गोठमा आगलागी हुँदा ४५ भेडा मरे: भेडाधनी घाइते

   माघ ०३, २०८२       admin

काठमाडौं,२ माघ । भेडीगोठमा बिहीबार राति भएको आगलागी हुदा ४५ वटा भेडा मरेका छन्। आगलागीमा परी भेडाधनी घाइते भएका छन्।

राति करिब ८ बजे कालिकोटको पलाता गाउँपालिका–३ निवासी ४९ वर्षीय कृष्णलाल रोकायाको भेडीगोठमा आगलागी भएको हो। रोकायाले गत मंसिरदेखि वनमा चराउन लगिएका भेडा स्थानीय कुम्भ बुढाको खरले छाएको गोठमा राख्दै आएका थिए।

माघे संक्रान्तिको राति खाना पकाउने क्रममा गोठमा आगलागी भएको र आगो निभाउने प्रयास गर्दा भेडाधनी रोकाया जलेर घाइते भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए। उनका ५५ वटा भेडामध्ये ४५ वटा जलेर मरेका छन् भने १० वटा भेडा सामान्य घाइते भएका छन्।

डिएसपी खत्रीका अनुसार रोकायाका दुवै खुट्टा र ढाड जलेको भए पनि अवस्था खतरामुक्त छ। गाउँमै प्राथमिक उपचारपछि उनलाई धौलागोह स्वास्थ्य चौकी लगिएको छ। आगलागीका बेला साथमा रहेका उनका १९ वर्षीय छोरा धीरेन्द्र भने बाहिर निस्कन सफल भएकाले सकुशल छन्।

घटनाको जानकारी पाएपछि गोठबाट करिब तीन घण्टा टाढा रहेको कहरदेव अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीय घटनास्थल पुगेका थिए। आगलागीमा लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट कहरदेवबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाइरहेको डिएसपी खत्रीले बताए। घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट करिब २१ कोश टाढा पर्छ।

पलाता गाउँपालिका मुगुसँग सिमाना जोडिएको क्षेत्र हो। मान्मबाट घाटपारि चौरसम्म गाडीमा करिब ७ घण्टा यात्रा गर्नुपर्छ भने त्यसपछि थिर्पू, धौलागोह हुँदै खीन पुग्न थप करिब ६ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

निर्वाचन आचारसंहिताबारे छलफल सुरु

   माघ ०३, २०८२       admin

काठमाडौं,२ माघ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ।

शुक्रबार १२ बजेदेखि आयोगमा छलफल जारी रहेको छ। आयोगले निर्वाचन प्रक्रियाका क्रममा आचारसंहिता पालनामा दलहरूलाई प्रतिबद्ध गराउने उद्देश्यसहित छलफल थालेको जनाएको छ।

छलफलमा आयोगका पदाधिकारीहरूसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ। यसबारे आयोगले यसअघि नै दलहरूलाई जानकारी गराएको थियो।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट मीन विश्वकर्मा सहभागी रहेका

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रास्वपा केन्द्रीय सदस्य परियारको गाडी तोडफोड

   माघ ०३, २०८२       admin

काठमाडौँ ,२ माघ। पार्टीको कामको सिलसिलामा गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ।

रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार परियारले प्रयोग गर्दै आएको गाडी राति पार्किङ गरिएको स्थानमै तोडफोड भएको हो।

‘गोरखा भीमसेनथापा–३ मा पार्टी भेलाका लागि जानुभएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गत राति पार्किङ गरेको स्थानमा तोडफोड भएको छ,’ प्रवक्ता झाले बताए।

घटनाको अनुसन्धानका लागि स्थानीय प्रहरीसँग सहयोग मागिएको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरिएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रिहारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

   माघ ०२, २०८२       admin

दाङ ,१ माघ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेका छन्।

लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार तथा मोटरसाइकल सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन्।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अमेरिकी चेतावनीपछि इरानले रोक्यो मृत्युदण्ड

   माघ ०२, २०८२       admin

काठमाडौं ,१ पुस । अमेरिकी चेतावनीपछि इरानले एक प्रदर्शनकारीलाई दिइने भनिएको मृत्युदण्ड रोकेको छ। इरानको न्यायपालिकाले इरफान सोल्तानीलाई मृत्युदण्ड नदिइने स्पष्ट पारेको हो।

राज्य सञ्चालित इरानी प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै जनाएअनुसार इरफान सोल्तानी जनवरी १० मा भएको अशान्तिका क्रममा पक्राउ परेका थिए।

उनीमाथि देशको आन्तरिक सुरक्षाविरुद्ध भेला भएको, षड्यन्त्र गरेको र शासनविरुद्ध प्रचार गतिविधि गरेको आरोप लगाइएको छ। हाल उनी कारज केन्द्रीय कारागारमा रहेका छन्।

बीबीसी फारसीका अनुसार न्यायपालिकाले अभियोजन पक्षले आरोप प्रमाणित गरे र सक्षम अदालतले फैसला सुनाएमा कानुनी सजाय कारावास हुने स्पष्ट पारेको छ। न्यायपालिकाले यी आरोपका लागि मृत्युदण्डको व्यवस्था कानूनमा नरहेको पनि जनाएको छ।

यसअघि इरफान सोल्तानीका एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार उनलाई अदालतले दुई दिनभित्रै मृत्युदण्डको सजाय सुनाएको जानकारी परिवारलाई जनवरी १४ मै दिइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिएमा त्यसविरुद्ध अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

संसद पुनःस्थापना सुरक्षित बाटो हो : पोखरेल

   माघ ०२, २०८२       admin

दाङ,१ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा अझै चुनाव हुने वा नहुने विषयमा अन्योल कायम रहेको बताएका छन्।

गृह जिल्ला दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले वर्तमान अन्योलताका अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताएका हुन्।

उनले चुनाव हुने स्थिति बनेमा नेकपा एमाले निर्वाचन प्रक्रियामा सहभागी हुने पनि स्पष्ट पारे।
दलहरू फुट्नुभन्दा जुट्नु लोकतन्त्रका लागि फाइदाजनक हुने उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले लोकतन्त्रमा गम्भीर असर पार्न सक्ने टिप्पणी गरे।

महासचिव पोखरेलले रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट र कसरी सञ्चालित छ भन्ने प्रश्न उठाएको दाबी गरे।

समाजमा अझै शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति नहुनु चिन्ताको विषय भएको भन्दै उनले लुटिएका हतियार संकलन गर्ने, फरार कैदीलाई फिर्ता ल्याउने तथा प्रहरीको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

आर्थिक गणनाका लागि ४ हजार ४३९ कर्मचारी माग

   माघ ०२, २०८२       admin

काठमाडौं,१ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवामा ४ हजार ४३९ जना कर्मचारी माग गरेको छ।

कार्यालयले सूचना प्रकाशित गर्दै स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको जनाएको हो।

सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणक पदका लागि कम्तीमा कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

साढे दुई महिनाको करार अवधिका लागि सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ। आवेदकहरूको छनोट सर्टलिस्ट तथा अन्तर्वार्ताका आधारमा गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

नेपाली कांग्रेसमा नयाँ नेतृत्व: पार्टी सभापतिमा गगन थापा

   माघ ०२, २०८२       admin

काठमाडौं,१ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो।
विशेष महाधिवेशनले अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार राति साढे १२ बजे विशेष महाधिवेशन हलमा निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गरेका थिए।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित भएका छन्। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चयन भएका छन्।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन्।

सभापति शेरबहादुर देउवासँग आइतबार बिहानदेखि भएको वार्ता सहमतिमा नपुगेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो।

विशेष महाधिवेशन पक्षले देउवालाई पार्टीको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने र कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै उनकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो। तर देउवा र उनी पक्षका नेताहरू यसमा सहमत नभएपछि सहमतिको प्रयास असफल भएको थियो।

त्यसलगत्तै पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

यस निर्णयपछि सहमतिको सबै बाटो बन्द भएको ठहर गर्दै विशेष महाधिवेशनले निर्वाचन प्रक्रियालाई अन्तिम रूप दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

थुनुवा मृत्यु प्रकरण: एक्कासी बेहोस भएपछि अस्पताल लगिएको थियो रोसनलाई

   माघ ०१, २०८२       admin

दाङ, ३० पुस । दाङको तुलसीपुरमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका दंगीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो।

मृतकका बुबा कुबेर चौधरीका अनुसार प्रहरीले छोरालाई पक्राउ गरी मुद्दा चलाएको विषयमा ढिलोगरी मात्र जानकारी दिएको थियो।

छोराको मृत्यु भएपछि मात्र खबर गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजेको समयमा चौधरी एक्कासी बेहोस भएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा बिहान करिब १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले चिकित्सकको भनाइ उद्धृत गर्दै चौधरीको मृत्यु हृदयघातका कारण भएको जानकारी दिए।

प्रहरीका अनुसार मृतक चौधरीलाई गत मंसिर २८ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट ५ दशमलव १० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। पोस्टमार्टम पश्चात शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

११औँ योग दिवसका अवसरमा रक्तदान

   माघ ०१, २०८२       admin

दाङ,३० पुस । ११औँ योग दिवसको अवसरमा आज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कमलपोखरी योगसाधना केन्द्र, रजौरा दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्।

तुलसीपुर रक्तसञ्चार केन्द्रमा रगतको खपत बढ्दै जाँदा संकलन कम भएको खबर आएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बलदेव रजौरेले जानकारी दिए।

रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम बलदेव रजौरेको सभापतित्व तथा लुम्बिनी प्रदेश प्रशिक्षण प्रमुख दीपक बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology