तुलसीपुरमा धुप बनाउने दुईदिने तालिम सुरु

   माघ २६, २०८२       admin

दाङ,२५ माघ ।महिलाहरूको सीप र क्षमता अभिवृद्धि गरी उद्यमशील बनाउने उद्देश्यले तुलसीपुरमा धुप बनाउने दुईदिने तालिम सुरु गरिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा महिला उद्यमी परिषदको आयोजनामा आइतबार तालिमको उद्घाटन गरिएको हो।

तालिमको उद्घाटन महिला उद्यमी परिषदकी अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा संघका पूर्व अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष नरेशराज भण्डारी, प्रशिक्षक तथा सहभागीहरूले तालिमको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने खालका यस्ता सिपमूलक तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। तालिमबाट धुप उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरी महिलाहरूले साना उद्यम सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतमले गरेका थिए । तालिममा तुलसीपुर क्षेत्रका महिला उद्यमीहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आजदेखि देशभर एचपीभी खोप अभियान सुरु

   माघ २६, २०८२       admin

काठमाडौँ, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आजदेखि देशभर सुरु भएको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म एचपीभी खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइनेछ।

यसैगरी, गत वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइने व्यवस्था गरिएको छ। चालु अभियानमा झन्डै साढे तीन लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको डा.गौतमले जानकारी दिए।

खोप विभिन्न पालिकामा फरक–फरक दिनमा सञ्चालन हुने भएकाले नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा जानकारी लिएर खोप लगाउन केन्द्रले आग्रह गरेको छ। एचपीभी खोप सुरक्षित, प्रभावकारी तथा निःशुल्क भएकाले ढुक्क भएर खोप लगाउन पनि अनुरोध गरिएको छ।

अध्ययनहरूले प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सरविरुद्ध बढी प्रभावकारी हुने देखाएका छन्। गत वर्ष सञ्चालन गरिएको अभियानमा झन्डै १६ लाख किशोरीले एचपीभी खोप लगाएका थिए, जसमा ९४ प्रतिशतले खोप लगाएको तथ्याङ्क छ।

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एचपीभी भाइरसको संक्रमण हो। यस भाइरसका २०० भन्दा बढी प्रकार रहेका छन्। नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर देखिने अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारण तथा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो प्रमुख कारण रहेको स्वास्थ्य क्षेत्रका तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कर्णालीमा प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न

   माघ २६, २०८२       admin

सुर्खेत,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीअन्तर्गतको मतपत्र छपाइ सकिएको छ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म देशभरका कुल ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यसमध्ये कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका मतपत्र छपाइ तथा प्याकिङको काम पूरा भएको आयोगले जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम०, सल्यान र सुर्खेतका लागि आवश्यक मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।

कर्णाली प्रदेशमा प्रतिनिधिसभाका कुल १२ वटा निर्वाचन क्षेत्र छन्। ती क्षेत्रमा १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। सुर्खेत र दैलेखमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी आठ जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

चुनावमा ड्रोन प्रयोगमा प्रतिबन्ध

   माघ २६, २०८२       admin

काठमाडौँ,२५ माघ । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचनका क्रममा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिए।

प्रवक्ता काफ्लेले हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने पनि बताए।

गृह मन्त्रालयले सबै सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै पनि कमी हुन नदिन र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिएको छ।

साथै मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष ध्यान दिन अनुरोध गर्दै मित्थ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने किसिमका सूचना प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न भए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु

   माघ २६, २०८२       admin

दाङ,२५ माघ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–स्थित १० किलोमा दुई वटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्।

दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ००६ ख ५२०८ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।

ठक्करपछि अनियन्त्रित बनेको दाङबाट काठमाडौँ जाँदै गरेको बस सडकछेउको एक स्थानीयको घरभित्र पसेको थियो। घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउँदै गरेका एक स्थानीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिएका छन्।

प्रहरी चौकी महादेव बेशी र इप्रका खानीखोलाको प्रहरी टोलीले बिहान ८ बजेबाट एकतर्फीरुपमा राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ । दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन्

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाल शिक्षक संघ घोराहीको नवौँ प्रतिनिधि सभा सम्पन्न

   माघ २५, २०८२       admin

दाङ,२४ माघ । नेपाल शिक्षक संघ घोराही दाङको नवौ स्थानीय प्रतिनिधि सभा आज शनिबार घोराहीमा सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष खिमप्रकाश पुरीको सभापतित्व एवं नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथी प्रदेश उपाध्यक्ष पाण्डेयले शिक्षकहरुको एकताबाट मात्रै पेशागत हकहित सुरक्षित गर्न सकिने भन्दै शिक्षकहरुलाई एकतावद्द अघि बढ्नुपर्ने बताए । एकताबद्ध एवम संगठित संस्थाको बार्गेनिङ क्षेमता बढ्ने भएकाले संगठित बन्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै आसन्न प्रतिनिधि सभा दाङ क्षेत्र न २ का काग्रेस उमेदवार किरणकिशोर घिमिरेले नेपालमा प्रजातन्त्र स्थापनादेखि शिक्षकको भूमिका महत्त्वपूर्ण भएको बताए ।

शिक्षक समुदायसग जोडिएको बिशिस्ट ब्यक्ति भएको भन्दै उनले विशेष परिस्थितिमा फागुन २१ गते हुन लागेको चुनावमा प्रजातान्त्रिक शक्तिलाई जिताउन शिक्षकले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

देशका हरेक परिवर्तनमा शिक्षकको भूमिका बिर्सन नसकिने खालको रहेको भन्दै उनले कुन्ठा र नैराश्यतालाई चिरेर ज्ञान र विवेक प्रयोग गरी योग्य ब्यक्ति छान्ने वातावरण निर्माणका लागि शिक्षकले समाजलाई दिशाबोध गर्नुपर्ने बताए ।

नेपाली काग्रेसका महासमिति सदस्य भूपबहादुर डागीले प्रजातान्त्रिक शक्ति कमजोर हुदा देशमा धेरै अप्ठ्यारो पर्ने भन्दै आसन्न चुनावमा काग्रेसका एजेन्डा गाउबस्तिसम्म लैजान शिक्षकहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासङ्ग दाङका अध्यक्ष युवराज बस्नेतले महासंघको आन्दोलनबाट प्रतिफल न आएकोमा संघको मात्र कमजोरी नभएको भन्दै आफूहरू प्रेसर समूह भएको र आफूहरूले निरन्तर रूपमा आन्दोलन नै गर्ने बताए ।

कार्यक्रमका बोल्दै नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले आफूहरू प्रजातान्त्रिक संस्थाका सदस्य भएकोले आसन्न निर्वाचनमा प्रजातान्त्रिक संस्थाका उम्मेदवारलाई विजयी बनाउन आफ्ना सम्पूर्ण सदस्यलाई अनुरोध गरे।

नगर समितिका महिला उपाध्यक्ष रीमा गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य भूपबहादुर डागी, शिक्षक नेताहरु
चित्रकला आचार्य,निशान्त आचार्य,लक्ष्मी न्यौपाने,तिलकराज डाँगी, गिरिराज शर्मा,उत्तम खनाल,हिरालाल न्यौपाने,शम्सेर नेपाली,श्रीधर गौतम लगायतकाले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण संघका नगर सचीव गोपालप्रसाद पोख्रेलले गरेका थिए। प्रतिनिधि सभाले संघका नगर सचिब गोपाल पोख्रेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा सचिब अर्थ शेरबहादुर चौधरीले प्रस्तुत गरेको आर्थिक बार्षिक पतिवेदन संशोधन सहित पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गढवामा जिप दुर्घटना, चार जना घाइते

   माघ २५, २०८२       admin

दाङ,२४ माघ । देउखुरीमा जिप दुर्घटना भएको छ। देउखुरीको लालपुरबाट कोइलाबासतर्फ पिकनिक खान जाँदै गरेको करिब १५ जना सवार जिप गढवा–कोइलाबास सडकखण्डमा दुर्घटनामा परेको हो। लु१ च ३१७७ नम्बरको जिप दुर्घटनामा परेको हो


गढवा गाउँपालिका अन्तर्गत सर्पदंश केन्द्र र कक्रहवाको बीच भागमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेहरूको अवस्था र जिप दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

   माघ २५, २०८२       admin

काठमाडौ,२४ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज जारी गरेको विज्ञप्तिमार्फत बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

वरिष्ठ कलाकार सुनिल थापाको निधन

   माघ २५, २०८२       admin

काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। उनको निधन भएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिए।

काठमाडौँको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनलाइ हृदयघात भएको हो।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थिए । नेपाली चलचित्र क्षेत्रमा प्रायः ‘खलनायक’ भूमिकामा देखिएका उनी ‘राते काइला’ नामले पनि परिचित थिए।

थापाको परिवार भारतको मुम्बईमा रहेकाले परिवारका सदस्य काठमाडौँ आइपुगेपछि मात्रै अन्त्येष्टिलगायतका थप प्रक्रिया अघि बढाइने अध्यक्ष निरौलाले जानकारी दिए।

उनको निधनप्रति कलाकार, चलचित्रकर्मी तथा शुभचिन्तकहरूले नेपाली चलचित्र क्षेत्रले एक बलियो धरोहर गुमाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन आचारसंहिता अनुगमन प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

   माघ २५, २०८२       admin

काठमाडौँ,२४ माघ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी वैकल्पिक सञ्चार व्यवस्था मिलाउने निर्णय गरेको हो।

साथै निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिको निगरानी गर्ने निर्णय पनि गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

बैठकले निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाउने निर्णय गरेको छ।

यसैगरी निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद–बिक्री तथा दुरुपयोग नियन्त्रण गर्ने विषयमा पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनमा सुरक्षाकर्मीको परिचालन, उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायत विषयमा समेत छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology