छन् ।
बिहीबार इजलासमा आफ्ना कुरा राख्ने क्रममा प्रतिसोधको हिसाबले पक्राउ गरिएको बहसमा संलग्न कानुन व्यवसायीहरूले बताए ।
सहकारी पीडित र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गर्दागर्दै लामिछानेले आफ्ना कुरा पनि राख्ने इच्छा जाहेर गरेका थिए । त्यसपछि अनुमति पाएका लामिछानेले आफूलाई हिरासत राख्ने समय सरकारले लम्ब्याउन खोजेको आरोप लगाए ।
’बयान लिने काम अघि बढाउँदैन । यत्तिका दिनसम्म जम्मा ४ घण्टा बयान भयो । सरकारले प्रतिशोध साधेर धेरै दिन थुनामा राख्न खोजेको छ,’ लामिछानेले भने, ’ दुइटा ठुला दलले षड्यन्त्र गरेर मलाई फसाएका हुन् । उनीहरूले मेरो राजनीति सिद्ध्याउन खोजेका हुन् ।’
उनले चर्केर बोलेपछि न्ययाधिशले यो अदालत भएको र संयमित भएर कुरा राख्न आग्रह गरेका थिए । त्यसपछि उनले आफू पीडित भएको जिकिर गर्दै आक्रोश स्वभाभिक रहेको बताउँदै माफी मागेका थिए ।
बिना कारण सरकारले हिरासतमा राखेको दाबी गर्दै उनले आफूलाई प्रहरी हिरासतमा पनि ज्यादती भएको बताए ।सहकारी ठगी र सङ्गठित अपराधमा रविविरुद्ध माघ २२ गते जाहेरी परेको थियो ।
त्यो जाहेरीका अधारमा प्रहरीले कात्तिक २ गते पक्राउ परेर पोखरा ल्याएको थियो । उनलाई पहिलो पटक अदालतले आइतबार ६ दिन हिरासतमा राख्न म्याद दिएको थियो । बिहीबार सरकारी वकिल कार्यालयले रविलालाई २५ दिन हिरासतमा राख्न समय मागेपनि थप ७ दिन समय दिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ,८ कार्तिक । लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाहरुको राप्ती नदिमा डुबेर ज्यान गएको छ ।
लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए ।
मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन ।
दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनिहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पुर्याइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ ८, कार्तिक । दाङको तुलसीपुरस्थित ज्ञानदीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ।
यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, कलेज ले विभिन्न समयमा ल्याउने गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञान दीप कलेजलाई एजुकेसन अवार्ड प्रदान गरिएको हो ।
ज्ञान दीप कलेजका भाइस प्रिन्सिपल मनोज केसी र एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण ग्रहण गरेका थिए । कलेज उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका कलेजहरुकाे सहभागिता रहेको थियो ।
कलेजले विभिन्न समयमा उत्कृष्ट अवार्डहरू प्राप्त गर्दै आएको छ । पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भइरहेको कलेजले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
बुटवल । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रीमा जन्मजय तिमिल्सिना नियुक्त भएका छन् । समाजिक विकास मन्त्रीका रूपमा नियुक्त भएका तिमिल्सिनाले शपथ ग्रहण समेत गरेका छन्। शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनुनै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रदेश प्रमुखको कार्यालय ,बुटवलमा सपथ ग्रहण पछि सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताएका हुन् । उनले शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भनेर आफू लागि पर्ने समेत बताए।
उनले प्रदेश भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक स्तरका बालवालिकाहरुलाई समेत सहज र गुणस्तर शिक्षा उपलब्ध गराउन लागि पर्ने समेत बताए।
बर्दिया क्षेत्र नम्बर २को (क) बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका तिमिल्सिना यस अघि लुम्बिनी प्रदेश , नेपाली कांग्रेस संसदीय दलमा प्रमुख सचेत्तकको भुमिकामा समेत थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस