काठमाडौँ,३० पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज मोहन कुमार सिंह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतोसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उनीहरूले किशोरीहरूका लागि खेलौना बनाउने तालिम सञ्चालनका क्रममा गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप लागेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले थापा र शर्माले पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको हो।
विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वय थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम हुने दाबी गर्दै समानान्तर रूपमा निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षले कडा कदम चालेको हो।
पार्टी विभाजन रोक्न भन्दै पछिल्ला दिनमा विभिन्न चरणमा नेताहरूबीच संवाद भएको थियो। मंगलबार मात्रै तीन चरणमा छलफल भएको थियो भने आज (बुधबार) बिहान पनि महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।
तर, ती छलफलबाट कुनै निष्कर्ष ननिस्किएको बताइएको छ। वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
यता संस्थापन पक्षले कारबाहीको घोषणा गरिरहँदा अर्को पक्षले भने चुनावी प्रक्रिया तीव्र पारेको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता भइसकेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० पुस। नेपाली कांग्रेसको संस्थापन पक्ष पनि कानुनी परामर्शमा जुटेको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट नेतृत्व चयन भएमा कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू कानुनविद्हरूसँग छलफलमा जुटेको नेता वीरबहादुर बलायरले जानकारी दिए।
बलायरका अनुसार कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू परामर्शमा सहभागी छन्।
विशेष महाधिवेशनले नेतृत्व चयन गरेपछि प्रक्रिया कसरी अगाडि बढाउने, निर्वाचन आयोगमा कसरी जानेलगायतका विषयमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, उपेन्द्रकेशरी न्यौपानेलगायत कानुनविद्हरूसँग संस्थापन पक्षले परामर्श थालेको हो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं, ३० पुस । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार उनी गत सोमबार उपचारका लागि सो अस्पताल भर्ना भएका हुन् । हाल उनी ज्वरोबाट पीडित रहेका छन् ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० पुस। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मन्त्रीहरू, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सो अवसरमा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए।
प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
विभिन्न कालखण्डमा भएका सामाजिक–राजनीतिक आन्दोलनहरू र जेनजी पुस्ताको सदाचार तथा सुशासनको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उनले बताइन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वजागरणले पहिला व्यक्तिलाई व्यवस्थित, अनुशासित र सचेत बनाउने र त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० पुस नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार थापाले भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदका लागि मतदान हुनेछ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिअनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता सीताराम केसी रहेका
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौं,३० पुस। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ३१५ रुपैयाँले वृद्धि भई ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। यो पनि चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
रोल्पा,२९ पुस । रोल्पामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ की ३२ वर्षीया डिलकुमारी पुनको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार पुन सोमबार बिहान करिब ११ बजे घर नजिकै रहेको बल्दजुरे सामुदायिक वनमा बाख्रा चराउन गएकी थिइन् ।
साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गर्दा उनी करिब १०० मिटर तल भिरमा खसेको अवस्थामा मृत फेला परेकी थिइन् ।
भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै उनको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत खैरीपुर–अस्वार जोड्ने भमके खोलामा करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच पुलको शिलान्यास समेत गरिएको छ।
वडा नम्बर २ का वडा अध्यक्ष भीम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथितामा उक्त पुलको शिलान्यास भएको हो।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विजय वि.के. तथा वडा नम्बर ८ का वडा अध्यक्ष घर्मबहादुर ओली विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । साथै, स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण वडा नम्बर २ का वडा सचिव सन्तोष न्यौपानेले गरेका थिए । पुल निर्माणपछि खैरीपुर–अस्वार क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (TU) ले लागू गरेको अनलाइन Registration तथा Exam Form प्रणालीका कारण राप्ती बबई क्याम्पसमा विद्यार्थीहरूको उल्लेख्य भीड देखिएको छ।
फारम अनलाइनमार्फत भर्ने भनिए पनि हाललाई फारम क्याम्पसले नै भर्नुपर्ने भएकाले विद्यार्थीहरू क्याम्पस धाउन बाध्य भएका छन्। TU को नयाँ व्यवस्थाअनुसार Registration र Exam Form क्याम्पसले नै प्रणालीमा इन्ट्री गर्नुपर्ने र अनलाइन भनिए पनि फारम क्याम्पसले नै भर्नुपर्ने र परीक्षा शुल्क बुझाउन Account Section मा उपस्थित हुनुपर्ने बाध्यताका कारण विद्यार्थीहरू लामो लाइनमा बस्न बाध्य भएका हुन्।य सले विशेष गरी टाढाबाट आउने विद्यार्थीहरूलाई समय र खर्च दुवै बढाएको गुनासो छ।
विद्यार्थीहरूका अनुसार अनलाइन प्रणाली लागू भएको भए हामीले घरबाटै फारम भर्न, शुल्क तिर्न सक्नु पर्ने हो र क्याम्पसले केवल प्रमाणीकरण मात्र गर्ने व्यवस्था हुनुपर्ने हो। अहिलेको व्यवस्थाले अनलाइन प्रणालीको उद्देश्य नै पूरा नभएको उनीहरूको भनाइ छ। साथै विद्यार्थीहरूले फारम भर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाई झन्झटमुक्त व्यवस्था गर्न विश्वविद्यालयसँग माग गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस