आज उम्मेद्वार विरुद्ध परेका उजुरीको जांचबुझ

   माघ ०, २०८२       admin

काठमाडौँ ,८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार उम्मेदवारमाथिको जाँचबुझ प्रक्रिया बुधबार दिउँसो ३ बजेदेखि सुरु भई आज बेलुकी ५ बजेसम्म चल्नेछ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज नै मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ र निर्णय गरी उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।

निर्वाचन कार्यक्रमअनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

शुक्रबार ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ वटा निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम सञ्चालन हुने सहायक प्रवक्ता जिसीले जानकारी दिए।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत तथा ८८ निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार कुल तीन हजार ४८७ जनाको उम्मेदवारी दर्ता भएको छ।

जसमा पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना रहेका छन्। यसैबीच चार जिल्लाका पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगले जनाएको छ।

सुनसरी निर्वाचन क्षेत्र नं. २ का एक, रौतहट निर्वाचन क्षेत्र नं. १ का एक, भक्तपुर निर्वाचन क्षेत्र नं. २ का दुई तथा कैलाली निर्वाचन क्षेत्र नं. १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो।

उक्त उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हाल जाँचबुझ भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लुम्बिनीमा भोलि सार्वजनिक बिदा

   माघ ०, २०८२       admin

दाङ, ८ माघ लुम्बिनी प्रदेश सरकारले वसन्त पञ्चमी (श्रीपञ्चमी) का अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले सूचना जारी गर्दै २०८२ माघ ९ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।

प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित सूचनाअनुसार उक्त दिन लुम्बिनी प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

मन्त्रालयले वसन्त पञ्चमीको अवसरमा सार्वजनिक बिदा सम्बन्धी निर्णयबारे सम्बन्धित सबैको जानकारीका लागि सूचना सार्वजनिक गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अन्योलमा चिकित्सक संघको निर्वाचन

   माघ ०, २०८२       admin

काठमाडौँ, ८ माघ। नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भनिएको निर्वाचन प्रक्रिया पुनः अन्योलमा परेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको नयाँ नामावली सार्वजनिक गरे पनि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता र अदालती प्रक्रियाका कारण मतदानको मिति टुंगो लाग्न सकेको छैन।

गत हप्ता चिकित्सक र उम्मेदवारहरूबीच भएको सर्वपक्षीय छलफलमा उपत्यका बाहिर माघ १५ र १६ गते तथा काठमाडौं उपत्यकामा माघ २९ गतेदेखि तीन दिनसम्म मतदान गर्ने सहमतिमा पुग्ने प्रयास गरिएको थियो। तर, सोही दिनदेखि लागू भएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताले निर्वाचन समितिलाई पुनः अन्योलमा पारेको छ।

मुख्य निर्वाचन समिति संयोजक डा. प्रणयरत्न शाक्यका अनुसार अहिलेको मुख्य अवरोध निर्वाचन आचारसंहिता नै बनेको छ। उनले निर्वाचन आयोगबाट प्राप्त रायका आधारमा मात्र नयाँ मिति तय हुने स्पष्ट पारे । साथै, निर्वाचन प्रक्रिया अघि बढ्न उच्च अदालत पाटनको फैसला पनि निर्णायक हुने देखिएको छ।

निर्वाचनको मिति पटक–पटक सर्दै जाँदा र अन्योल बढ्दै जाँदा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू प्रभावित भएका छन्। यसैबीच ‘टिम मंगल’ का नेतृत्वकर्ता डा.मंगल रावलले निर्वाचनको गाँठो फुकाउन आफूहरू नै निर्वाचन आयोगसँग छलफल गर्ने योजनामा रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

प्रतिनिधिसभा निर्वाचनः पाँच जनामाथि उजुरी

   माघ ०८, २०८२       admin

काठमाडौँ,७ माघ । । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये केहीको मनोनयन प्रक्रिया विवादमा परेको छ। १६५ वटै निर्वाचन क्षेत्रमा दर्ता भएका तीन हजार ४८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी परेको हो।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलनमार्फत सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पाँच वटा उजुरी दर्ता भएको जानकारी दिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर–२ मा दुई वटा तथा सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक–एक उजुरी परेका छन्।

आयोगले निर्वाचन कार्यतालिकाअनुसार बिहीबार उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने जनाएको छ। उजुरीमाथिको निर्णयपछि उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिनेछ।

निर्वाचन आयोगका अनुसार माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह वितरण गरिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एसईईको परीक्षा तालिका सार्वजनिक

   माघ ०८, २०८२       admin

काठमाडौँ, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसइईको परीक्षा तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डअन्तर्गतका सबै विषय तथा २६ गते ऐच्छिक द्वितीय खण्डअन्तर्गतका सबै विषयको परीक्षा सञ्चालन गरिनेछ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते प्राविधिक धारअन्तर्गतका बाँकी विषयहरूको परीक्षा हुनेछ।

यस वर्ष फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएकाले एसइई परीक्षा गत वर्षको तुलनामा १२ दिन ढिलो सञ्चालन हुन लागेको हो। गत वर्ष एसइई परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

   माघ ०८, २०८२       admin

काठमाडौं,७ माघ। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा। कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्माले बोर्ड नेतृत्वविहीन बनेपछि डा. पौडेललाई उक्त जिम्मेवारी सुम्पेकी हुन्।

यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि स्वास्थ्य बीमा बोर्ड केही समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको थियो।

बोर्डका नियमित कामकारबाही अवरुद्ध नहोस् भन्ने उद्देश्यले डा.पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको जिम्मेवारी प्रदान गरिएको हो।

हाल डा.पौडेल स्वास्थ्य मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्। जिम्मेवारी ग्रहण गर्दै उनले भने, “मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको जिम्मेवारी पनि दिएको छ। बीमामा देखिएका समस्याबारे जानकारी छ, समाधानका लागि प्रयास गर्नेछु।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

   माघ ०८, २०८२       admin

काठमाण्डौं,७ माघ । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी बढेर २८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको हो।

सरकारले तिर्न बाँकी रहेको यो ऋण देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४६ प्रतिशत बराबर छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल ऋणमध्ये ५३ प्रतिशत वैदेशिक ऋण र ४७ प्रतिशत आन्तरिक ऋण रहेको छ। रकमका आधारमा वैदेशिक ऋण करिब १४ खर्ब ८७ अर्ब रुपैयाँ र आन्तरिक ऋण करिब १३ खर्ब १९ अर्ब रुपैयाँ छ।

जीडीपीसँग तुलना गर्दा आन्तरिक ऋण २१.६ प्रतिशत र वैदेशिक ऋण २४.३५ प्रतिशत पुगेको छ। सरकारले यो आर्थिक वर्षमा करिब ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ, जसमा पुस मसान्तसम्म २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी उठाइसकेको छ।

यसैबीच, ऋणको साँवा र ब्याज तिर्न पनि ठूलो रकम खर्च भएको छ। सरकारले यसका लागि ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट छुट्याएकोमा पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

स्थानीय र प्रदेशका रिक्त पदमा चुनाव गर्ने

   माघ ०८, २०८२       admin

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त पदमा पनि चुनाव गर्ने तयारी गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती रिक्त पदमा चुनाव गरिने आयोगले जनाएको छ।

केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि ती पद खाली भएका हुन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सरकारसँग आवश्यक परामर्श गरेर ६ महिनाभित्र सबै रिक्त पदमा चुनाव सम्पन्न गरिनेछ। कानुनी व्यवस्था अनुसार निर्वाचित पदबाट राजीनामा दिएपछि ६ महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्छ।

उनले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबै सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

लागुऔषधसहित तीन सवारी र एक महिला पक्राउ

   माघ ०८, २०८२       admin

काठमाडौँ,७ माघ । प्रहरीले लागुऔषध सहित तीनवटा सवारीसाधन र एकजना महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्टस कारलाई चेकजाँचका क्रममा जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धानपछि मंगलवार आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबिच, यमुनामाई गाउँपालिका–३ बस्ने ३१ वर्षीया नइमा खातुनले लागूऔषध डाइजेपाम बिक्री–वितरण गर्ने उद्देश्यले घरमै लुकाई छिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो।

घर खानतलासीका क्रममा कार्टुनभित्र लुकाई राखिएको अवस्थामा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध नशालु ईन्जेक्सन बरामद गरिएको थियो। प्रहरीले नुर्फिन – ५०० एम्पुल,फेनारागन – ५०० एम्पुल,डाइजेपाम – ५०० एम्पुल गरी १५ सय नशालु ईन्जेक्सन, नेपाली रुपैयाँ १,००० दरका ४ थान, भारतीय रुपैयाँ २०० का २ थान, १०० का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड १ थान, विआर ०३० ए एच ९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र १ थान, मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।

प्रहरीले सबै सरसामान रितपूर्वक बरामद गरी खातुनलाई पक्राउ गरेको हो। उनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा अवैध गतिविधि नियन्त्रणका लागि चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दाङमा प्रतिनिधि सभा निर्वाचन : कडा प्रतिस्पर्धा , कमजोर समावेशीता

   माघ ०८, २०८२       admin

उमा भण्डारी ,७ माघ । प्रतिनिधिसभा सदस्य २०८२ को चुनावी सरगमी सुरूभएको छ । तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा गरी ६२ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ भने चुनावी माहोल पनि त्यसै गरि सुरु भएको छ ।

उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डासहित चुनावी मैदानमा प्रतिस्पर्धामा देखिएका छन् । जिल्लामा संख्यात्मक रूपमा हेर्दा उम्मेदवारको भीड देखिए पनि लैङ्गिक प्रतिनिधित्व भने अत्यन्त कमजोर रहेको छ ।

दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा १४ जनाले मनोनयन दर्ता गराएका छन् । ती मध्ये महिलाको सँख्या शुन्य छ । यस्तै, क्षेत्र नं.२ मा २३ जनाले मनोनयन दर्ता गराउँदा २ जना मात्रै महिला उम्मेदवार छन् । भने क्षेत्र नं. ३ बाट २५ जनाको मनोनयन दर्ता हुँदा महिला उम्मेदवार एकजना मात्रै देखिन्छन् ।

कुल ६२ जना उम्मेदवारहरु रहँदा तीनजना अर्थात महिला उम्मेदवारको सँख्या ८ प्रतिशत मात्रै देखिएको छ । महिला उम्मेदवारको न्यून उपस्थितिले संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी राजनीति कमजोर देखाएको छ ।

राजनीतिक दलहरूले महिला सहभागिताबारे सार्वजनिक रूपमा प्रतिबद्धता जनाए पनि प्रत्यक्ष निर्वाचनमा टिकट वितरण गर्दा ती प्रतिबद्धता व्यवहारमा देखाएका छैनान । चुनाव जित्ने सम्भावना, संगठनभित्रको पहुँच र आर्थिक स्रोतलाई प्राथमिकता दिँदा महिलाहरू पछाडि पर्ने गरेको देखिन्छ।

दाङका प्रमुख राजनीतिक दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार दिएका छैनान ।

काँग्रेसबाट दाङ निर्वाचन क्षेत्र नं. १ मा योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा किरण किशोर घिमिरे र क्षेत्र नं. ३ मा दिपक गिरी उम्मेदवार बनेका छन्।

नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. १ रेवतीरमण शर्मा, क्षेत्र नं. २, शंकर पोखेल र क्षेत्र नं. ३ मा घनश्याम पाण्डे चुनावी मैदानमा छन्।

नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा मेटमणी चौधरी, क्षेत्र नं. २ मा निर्मल आचार्य र क्षेत्र नं ३ मा धनबहादुर मास्कीलाई उम्मेद्वार बनाएको छ ।

नेकपा माओवादीले क्षेत्र न.१ मा प्रकाश शाह र दाङ–३ मा बलबहादुर ओलीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङ १ मा देवराज पाठक , दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुबेदी उम्मेदवार बनाएको छ । यी प्रमुख दलका उम्मेदवारमध्ये एक जना पनि महिला छैनन्।

महिला उम्मेदवारहरू प्रायः स्वतन्त्र वा साना दलबाट मात्रै देखिनु राजनीतिक संरचनाको वास्तविक तस्वीर हो। दाङ–२ मा स्वतन्त्र उम्मेदवार विष्णु कुमारी भुसाल र कल्पना लामा तथा दाङ–३ मा राष्ट्रिय जनमोर्चाकी कमला जीसी , जनता समाजवादीकि शोभा डाँगी, आम जनता पार्टीकि माण्डबी नेपाली गरी पाँच जना महिला उम्मेदवार हुन्।

उनीहरूको उम्मेदवारीले महिलाको राजनीतिक उपस्थितिलाई संकेत गरे पनि संख्या र दलगत समर्थनका हिसाबले त्यो पर्याप्त छैन। शुन्य जस्तै हो ।

महिलालाई उम्मेदवार बनाउने मात्रै होइन, चुनावी खर्च, संगठनको साथ, प्रचार–प्रसारमा समान अवसर र नेतृत्व विकासका कार्यक्रम आवश्यक हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सामाजिक र पारिवारिक जिम्मेवारी, आर्थिक निर्भरता र राजनीतिक संस्कृतिका कारण महिला अझै पनि प्रत्यक्ष चुनावबाट पछि पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology