रोटरी क्लबको अध्यक्षमा बिनिल, रोट्र्याक्टको अध्यक्ष किरण

   श्रावण १३, २०८१       admin


तुलसीपुर, १३साउन । रोटरी क्लब अफ तुलसीपुर सिटीको र रोड ट्रयाक क्लब अफ तुलसीपुरको पदस्थापन कार्यक्रम शनिबार बेलुकी एक समारोहका बीच सम्पन्न भएको छ ।

रोटरी क्लब अफ तुलसीपुरको अध्यक्षमा सन २०२४ ÷ २०२५ का लागि युवा ब्यबसायि बिनिल केसी अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन ।

यसैगरी रोट्र्याक्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा सन् २०२४ र २५ का लागि किरण पुन सर्वसम्मत रुपमा चयन भएका छन्।

यसअघिका रोटरी क्लव अफ तुलसीपुरका सिटिका अध्यक्ष तुलसीपुर उपमहनगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बिनिलि केसीलाई पदहस्तान्तरण गरेका थिए ।

पदहस्तान्तरण कार्यक्रमहरुका प्रमुख अतिथि रोटरि डिष्ट्रिक ३२९२का असिस्टेन गभर्नर थानेश्वर आचार्यले समाज सेवामा थप सक्रियताका साथ लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए ।

‘ जस्ले तपाँइ र समाजको हित गर्छ त्यो नशा लिनुहोस किनकी त्यो पनि एउटा म्याजिक हो,’ पाण्डेले भने ‘ सामाजिक संस्थाहरुमा बसेर म्याजिक देखाउन साह्रै गाह्रो हुन्छ तर, त्यो ठाउँ र स्थान बिषेश उचित भइदिए म्याजिक देखाउन संभव हुन्छ ।’

कार्यक्रमका बिशिष्ट अतिथि रोटरीयन बिमल रिजालले सामाजिक क्षत्रमा क्रियाशिल क्लबहरु आँफुलाई भविश्यमा कस्तो बनाउने भन्ने बारे अवशरका ढोकाहरु भएको बताए ।


‘जीवन परिवर्तन र समाज रुपान्तरणमा यहाँको महत्वपूर्ण योगदान हुने छ,’ रिजालले भने‘ कुलतमा फसेका छोराका अभिभावकलाई सोध्नुहोस उहाँलाई कति पीडा छ । तपाँइ सामाजिक संघ संस्थामा लाग्नेहरुले आफ्नो जीवन सैली कस्तो बनाउने भन्ने यो ठूलो अबशरको ढोका हो ।’

कार्यक्रमलाई रोटरीयन तथा तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ बित्तीय अधिकृत ललितबहादुर घर्तीले आँफुलाई समर्पित गरेर समाज सेवामा लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए ।

त्यसक्रममा रोटरी क्बल अफ लमहीका अध्यक्ष केशब घिमिरे, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले नब निर्वाचित अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरुले समाज रुपमान्तरण र समाज हितमा हातेमालो गर्ने बताएका थिए ।
रोटरीको पदहस्तान्तरणका कार्यक्रम सचिव दिपेश भण्डारी र रुपेश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको चुम्बक हरायो

   श्रावण १२, २०८१       admin

चितवन,१२ साउन। सिमलताल दुर्घटना स् बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो

सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ ।

भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो ।

भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गञ्जीमै मन्त्रालय पुगे मन्त्री मनाङे

   श्रावण १२, २०८१       admin

कास्की,१२ साउन। छैटौंपटक मन्त्री बनेका गण्डकी प्रदेश सरकारका राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमै मन्त्रालय पुगेका छन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा छन् ।

भौतिक पूर्वाधार मन्त्रालयमा दोहोरीएका मन्त्री मनाङे पछिल्लोपटक गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् ।


भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पाँचजना नक्कली परिक्षार्थी पक्राउ

   श्रावण १२, २०८१       admin

हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला परमाणिपुरका नरेन्द्र महतो, चितवन भरतपुर ८ का रुपेश यादव, सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का राजिवकुमार राउत, रौतहट जिल्ला गरुडा नगरपालिका २ का लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छ्न् ।

उनीहरुले नियमित परीक्षार्थीको ठाउँमा नक्कली परिक्षार्थी बनेर परीक्षा दिइरहेका थिए । पाँच जनालाई परीक्षास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

घट्यो मौद्रिक नीतिदर

   श्रावण ११, २०८१       admin

काठमाडौं,११ साउन। नेपाल राष्ट्र बैंकले मौद्रिक नितिदर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अविरल वर्षाले घर भत्किदा ८ घाइते: ३ को अवस्था गम्भीर

   श्रावण ११, २०८१       admin

जाजरकोट,११ साउन । गए राती परेको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् । बिहान १ बजेको समयमा पदम अधिकारीको १ तले कच्ची घर भत्किदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा वर्ष ३५ का पदम अधिकारी वर्ष १० का दिनेश अधिकारी वर्ष ३० की सरिता अधिकारी वर्ष १४ का नवीन अधिकारी वर्ष ६५ की भिरकुली अधिकारी वर्ष १५ की सुजता अधिकारी वर्ष १६ की संगिता अधिकारी र वर्ष १४ का नवराज अधिकारी रहेका छन् ।

उनीहरूलाई घर भत्के लगत्तै स्थानीयहरूले उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो । घाइते मध्य तिन जना संगिता अधिकारी, पदम अधिकारी र दिनेश अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

किवानिज इन्टरनेशनल डिभिजन ५ को अधिबेशन: क्लबसंग साझेदारी गर्ने मेयर खड्काको प्रतिवद्दता

   श्रावण १०, २०८१       admin

दाङ १० साउन । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ।

किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि टिकाराम खड्काले स्थानीय सरकार सामाजिक संघसंस्थासँग साझेदारी गर्न तयार रहेको बताए।

समुदायसँग जोडिएर काम गर्नका लागि यस्ता खाले संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहने भन्दै उनले स्थानीय सरकार किवानिज क्लबसँग साझेदारी गर्न तयार रहेको बताएका हुन्।

यस क्लबले विभिन्न समुदायका बालबालिकाहरूको शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताएका थिए।बालबालिकालाई सहयोग गर्ने भूमिका खेल्ने संस्थाको रुपमा किवानी स्थापित भएको भन्दै उनले प्रशंसा समेत व्यक्त गरे।

विशेषगरी विपदको समयमा किवानीले सहयोगी हात फैलाउने काम गरेको र नागरिक समुदायसँग नजिक भएर काम गरेको उनको भनाइ थियो।

स्थानीय सरकारको अनुमतिमा रहेर सामाजिक काम गर्न अघि बढियो भने उक्त काम सफल हुने भन्दै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा आफूले स्वीकृति प्रदान गर्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा क्लबका इन्टरनेशनल ट्रस्टी मोहन लम्सालले विशेषगरी बालबालिकाको शिक्षा स्वास्थ्य बालमैत्री वातावरण हरियाली प्रवर्द्धन खेल र बालबालिकामा नेतृत्वको विकास गर्ने उद्देश्यले स्थापित भएको जानकारी गराएका थिए।

१०९ वर्ष पुरानो यस संस्थाले सेभ द चिल्ड्रेन अफ द वर्ल्ड भन्ने मुख्य भावनासहित काम गर्दै आएको बताएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न क्षेत्रका क्लबहरूलाई बालबालिकाको क्षेत्रमा थप सक्रिय भएर काम गर्न आग्रह समेत गरेका छन्।

एलटि गभर्नरमा रावत, र एलेक्ट एलटि गभर्नरमा श्रेष्ठ

यसैबीच अधिवेशनले एलटी गभर्नर र एलेक्ट एलटी गभर्नर गरेको छ।किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशनबाट वर्ष २०२४/०२५ का लागि एल टि गभर्नरमा भुपाल रावत र एलेक्ट एल टि गभर्नरमा अमनमान श्रेष्ठ निर्वाचित निर्वाचित भएका छ्न।

कार्यक्रममा ईन्टरनेशनल बोर्ड अफ ट्रष्टी मोहन लम्साल, डिष्ट्रीक्ट गर्भनर तिर्थ कुमार सिंह, डिष्ट्रीक्ट गभर्नर इलेक्ट कृष्णप्रसाद ज्ञवाली, भाइस गर्भनर डा. रामशरण थपलिया, डिष्ट्रीक्ट ट्रेजर शिव काफ्ले, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर रामहरी सुवेदी, रिजन को-अर्डिनेटर चियर भरत प्रसाद ढुङ्गेल, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर डेजिग्नेट विकास लम्साल, डिभिजन ५ का पूर्व ल्युटिनेन्ट गर्भनर दिपेश शाही , प्रमोद थापा लगाएतकाले शुभकामना दिएका थिए।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको सो अन्तर्राष्ट्रिय संस्थाले विशेष गरी नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।

नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ । डिभिजन–५ अन्तर्गत दाङमा ९ , रुपन्देहिमा २ र नवलपरासी मा १ गरि हाल जम्मा १२ वटा किवानिज क्बल रहेका छन् ।

कार्यक्रमको सहजीकरण डिभिजन ५ का सचीव बंशि कुमार शर्माले गरेका थिए भने कार्यक्रमको धन्यवाद लर्ड बुद्ध क्लबका एलेक्ट उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गरेकी थिइन्। सो अवसरमा डिभिजन ५ का १२ वटा किवानिज क्लबले आफ्ना क्लबको बार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

काजु र ज्वानो बोकेको दुई ट्रक नियन्त्रणमा

   श्रावण १०, २०८१       admin

काठमाडौँ,१० साउन । नेपाल प्रहरीले वीरगन्जबाट दुई ट्रकलाई नियन्त्रणमा लिएको छ । झण्डै दुई करोड रुपैयाँ बराबरको सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट भन्सार छली गरेर ल्याइएको करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेकट्रोनिक्स सामान बरामद गरिएको हो ।

भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

पहिरोले रुकुम सडक खण्ड अबरुद्ध

   श्रावण १०, २०८१       admin

रुकुम पश्चिम, १० श्रावन ।  मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पहिरो खसेपछि हिजो बेलुकादेखि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बाग्लुङ, पोखरा र काठमाण्डौ जाने गाडी रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी जानकारी दिए।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ ।।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वैकल्पिक उर्जालाई दूरदराजसम्म पुुर्‍याउनुपर्छः मन्त्री खड्का

   श्रावण १०, २०८१       admin


काठमाडौँ,१० साउन ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वैकल्पिक उर्जाको पहुँच दूरदराजसम्म पुर्‍याउनुपर्ने बताएका छन्। मन्त्री खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताए।

“म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ की छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ”, उनले भने।

ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गरे। उनले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताए।

मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गरे। तल्लो वर्गका मानिस आर्थिक र सामाजिक हिसाबले सबल नभएसम्म देश विकास हुन नसक्ने उल्लेख गरे।

मन्त्रालयका सचिव सरीता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology