दाङ,१० माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा त्यस्ता उम्मेदवारलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका तथा उनीहरूका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ।
निष्कासनमा पर्नेहरूमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१०माघ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। विशेष महाधिवेशनबाट किनारामा परेको उक्त समूह ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा लागेको हो।
राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहेको बताइएको छ।
पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीतिक अवस्था, त्यसअघिको परिस्थिति र आगामी रणनीतिबारे समूहका नेता–कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले भेला गर्न लागिएको स्रोतले जनाएको छ।
विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले हालसम्म स्वीकार गरेको छैन। निर्वाचन आयोगले उक्त महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,१० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही राजनीतिक दलले पनि महावीर पुनलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाइसकेका छन्।
पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै महावीर पुनलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत हुन्।
उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,१० माघ । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
लोकमार्ग अवरुद्ध भएपछि सडक खुलाउन इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए।
हाल पनि उक्त क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ। हिउँ पन्छ्याएर सडक खुलाउने कार्यका लागि भूमे गाउँपालिकासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
रुकुम पूर्वसहित पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ भने केही स्थानमा हल्का वर्षा पनि भएको छ।
लामो समयपछि भएको वर्षा र हिमपातले किसानलाई राहत पुगेको सिस्ने गाउँपालिका–५ निवासी विमल बिसीले
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ माघ। आगामी फागुन १ गते देखि देशब्यापी प्रदर्शनमा आउन थालेको नेपाली चलचित्र ‘विगुल’ को प्रमोशनका लागि निर्माण पक्ष देशदौडाहमा छ ।
चलचित्रका निर्माता तथा लेखक दिनेश कोइराला, निर्देशक रमेश कोइराला लगाएत कलाकार सहितको टोली प्रमोशनका लागि देशदौडाहमा निस्कीएको हो । पूर्व मोरङ देखि प्रमोशन यात्रा तय गरेको चलचित्रको टोली शुक्रबार दाङ आइपुगेको छ ।
अहिले सम्म दर्जन बढि शहरहरुमा यसको प्रमोशन गरिसकिएको छ । शुक्रबार निर्माणपक्षले दाङमा चलचित्रका बारेमा औपचारिक कार्यक्रम गरेर जानकारी गराएको छ । चलचित्र निर्माणपक्षले यो चलचित्रलाई गत भदौ २३ गते भएको जेनजी आन्दोलन प्रति समर्पित चलचित्र भनेको छ ।
कार्यक्रममा बोल्दै निर्माता कोइरालाले भने ‘यसको कथा वस्तु देश परिवर्तनका लागि हरेक पक्षबाट खेलिनु पर्ने भूमिकालाई सुक्ष्म रुपमा देखाइएको छ, मूलतः यो चलचित्रको कथावस्तु गत भदौ २३ को जेनजी आन्दोलनको मर्म र म्याण्डेटसंग मिलेको छ, फलतः हामीले यो चलचित्रलाई जेनजी आन्दोलन प्रति समर्पित चलचित्र भनेका छौँ ।’
उनका अनुुसार चलचित्रले राजनीति वा राज्यका शाशकका कारण परिवार, समाज तथा सिंगो देशमा पारिरहेको प्रभावलाई उजागर गरिदिएको छ । राज्यका शाशकले गल्ती गर्दा परिवार, समाज तथा सिंगो देशमा परिरहेको नकारात्मक प्रभावलाइ चलचित्रका माध्यमबाट सुक्ष्म रुपमा देखाउन खोजिएको निर्माता कोइरालाले जानकारी दिए ।
साथै यस्तो नकारात्मक प्रभावबाट मुलुकलाई जोगाउनका लागि युवाहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्देश समेत चलचित्रका माध्यमबाट आफूले दोखाउन खोजेको कोइरालाले जानकारी दिए ।
‘राज्यले गल्ती गर्दा मुलुकले बेहोर्नु पर्ने असर कस्तो हुन्छ ? भनेर हामीले चलचित्रको कथा मार्फत प्रस्तुत गर्न खोजेका छौँ,’ निर्माता कोइरालाले भने ‘साथै यसको समाधानका लागि युवा, महिलाहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्देश समेत चलचित्रले दिएको छ ।’
नायक नरेन्द्र खड्का र नायिका बेनिशा हमालको मूख्य भूमिका रहेको यो चलचित्रमा निर शाह, विनोद न्यौपाने,रमेश बुढाथोकी, सरोज खनाल,हेमन्त बुढाथोकी,शिशिर वाङ्देल लगाएतका कलाकारहरुको भूमिका रहेको छ ।
रमेश कोइरालाद्धारा निर्देशित यो चलचित्रमा मिरा पण्डित र मानु श्री शर्माले डेब्यू गरेका छन् । चलचित्रको कथा निर्माता दिनेश कोइरालाले लेखेका हुन् । गत वैशाख र जेठ महिनामा छायांकन गरिएको यो चलचित्रले बाबु छोरीको कथाबाट सुरु भएको विगुल राष्ट्रिय हीतका लागि सन्देश दिएर टुंगिने निर्देशक रमेश कोइरालाले जानकारी दिए ।
प्रमोशन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दिनेश कोइरालाको ब्यक्तिगत पृष्ठभूमि बारे आफू जानकार भएको र उनले चलचित्रको कथा लेखन वास्तवीकतामा आधारित भएको बिश्वास व्यक्त गरे ।
समाज सुधार तथा राजनीतिक सुधारका निम्ती कोइरालाले खेलेको भूमिका बारे आफू जानकार रहेको भन्दै पोख्रेलले कोइरालाको त्यहि चाहना र भूमिका चलचित्रमा देख्न पाइनेमा आफू बिश्वस्त रहेको वताए ।
कार्यक्रम त्रिभुवननगर जेसिजको समन्वयमा भएको थियो । विभिन्न विधाका जानकारहरुको सहभागीतामा गरिएको प्रमोशन कार्यक्रममा निर्माता दिनेश कोइराला, निर्देशन रमेश कोइराला, नायक नरेन्द्र खड्का लगाएत सहभागी थिए ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ माघ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरकी ३३ वर्षीया रमा चौधरी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घाइते चौधरीको आज अपराह्न सवा ४ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा चौधरीको टाउको, मुख, हात र खुट्टामा गम्भीर चोट लागेको थियो।
घाइते चौधरीलाई सुरुमा राप्ती लाइफ केयर अस्पताल, मोतिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रिफर गरिएको थियो।
प्रहरीका अनुसार आज शुक्रबार दिउँसो करिब पौने २ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा पैदल यात्री चौधरीलाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–४ बनहरीका २३ वर्षीय अरुण चौधरी र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका २० वर्षीय आभास केसी पनि घाइते भएका छन्। चालक चौधरीको अवस्था सामान्य रहेको छ भने पछाडि सवार केसीको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट पर्सेनीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९माघ । तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित तीन जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब पौने २ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ३३ वर्षीया रमा चौधरी गम्भीर घाइते भएकी छन्। उनको टाउको, मुख, हात र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–४ बनहरी निवासी २३ वर्षीय अरुण चौधरी र पछाडि सवार तुलसीपुर–५ बसपार्क निवासी २० वर्षीय आभास केसी पनि घाइते भएका छन्। आभास केसीको दाहिने हातमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ।
घाइतेहरूलाई राप्ती लाइफ केयर, मोतिपुर दाङमा उपचारका लागि लगिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय पर्सेनी दाङको नियन्त्रणमा रहेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ माघ। सडक डिभिजन दाङले राप्ती राजमार्गअन्तर्गत जसपुर–तुलसीपुर सडकखण्डभित्र पर्ने अवैध तथा अस्थायी संरचना हटाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सडक सिमाभित्र पर्ने संरचना तथा सामग्री १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
सडक सिमाभित्र व्यापारिक मालसामान राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारामा खुद्रा पसल तथा व्यापार सञ्चालन गर्नेलगायतका अस्थायी संरचनाका कारण सवारी आवागमन तथा सडक निर्माण कार्यमा असहजता उत्पन्न भएको सूचनामा उल्लेख गरिएको छ । यस्ता कार्यहरू नगर्न र नगराउनसमेत सडक डिभिजनले आग्रह गरेको छ ।

तोकिएको समयसीमाभित्र संरचना तथा सामग्री नहटाइएमा कार्यालय आफैंले हटाउने र सो क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी पनि सूचनामा दिइएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, ९ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट एक जना स्वतन्त्रसहित दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उनीहरूले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वली (प्रविन) ले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिने डाँगी र वली दुवै जना तत्कालीन नेकपा माओवादी केन्द्रका नेता हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने डाँगीले तत्कालीन नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । निर्वाचन कार्यतालिकाअनुसार गत मंगलबार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये आज दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब २३ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,९ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता प्रक्रिया र अन्तिम नामावली प्रकाशनपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
निर्वाचन चिन्ह पाएसँगै उम्मेदवारले औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन चिन्ह मतदाताका लागि उम्मेदवार चिन्ने प्रमुख आधार भएकाले यसको विशेष महत्व रहने गर्दछ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस