दाङ,१७ भदौ । नेपाल प्रेस युनियन दाङले तीजमिलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिद्धार्थ बैँक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा पत्रकार, सरोवाला र विद्यार्थीहरुसंग वित्तीय साक्षरता कार्यक्रम गरेको हो । बैँकका तुलसीपुर शाखाका प्रबन्धक किरण आचार्यले बैँक तथा वित्तीय विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।
उनले डिजिटल बैकिङले व्यक्तिको जीवनलाई सरल र सहज बनाउँदै आएको बताएका थिए । नेपालमा बैँकिङ प्रणालीको बिकास,यसले मुलुकको समग्र क्षेत्रमा पुर्याएको योगदान, यसका क्षेत्रहरुको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
यसैगरी बैँकले कर्जा लगानीमा उपलव्ध गराउँदै आएको सेवा तथा छुटको बारेमा बताउँदै सिद्धार्थ बैँकको सेवामा जोडिन आग्रह समेत गरे ।
मितव्ययी र ग्राहकमुखी सेवालाई पहिलो प्राथमिकता राख्दै बैँकले आफ्नो सेवालाई सञ्चालन गरिरहेको उनको भनाई थियो । उनले छिटो, छरितो तरिकाले सेवा लिनका लागि डिजिटल बैँकको प्रयोग गर्नुपर्ने बताएका थिए। यसका साथै ग्राहकले बैँकबाट ऋणलिँदा वास्तबिक विवरण सहित आई प्रकृयामा गएमा ऋणसेवा सहजै प्राप्त हुने भन्दै ऋणकर्जा लगानी बैँकमार्फत गर्न सबैलाई प्रेरित समेत गरेका थिए । बैँकसेवा लिँदा सेवाग्राहीले बैँँक र आफुले लिने सेवाका विषयमा पूणर्रुपमा जानकार भएर मात्रै सेवा उपभोग गर्नुपर्ने बताएका थिए।
तीज मिलनको अवसरमा प्रेस युनियन दाङले आयोजना गरेको संस्कृति संरक्षणमा सरोकारवालाको भुमिका तथा वित्तीय साक्षरता कार्यक्रमका अवसरमा उनले वित्तसेवाको बारेमा जानकारी गराएका हुन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काभ्रेपलाञ्चोक,१७ भदौ। छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ। आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको हो। करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
काभ्रेको पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नपा–५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उनको उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा–७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१७ भदौ । अवैध लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले एक किलो ४४६ ग्राम चरेस सहित पाँच जनालाई पक्राउ गरेको हो।
कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ यात्रुगेटबाट शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै सोधपुछको क्रममा रुकुम पश्चिम बाफिकोट गाउँपालिका(७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रूपैयाँ सहित पक्राउ गरेको छ ।
त्यस्तै रूपन्देही, सियारी गाउँपालिका(२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका(१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका(३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रूपैयाँ सहित कमल गाउँपालिका(५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को।२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
रामपुर,१७ भदौ । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१४ भदौ । दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा बेपत्ता दिवस मनाइएको हो। जान्न पाउने अधिकार भन्ने मूल नाराका साथ उक्त दिवस मनाइएको हो।
दुई दशक बितिसक्दा पनि आफ्नाहरू कहाँ ?कुन अवस्थामा छन् ?केही थाहा नहुदा प्रतिदिन आँसु र पीडामा बाँच्नुपरेको पीडितहरूको भनाइ छ। हरेक वर्ष मनाइने यी दिवसले घाउमा मलम लगाउनुको साटो थप पीडा दिने गरेको उनीहरूको भनाइ छ। राज्यपक्षबाट बेपत्ता पारिएका हाम्रा मान्छे कहाँ छ्न? उनीहरु हराउदा परिवारमा के बित्यो ? कसरी बांचेका छन् ? परिवारको समस्याको पहिचान त्यसको समाधान र द्वन्दको घाउ कहिलेसम्म निको हुन्छ ? प्रश्न समेत गरे।
सशस्त्र द्वन्दको समयमा बेपत्ता पारिएका आफ्ना आफन्तीहरूको अवस्था खोजीका लागि सरकारसँग पहल गरिदिन अनुरोध समेत गरे। श्वास नभएपनि लासको खोजी गरिदिन उनीहरूले आग्रह गरेका थिए।नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं रेडक्रस सोसाईटिका निवर्तमान अध्यक्ष नारायण आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै मेयर खड्काले लामो समयसम्म परिवारबाट वेपत्ता पारिएका आफन्त शकुसल भेटिने सम्भावना कम कम भएको बताएका थिए उनले कानुनी रूपमा बेपत्ता पारिएका परिवारलाई क्षतिपूर्ती दिन सकेमा मलम पट्टीको काम हुने बताए ।
अहिले संघीय सरकारदेखि स्थानीय सरकार समेत वेपत्ता नागरिकको अवस्था बुझेर उनिहरुको परिवारलाई क्षतिपूर्ति दिने कुरामा जिम्मेवार रहेको बताए ।
कार्यक्रममा रेडक्रस सोसाइटीका निवर्तमान अध्यक्ष नारायण आचार्य, तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारी लगायतले बोलेका थिए । रेडक्रस दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिमल केसीले गरेका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
बझाङ,१३ भदौ ।बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,१३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गएको साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । यो विधेयकलाई नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने अन्तिम खुड्किलोका रूपमा महत्त्वपूणर् मानिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिएका हुन् ।
‘तपाईहरु संग छलफल गर्न चाहन्थे । किसानले दुधको भुक्तानी नपाउदा समस्या परेको छ । म सम्म पनि किसानको कुरा आईपुगेको छ । दुधको भुक्तानी रोकिदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नुहोस’उनले भने- संघीय सरकार संग पनि यस बारेमा पहल गर्छु ।’ गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
लुम्बनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रबद्र्धन गर्नेगरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । भेटमा नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका छन् । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।
दुध उत्पादन बढ्दै गएपनि बजारीकरणको समस्या किसानले भोग्नु परेको छ । असोज महिनादेखि चैत सम्म दैनिक आठ हजार लिटर दुध संकन हुने गरेको छ । असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन, चैत महिनामा दुध उत्पादन बढेपनि बजारीकरण गर्न समस्या हुदा मिल्क होलिडेको मारमा किसान छन् । तर, बैशाख देखी भदौ महिना सम्म दुध संकलन भने ह्वात्तै घट्ने हुदा दुधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ ।
बैशाख, जेठ, असार, साउन, भदौ महिनामा दैनिक दुई हजार लिटर मात्रै दुध संकलन हुदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन हुदै आएको छ । यस्तै सुर्खेतको छिन्छु दुध चिस्या केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुदै आएको हो । एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रिवितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रसोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुदै आएको आयोजना कार्यालयले जनाएको छ । दुधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ भदौ । भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।
विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपालतर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिवकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रमुख गौतमले बताए ।नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा छ लाख ३० हजार मूल्य बराबरको चिनी र ट्रकको १९ लाख गरी १६ लाख ३० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रकसहित दुई सय १० बोरा चिनी बरामद भएको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१३ भदौ । बाँकेमा यात्रुबाहक बस दुर्घटना भएको छ।बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको छ ।
घाइतेको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस