कपिलवस्तु,२२ जेठ । अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले विद्यालयमा बिदा दिएको छ।
नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
पछिल्ला केही दिनदेखि बढेको गर्मीका कारण जनजीवन प्रभावित भएको छ। बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए।
मेयर सुदीप पौडेलले पनि गर्मीका कारण पढाइ सञ्चालन गर्न गाह्रो भएको भन्दै बिदा दिनुपरेको बताए। नगर शिक्षा शाखाका अनुसार यो बिदा पछि बर्खे बिदाबाट मिलान गरिनेछ।
कपिलवस्तुका धेरै विद्यालयमा टिनको छानो भएकाले कक्षाकोठा निकै तातो हुने गरेको छ। त्यसका कारण साना कक्षाका विद्यार्थीहरू बेहोस हुनेजस्ता समस्या देखिन थालेपछि बिदा दिइएको शिक्षकहरूले बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२२ जेठ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । २० औं राष्ट्रिय जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरका नगर प्रमुख तथा दलित विकास समिति संयोजक टिकाराम खड्काको अध्यक्षतामा दिप प्रज्वलन गरेको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले समाज अझै पनि विभेदबाट मुक्त हुन नसकेको बताए। उनले सबै समान भए पनि व्यवहारमा समानता लागू हुन नसकेको उल्लेख गरे। पालिकाले दलित सशक्तिकरण ऐन पारित गरे पनि कार्यान्वयन हुन बाँकी रहेको उनले जानकारी दिए ।
उपप्रमुख स्यानी चौधरीले जातीय कारणले कसैको जीवन प्रभावित नहोस् भन्नेमा जोड दिँदै आवश्यक परे कानुन परिमार्जन गर्न माग गर्न आग्रह गरिन।
प्रमुख प्रशासकीय अधिकृ केशवराज पार्धेले कानुन अक्षरमा मात्र नभई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।
तुलसीपुर नगर दलित विकास समिति सदस्य खेमराज विश्वकर्माले छुवाछूत व्यवहारमा अझै कायम रहेको बताए। उनले दलित समुदाय अझै पनि विभेद, हिंसा र अन्यायको सिकार बन्नु परेको उल्लेख गर्दै सबैले ‘म विभेद गर्दिनँ, गर्न दिन्नँ’ भन्ने सोच विकास गर्नुपर्ने बताएका थिए।
उच्च अदालत बारका अध्यक्ष मधुसूदन गौतमले २०६३ जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको र संविधानमा यससम्बन्धी व्यवस्था रहेको स्मरण गराएका थिए।
कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । रोल्पामा गाडी दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार मृतक तीनै जना दाङका हुन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ का २५ वर्षीय चालक बिरबहादुर चौधरी, दंगिशरण गाउँपालिका–७ का ४० वर्षीय जिउधन चौधरी र उनकी ३८ वर्षीया श्रीमती कमला चौधरी रहेका छन्।
गाडी आज बिहान रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँ व्याङखोलास्थित सहिद मार्गमा दुर्घटना भएको हो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय घर्तिगाउँका अनुसार निर्माण सामग्री बोकेको बोलेरो पिकअप गाडी बिहान करिब ८ बजे सडकबाट झण्डै ६०० मिटर तल खसेको थियो। गाडीमा जस्तापाता, सिमेन्ट र प्लास्टिकका पाइप लोड गरिएको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२१ जेठ । राप्रकामा महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका छन्।
बिहीबार काठमाडौंमा कार्यक्रम गरी उनीहरूले सामूहिक रूपमा पार्टी त्यागेको घोषणा गरेका हुन्।
पहिलो चरणमा राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र नारायणप्रसाद कोइरालाले पार्टी छोडेका छन्।
अन्य पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला तहका नेताहरूले पनि राप्रपा त्यागेका छन्। थप नेताहरूले पनि पार्टी छोड्ने बताइएको छ।
राणाले नयाँ पार्टी बनाउने तयारी गरिरहेका छन्। राप्रपा छोडेका नेताहरू सोही नयाँ पार्टीमा जाने भएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको शैली र निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीले आफ्नो नीति छोडेको आरोप लगाएका छन्। उनीहरूले जनतामुखी राजनीति हुन नसकेको पनि बताएका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ।
थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा वडा कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो।
हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माका अनुसार थारु समुदायमा यी रोग बढ्दै गएकाले विद्यार्थीहरूको स्क्रीनिङ गरिएको हो।
शिविरमा ४ सय ३९ जनाको रगत संकलन गरिएको छ। रिपोर्ट केही दिनपछि आउनेछ। रोग देखिएमा थप सल्लाह र उपचारका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यी रोग थारु समुदायमा बंशानुगत रूपमा देखिने वडाध्यक्ष खुसीराम चौधरीले बताए । सरकारले औषधि निःशुल्क गरेको भए पनि सबैको परीक्षण नभएकाले वास्तविक संख्या अझै खुलेको छैन।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१जेठ । दाङमा चार दिनको अवधिमा ८ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
जेठ १६ गतेदेखि १९ गतेसम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाबाट १० हजार १ सय रुपैयाँ जरिवाना असुल गरिएको छ। उनीहरूलाई एक वर्ष एक महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराही पठाइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक निराजन केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज शोक बिदा दिएको ।उपमहानगरपालिकाका अनुसार केसीको हिजो जेठ २० गते असामयिक निधन भएको हो।
उनको निधनप्रति दुःख व्यक्त गर्दै आज जेठ २१ गते उपमहानगरपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र पशु सेवा केन्द्रहरूमा बिदा दिइएको छ।
यद्यपि अत्यावश्यक सवारी सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। उपमहानगरपालिकाले दिवंगत केसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट र योजनाबारे सरोकारवालासँग छलफल गरेको छ।
बुधबार भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीय सरोकारवालाहरू सहभागी थिए। उनीहरूले विकास योजना, पूर्वाधार निर्माण र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
छलफलमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, सिँचाइ र खानेपानीका योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय आवश्यकता अनुसार योजना छनोट गरी प्रदेश सरकारसँग बजेट माग गरिने बताए। उनले सबैको सहकार्यबाट विकासलाई प्रभावकारी बनाउन सकिने उल्लेख गरे।
कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले स्थानीय तहका आवश्यकताअनुसार प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडाध्यक्षहरू तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
२२ सय व्यक्ति फरार सूचिमा
दाङ,२१ जेठ। दुइदिन (मंगलबार र बुधबार) समान रहेको सुनको भाउ आज घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुन ३ लाख १० हजार ९ सय रुपैयाँमा थियो। मंगलबार ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३ सय पुगेको थियो। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ८५ रुपैयाँले घटेर ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ५ हजार ३ सय ७० रुपैयाँमा थियो।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस