प्यूठान,३० कार्तिक । प्युठानमा पिकअप जिप दुर्घटना भएको छ। मल्लरानी गाउँपालिका–४ टोप्रेखर्कमा ग १ ज ७८१४ नम्बरको पिकअप जिप भर्खरै दुर्घटनामा पर्दा एक बालकको मृत्यु भएको छ र कम्तीमा ६ जना घाइते भएका छन्।
देउरालीबाट खलंगा आउँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना परेको प्रारम्भिक जानकारी आएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,३० कार्तिक ।आफ्नै छोराको हत्याको आरोपमा बाबू पक्राउ परेका छन् । आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा ५२ वर्षीय बखतसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
मिक्लाजुङ गाउँपालिका–८ भदौरेका बखतसिंहलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
घर नजिकै बखतसिंहले भरूवा बन्दुकले प्रहार गर्दा सफल लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दुर्दिम्बाबाट खटिएको टोलीले उनलाई हत्यामा प्रयुक्त भरूवा बन्दुकसहित पक्राउ गरेको जनाइएको छ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न तयारीमा रहेको बुद्ध एयरको एक विमानमा चरा ठोक्किएपछि उडान रोकिएको छ।
शनिबार बिहान करिब १० बजे काठमाडौंका लागि निर्धारित उडान नम्बर ६०४, नाइन–एन एएमडी विमान टेकअफको क्रममा चरा ठोक्किएको पुष्टि भएको हो।
घटनापछि सुरक्षा प्रोटोकलअनुसार विमानका इन्जिनियरहरूले विस्तृत रुपमा जाँच गरेका छन्। निरीक्षण पूरा भएपछि मात्र उडान पुनः सञ्चालन गर्ने कि वैकल्पिक व्यवस्था गर्ने भन्ने निर्णय हुने बताइएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । कांग्रेस संस्थापन पक्षले आगामी निर्वाचनअघि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने निर्णयलाई थप दृढ बनाएको छ। संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५औँ महाधिवेशनको तालिका ल्याउन सुझाव दिए पनि शनिबार बसेको संस्थापन पक्षीय भेलामा उनीहरू सहभागी भएनन्।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार भेला र पार्टीभित्रको छलफलको मुख्य निष्कर्ष भने यही हो—निर्वाचनअघि कुनै पनि महाधिवेशन गराउन हुँदैन। मंसिर १ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका विषयमा होइन, आगामी निर्वाचनका प्रक्रिया तथा उम्मेदवार छनोट तयारीमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
यादवले भने, “निर्वाचनअगाडि महाधिवेशन गर्दा कांग्रेसलाई ठूलो क्षति हुन्छ। अहिले संसदीय बोर्ड गठन, क्षेत्रीय सिफारिस प्रक्रिया लगायत निर्वाचनका कार्यक्रम अघि बढाउनुपर्ने बेला हो।”
असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठकले पदाधिकारी र सदस्यहरूको धारणा सुने पनि महाधिवेशनबारे सहमति नबनेपछि कुनै निर्णय निकाल्न सकेको छैन। औपचारिक रूपमा कांग्रेसले निर्वाचनमा जाने घोषणा पनि अझै गरेको छैन। यसबीच पार्टीभित्रको एक खेमाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारिरहेको छ।
उता, महासचिव गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनको तयारीमा सक्रिय छन्। संस्थापन पक्ष महाधिवेशनमा सहमत नभएपछि थापाले मंसिर २७–२८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। मंसिर २७ बाट वर्तमान केन्द्रीय समितिको कार्यकाल समाप्त हुने भएकाले कार्यकाल बिना महाधिवेशन बढाउने प्रस्ताव मान्य नहुने उनको अडान छ।
महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछि गर्ने भन्ने विवाद मिलाउन कार्यवाहक सभापति खड्काले बैठक तीन दिन स्थगित गरी दुवै पक्षसँग छलफल जारी राखेका छन्। संस्थापन पक्षका केही नेता सभापति शेरबहादुर देउवासँग परामर्शमा जुट्न थालेका छन्।
निर्णयमा ढिलाइ भएको भन्दै आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिँदै कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा लेखे, “हतारमा गलत निर्णय गर्नेभन्दा केही ढिला भए पनि एकता जोगाएर प्रतिकूल परिस्थितिमा सही निर्णय गर्नु आवश्यक छ।” उनले सबैलाई संयमता र धैर्य अपनाउन अपिल गरेका छन्।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले प्रस्ताव गरेको फागुन २१ को निर्वाचनलाई “प्रतिक्रान्तिलाई वैधता दिन रचिएको हनी–ट्र्यापिङ” भनेर आरोप लगाएका छन्।
एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देशविरुद्ध एउटा गम्भीर षड्यन्त्र चलाइएको दाबी गरे। उनले कार्की सरकारले निर्वाचन अघि ठूला दलहरूलाई कमजोर बनाउने रणनीतिअनुरूप काम गरिरहेको आरोप लगाए ।\
उनका अनुसार संविधानले निषेध गरेको पात्रलाई विदेशी शक्तिको निर्देशनमा प्रधानमन्त्री बनाइएको र अब चुनावमा पनि स्थापित दलका नेतालाई रोक्न खोजिएको छ। प्रतिनिधिसभा पुनःस्थापना भई जनप्रतिनिधिबाट बनेको सरकारले मात्र वैधानिक रूपमा निर्वाचन गर्न सक्ने उनको तर्क छ।
बादलले भदौ २३–२४ का घटनालाई “कलर रिभोलुसन” का नाममा नेपाललाई विदेशी स्वार्थको अखडा बनाउने प्रयासको हिस्सा भने। उनले आरोप लगाए— “नेपालका स्रोत–साधन कब्जा गर्न र छिमेकी देशहरूमा पृथकतावाद उकास्न नेपालमा सैनिक अड्डा बनाउने योजनाको एउटा कडी हो यो षड्यन्त्र। बालेन र रवि जस्ता नाममा कठपुतली ‘जेलेन्स्कीहरू’ तयार गर्न खोजिएको छ।”
स्थापित दलहरू आन्तरिक रूपमा विभाजित हुँदा देश जोखिममा परेको उनले चेतावनी दिए। प्रचण्ड र माधव नेपाल मिलेर बनाएको “नेपाली कम्युनिस्ट पार्टी” लाई उनले १० कोठे टहरो मात्र भन्दै दिगो अस्तित्व नबन्ने टिप्पणी गरे। मुल पार्टीमा फर्के मात्र उनीहरूको राजनीतिक भविष्य सुरक्षित हुने उनले बताए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रणाली फेरि सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागको डेटा सेन्टरमा उत्पन्न समस्या कारण हिजोदेखि रोकिएको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सेवा आज बिहानदेखि पुनः सुचारु भएको विभागले जनाएको छ।
हिजो पावर सप्लाईमा समस्या आएपछि सेवा बन्द भएको थियो। विभागका अनुसार अब नयाँ पावर सप्लाई जडान भइसकेकाले भविष्यमा विद्युत् आपूर्ति बन्द भए पनि वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि पूर्ण रूपमा ठप्प रहेको यो सेवा कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्र चलिरहेको थियो। अहिले देशभरका ४२ मध्ये ३८ यातायात व्यवस्था कार्यालयबाट ईडीएल सेवा उपलब्ध गरिएको विभागले जानकारी दिएको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक। जनकपुरमा सातदलीय गठबन्धनका दलहरूले आज पनि सरकार गठन प्रक्रिया र सभामुखविरुद्ध सडक प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रदेशसभा अगाडिै भेला भई नाराबाजी गर्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यसअघि सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू सभा भवन पुगेका बेला हातपातसमेत भएको थियो। विवाद चर्किएपछि सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका थिए, जसको तीव्र प्रतिरोधमा सातदलीय मोर्चाले प्रदर्शनको घोषणा गरेको थियो।
शनिबार आयोजित प्रदर्शनमा गठबन्धनका कार्यकर्ताहरू उल्लेख्य संख्यामा सहभागी भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले पनि बाक्लो सुरक्षा व्यवस्था गरेको छ।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र कायम भए पछि देशमा ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ मजबुत बनाएको आरोप लगाएका छन्। उनका अनुसार यिनै कारणले नेपाल आर्थिक रूपमा कमजोर र पछि परेको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पुनले गणतन्त्रले ल्याउनुपर्ने सुशासन, पारदर्शिता र विकासको वातावरण पुराना नेताहरूले बिगारेको दाबी गरे। उनले लेखे, “पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली बनाउने ढंग पटक्कै ल्याएनन्।”
देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ताका नेताको उदय आवश्यक रहेको उल्लेख गर्दै उनले युवालाई सक्रिय रूपमा राजनीतिमा प्रवेश गर्न आह्वान गरे। विशेषगरी आगामी चुनावलाई युवापुस्ताको सहभागितामार्फत देश परिवर्तन गर्ने अवसरका रूपमा लिन आग्रह गरे।
मन्त्री पुनले १५ वर्ष उमेर पुगेका तर अझै मतदाता नामावलीमा नाम नदर्जन गरेका युवाहरुलाई मंसिर ५ गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गराउन अनुरोध गरे। उनले भने, “आगामी फागुन २१ गते हुने आम निर्वाचनमा सहभागी भई युवा पुस्ताका नेताहरूलाई छानेर सरकार बनाउन जोडदार माग गर्दछु।”
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ,२९ कार्तिक । झापामा एक वृद्धले आफ्नो शरीरमा आफैले आगो लगाए। जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शुक्रबार राति आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब ११:३० बजे घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई उनले आफैंलाई आगो लगाएका हुन्।
राति करिब १ बजे उनका काइँला छोरा भोगेन्द्र अधिकारीले बुबालाई अचेत अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए। सूचना प्राप्तसँगै प्रहरी टोली घटनास्थल पुगेको र क्षेत्र सुरक्षित गरिएको जनाइएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट अर्को टोली पनि खटिएको छ।
परिवारका अनुसार डिल्लीराम अधिकारीको घटनास्थलमै मृत्यु भइसकेको थियो। उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए भने केही महिनाअघि मात्र प्रोस्टेट शल्यक्रिया गराएका थिए।
२२ सय व्यक्ति फरार सूचिमा
काठमाडौ, २८ कार्तिक। गोली प्रहारबाट धनुषामा वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो।
गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन् । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ ।
अभियुक्त शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुईपक्ष विवाद हुँदा शम्भुले वडाध्यक्षको छातीमा गोली प्रहार गरेका थिए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएर पछि नेकपा एमाले प्रवेश गरेका थिए ।
उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । अध्यक्ष यादवका दाजु रामवरण यादव र राजकिशोर यादवमाथि धारिलो हतियार प्रहार भएको छ । उनीहरूको उपचार भइरहेको छ ।
२२ सय व्यक्ति फरार सूचिमा
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस