राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

   पुष ०१, २०८२       admin

काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गौतमले पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट नेकपा एमाले तथा पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

उनले भने, “नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि उपमहासचिव पदबाट विधिवत रूपमा उम्मेदवारी फिर्ता लिएको हुँ। अब दुई समूहका तीन/तीन जनालाई प्रतिस्पर्धाका लागि छाडिदिएको छु।”

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय बाघ गणना आजदेखि सुरु

   पुष ०१, २०८२       admin

काठमाडौँ,१ पुस । आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ। गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर क्षेत्रमा बाघको तथ्यांक संकलन गरिँदैछ।

वैज्ञानिक विधिबाट तीनवटा ब्लक बनाएर बाघको गणना गरिनेछ। यसका लागि २ हजार ३ सय स्वचालित क्यामरा जडान गरिँदैछ। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा बाघको संख्या, बासस्थान र आहाराको अवस्था अध्ययन तथा अनुगमन गरिनेछ।

यसअघि सन् २०२२ मा गरिएको गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो। हाल सुरु भएको बाघ गणना चैत महिनासम्म सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

अध्यक्ष पदका लागि ओलीको उम्मेदवारी दर्ता

   मङि्सर ३०, २०८२       admin

काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा हाल उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ।

तेस्रो पटक पार्टी नेतृत्व सम्हाल्ने लक्ष्यसहित ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।

एमाले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

भरुवा बन्दुकसहित तीनजना पक्राउ

   मङि्सर ३०, २०८२       admin

रुकुमपूर्व,२९ मंसिर । रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही गाउँपालिका–८ खराङ निवासी ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन्।

प्रहरीका अनुसार शेरबहादुर थापाको गोठ खानतलासी गर्दा अवैध हातहतियार फेला परेपछि उनीहरूसहित पक्राउ गरिएको हो। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

युथ्स अफ तुलसीपुरले गर्‍यो रक्तदान

   मङि्सर ३०, २०८२       admin

दाङ,२९ मंसिर । युथ्स अफ तुलसीपुरले पश्चिम दाङमा देखिन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरको प्राविधिक सहयोग तथा ज्ञानज्योती कलेजको व्यवस्थापनमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ज्ञानज्योती कलेजमा अध्ययनरत करिब ३० जना छात्रछात्राले रक्तदान गरेका थिए । क्लबका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ ले पश्चिम दाङमा समय–समयमा देखिने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

अध्यक्ष लहरेका अनुसार युवालाई सामाजिक सेवामा सक्रिय बनाउँदै मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिँदै आएको छ ।

युथ्स अफ तुलसीपुरले यसअघि पनि रक्तदान, सरसफाइ, सचेतनामूलक कार्यक्रमलगायत विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले रक्तदाताहरू, सहकार्य गर्ने संस्थाहरू तथा व्यवस्थापन पक्षलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’

   मङि्सर २, २०८२       admin

दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन बाध्य भएको घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

राजीनामा दिने शिक्षकहरूका अनुसार विद्यालय प्रशासनले कुनै आधिकारिक छानबिन नगरी बाह्य हल्लाका आधारमा उनीहरूमाथि मासिक रूपमा मानसिक यातना, दोषारोपण तथा अपमानजनक व्यवहार गर्दै आएको थियो। शिक्षक कमल भण्डारीले प्रशासनले आफूलाई जानकारी नदिई प्रयोग गर्दै आएका सामग्रीहरू फिर्ता माग्ने, प्रयोगमा रहेको सिमकार्ड अचानक बन्द गरिदिने तथा ह्वाट्सएप समूहबाट एडमिन हटाउनेजस्ता कदम चालेको बताए।

उनका अनुसार कर्मचारीमार्फत कक्षाकोठामै पुगेर ‘विद्यालयबाट निस्कनु’ भनेर दबाब दिने कार्यले आफूहरूलाई गहिरो मानसिक पीडा दिएको थियो। “बिना प्रमाण, बिना सुनुवाइ हल्लाको भरमा हामीमाथि अन्याय गरियो,” भण्डारीले भने।

यस्तै शिक्षिका मञ्जु कँडेलले कक्षाकोठामै पुगेर विद्यालय प्रशासनले ‘भोलिदेखि विद्यालय नआउनू’ भनेपछि आफू मानसिक रूपमा विचलित भएको बताइन्। पूर्वसूचना नै नदिई विद्यालयले आफूहरूको स्थानमा पहिल्यै वैकल्पिक शिक्षक तयार पारेर निकालिएको आरोप पनि उनले लगाइन्।

शिक्षक तारक रेग्मीले पनि प्रशासनले अपनाएको व्यवहार अपमानजनक र अमानवीय भएको भन्दै सामूहिक राजीनामा दिनु बाहेक अन्य विकल्प नरहेको बताए।


यसैबीच सामूहिक राजीनामा दिएका शिक्षकहरूले विद्यार्थी र अभिभावकसँग माफी मागेका छन्। उनीहरूले आफ्नो कारणले पठनपाठनमा पर्न सक्ने असरप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “हामीले चाहेर होइन, बाध्यताले यो निर्णय लिनुपरेको हो। यसले विद्यार्थीहरूको भविष्यमा कुनै असर नपरोस् भन्ने हाम्रो कामना छ। विद्यार्थी र अभिभावकहरूसँग हामी हृदयदेखि माफी चाहन्छौं।”

यता यस विषयमा गोरखा माध्यमिक विद्यालयका प्रिन्सिपल विजयमान जिएमले कुनै प्रतिक्रिया दिन नचाहेको बताएका छन्। प्रिन्सिपल जिएमले ‘ मलाई यस विषयमा कुरै गर्नु छैन’ भन्दै प्रतिकृया दिन चाहेनन् । शिक्षकहरूको सामूहिक राजीनामाबारे विद्यालय प्रशासन तत्काल आधिकारिक धारणा सार्वजनिक गर्ने पक्षमा नरहेको उनको भनाइ छ।

घटनाले विद्यालय प्रशासनको पारदर्शिता, शिक्षकप्रति व्यवहार र संस्थागत व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। लामो समयदेखि सेवा दिँदै आएका शिक्षकहरू सामूहिक रूपमा बाहिरिनुले विद्यालयको शैक्षिक वातावरणमा प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो:प्रधानमन्त्री कार्की

   मङि्सर २, २०८२       admin

काठमाडौं,२८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले संविधानले सुनिश्चित गरेको समावेशीकरण, सामाजिक न्याय तथा सांस्कृतिक,भाषिक विविधताको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताएकी छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले आदिवासी जनजातिहरूको पहिचान, अधिकार, संस्कृति र समग्र विकासका लागि प्रतिष्ठानले गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन्।

उनले परिषद् बैठकबाट गरिने निर्णय, मार्गदर्शन तथा नीतिगत सुझावहरू राष्ट्रिय नीतिहरूको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीका अनुसार संस्थागत सुदृढीकरण, कार्यक्रमको प्रभावकारिता, अनुसन्धानमा आधारित नीतिगत सिफारिस, मातृभाषा तथा संस्कृतिको अभिलेखीकरण र संरक्षण तथा आदिवासी जनजातिहरूको दिगो सामाजिक–आर्थिक सशक्तीकरणका लागि परिषद् बैठकले स्पष्ट दिशा तय गर्नेछ।

उनले सरकारले प्रतिष्ठानका कार्यक्रम तथा गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार गर्दै बजेट व्यवस्थापन गर्दै आएको जानकारी दिइन्।

विकास साझेदार, नागरिक समाज, स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै समावेशी विकासका लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले त्यसका लागि सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताइन्।

संविधानले आत्मसात गरेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीकरणका मान्यतालाई सबै जातजाति तथा समुदायको सर्वोपरि हितका लागि व्यवहारमा उतार्नु सरकार र नागरिक दुवैको दायित्व भएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्न तथा आदिवासी जनजातिहरूको सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

तुलसीपुरमा पानी ट्यांकीमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु

   मङि्सर २, २०८२       admin

दाङ,२८ मंसिर । दाङको तुलसीपुरमा ट्यांकीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ।

आज बिहान करिब ११ बजेतिर आफ्नै घरको छतमा राखिएको पानीको ट्यांकीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ निवासी तिलक मिजारकी ३ वर्षीया छोरी रेजिना मिजारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहका अनुसार बालिका खेल्ने क्रममा ट्यांकीमा लडेर डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एमाले महाधिवेशन: बन्दसत्र सुरु

   मङि्सर २, २०८२       admin

काठमाडौँ,२८ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ। बन्दसत्रको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले बन्दसत्रमा सचिवालयका पदाधिकारीहरू रहेको अध्यक्षमण्डल घोषणा गरेका छन्।

बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता तथा समसामयिक विषयहरू प्रस्तुत गरी छलफल गरिने जनाइएको छ।

महाधिवेशनको बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन र संगठनात्मक संरचनासम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

   मङि्सर २, २०८२       admin

काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology