संविधान दिवसमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश: संविधानको मर्मअनुसार चलिरहेका छौं

   असोज ०३, २०८१       admin

दाङ,३ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताएका हुन्।

सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात् गरेको बताउदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरेका छन्।


‘सेवाप्रवाहको नविनतम भूमिकामा प्रदेश संरचना रहेको छ । कानुन निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहान्छु’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्धि र विकास प्रति जनताकोे तिब्र आकांक्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ संकल्पित छौं । संविधानको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो । संविधानले मार्गदर्शन गरे अनुरुप सरकारका काम कारबाही अगाडि बढाउनु नै विधिको शासनको मूलमर्म हो भन्ने हामीलाइ लागेको छ ।’

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

   असोज ०२, २०८१       admin

दाङ,२ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम भएको छ। शैक्षिक गतिविधिमा देशभरकै उत्कृष्ट हुँदै प्रथम स्थान प्राप्त गरेको विद्यालयले शिक्षा मन्त्रालयद्वारा पुरस्कार प्राप्त समेत गरेको छ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा नगद ३ लाखसहित प्रथम पुरस्कार मन्त्रालयले विद्यालयलाई प्रदान गरेको हो। २०८० सालको माध्यमिक शिक्षा परीक्षा मार्फत प्राप्त गरेको नतिजाका आधारमा विद्यालयले उत्कृष्टता हासिल गरेको शिक्षा मन्त्रालयले जनाएको छ।

यसैगरी दाङकै जनकल्याण माध्यमिक विद्यालय शान्तिनगरले तृतीय स्थान हासिल गरेको छ। उक्त विद्यालयले नगद १ लाख रुपैयाँ सहित पुरस्कार प्राप्त गरेको छ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गरिएको पुरस्कारमध्ये काठमाडौं महानगरपालिकास्थित त्रिपुरेश्वर विश्व निकेतन माविले २ लाख नगदसहित दोस्रो पुरस्कार प्राप्त गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मनाइएको छ। उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्ने मन्त्रालयका प्रवक्ता कमल पोखरलेलले जनाए ।

यसैगरी निजीतर्फ दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निकल इन्स्टिच्युटलाई पनि शिक्षा मन्त्रालयले पुरस्कृत गरिएको छ।राष्ट्रिय स्तरमा उत्कृष्ट ठहर गर्दै मन्त्रालयले नगद रु. १ लाखसहित पुरस्कार प्रदान गरेको हो।

शिक्षा

छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

   असोज ०२, २०८१       admin

दाङ, २ असोज । सामुदायिक विद्यालयहरुका कुनै पनि बहानामा शुल्क लिन पाइदैन । सरकारले नीतिमा माध्यमिक शिक्षासम्मको पठन पाठन निशुल्क नै बनाएको छ । तर सामुदायिक विद्यालयमा अस्वभाविक रुपमा शुल्क लिन भने छोडिएको छैन ।

दाङको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरुबाट हजारौँ रुपैया शुल्क असुल्ने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं १२ मा रहेको पशुपति मावि हरिपौरीले कक्षा १० पास गरेका विद्यार्थीहरुबाट १० हजार रुपैया शुल्क लिने गरेको भेटिएको छ ।

विद्यालय सहयोगको नाममा विद्यालयले शुल्क असुल्ने गरेको अभिभावकहरुले बताएका छन । सरकारी स्कुलमा पढाउदा पैसा लाग्दैन भनेको त सरकारीले पनि बोडिङ जस्तो पैसा अशुल्न थाले पछि कसरी छोराछोरी पठाउनु एकरु अभिभाकले भने, तुलसीपुरको पशुपति मावि हरीपौरीले सर्टिफिकेटका नाममा, भर्नाका नाममा र सहयोगका नाममा विद्यार्थीसँग चर्को रकम लिइरहेको छ।

एसईई उतीर्ण गरेका विद्यार्थीसँग विद्यालयले स्थातान्तर प्रमाणपत्रको नाममा प्रतिविद्यार्थी १० हजार रूपैयाँ असुल गर्ने गरेको छ । निशुल्क शिक्षा भनेको सरकारी विद्यालयले यसरी चर्को रकम असुल्न थालेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पढाई नै छोडनु पर्ने अवस्था आउने अभिभावकको भनाई छ ।

विद्यालयले सर्टिफिकेटबापत पाँच हजार र सहयोग शीर्षकमा ५ हजार गरी १० हजार रूपैयाँ असुल गरिरहेको रसिद विद्यार्थीलाई थमाउने गरिएको छ, एक विद्यार्थीले भने, मसंग पैसा नहुदा सटिफिकेट समेत ल्याउन सकेको छैन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले विद्यालयले लिएको रकम स्वाभाविक भएको भन्दै हल्ला खल्लाको अवस्था आबश्यक नभएको बताए । केहि रकम सहयोगका रुपमा लिएका हौ, अधिकारीले भने, सरकारी विद्यालयलाई निरूत्साहित गर्न यसलाई गलत रुपमा प्रचार गरिएको छ ।

तुलसीपुर उपमहानगरको शिक्षा शाखाले एसईईको सर्टिफिकेट बापत ३ हजार रूपैयाँभन्दा बढी लिन नपाइने र कसैले बढी रकम असुलेमा कारवाही गर्ने निर्णय भएको जनाएको छ ।

माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय सरकारलाई छ । स्थानीय सरकारकाले पनि १२ कक्षा सम्मको शिक्षालाई निशुल्क शिक्षा रहेका भनिरहदा तुलसीपुर उपमहानगरले पनि सरकारी विद्यालयमा शुल्क लिनेलाई प्रोत्साहन गरेको पाइएको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयको स्थानान्तर प्रमाण पत्रको लागि विद्यालयले तीन हजार रुपैया शुल्क लिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।

यो हेर्दा नगरपालिकाले समेत सरकारी विद्यालयमा शुल्क लिने बाटो खोलिदिएको छ । भने अनुगमन र कारवाहीको प्रक्रियालाई पितलो बनाएको छ ।

भण्डारीले उनले बढी शुल्क लिनेलाई कारवाहीको दायरामा ल्याउने बताए । उनले यस विषयमा छलफल तथा छानबिनका लागि समिति समेत गठन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

बाल दिवसको अवसरमा विविध कार्यक्रम

   भदौ २८, २०८१       admin

दाङ ,२८ भदौ । ६०औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर तुलसीपुरमा विविध कार्यक्रम गरिएको छ। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी “भने मूल नाराका साथ तुलसीपुर स्थित गुरुजुर नमुना माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो।

तुलसीपुर नगर बाल सन्जाल र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

नगर बाल सन्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षता तथा न्यायिक समितिका सदस्य लालमती भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा बालअधिकारकर्मी एवं पूर्व जनप्रतिनिधि नवराज लामिछानेले बालअधिकार संरक्षणका लागि सबै क्षेत्रको समन्वय र सहकार्य हुनुपर्ने बताएका थिए। नेपालको संविधान २०७२ को धारा ३९ मा उल्लेख भएका बालबालिकाका हक अधिकार सम्बन्धी व्यवस्थालाई व्याख्या समेत गरेका थिए।

बालबालिकालाई बालअधिकार भनेको के हो ?यसका आयामहरू के के छन्? र बालअधिकारभित्र के के कुराहरू समेटिएका छन् त्यसबारे जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

बाल दिवसहरू मनाइरहँदा कतिपय बालबालिकाहरू आफ्नै अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ सबै सरकारवालाले ध्यान दिनुपर्ने उनले बताएका हुन्।

पछिल्लो समय अभिभावकको हेरचाह र निगरानी नहुँदा विद्यालय जाने उमेरका बालबालिकाहरू लागू औषध र कुलतमा फसेको बताउँदै उनले यसतर्फ सबै अभिभावकले ध्यान दिनुपर्ने बताए।

“विद्यालय भर्ना गरेर मात्र हुँदैन आफ्ना सन्तान विद्यालय गएका छन् वा छैनन् विद्यालयमा के गरिरहेका छन् त्यसतर्फ ध्यान दिन जरुरी छ। उनले भने -“विद्यालय गएकै छन् भन्ने भरमा अभिभावक बस्दा थाहा नपाउँदो तरिकाले बालबालिका कुलतमा फसेको घटनाहरू धेरै छन् यसतर्फ सजग हुन जरुरी छ।”


तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद विकास महाशाखाका मनबहादुर खड्काले बालबालिकाकोको हक अधिकार सुनिश्चितताका लागि अभिभावक जिम्मेवार बन्नुपर्ने बताएका थिए।

परिवारको निगरानीको अभावका कारण कयौं बालबालिकाहरू कुलतमा फस्ने गरेको बताउँदै उनले यसतर्फ समयमै ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।


” विद्यालय पठाएर मात्रै हुँदैन उनीहरूको हरेक गतिविधिलाई अभिभावकले निगरानी गर्नुपर्छ। आफ्ना सन्तान कहाँ कुन अवस्थामा छन् ? कसरी समय व्यतीत गरिरहेका छन् ? त्यसतर्फ ध्यान दिन नसके हाम्रा बालबालिका कुलतमा लाग्ने र लागू औषध दुर्वेशनको सिकार हुन पुग्छन् ,यसतर्फ ध्यान दिनुपर्छ।”

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालअधिकारको औचित्य र महत्त्वको बारेमा प्रष्ट आएकी थिन् तुलसीपुर उपमहानगरपालिका र नगर बाल सन्जालले विगतदेखि नै गर्दै आएका काम गतिविधिको बारेमा समेत जानकारी दिएकी थिइन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक कृष्ण भण्डारीले प्रविधिको बढ्दो प्रयोगले बालबालिकाहरू थाहा नपाई अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको बताउँदै यसतर्फ अभिभावक र शिक्षकले ध्यान दिनुपर्ने बताएका थिए।

रमाइलो गर्ने साथी संगीसँग भेटघाट गर्ने बहानामा नजानिदो तरिकाले बालबालिकाहरू सामाजिक अपराधमा मुछिने गरेको घटनाहरू बढ्दै गएको भन्दै यसतर्फ सजग हुन विद्यार्थीहरूलाई आग्रह समेत गरेका थिए। बालबालिकाको भविष्यका लागि प्रहरी आफ्नो क्षेत्रबाट दिनरात खटिरहेको भन्दै बालबालिकालाई अनुशासन जीवनयापन गर्न अनुरोध समेत गरे।

कार्यक्रममा माध्यमिक विद्यालय कालाखोलाका शिक्षक शालिग्राम ढकाले संवैधानिक व्यवस्थामा उल्लेख भएका कुराहरू व्यवहारमा कतिको कार्यान्वयन छन् त्यसबारे ध्यान दिन जरुरी रहेकोबताए ।

बालबालिकाका रक्षक भनिनेहरूबाटै बालशोषण हुने गरेको उदाहरण दिँदै उनले हरेक निकाय हरेक तहहरू बालमैत्री र बाल अधिकार सुनिश्चितका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

तुलसीपुर नगरस्तरीय बालसञ्जालका निवर्तमान अध्यक्ष शिशिर गिरीले बालअधिकार संरक्षण र सुनिश्चितताका लागि विभिन्न कामहरु गर्दै आएको बताएका थिए। बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि सरकार मात्र नभई सबै सरोकारवाला निकायको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए।

कार्यक्रममा ज्ञानज्योति माध्यमिक विद्यालयकी छात्रा रेजिना कर्तीले कुनै पनि अवस्थामा बालअधिकार सुनिश्चित हुनुपर्ने बताएकी थिइन्।

कार्यक्रममा नगरस्तरीय बालसञ्जालका पदाधिकारी एवं सदस्यहरूले बालविवाह, बालश्रम ,साइबर अपराध र बढ्दो सोसल मिडियाको दुरुपयोगका बारेमा जनचेतनामूलक नाटक र नृत्य समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा सामाजिक विकास शाखाकी ललिता कँडेलले गरेकी थिइन् कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

उपमहानगरको प्राङगणमा “बियरका बोत्तल” तमासा

   भदौ २७, २०८१       admin

दाङ,२७ भदौ ।बोराका बोरा बेयरका बोत्तल । त्यसकै पछाडी ठेला, कुनामा डोको, छिट्नी । एकातिर अटो पार्किङको होडिङ बोर्ड ,फलाम, ढोकाका पल्ला, भाँचिएका कुर्सी, थोत्रा काठहरु, ग्रिस र मुबिलका बाल्टी छरपष्ट छन् । ठुला मेसीनरी उपकरण, फलामका सामग्री र टुटेफुटेका थुप्रै सामग्रीहरु अस्तव्यस्त छन् । महिनौ बितिसक्यो तर यि सामग्री व्यवस्थापन हुन सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिकाले फलाम, सिसा र टिन,कुर्सी,पानीका बोत्तल जस्ता सामग्री प्राङगणमा थुपारेको महिनौँ बितिसक्यो । कार्यालय अगाडी फोहोर थुपारिँदा त्यसको दुर्गन्ध र प्रदुषणले कर्मचारीहरु पालैपालो बिरामी समेत भए ।

नाला र बाटो नै बन्द गरि राखिएका सामग्री छिचोल्दै हिँड्न खोज्दा केही कर्मचारी घाइते समेत भए । तर भद्रगोल अवस्थामा राखिएको फोहोर अँझै व्यवस्थापन हुन सकेको छैन ।

बजार व्यवस्थापन गर्ने भन्दै बजारबाट जफत गरिएका ती सामग्रीले वातावरणीय प्रदुषण मात्र गराएको छैन यसले उपमहानगरको फोहोर व्यवस्थापनमा गम्भीर लापरवाहीको संकेत गरेको छ।

महिनौँ देखि फोहोर सामग्रीहरु प्राङ्गणमा छरपष्ट अवस्थामा रहँदा पनि यसबारे कसैले चासो नदिएको एक कर्मचारीले बताइन् ।


‘कयौँ पटक हामीले फोहोर उठाउन आग्रह गर्यौँ तर हाम्रो कुराको सुनुवाई कसले गर्ने ? यिनै बाल्टीमा पानी भरिएर लामुखुट्टे लाग्ने, बोत्तलहरु ह्वास्सै गनाउने हुन्छ, हामी बिरामी पनि भयौँ, डेंगुले पालैपालो सबैलाई छोयो तर पनि कसैले यसको व्यवस्थापनमा चासो दिनुहुन्न । उनले भनिन् फोहोरलाई व्यवस्थापन गर्न नसक्ने भए किन उठाएर ल्याउनु?’

पटक पटक फोहोरको व्यवस्थापन गर्नुपर्यो भनेर कुरा उठाएपनि पालिकाले त्यसबारे चासो नदेखाएको कर्मचारीहरु बताउँछन् । कार्यालयमा आउने सेवा ग्राहीले प्राङगणमा किन फोहोर थुप्रिएको भन्दा प्रश्न गर्दा पनि फोहोर व्यवस्थापनमा कसैले ध्यान नदिएको उनीहरुले बताए ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले फोहोर व्यवस्थापनमा सबैले चासो दिनुपर्ने बताइन् । कुनै एकको प्रयासले मात्र नहुने भन्दै यसमा सबै जिम्मेवार रहेको उनको भनाई छ ।

“उपमेयर, मेयरले मात्रै सबै गर्नुपर्छ भन्ने छैन, उनले भनिन्–‘ एउटाको मुख ताकेर बस्न त भएन नी सबैले आ–आफ्नो ठाउँबाट यसको व्यवस्थापनमा जुट्नु पर्छ । एउटाको मुख ताकेर बस्ने हो भने अँझ अरु फोहोर थुप्रदै जान्छ ।’

सरसफाई ब्यवस्थापन महाशाखाले ब्यबस्थापगरे प्रयास भइरहेको बताएको छ। नियन्त्रण गरेको सामग्री भएको हुदा अब ब्यवस्थापनको प्रयास भइरहेको उपभोक्ता हित ब्यबस्थापन शाखाका खेमकान्त पाण्डेले बताए ।अब लगत्तै थुप्रीएका सामग्रीहरुको उचित ब्यवस्थापन गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

हर्मेटिक ब्याग र मेटल बिन वितरण

   भदौ २६, २०८१       admin

दाङ,२६ भदौ । तुलसीपुर उपमहानगरपालिकामा रहेका विभिन्न कृषि सहकारी संस्थामा आवद्ध किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ ।युएसएआईडीको तयार नेपाल परियोजना अन्र्तगत उपमहानगरले ४ वटा कृषक समुहका किसानहरुलाई हर्मेटिक व्याग र मेटल बिन उपलव्ध गराएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम गरी किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । जलवायु अनुकुलनलाई ध्यानमा राखेर किसानहरुको खाद्य सुरक्षाका लागि उक्त सामग्री उपलव्ध गराइएको तयार नेपालका पालिकास्तरीय फिल्ड कोर्डिनेटर श्रमलाल चौधरीले जानकारी गराए।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ब्राहसिंह कृषक समुह, १८ नम्बर वडामा रहेको आमा समुह, १३ नम्बर रहेको गिधनीया कृषक समुह र वडा नम्बर १२ मा रहेको गन्यारी कृषक समुहलाई उक्त कृषि सामग्री उपलव्ध गराइएको हो । जय नेपाली चारवटा कृषि समूहका लागि ५० वटा मेटल बिन र २०० वटा हर्मेटिक ब्याग वितरण गरेको हो।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख खड्काले बिउ संरक्षण र खाद्य सुरक्षाका लागि उक्त सामग्री प्रदान गरिएको जानकारी गराए ।रैथाने बिउ संरक्षणमा यी सामग्री बहुउपयोगी हुने उनले बताए। उत्पादनमा बेहोर्दै आएको क्षतिलाई कमगर्न र जैविक तथा रैथाले बालि उत्पादनमा यस सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । उनले यी सामग्रीको सदुपयोग गर्न अनुरोध समेत गरेका छन् ।
कृषि विकास शाखा प्रमुख धनराज गौतमले हर्मेटिक व्याग र मेटल बिनको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी दिएका थिए । उनले सही तरिकाले प्रयोग गर्न सके बिउ तथा खाद्यान्नलाई मुसा, किरा, चरा जस्ता जीवहरुबाट सुरक्षित गर्न सकिने बताएका थिए। उनले उत्पादन संगै खाद्य सुरक्षा उत्तिकै महत्वपूर्ण हुने भएकाले उत्पादन पनि हुने क्षतिलाई कम गर्न सामग्री उपलव्ध गराइएको जानकारी गराएका थिए।

फायर बाइक हस्तान्तरण
यसैविच युएसएआइडीको तयार नेपाल परियोजनाले तुलसीपुर उपमहानगरपालिकालाई फायर बाईक हस्तान्तरण गरेको छ । आगलागीबाट हुन सक्ने जोखिम तथा क्षतिलाई कम गर्नका लागि तयार नेपालले उक्त बाईक उपमहानगरलाई उपलव्ध गराएको हो ।

यसका साथै तयार नेपालले हाईड्रलिक ज्याकेट, फायर रेस्क्यु भ¥याङ,वाटर जेट ब्याग समेत उपलव्ध गराएको छ । आगलागी भएको समयमा तत्काल आगो नियन्त्रण गर्न र सानो दमकल जान नसक्ने गल्लीहरुमा फायर बाईकको सहयोगमा आगो निभाउन सकिने तयार नेपालका फिल्ड कोर्डिनेटर श्रमलाल चौधरीले बताए । कार्यक्रमको सहजीकरण कृषि विकास शाखाका अधिकृत शंकर न्यौपानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा पर्यटन विकासका आधार पहिल्याईँदै

   भदौ २६, २०८१       admin

                  
दाङ,२६ भदौ ।प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासलाई लुम्बिनी प्रदेश सरकारले अपरिहार्य मान्दै आएको छ । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुको विकास र प्रवर्धन गरि आन्तरिक संग्र बाह्य पर्यटक भित्र्याएर प्रदेशको आर्थिक विकासलाई बढाउने लक्ष्य सरकारको छ ।

बाह्य पर्यटकको उपस्थिती बढाएर प्रदेशको आर्थिक समृद्धि हासिल लक्ष्य राखेको प्रदेश सरकारले बिश्व पर्यटन दिवसलाई लुम्बिनीको पर्यटन विकास लक्ष्य पुरा गर्ने अवसरका रुपमा मनाउने भएको छ । यसका लागि पर्यटन विकासका सबै आधारहरु पहिल्याउने र सोही अनुसार पर्यटन विकासको योजना बनाउने तयारी सरकारको छ । 

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले विश्व पर्यटन दिवसलाई लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको प्रवर्धन लक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रदेशका पर्यटकीय क्षेत्रहरुको चिनारी गराउने र लुम्बिनीमा पर्यटकहरुको आगमन बढाउन गर्न सकिने उपायको खोज मन्त्रालयले यो कार्यक्रम मार्फत गर्ने भएको छ । 

‘प्रदेशको आर्थिक समृद्धिको पहिलो आधार भनेको यहाँको पर्यटन क्षेत्र हो, प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरेर यहाँ कसरी बाह्य पर्यटकको संख्या बढाउन सकिन्छ भन्ने बिषयमा गहन छलफलको आवश्यक्ता छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘पर्यटकीय क्षेत्रको विकास, यसको प्रचार प्रसार र कसरी पर्यटकहरुलाई यहाँ धेरै भन्दा धेरै भित्र्याउन सकिन्छ भन्ने बिषयमा सरोकार पक्षहरुसंग समिक्षा गरने छ, मूलभुतमा रुपमा प्रदेशमा पर्यटकहरुलाई कसरी बढाउन सकिन्छ भन्ने उपाय खोजी गर्दै पर्यटक बढाउने रणनीति बनाउन प्रदेशमा विश्व पर्यटन दिवस मनाईने छ ।’

मन्त्री न्यौपानेका अनुसार दाङको घोराहीमा बिश्व पर्यटन दिवसका अवसरमा भव्य समारोहको आयोजना गर्ने निर्णय मन्त्रालयले गरेको छ । बिश्व पर्यटन दिवसर असोज ११ गते हो ।
घोराही स्थित खुला मैदानमा हुने समारोहमा स्थानीय चिनारीको प्रचार प्रसार समेत हुने छ । रैथाने खानाका स्टलहरुको व्यवस्था गरिने भएको छ । यि स्टलहरुमा होम स्टे तथा आमा समूहहरुले रैथाने खानाको व्यवस्थापन गर्ने छन् । यसैगरि स्थानीय कला संस्कृति झल्कने नृत्यहरु समेत समारोहमा प्रस्तुत गरिने भएको छ । यसले रैथाने खाना तथा स्थानीय संस्कृतिको प्रचार प्रसार हुने र पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास मन्त्रालयले लिएको छ । यससंगै पर्यटन विकासका सन्दर्भमा समिक्षात्मक बहस समेत थालिने मन्त्रालयले जनाएको छ ।

 ‘प्रदेशमा पर्यटकहरुको आगमन बढाउन कस्तो खालको रणनीतिक योजना बनाउने भन्ने निक्र्यौल गरने छ,’ मन्त्री न्यौपानेले भने ‘यसका लागि पर्यटन संग सरोकार राख्ने सबैको सहभागीतामा गहन छलफल गरिने छ ।’ साथै उक्त समारोहमा दाङ सहित प्रदेशका पर्यटकीय स्थलहरुको चिनारीका लागि फोटो प्रदर्शनी समेत गरने छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ:प्रधानमन्त्री ओलि

   भदौ २६, २०८१       admin

काठमाडौँ,२६ भदौ। प्रधानमन्त्री केपी शर्माओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए । त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्ञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्मचारीले कार्यालयमा शेयर कारोबार गर्न नपाउने

   भदौ २६, २०८१       admin

काठमाडौँ,२६ भदौ। अब देखि सरकारी कर्मचारीहरुले कार्यालय समयमा शेयरको कारोबार गर्न नपाउने भएका छन् । सरकारले कार्यालय समयमा शेयर कारोबारमा रोक लगाएपछि कर्मचारीहरुले कार्यालयमा शेयर कारोबार गर्न नपाउने भएका हुन्।

कार्यालय समयमा कर्मचारीहरू सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै सरकारले उक्त समयमा सेयर खरिदबिक्री गर्ने कारोबार प्रणाली ९ट्रेड म्यानेजमेन्ट सिस्टम–टीएमएस सरकारी कार्यालयमा चलाउन नपाउने गरी व्यवस्था गर्न सरकारले निर्देशन दिएको हो ।

नागरिक सेवा प्रभावित भएकाले कार्यालय समयमा अन्य गतिविधि कम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत कार्यालय समयमा सरकारी कार्यालयमा टीएमएस सञ्चालनमा प्रतिबन्ध लगाइएको जानकारी पनि दिएका छन् । ‘सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

कार्यालय समयमा सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त भएकाले सेवा प्रभावित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको टोलीले सिंहदरबार परिसर र अरू केही सरकारी कार्यालयको निरीक्षण पनि गरेको थियो ।

स्थलगत निरीक्षणका क्रममा पनि सरकारी कर्मचारी कार्यालयमै सेयर कारोबारमा व्यस्त रहेको पाइएपछि उक्त कार्य रोकेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं:मुख्यमन्त्री आचार्य

   भदौ २५, २०८१       admin


दाङ,२५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाकाे आयाेजनामा मंगलबार घाेराहीमा मिडिया मन्थन पुस्तककाे विमाेचन समाराेहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलाेचना गर्न आह्वान गरे।

सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलाेचना गर्नुस् । हामी सच्चिन तयार छाैं´उनले भने-आलाेचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलाेचनाबाट सच्चिएर अघि बढ्छाैं ।"

मुख्यमन्त्री आचार्यलेले नियतमा खाेट नभएकाे, कमिकमजाेरी भए सच्च्याउन तयार रहेकाे स्पष्ट पारे ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेकाे र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताकाे बन्धनमा राखिएको स्पष्ट पारेका हुन् ।

“मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छाैं । याे आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीकाे नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ उनले भने-´जिल्ला भ्रमणकाे क्रममा हुने हाेटलकाे खर्चकाे बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छाैं ।´

पूर्व बिशिस्ट व्यक्तिकाे नाममा सरकारकाे ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेकाे भनाइ छ ।

“पदबहाली गरेकाे ४७ दिन भयाे । सरकारले याे अवधिमा सुशासन, पारदर्शीकाे क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छाैं´उनले भने-´सरकारले जनतामा आशा जगाउन काम थालेकाे छ । यहाँहरुकाे सहयाेगकाे खाँचाे छ ।´उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे ।

पत्रकारीतामा नयाँ आयाम थप्ने काम गरेकाे छ । विश्वसनिय सूचना र समाचारकाे अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेकाे छ। उनले भने ´समाज रुपान्तरणकाे लागि मिडिया क्षेत्रकाे भूमिका महत्त्वपूर्ण छ । जनताकाे पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हाे । संघियतालाई बलियाे बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।´

मन्त्री न्याैपानेले प्रदेशले गरेका राम्रा याेजना र कामहरुकाे प्रचारप्रसार बढाउनुपर्ने,राम्रा कामकाे प्रचार गरेर अघि बढ्नुपर्ने बताए । संघियताकाे मर्म अनुसार प्रदेश सरकारले काम गरेकाे भन्दै आम जनताकाे दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे ।

तीन तहकाे सरकारकाे विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशकाे विकासकाे लागि सहकार्य जरुरी रहेकाे स्पष्ट पारे ।

पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गाैतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृति विश्व विद्यालयका रजिस्ट्रार माधव अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकी, नेपाली कांग्रेस दाङका काेषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माअाेवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले समाजलाई सहि दिशा प्रदान गर्न मिडियाकाे भूमिका महत्त्वपूर्ण रहेकाेमा जाेड दिएका छन् ।

महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology