जाजरकोट,३१ साउन। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो ।
स्थानीय शिक्षक जय बहादुर नेपालीले हिजो घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला भीर बाट लडेर ज्यान गएको जानकारी दिए ।
उता जुनिनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा,चिप्लिएर खोलामा ३ दिन अघि बेपत्ता भएको जुन चाँदे गाउँपालिका १० का २१ वर्षका तेज बहादुर रोकाया को खोजी कार्य जारी रहेता पनि हाल सम्म शव प्राप्त गर्न नसकिएको स्थानीय शिक्षक तीर्थ रोकायाले जानकारी दिए ।
जाजरकोटमा रुख र भिर वाट लडेर वर्षेनी ५० भन्दा बढी नागरिकहरूले अकालमै ज्यान जोगाउने गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ । यसको सुरक्षा र सचेतनाका लागि स्थानीयलाई जागरूक बनाउनु पर्ने प्रहरीको भनाई छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,३० साउन । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादु देउवाले टिआरसी विधयेक निष्कर्शमा पुग्नु मुलुकको लागि ऐतिहासिक उपलव्धी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलमा सभापति देउवाले यस्तो बताएका हुन् । यस विधेयकलाई निष्कर्शमा पुराउन सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एक स्वरमा सर्वसम्मतिका साथ एकै ठाउँमा उभिनु ऐतिहासिक भएको धारणा व्यक्त गरेका थिए ।
दलहरुले शान्ति प्रक्रियाको बाँकिरहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको बताउँदै सबै राजनीतिक शक्ति र सरोकारवाला पक्ष एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित हुनु यो आफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको उनले बताए । शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानुनका साथै सक्षम आयोग गठनको आवश्यकता औल्याए।
पूर्वप्रधानमन्त्री देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पु¥याउन सभामार्फत सबै पक्ष तथा तह र तप्कालाई आह्वान समेत गरे । “हामीले एकअर्कालाई शङ्का वा आरोपित गर्नेभन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रणालीप्रति सजग हुन आवश्यक छ । उनले भने यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारितामा निर्भर रहन्छ । आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ।”
मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्टि शैली अपनाउने गरेको प्रशंग उल्लेख गर्दै सभापति देउवाले सङ्क्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिएको बताए ।
२२ सय व्यक्ति फरार सूचिमा
सागर सुबेदी, दाङ। दाङको तुलसीपुरमा विभिन्न सामाजिक संघसंस्थाहरूले सप्ताह व्यापी कार्यक्रम गरी युवा दिवस मनाइरहेका छन्। २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी कार्यक्रम गर्दै आएका छन्।
तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र, नगर स्तरीय युवा सन्जाल, स्थानीय युवा परिषद, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास डिभिजन कार्यालय, लियो क्लब अफ दाङ, रोटरी क्लब अफ तुलसीपुर सिटी र लायन्स क्लब अफ दाङ क्यापिटलले सहकार्य गर्दै २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसलाइ विभिन्न सप्ताहव्यापी कार्यक्रम गर्दै मनाउन लागेका हुन ।
हरेक बर्ष अगस्ट १२ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस बर्ष पनि “From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development” भन्ने नारा सहित विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउन लागिएको हो । हाम्रो देश नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवाहरु रहेकोमा सरोकारवाला निकायले युवाहरुलाइ स्वदेश मै केहि गर्न उत्प्रेरित गरोस र युवाहरु देश मै केहि गर्न उत्प्रेरित हुन् भन्ने मुल उद्देश्यका साथ यस्ता कार्यक्रमहरु आयोजना गरिएको तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारीले बताए ।
साउन २८ गते सोमबार तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा आयोजना गरिएको लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध र मानव मुल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेसँगै सप्ताहव्यापी कार्यक्रमहरुको उद्घाटन गरिएको हो ।
यससँगै साउन ३० गते युवासंग उद्यमशिलताको बिषयमा अन्तरक्रिया कार्यक्रम , साउन ३१ गते युवा तथा शिक्षकहरुलाई प्राथमिक उपचार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम र साउन ३२ गते तुलसीपुर २ स्थित मा.वि बालापुरमा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा जुत्ता मोजा वितरण कार्यक्रम गर्दै यस बर्षको २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
युवाहरुले सामाजिक क्षेत्रमा रहेर यस्ता कार्यक्रमहरु गर्दै गर्दा अन्य युवा साथीहरुमा पनि राष्ट्रप्रतिको सकारात्मक सोँच उत्पन्न गराइ देश विकासमा हातेमालो गर्ने आशा सहित आफु निरन्तर यस्ता सामाजिक क्षेत्रमा रहेर काम गर्ने गरेको अध्यक्ष भण्डारीले बताए ।
यस्तै लागु पदार्थ दुव्र्यसनी तथा साइबर अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको रुपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भरतनाथ योगीले कानुनी परामर्श दिएका थिए भने मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण गर्दै प्रशिक्षक रबिन्द्र बस्नेतले युवाहरुलाइ सहि मार्गमा हिँड्न उत्प्रेरित गरेका थिए ।
लागु पदार्थ दुव्र्यसनी, साइबर अपराध तथा मानव मूल्य शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुखनगर प्रमुख टिकाराम खड्काले ३/ ३५ बर्ष पहिले नेपालले जापानलाइ प्रशस्त मात्रामा धान बिक्रि गर्ने गरेकोमा अहिले युवाहरुले काम गर्न चाँहि जाँगर नगर्ने तर बिदेशी जीवनशैलीको मोह बढ्दै गर्दा युवाहरु बिदेशिने लर्काे बढ्दै गरेको बताएका थिए ।
कार्यक्रममा विभिन्न सामुुदायिक तथा संस्थागत बिद्यालय बाट गरी जम्मा ७५ जना बिद्यार्थीहरुलाइ अभिमुखिकरण गरिएको थियो ।
नगरस्तरीय युवा सञ्जाल तथा तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओतबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर युवा सञ्जाल सचिव प्रेरणा परियारले गरेकी थिइन।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२८ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र मातहतका निकायले सकारात्मक परिणाम दिनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाँचौँ वार्षिकोत्सवका अवसरमा उनले खाद्य कम्पनीहरु जनउत्तरदायी बनाउन सबैले ध्यान दिनुपर्ने बताए । पछिल्लो समय सरकार मातहतका निकायमाथी उठेका प्रश्नको जवाफ दिँदै उनले सकारात्मक परिणाम दिन नसक्नेले आफ्नो जिम्मेवारी छोड्नुपर्ने बताएका हुन् ।
‘खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्ने उनले भनाई थियो । ‘कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन ? उनले प्रश्न गर्दै भने किन कार्य क्षेत्र विस्तार गर्न सकिएन ? परम्परागत रुपबाट कम्पनी चल्न सकेन भनेव्यावसायिक कार्ययोजना बनाउन जरुरी रहन्छ ।
देशका प्रमुख स्थानमा पर्याप्त भौतिक सम्पत्ति र पूँजी तथा यथोचित जनशक्ति हुँदा पनि व्यापार र कार्यक्षेत्र बढ्न नसक्नुमा कमजोरी भएको औंल्याउँदै मन्त्री भण्डारीले कम्पनीलाई सुदृढ बनाएर लैजान व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिए ।
२२ सय व्यक्ति फरार सूचिमा
कैलाली,२७ साउन। मृत्यु कर्ममा भेला भइरहेका बेला चट्याङ लाग्दा १० जना महिला घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पूर्ण तिथिको काममा जुटिरहेका महिलाहरू चट्याङ लागेर घाइते भएका हुन्।
चौधरीको घरको अगाडि अमट्टाको रुख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ् परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चट्याङ लागेर बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन्।
चट्याङ परेर ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसर की ३० वर्षीया ममता थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको र बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२७ साउन। अबदेखि पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रसोधित पानीको मूल्य निर्धारण गर्दै जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी रकम लिएमा कारबाही गरिने समेत जनाएको छ।
आइतबार एक सूचना जारी गर्दै प्रशासनले एक लिटर बोतलको पानीलाई रु २० रुपैयाँ मूल्य तोकेको छ। २० लिटर पानी भरिएकि जारको मूल्य ६० रुपैयाँ तोकेको छ। उपभोक्ता हित संरक्षणलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले पानीको मूल्य तोकेको हो।
तोकेको रकमभन्दा बढी प्रशोधित पानीको बोतल र जारमा मूल्य निर्धारण नगर्न प्रशासनको आग्रह छ। यदि सोभन्दा बढी मूल्य निर्धारण गरी पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यदि कसैले जबरजस्ती बढी मूल्य लिएमा जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गरी उपभोक्ता हित संरक्षणमा सहयोग पुर्याउन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ।

२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२६ साउन । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोलाको उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै गरेको रा १ ख ११०० नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइते हुनेहरुमा घोराही उपमहानगरपालिका १० निवासी भुप प्रसाद शर्माको छोरी ५ बर्षीया स्वस्तिका शर्मा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी सहायक हवलदार सरिता कवर ९गर्भवती० र तुलसीपुर उपमहानगरपालिका ७ निवासी १७ बर्षीय अजय घिमिरे रहेका छन् ।
घाईते मध्ये शर्मालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ । उनको दुबै खुट्टामा चोट लागेको छ । अन्य घाइतेको अबस्था भने सामान्य रहेको छ । गाडीमा करिब ३५ जना यात्रु थिए । टिप्परलाई ओभरट्याग गर्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको थियो ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाण्डौ,२६ साउन । देशभरका ३१ हजार बालबालिका आफै घरमूलीको रुपमा रहेको एक तथ्यांकले बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनअनुसार ३१ हजार ५ सय १२ बालबालिका परिवारको मूली रहेका छन् । देशभर ६६ लाख ६० हजार ८४१ परिवार रहेकामा ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको हो ।
घरमा अभिभावक नहुँदा उनीहरु आफैँले अभिभावकत्व सम्हालेका छन् । कार्यालयकाअनुसार करिब ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिकाको उपस्थिति रहेको छ । करिब २९ प्रतिशत परिवार भने बालबालिकाविहीन रहेको कार्यालयले जनाएको छ । पछिल्लो १० वर्षमा समग्र जनसङ्ख्यामा १० दशमलव १ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्यामा १० दशमलव ९ प्रतिशतले घटेको छ ।
यस अवधिमा बालकको भन्दा बालिकाको सङ्ख्या ४ प्रतिशतले घटेको देखिएको छ । समग्र जनसङ्ख्यामा पुरुषको भन्दा महिलाको सङ्ख्या ६ लाख ५० हजारले बढी भए पनि समग्र बालबालिकाको जनसङ्ख्यामा बालकको सङ्ख्या बालिकाको भन्दा तीन लाख तीन हजारले बढी देखिएको छ ।
नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये १८ वर्षभन्दा कम उमेरका बालबालिका ९८ लाख ६९ हजार ५८३ रहेका छन् । जसमध्ये बालक ५१ दशमलव ८ प्रतिशत र बालिका ४८ दशमलव २ प्रतिशत रहेको छ ।
तथ्याङ्कअनुसार नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१ दशमलव ३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् । सबैभन्दा बढी तराईका ७६ दशमलव १ प्रतिशत परिवारमा बालबालिकाको बसोवास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोवास रहेको देखिएको छ ।
एकल परिवारमा ५४ दशमलव १ प्रतिशत र संयुक्त परिवारमा ४५ दशमलव ९ प्रतिशत बालबालिका छन् । यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १ दशमलव ६ प्रतिशतको विवाह भएको छ । विवाहित बालवालिका सबैभन्दा बढी कर्णालीमा २ दशमलव ६५ प्रतिशत र सबैभन्दा कम बाग्मतीमा १ दशमलव १५ रहेको छ ।
१३ देखि १७ वर्षसम्मका किशोरी आमाको सङ्ख्या १५ हजार १२५ रहेको छ । किशोरी आमामध्ये सबैभन्दा धेरै तराईमा ४८ दशमलव ४५ प्रतिशत र हिमालमा ७ दशमलव ६६ प्रतिशत रहेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा किशोरी आमा बढी रहेको तथ्याङ्कले देखाएको छ ।
यस्तै ५ वर्ष र योभन्दा माथिल्लो जनसङ्ख्यामध्ये ९४ दशमलव १ प्रतिशत साक्षर छ । अझै पनि ५ दशमलव ४ प्रतिशत बालबालिका विद्यालय गएका छैनन् भने ५ दशमलव ३ प्रतिशतले बीचमै पढाइ छाड्ने गरेको तथ्याङ्कले देखाएको छ । बालकभन्दा बालिका कम जन्मिएकाले यसबाट देशको कुल गार्हस्थ्य उत्पादनदेखि भविष्यको जनशक्तिमा समेत असर पर्न सक्ने विज्ञहरुले बताएका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २५ साउन। तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख ९ १५ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई सडकको बायाँ साइडमा दुर्घटना हुँदा बसमा सवार २० जनामध्ये ३ जना घाइते भएका हुन् ।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने बसचालक फरार रहेका छन्। बसका सहचालक घोराई उपमहानगरपालिका वडा नम्बर १४ बस्ने २२ वर्षीय भुवन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा परी दाङ दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ बस्ने ६० वर्षीय प्रमी चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने रुचा कराला र तुलसीपुर उपमहानगरपालिका १४ बस्ने ३२ वर्षीय गीता बस्नेत घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
बर्दिया,२५ साउन। बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।
कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका बेला बाघको आक्रमणमा परि वडा नम्बर ९ को बैदी बनगाई गाउँका ३० वर्षिय चन्द्र बहादुर कसेरा गम्भीर घाइते भएको निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी दिए ।
आँखामा गम्भीर घाउ भएर घाइते भएका उनलाइ उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख अशोक रामले निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, राष्ट्रिय वन तथा खाता जैविक मार्ग आसपासका सामुदायिक वनमा च्याउ खोज्न र घाँस–दाउरा लिन नजान अनुरोध गरेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस