दाङ,२३ साउन । तुलसीपुरमा स्थापना गरिएका हाइमाष्ट लाइटमा विद्युत जडान प्रकृया सुरु हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको साउन २७ गते बस्ने कार्यपालिकाको बैठकमा निर्णय गराइ हाइमाष्ट जडान प्रकृया सुरु गर्ने मेयर टिकाराम खड्काले बताएका छन् ।
साउन २७ गते कार्यपालिकाको बैठक आह्वान गरिएको र सोही बैठकमा हाइमाष्ट लाइटमा विद्युत जडानको निर्णय गरी काम सुरु गर्ने मेयर खड्काले बताए।
‘तुलसीपुर राम्रो, शान्त र सुरक्षित बनाउने सवालमा हामी नगरबासी संधै एक ढिक्का हुनु जरुरी छ,’ मेयर खड्काले भने ।
तुलसीपुर उद्योग बाणिज्य संघको तत्कालिन महासचिव विनिल केसीको पहलमा लुम्बिनी प्रदेश सरकारको झन्डै ५१ लाख बढी बजेटबाट तुलसीपुरको गुम्ह्राचोक, बीरेन्द्र चोक, हात्तीखौवा चोक र बिजौरी चोकमा हाइमाष्ट लाइट स्थापना गरेको दुई महिना जति समय पुगि सकेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
चितवन,२३ साउन । राजमार्गमा पहिरो पन्छाउने क्रममा ढुंगाले लागेर चालक घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते भएका छन् ।
पृथ्वी राजमार्गमा नाग्दी खोलामा बिहान गएको पहिरो हटाउने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर अधिकारी घाइते हुनुभएको चितवन प्रहरीले जानकारी दिएको छ ।
उनको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । ठुलो सुख्खा पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले एउटा स्काभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२३ साउन। बुधबार दाङसहित देशका ६५ जिल्ला बाढीको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार १५ जिल्लामा उच्च सतर्कता र ५० जिल्लामा सतर्कता अपनाउन अनुरोध गरेको छ।
दाङ बाँके, बर्दिया पर्वत बाग्लुङ, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही नदीमा पनि बहाव बढ्ने सम्भावना छ।
यसैगरी आज तेह्रथुम, धनकुटा, इलाम, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रसुवा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, धादिङ, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु जिल्लामा पनि सतर्कता अपनाउन आग्रह गरेको छ।
सचेत गराउँदै बाढी महाशाखाले अगाडि भनेको छ( नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ,२२ साउन। देशभर ९६.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो सातासम्म देशभर कुल रोपाइँ हुने क्षेत्रको ९६.३ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा ८१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। नेपालमा कुल १४ लाख १ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ। जसमध्ये साउनको तेस्रो सातासम्म १३ लाख ४९ हजार ६०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमा धान रोपाइँ हुने शत प्रतिशत क्षेत्रमा नै रोपाइँ सकिएको छ। गत वर्षको सोहि अवधिमा सुदूपश्चिममा ९९.२ प्रतिशत रोपाइँ सकिएको थियो।
कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ। गत वर्षको सोहि अवधिमा धान रोपाइँ हुने क्षेत्रमध्ये ९६.३ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष २० साउनसम्म ९९.२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ।
लुम्बिनी प्रदेशमा पनि ९६.७ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। त्यस्तै गण्डकी प्रदेशमा ९६.१, बाग्मती प्रदेशमा ९४.९, मधेश प्रदेशमा ९५.४ र कोशी प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्र भएको मन्त्रालयले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२२ साउन । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा मंगलबार गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशुलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्यधिक भिरालो देखिएको जनाइएको छ। सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताए।
दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामिण सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको समेत देखिएको उनले बताए।
अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको रिजालले जानकारी दिए। उनले सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाइ उचित क्षतिपूर्ति र बिमाबापतको रकम दिन ढिलाई गर्न नहुनेमा जोड दिए।
अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दुःखद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताए। उनले कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए। दुई वटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परेको छ। तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ। दुर्घटनामा अझै कम्तिमा ३८ यात्रु बेपत्ता छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २२ साउन । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ऋषीराज भण्डारी नेतृत्वको नव निर्वाचित टीमलाई चेम्बरका निवर्तमान अध्यक्ष टोपबहादुर घर्तिले पद हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले संकटका बीचमा स्थापना भएको चेम्बरलाई चलायमान र गतिशी बनाउनु पर्नेमा जोड दिएका थिए । व्यवसायीक हकहितका लागि स्थापना भएको संस्थाले तुलसीपुरको समृद्धि, व्यवसायिक अस्थित्व, लगानीमैत्री वातावरणमा जोड दिनुपर्ने बताएका थिए ।
चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सदस्य मिनराज वली, नेपाली काँग्रेसका जनक खराल, माओवादी केन्द्रका मोहन थापा, चेम्बरका प्रेस सल्लाहकार ओपेन्द्र बस्नेत, सल्लाहकार नेत्र वली, वेणु अधिकारी, लगायतले बोलेका थिए ।
साउन १२ गते वसेको चेम्बरको अधिवेसनले ऋषिराज भण्डारीको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको थियो । नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष खडका, उपाधयक्ष मञ्जित पुन, महासचिव दुर्गा प्रसाद शर्मा, कोषाध्यक्षमा लोकेन्द्र वली, सचिव सनोद थापा र सहकोषाध्यक्षमा देवबहादुर पाण्डे रहनु भएको छ ।
त्यसैगरी सदस्यहरूमा गणेश कुमार न्युरे, मनिष शाह, तस्बर अली, रमेश बुढाथोकी, भिमी डाँगी, विनोद पन्त, चक्र नेपाली, दरिभान डाँगी, भीमबहादुर केसी र जोगेन्द्र नेपाली रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौँ, २२ साउन । मिडिया काउन्सिल विधेयक २०८० को नाम आमसञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ ।
मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो ।
सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आमसञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो । समिति सदस्यहरुले मिडिया काउन्सिल नाम अङ्ग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्ताव हालेका थिए । बैठकमा बोल्दै सदस्यहरुले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताए ।
यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरे । अब परिवर्तित नाम अनुरुप बाँकी प्रक्रिया अगाडि बढाउने उनले बताए।
सभापति राईले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण मात्रै गरिएको स्पष्ट पारे। विधेयकभित्रको विषयवस्तुहरु भने परिवर्तन नहुने उनको भनाइ छ ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं २० साउन। नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।
मन्त्री चौरसियाका अनुसार प्रचलित ऐन संशोधन गरी कानुन व्यावसायी परिषद अन्तर्गत कानुन व्यावसायी प्रतिष्ठान(लयर्स एकेडेमी)को स्थापना गर्ने उदेश्यले विधेयक ल्याइएको हो ।
यसका साथै कानुन विषयको स्नातक वा सो सहको उच शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ २० साउन । बिवाईडी विद्युतीय गाडी खरिदका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।
बैंक र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कबीच सम्झौता भएसँगै इन्भेस्टमेन्ट मेगा बैंकले बीवाईडीका सबै गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो ।
उक्त सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साइमेक्स इंकको तर्फबाट सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बीवाईडीको गाडी किन्न चाहनेले इन्भेस्टमेन्ट मेगा बैंकको जुनसुकै शाखाबाट अटो ऋणका लागि आवेदन दिएमा ३ दिनमा फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । यस्तो कर्जाको ब्याजदर आधार दरमा जम्मा १ प्रतिशत मात्रै प्रिमियम थप हुने जनाइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ १९ साउन । दाङको घोराहीमा टिप्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। घोराई उपमहानगरपालिका वडा नम्बर १० फन पार्क नजिकै शनिबार बेलुका टिप्परले ठक्कर दिँदा अन्दाजी ३५ ३६ वर्षीय एक व्यक्ति गम्भीर घाइते भएका हुन्।
बा ५८ प ५६०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएर टिप्पर फरार रहेको छ घाइते व्यक्तिको परिचय खुल्न सकेको छैन उनको अवस्था गम्भीर रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस