कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य छ: महामन्त्री घिमिरे

   जेठ १८, २०८३       admin

काठमाडौ,१८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन्।

सोमबार लुम्बिनी प्रदेशमा आयोजित ‘जरा अभियान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले पार्टीलाई बलियो बनाउँदै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा राम्रो परिणाम ल्याउने लक्ष्य रहेको बताए।

उनका अनुसार पार्टीभित्र एकता कायम गर्ने, संगठन मजबुत बनाउने र जनतासँग नजिकिने अभियान अहिले चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

सुनको भाउ घट्यो,चाँदी बढ्यो

   जेठ १८, २०८३       admin

दाङ,१८ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १० हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

दुर्घटना अपडेट: घाइते बाबुछोराको मृत्यु

   जेठ १८, २०८३       admin

दाङ,१८ जेठ । दाङको तुलसीपुर–५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ।

दुर्घटनामा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली घाइते भएका थिए। दुवैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा मनोजकी ३४ वर्षीया श्रीमती अनुषा नेपाली भने सामान्य घाइते भएकी छन्। प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

२१ वर्षीया रमाको बोरामा प्याक गरिएको शव भेटियो

   जेठ १८, २०८३       admin

काठमाडौ,१८ जेठ। झापाको दमकमा हराएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। जेठ १३ गते राति करिब ९:३० बजे घरबाट बेपत्ता भएकी २१ वर्षीया रमा (रोमा) तिवारीको शव तीन दिनपछि रतुवा खोलाको किनारमा भेटिएको हो।

दमक नगरपालिका–८ बसन्त टोलकी उनी सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा भेटिएकी थिइन्। परिवारले पुलमुनि पुगेर उनको शव पहिचान गरेका हुन्।

प्रहरीका अनुसार यो घटना सामान्य मृत्यु नभई हत्या भएको हुनसक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या अन्यत्रै गरेर शव खोलामा फालेको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पत्ता लगाउन विभिन्न टोली परिचालन गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टिप्परको ठक्करबाट तीनजना घाइते:बुवा र छोरा गम्भीर

   जेठ १८, २०८३       admin

दाङ,१८ जेठ । दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । दुर्घटना हुँदा बुबा र छोरा गम्भीर घाइते भएका छन्। आमाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना हुँदा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली घाइते भएका हुन्।

सोमबार बिहान करिब ५:३० बजे तुलसीपुरको गुल्मचोक नजिक रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते बुबा र छोरालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एक सातामा १६ अभियुक्त पक्राउ

   जेठ १७, २०८३       admin

दाङ,१७ फागुन । दाङ प्रहरीले एक हप्तामा १६ जना फरार अभियुक्त पक्राउ गरेको छ। जेठ ८ गतेदेखि १५ गतेसम्म विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन्।

पक्राउ परेकाबाट २५ हजार ३०० रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै उनीहरूलाई ३ वर्ष २ दिन कैद सजाय भुक्तान गराइने प्रहरीले जनाएको छ।

यसै अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १ वटा टिप्पर र ५ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। ती सवारी साधन नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) को अवैध उत्खननमा प्रयोग भएको पाइएपछि कारबाही गरिएको हो।

उक्त कारबाहीबाट १ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

   जेठ १७, २०८३       admin

काठमाडौ,१७ जेठ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई वटा विधेयक पारित भएका छन्। आजको बैठकमा प्रतिनिधिसभाबाट आएको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो।

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गर्न प्रस्ताव राखेकी थिइन्। राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य

   जेठ १७, २०८३       admin

दाङ,१७ जेठ । सरकारले सुनको भन्सार दर बढाएपछि सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ।

आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९० हजार ६०० रुपैयाँ थियो।

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यही कारण सुनको मूल्य बढेको हो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ५ हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदी ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

रुकुम पश्चिममा अन्तरजिल्ला समन्वय बैठक

   जेठ १७, २०८३       admin

रुकुम पश्चिम ,१७ जेठ । रुकुम पश्चिममा तीन जिल्लाबीच अन्तरजिल्ला समन्वय बैठक बसेर आपसी सहकार्य र समन्वय बढाउने सहमति गरिएको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा भएको बैठकमा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका प्रतिनिधि सहभागी थिए।

बैठकमा सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र नागरिक सेवाका विषयमा सहकार्य गर्ने निर्णय गरिएको हो। बैठकमा भेरी करिडोरअन्तर्गत दामाचौर र मुलातार क्षेत्रमा वर्षायाममा खोलामा पानी बढ्दा हुने समस्याबारे पनि छलफल भएको थियो। यस समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।

त्यस्तै, जाजरकोटमा रहेको भेरी करिडोर कार्यालय डोल्पाको दुनैमा सार्न पहल गर्ने सहमति भएको छ।
तीन जिल्लाबीच सडक, सुरक्षा, यातायात, विपद् जोखिम न्यूनीकरण र नागरिक सेवाका विषयमा निरन्तर सहकार्य गर्ने पनि निर्णय गरिएको छ।


बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

टिकटकर तुलसा अधिकारी पक्राउ

   जेठ १७, २०८३       admin

काठमाडौ,१७ जेठ । टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनलाई थाइल्यान्डमा पक्राउ गरिएको हो।
उनीमाथि ‘तुलसा कलेक्सन’ नाममा ठगी गरेको आरोप छ। पक्राउपछि उनलाई शनिबार काठमाडौँ ल्याइएको छ।

हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस

२२ सय व्यक्ति फरार सूचिमा

२ मंसिर २०७३
Author

© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology